Shantarakshita Library Sarnath
Nepal Vibhin Jati Ra Lok Geet Eak Patichya
Front matter
नेपालका
विभिन्न जाति र लोकगीत
एक परिचय
लेखक तथा सकलनकर्ता
आर० डी०
एल० एल०
नेपालका
विभिन्न जाति र लोकगीत
एक परिचय
मार्ग २०२३ साल
पहिलो खेप २००० प्रति
Accession 52576.
Shantarakshita Library मूल्य : ३-
Tibetan Institute-Sarnath
प्रकाशक:
यूनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका तर्फबाट
जगदम्बा प्रकाशन
श्रीदरबारटोल, ललितपुर
.
मुद्रक :
श्री माहेश्वरी प्रेस,
भाट की गली ( गोलघर ), वाराणसी-१
श्री ५ को सरकार शिक्षामन्त्रालय यूनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोग सिहदरबार काठमाडौं, नेपाल पत्र संख्या -५५२१०२४१८ सी मिति २०२४।१।६ दुई शब्द सदस्य राष्ट्रहरूमा पाठ्यसामग्रीको उत्पादनलाई प्रोत्साहन गर्दै लैजाने यूनेस्कोको कार्यक्रमअन्तर्गत. यूनेस्कोक सहयोगबाट यो पुस्तक तयार गरिएको हो । यस पुस्तकमा नेपालका विभिन्न जाति र लोकगीतको एक परिचय दिइए- को छ । हाम्रो पाठ्यसामग्रीको क्षेत्रमा यस किसिमका पुस्तकहरूको ज्यादै आवश्यकता छ। यस आवश्यकताको केही अश पूरा गर्नमा यूनेस्कोले जुन सहयोग दिएको छ त्यसको निमित्त हामी त्यस सस्थाप्रति हार्दिक कृतजता प्रकट गर्दछौ। प्रद्युम्नलाल यूनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोग श्री ५ को सरकार, शिक्षामन्त्रालय ।
विषय सूची
oM
१. प्रस्तावना
• इतिहास-एक साझा फूलवारीको कथा
२ हिमालय प्रदेशका जाति र तिनीहरूको सस्कृति
• अधिराज्यका प्रमुख जातिहरू
१३
महाभारत प्रदेशका जाति र तिनीहरूको सस्कृति
• तराई तथा भित्री मधेशका जाति र तिनीहरूको सस्कृति २८
३ अधिराज्यका विभिन्न जाति र लोकसाहित्य
विभिन्न जाति र लोकसाहित्य
लोकसाहित्यको विशेषता-अनेकतामा एकता
• नेपाली लोकसाहित्यको सौन्दर्य
6१
४ नेपाली लोकगीत
नेपाली लोकलयको उत्पत्ति र त्यसको प्रसार
४५
रोदी-घर
३७
.
.
• कर्खा-वीररसको गीत
ऋतुकालीन लोकगीत
कथानक गीत
.
११६
५ उपसहार
. नेपाली लोकगीतको महत्व
१५२
नेपालका
विभिन्न जाति र लोकगीत
एक परिचय
प्रस्तावना नेपालको भौगोलिक स्थिति, विभिन्न जाति, संस्कृति, वेशभूषा र बोलीको एक महान् स्रोत । हिमालयको दक्षिण काखमा फैलिएको नेपाल एक सार्व- भौमसत्तासम्पन्न पहाडी राज्य हो । यसको पूर्वदेखि पश्चिम- सम्म सालाखाला लम्बाइ ५५० माइल र उत्तरदेखि दक्षिण- सम्म सालाखाला चौडाइ १२० माइल छ । यसको न्यूनतम चौडाइ भारतको बिहार प्रान्तको चम्पारन जिल्लाको उत्तर नेपालको चितौन जिल्लामा पने फूलगाको उत्तरी सीमासम्म लगभग ८९ मील छ । साधारणतया यसको पश्चिमी भाग मध्य र पूर्वी भागभन्दा बढी फैलिएको देखिन्छ। नेपालको उत्तरी सीमा भोटसित जोडिएको छ । यसको पूर्वपट्टि उत्तरको कुनामा सीमलीला पर्वत र त्यसभन्दा पूर्व सिक्किम राज्य छ। पूर्वी सिमानामा मेची नदी र पश्चिम बगालको दार्जलिग सरहद पर्दछ। पश्चिमतिर महाकाली नदी ( शारदा ) र यसदेखि पश्चिम उत्तर प्रदेशको अल्मोडा जिल्ला पर्दछ। दक्षिणतिर कुनै प्राकृतिक सीमा नभए तापनि १८१६ ईस्वीको सुगौली सन्धिपछि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सीमाना छुट्याउन बीचवीचमा खम्बाहरू उभ्याइएका छन् । यसलाई
--
२ )
दशगजा भनिन्छ। नेपालको यो दक्षिण सीमानाको दशगजाले
पश्चिमदेखि पूर्वसम्म क्रमश भारतको उत्तर प्रदेश बगाल
प्रान्तबाट छुट्टयाउँछ। नेपाल राज्यको अधिकाश भाग ज्यादे
अग्ला र होचा पहाड र डॉडाले बनेको छ। समस्त देशको
८३ प्रतिशत भाग पहाड डॉडा, खोच र केही भञ्ज्यागले
ढाकेको छ बॉकी १७% मात्र तराईको भाग पर्न आउँछ ।
नेपालको धगतल ( Altitude ) दक्षिण तराईमा हजारदेखि
लिएर उत्तर हिमालयमा उनन्तीस हजार फीटसम्मको छ ।
धरातलको स्वरुपको प्राधारबाट नेपाल अधिराज्यलाई तीन
मुख्य प्राकृतिक प्रदेशमा बॉड्न सकिन्छ (क) हिमालय प्रदेश ।
) महाभारत प्रदेश । (ग) ब्यॉसी अथवा तराई प्रदेश ।
हिमालय प्रदेश : वाह महीना हिउँले ढाकिने यो हिमाली
प्रदेश नेपालको उत्तर भागमा पर्दछ र यो प्रदेशको उँचाइ
लगभग १६,००० फीटदेखि लिएर करीब २९,००० फीट
सम्मको छ । १६,००० फीटभन्दा माथि हरबखत हिउँ जमि-
रहने हुनाले यसलाई हिमरेखा भनिन्छ । देशको समस्त भू-
भागको करीब १५% यस प्रदेशमा पर्दछ । सधै हिउँ र अक्सर
बादलले ढाकिने नेपालको यो रहस्यमय प्रदेशका विभिन्न
थुका र चोटीहरूलाई नेपालीहरू विभिन्न नामले बोलाउने
गर्दछन् । पूर्वदेखि क्रमश पश्चिमसम्म चुलिएका यी चोटीहरू-
लाई कुम्भकर्ण, महालगुर, रोलवालिन, थाप्ले, जुगल, अन्नपूर्णा,
माछापुछ्, मुस्ताग, लार्के, व्यास, लद्दाख ग्रादि भनिन्छ। यस
-
अतिरिक्त समुद्रको सतहदेखि २०,००० फोटभन्दा अग्ला केही प्रसिद्ध शिखरहरू छन् । यी शिखरहरू क्रमश पूर्वदेखि पश्चिम- सम्म कञ्चनजघा, मकालु, सगरमाथा, गौरीशकर, गोसाई- स्थान, धवलागिरि, नन्दादेवी आदि नामले बोलाइन्छन् । कुम्भकर्ण हिमालयको सर्वोच्च शिखर नेपालको पल्लो किरात प्रदेशको उत्तर पूर्वी सीमामा सिक्किम र नेपालको सरहदमा चुलिएको कञ्चनजघाको उचाइ २८,१४६ फीट छ। मकालु कुम्भकर्ण हिमालयको यो अर्को चोटी समुद्रतटदेखि २ .,७९० फीट अग्लो छ। यो पल्लो किरात प्रदेशको उत्तर पश्चिम कुनाको भोट र नेपालको सीमामा पर्दछ । नेपालको पूर्व तीन नम्बर इलाकाको उत्तरी भागमा भोट र नेपालको सीमानामा स्थित महालगूर हिमालको माझ चुलिएको सगरमाथा ससारको सर्वोच्च शिखर हो । यसको उचाइ २९,१४१ फीट छ रोलवालिग हिमालको सर्वोच्च शिखर गौरीशकर हो । यसको उचाइ २३,४५७ फीट छ । यो नेपालको पूर्व २ नम्बर इलाकाको उत्तरी सीमानामा लामटॉग हिमालयको अग्लो चोटी गोसाइस्थान हो। यो पश्चिम १ नम्बर इलाकाको उत्तरमा समुन्द्रतट- देखि २६,३०५ फीट अग्लो छ । मुस्ताङ हिमालयको अग्लो चोटी मुक्तिनाथ हो र यसको उचाइ २२,००० फीट अग्लो छ । धवलागिरि पर्वतमालाको अग्लो चोटी धवलागिरि नै हो र यसको उचाइ २६,७९५ फीट छ । यो नेपालको पर्वत जिल्लामा पर्दछ ।
(४
--
पर्दछ । नेपालको पश्चिम सरहदको अन्तिम छेउमा नन्दादेवी
पर्दछ । यसको उचाइ २५,७०० फीट छ र नन्दादेवी नेपाल
सरहदभन्दा बाहिर परे तापनि यसबाट प्रवाहित अधिकाश
जलधारा नेपालको पश्चिमी भागबाटै बग्दछ र नेपालको
पश्चिमी सीमामा पर्ने शारदा नदीको शोर यही नै हौ।
मुख्य हिमालयका विभिन्न शृखला छुट्टिएका ठाउँमा भोट
र नेपाल आउने जाने घॉटीहरू छन् । यी प्राकृतिक मार्गहरू
'कार हिउँले टाकिएका हुन्छन् र हिउँ पग्लेपछि तिनै घाटी-
हरूद्वारा बग्ने नीहरूका किनाराबाट आवागमन सम्भव हुन्छ ।
यी घॉटीहरू पूर्व खि पश्चिमसम्म क्रमग ओलाचुंग, हटिया,
नकपा, फल्याक, लामटॉग, कुती, रसुवा शाल्बु, लार्के,
मुस्तॉग, नाम्जा, तक्लाखार, र व्यास हुन् ।
महाभारत प्रदेश
मुख्य हिमालयको समानान्तर भई पूर्व मेचीदेखि पश्चिम
महाकालीसम्म केही होचो अग्लो पर्वतमाला फैलिएको छ। यस
पर्वतमालालाई महाभारत भनिन्छ । बीच बीचमा महाभारत
पर्वतमालाका कुनै कुनै श्रेणी र तिनका-थुमहरू उत्तर वा
दक्षिण ढल्किदै उत्तरमा मुख्य हिमालय र दक्षिणमा चरे
शृखलालाई छुदै मुख्य नदीको जल विभाज्य ( Water
shade ) प्रस्तुत गर्दछन् । यो महाभारत पर्वत शृ खता समुद्री
धरातलबाट २,००० देखि १६,००० फीटसम्म अग्लो छ ।
( ५ )
हिमालय र महाभारत पर्वत श्रेणीका वीच-बीचमा साँगुरा
गहिरा बेसीहरू छन् । यिनीहरू उत्तर दक्षिण फैलिएका श्रेणी-
हरू र थुमद्वारा ससाना भागमा खण्डित भएका छन् । महा-
भारत र चुरे पर्वत श्रेणीको बीचमा २,००० देखि ३,०००
सम्मका फराकिला बेसीहरू छन् । नेपालका अधिकाश मुख्य
बस्तीहरू यी नै बेसी र भञ्ज्यागहरूमा पर्दछन् । नेपाल राज्यको
करीब ४८% धरातल प्रदेश यो पर्वत राज्यमा पर्दछ ।
बेसी वा तराई
नेपालको दक्षिणी भाग नदीले बगाई ल्याएको उब्जाउ
पाँगो माटोले बनेको समतल मैदानी पेटीलाई तराई भनिन्छ ।
यसको चौडाइ १६ देखि
२०
मील र उचाई समुद्र सतहदेखि
करीब १००० फीटसम्म पर्न आउँछ। पूर्वी तराई फराकिलो
तथा लगातार फैलिएको छ । पश्चिगी तराई साँगुरो तथ।
ग्यण्डित छ। महाभारत पर्वत शृपलाको दक्षिणमा पश्चिम
महाकालीदेखि कोशीको बछारसम्म एउटा होचो पहाडी
शृङ्खला महाभारतको हाराहारी फैलिएको छ । यो बलोटे
पहाड समुद्री धरातलबाट करीब ३००० फीटसम्म अग्लो
छ । यसको दक्षिण फेदीमा मेचीदेखि महाकालीसम्म फैलिएको
बनलाई चारकोसे झाडी भनिन्छ ।
मसारमा अरू कुनै पनि देश नदीको हिसावले पाकृति
प्रदेशमा बॉदिएका छन् ।
( ६ ) - (क) धवलागिरि र नन्दादेवीको बीच कर्णाली, गप्ती, भेरी, सेती र महाकाली नदीहरूले सिचेको भाग कर्णाली प्रदेश भनिन्छ । यो प्रदेश अघिको बाईसी राजाको थलो हो । (ख) गोसाइस्थान र धवलागिरिको बीच त्रिशूली, बूढी गण्डकी, माड्दी, मादी, सेती र काली नदीले सिचेको प्रदेशलाई गण्डकी प्रदेश भनिन्छ। यो प्रदेश अघिका चौबीसी राजाको थलो हो। (ग) कञ्चनजघा र गोसाइस्थानको बीच तमोर, अरुण, इन्द्रावती, सुनकोसी, दूधकोसी, लिखु र तामाकोशी नदीले मिचेको भाग कोशी प्रदेश भनिन्छ । यसरी धरातलको हिसाबले उत्तर दक्षिण र नदीको हिसाब- ले पूर्व पश्चिम गरी समस्त नेपाल राज्य ३-३ भागमा बाँडिए- को छ। यी तीन प्रदेशको अतिरिक्त वाग्मती र यसका सहायक कर्मनाशा, प्रभावती, विष्णुमती, भद्रमती, रुद्रमती, मणिमती, हनुमती, इक्षुमतीले सिचित वाग्मती प्रदेश नेपाल चार भन्ज्याग भनिन्छ। हावापानी :- धरातलको स्वरूप र उचाइमा ज्यादै अन्तर हुनाले यो देशको हावापानीको वास्तविक अवस्था जमीनको उचाइमा भर पर्दछ । अन्य पहाडी मुलुकहरूमा जस्तै नेपालको जलवायु- मा पनि मुख्य असर पार्ने तत्व उचाइ र अक्षाश हो। यहाँको धरातल दक्षिणमा लगभग १००० फीटदेखि लिएर उत्तरमा
। ७ ।
करीब २९,००० फीटसम्म अग्लो हुँदै गएकोले हावापानीको
स्वभाव पनि दक्षिणदेखि उत्तरपट्टि फरक हुँदै गएको छ।
अक्षाश पनि उत्तरतिर बढ्दै गएकोले उत्तर हिमाल खण्डमा
ताप करीब ३०० जति हुन्छ । समुद्री सतहदेखि हरेक
३०० फीटको उचाइमा १" को हिसाबले तापक्रम घट्तै जान्छ ।
त्यसैले दक्षिणपट्टिको तराईमा सालाखाला तापमान ८०° र
बीच पहाडी भागमा ६०° रहन्छ । पहारिलो र स्वास्थ्यकर
हावापानी महाभारत पर्वतमालाको बस्तीहरूमा पाइन्छ ।
दशको सालाखाला वर्षा दक्षिण तराईमा ८०", बीचको पहाडी
भागमा ५०" र हिमाल खण्डमा २०" जति हुन्छ । यहाँ मुख्य
३ ऋतु हुन्छन् । ग्रीष्म ऋतुमा सुक्खा गर्मी, वर्षा ऋतुमा
प्रोसिलो गर्मी र हिउँदमा सुक्खा ठण्डा हुन्छ। यो देशमा वर्षा
ग्रीष्म ऋतुमा हिन्द महासागरबाट बहने मनसुन वायुद्वारा
हुन्छ । मुख्यतया यहाँको जलवायु मौसमी (मनसुन) छ भन्न
सकिन्छ । सालभरमा जति पानी पर्दछ त्यसको ९०% ग्रीष्म
ऋतुमा पर्दछ । हिन्द महासागरबाट वहने मौसमी वायु र
उत्तरपट्टि बगोपसागरबाट बहने मौसमी वायु तथा पूर्वपट्टि
अरब मागरबाट बहने मौसमी वायुले.यश्चिम खण्डमा पानी
पर्दछ। तराई भागमा सबभन्दा धेरै पानी पर्दछ । तापमान
जस्तै वर्षा पनि उत्तरतिर घट्तै जान्छ र पूर्वबाट पश्चिमतिर
पनि घट्तछ। काठमाडौ उपत्यकामा मालावाला १८” जलि
पानी पर्दछ।
( ८ ) निवासी :-- नेपाल अधिराज्यका निवामीहरूको निवासस्थल देशको यस्तो प्राकृतिक विभागकै आधारमा साधारणतया विभाजित हुन्छ । 'नेपालको उत्तरी भागमा हिउँ परिरहने हुनाले सास्कृतिक दृष्टिकोणले हिमालयका उत्तरपट्टि तिब्बती जातिका अनुरूप शेर्पा, तामाग, अादि भोटे जाति बस्दछन् । महाभार । शृङ्खलाका मूल निवासीहरू मगर गुरुड, सुनवार, किरात, नेवार आदि हुन् । तराई तथा भित्री मधेसका मूल निवासीहरू थरू, दनुवार, धीवर, मेचे, गनगाई, आदि हुन् । कोशी प्रदेश- मा अरुण नदीदेखि पूर्व लिम्बुहरूको थलो हो । अरुण नदी- देखि पश्चिम माझ किरात प्रदेश राई रूपो थलो हो । सुन- कोशीको उत्तर र दूधकोशीको पश्चिम भागलाई सुनपारहरूको थलो भन्न सविन्छ । यस्तै ण्डकी प्रदेशमा त्रिशूलीभन्दा पश्चिम र चेपेभन्दा पूर्व हिमालयको व्यॉसीसम्म गुरुडहरू स्दिछन् । त्रिशूली राप्ती चको प्रदेशमा मगरहरू बस्दछन् । यिनीहरूको आवादी महाभार पर्वत र त्यसको व्याँसी हुँदै पश्चिममा कर्णाली प्रदेशसम्म पिंजिदै गएर सेती र कर्णालीको दोगान- सम्म पुग्दछ । कर्णाली प्रदेशको उत्तर कर्णाली र भेरीको बीच हिमालयको दक्षिण पाखामा गुरुडहरूको प्राधान्य छ। नेपाल अधिराज्यको मध्यभाग गण्डकी प्रदेश को वाग्मती क्षेत्र नेवार जातिको थलो हो। यसरी नै देशको प्राकृतिक वनोटले भिन्न भागमा जाति-
को सस्कृति, वेशभूषा र बोलीमा पनि असर पारेको छ,
फलस्वरूप विभिन्न भागमा विभिन्न किसिमक' सस्कृति,
वेशभूषा र बोली परिलक्षित हुन्छन् । हिमालय प्रदेशका
जातिहरूमा एक किसिनको रीतिरिवाज, रहन-सहन, बोली-
वचनको प्रचलन छभने पर्वत प्रदेशका जातिको प्रक किसिमको
छ र तराई प्रदेशका जातिको त्योभन्दा बेग्लै छ । यसरी
देशको भौगोलिक स्थिति विभिन्न जाति, सस्कृति, वेशभूषा तथा
बोलीको
एक महान्
स्रोनको रूपमा खड़ा रहेको छ।
इतिहास-एक साझा फूलवारीको कथा
यसैले यस देशको इतिहास नै पनि एक साझा फूलवारीको
कथा भएको छ । विभिन्न जातिको विभिन्न वेशभूषा, रीति-
रिवाज, सस्कृति, बोली, लोकगीत आदिले मिलेर सामूहिक
रूपले यस देशको अस्तित्व कायम गरी यसको व्यक्तित्व विकास
गरी पाएका छन् ।
नि सन्देह शुरूमा अर्थात् १७९७ सालसम्म यी विभिन्न
सस्कृति, वेशभूषा र बोली भए का जातिहरूको स्वार्थ र
अस्तित्व माझा थिएन । यो देश सबैको साझा हो र यहाँको
कुनै पनि भागमा भएको समस्या साझा समस्या हो र त्यसको
समाधान नै साझा स्वार्थ हो भनी सम्झने वातावरण तयार
हुन सकेको थिएन । विभिन्न राजनैतिक इकाईहरूमा बाँडिएका
भै यी नेपाली जातिहरूले आफूलाई माझा फूलबारीका फूल
हौ भनो सम्झन नसक्नु स्वाभाविकै पनि थियो । त्यो वेला
काठमाडौ उपत्यकाभन्दा पश्चिम गण्डकी प्रदेशमा पाल्पा,
तनहुँ, लमजुङ, गलकोट, पर्वत, रिसिड, घिरिड, गह, ढोर,
गुल्मी, मुसिकोट, इस्मा, प्यूठान, भिरफोट, धुरकोट, अर्घा-
खाँची, सतहुँ, कास्की, सल्यान आदि चौबीसी राज्यहरू थिए ।
कर्णाली प्रदेशमा सानाठला गरी जुम्ला, जाजरकोट, छाम,
( ११ )
अछाम, रूकुम, रोल्पा, माजनेटा, बझाड, दैलेख, वाड्फी, जहारी,
कलावाड्, गर्वकोट, गुटुम, मजुर, धर्मा ग्रादि बाईसी राज्यहरू
थिए। कोशी प्रदेशमा मानातिना रजबाडाहरूका राज्य थिए
जसमा मगगत, किरात र सेन राजाहरूका राज्य प्रमुख थिए ।
यस्तै काठमाडौ उपत्यका भक्तपुर, ललितपुर र कान्तिपुर
तीन राज्यमा विभक्त थियो।
तर श्री ५ बडामहाराज पृथीनारायण शाहको प्रादुर्भाव
भएपछि यी ससाना राजनैतिक सीमाहरू मेटिदै गए, र विभिन्न
जाति, सस्कृति र वेशभूषाले एक नेपाली जातिको विभिन्न
अगको रूपमा फल्न र फुल्नतिर सलग्न हुन पाए।
त्यसो भनेर यो क्रम निर्बाध गतिले चल्दै गयो भन्ने होइन ।
केही कालपछि नै शक्तिमा आएको राणा शासनबाट यसको
लागि अनुकूल वातावरण तयार हुन सकेन, र रवस्थ राष्ट्रि-
यताको विकासको लागि यिनीहरूको आपसमा जुन सामञ्जस्य
हुनुपर्ने हो त्यो हुन पाएन । २००७ सालको क्रान्तिपछि यस
स्थितिमा परिवर्तन आयो र २०१७ सालको परिवर्तनपछि
श्री ५ महाराजाधिराज महेन्द्रवीरविक्रम शाहदेवको सुयोग्य
नेतृत्वमा देशले उचित मार्ग दर्शन पाएपछि, पञ्चायत-व्यवस्था-
अन्तर्गत, भौगोलिक स्थिति जन्य यी विभिन्न जाति, सस्कृति,
वेशभूषा र बोली या-प्राफ्नो भौगोलिक सीमालाई नाघ्दै,
देशको सामूहिक स्वार्थलाई प्रात्मसात् गर्दै अघि बढ्न कटि-
बद्ध भए।
( १२ )
वर्तमान-एक संगम:
फलस्वरूप आजको स्थिति-परिस्थिति यी विभिन्न जाति-
हरू तथा तिनीहरूका सस्कृति, वेशभूषा तथा बोलीको लागि
एक सगम-स्थल भएको छ । राष्ट्रिय एकतामा उनिई आपसमा
मिलिजुली विरपित हुँदै जाने अनुकूल वातावरण यिनीहरूले
पाएका छन् र यमै सन्दर्भमा विभिन्न परम्परा भएका यी
विभिन्न जातिहरू र तिनीहरूको लोकगीतको प्रत्ययन गर्न
समीचीन
हुन्छ।
हिमालय प्रदेशका जाति र तिनी- हरूको संस्कृति अधिराज्यका प्रमुख जातिहरू हिमालय प्रदेशका जाति र तिनीहरूको सस्कृति : नेपालको उत्तरी भाग हिमालय प्रदेशको कॉठ जहाँ वर्षे भरि हिउँ परिरहन्छ, गेर्पा, भोट, तामाड, भिडे, थकाली नादि जातिहरूको वासस्थान हो । यी जातिहरूको शारीरिक गठन, प्राचार, विचार, धर्म र संस्कृति हिमालयको उत्तरपट्टिका निवासी तिब्बती जातिहरू सँग धेरै मात्रामा मिल्दोजुल्दो छ । थेप्चो नाक, पहेलो रड र दोब्रिएका परेला भएका यी जाति- हरूको मुख्य पेशा पशुपालन जडीबूटी तथा नूनको व्यापार र ऊनको व्यापार हो। भोटेहरूभन्दा शेर्पा, मुर्मी र तागाडहरू हिमरेखाभन्दा मुनिका बस्तीमा बस्ने हुँदा यी जातिहरू केही मात्रामा आलु, जौ, मकै उमार्दछन् । शेर्पाः--शब्दको भोटे भाषामा अर्थ "पूर्विया" हुनाले यो जाति भोटतिरबाट प्राई नेपालको उत्तर पूर्वमा बसेको हुनु- पर्दछ । आज पनि पूर्वी नेपालको उत्तरी भागमा यिनीहरूको - सख्या प्रशस्त छ र यो जातिले सिक्किम, दार्जलिड छोपेको छ । पूर्वी नेपालको उत्तरी भागमें सीमित भएर बसेका शेर्पाहरूमा तिब्बतो छाप स्पष्ट देखिन्छ तापनि व्यापार र व्यवसायको दार्जलिङ, सिक्किम झरेका शेर्पाहरूमा आचरण र व्यवहारको फरक आइसकेको छ । यी शेर्पाहरू कति क्रिश्चियन भइसकेका छन् भने कति शैवधर्मावलम्बी भइसकेका छन् र जुन ठूलो समुदायको नजदीक पुग्यो त्यसैको रड लिइसकेका छन् । चभ्री गाई तथा च्याङ्ग्रा भेडा पाल्ने आलु जौ उमारेर जीविका चलाइआएका यी जातिहरूको जीवनमा हिमालय वरदान भइ- पाएको छ। खारा गरेर विश्वको अग्लो चुचुरो सगरमाथा प्रारोहण गर्ने विदेशीहरूको रहरले झण्डै प्राधा शताब्दीअघि- देखि यो जातिको एक नयाँ पेशा खुल्न गएको छ । यिनलाई मार्ग-प्रदर्शक र भरिया नराग्वी कुनै पनि चुली प्रारोहण गर्नु विदेशी दलहरूको लागि असम्भव भएकोले यो पेशाले व्यापक रूप लिदै गइरहेछ। तेजिड शेर्पाको सगरमाथाको सफल आरोहणले ग्राज प्रत्येक गर्पा युवक र युवतिको एकमात्र अभि- लापा कठोर चुली को सफल प्रारोहण हुन गएको छ । हृदयमा सड्लो मुस्कानको रहर, ओठमा प्रेम र विजयको गीत लिएर उचाइमा वस्ने यी जाति उंचाइनिरै लम्किरहेका पाइन्छन् । तामाङ र मुर्मी :-अाफ्नो जातिको लोककथाअनुसार तामाड र मुर्मीहरू ग्राफूलाई हिन्दूहरूका त्रिदेवमध्ये महादेवका सन्तान मान्दछन् । यी उत्तरतिरका अधिकाश जाति में भोटतिरबाटै ( १५ ) झरेका हुन् । यी जातिहरू दुइ भागमा विभाजित छन् । अट्ठार जात र बडा तामाड मानिन्छन् र महेश्वरका झर्रा मन्तान भएकाले प्रहार जातभन्दा अाफूलाइ श्रेष्ठ ठान्दछन् । यिनको माफ्ने तामाङ भाषा छ तापनि तामाड भाषा बढ्ता भोटे बोलीसँग मिल्दो छ । यो जातिका स्त्री पुरुषहरू भोट र नेपाल- का बीच मालसामान ओसार्ने काम गर्दछन् । यसबाहेक हिमालय प्रदशका भिराला जमीनमा यिनीहरू आलु र जौ पनि उमार्दछन्। भिङ :- नेपाल राज्यको उत्तर पश्चिम भागमा वस्ने यो जाति भोटे जत्तिकै खचडा भनिन्छ र यिनीहरू भोटे भाषासँग मिल्दोजुल्दो खचडा भिडे भाषा वोल्दछन् । यो जातिको मुख्य पेशा महाभारत प्रदेशका बस्तीहरूमा डुली अन्नसँग नून साट्नु हो। हिउँदभरि नूनसँग साटेर लगेको अन्नको खोले पिएर वर्षा गुजार्दछन् । केही मात्रामा यी जाति पनि पालु, गहूँ, जौको खेती गर्दछन् । भोटे : नेपालको उत्तरी भेगको अग्ला पाखामा बस्ने यी भोटेहरूको सबै चालचलन, धर्म तथा व्यवहार तिब्बतका भोटे- हरूको सरह नै छ। यिनको विहावारी, लेनदेनसमेत तिब्बत- सँग चलिआएको छ । दुर्गम हिमाली प्रदेशमा आइमाईहरूका जनसंख्या कम हुने हुँदा दाजुभाइ सबैले एउटै स्वास्नी राख्ने चलन यो जातिमा प्रचलित छ । बाह्र महीना हिउँ पर्ने यिनी- रूको बस्तीमा पानीको अभाव हुने र ज्यादै कठोर ठण्डी हुने हुँदा यिनीहरूको शरीरले पानीको स्पर्श जीवनमा कमै पाएको ( १६ ) हुन्छ । ठण्डीबाट बच्न यिनीहरू दोचा र लामो पाखीका घुडा- मुनि झर्ने लबेदाजस्तो कोट लगाउँदछन् । यिनीहरू स्त्री-पुरुप दुवे जाति कपाल पाल्दछन् । ठूला ठूला तामाका रोचा प्रागोको रापले हिउँ पगालेर पानीको काम लिने गर्दछन् । भोटे जातिको मुख्य पेगा व्यापार हो। यिनीहरू तिव्यत र नेपालको बीचमा व्यापार गर्दछन् । नेपालमा यिनीहरूको मुख्य व्यापार छाना, भेडा, घोडा, पाखी, कस्तूरी, स्वाग, जिम्मू तथा प्रस्ते प्रकारका अनेक जडीबूटीहरू हुन् । नेपाल बाट यिनीहरू मट्टिते। आदि लगेर तिब्बतमा व्यापार मार्दछन् । यिनीहरू जडीबूटी र कस्तूरीको व्यापार हिन्दुस्तान, वर्मा, मलायासम्म पुगेर गर्दछन् । हिमालय प्रदेशका नरू जाति- भन्दा भोटेहरू आर्थिक दृष्टिले सम्पन्न हुन्छन् ।
२ महाभारत प्रदेशका जाति र यिनी- हरूको संस्कृति महाभारत प्रदेशका जाति र तिनी- हरूको संस्कृति उत्तरको हिमालय प्रदेश र दक्षिणको तराई प्रदेशको बीच- को महाभारत प्रदेश जसको पर्वत शृङ्खला समुद्री धरातलबाट २००० देखि १६००० फीटसम्म अग्लो छ र जहाँ २००० देखि ३००० फीटसम्मका फराकिला बेसीहरू छन् गुरुड, किरात र नेवारहरूको मुख्य थलो हो । गुरुङ :- गुरुङ जातिहरूको बस्ती प्राय उत्तरी भागमा नै भएकाले यिनीहरूले आफ्नो तिब्बतीपनलाई गुमाइसकेका छैनन् । यिनीहरू तिब्बती बर्मेली परिवारको गुरुङ भाषा बोल्दछन् । यिनीहरूको गुरुङ भाषा भोटे भाषासँग ज्यादै मिल्दो जुल्दो छ । गुरुडहरू मुख्यत दुइ प्रधान जाति ४ जात र १६ जातमा बॉडिएका छन्, १६ जातेभन्दा ४ जाते ठूला मानिन्छन् । जातेमा लामे, लामीछाने, घले, गोदाने पर्दछन् । ४ जात र ४ ( १८ १६ जातको भातपानी चले तापनि भरसक बिहाबारी चल्दैन । यिनीहरूको मुख्य पेशा पशुपालन र दोस्रोमा खेती हो । उत्तर- पट्टिको अग्लो प्रदेश र अग्लो भागमा बस्न रुचाउने यो जाति- ले नहर र कुलोबाट पट्ने खेत भेट्टाउन निकै तल ब्यॉसीमा झर्नुपर्ने हुँदा धानखेतीभन्दा अग्लो पर्वतीय प्रदेशमा उम्रने जौ, गहूँ, आलु, मकै, कोदो फापर आदि उमार्दछन् । नयाँ जाबादी गरिएको ठाउँ ज्यादै मलिलो र बढ्ता अनाज उम्रने हुँदा जगलको बीच बीचमा खोरिया फॉडेर डुलुवा खेती गर्न यो जाति विशेप मनपराउँछ । कृषि र पशुपालन बाहेक विदेशी फौजीमा भर्ती हुन जाने यिनीहरूको मुख्य धन्धा हो । हिमालय पर्वतको ह्मिरेखामुनि भिरालो जमीनमा भेडी-गोठ राखेर यसकै ऊनबाट राडी र काम्लाहरू तयार गर्दछन् । लेकको अल्लो र पाटको रेषा निकाली यसैबाट भॉग्रा, भेडाका ऊनबाट तयार हुने बक्खु यस जातिका पुरुषहरूको मुख्य पहिरन हो । गुरुड जातिका आइमाईहरू अक्सर लोग्नेमानिसले विदेशबाट लिएर आउने मखमलको रातो चोलो, कालो फरिया, कलेजी बुट्ट घलेक र यस्तै रातो रंगको प्राधान्य भएको मजेत्रो प्रोढ्न रूचाउँछन् । यो जातिको बिहेबारी केटा र केटीको मञ्जूरीबाट हुने प्रेम- विवाह र बाबु आमाको मञ्जूरीबाट कन्या मागेर गरिने दुवै चलन प्रचलित छ। कन्या माग्न जाँदा दुल्हापट्टिकाले कन्याका बाबुलाइ ११ मोहर दिने चलन छ। यस्तै तालुकदारलाई मो रु १।, कटुवाललाई ५० पैसा, दूधको भारा तिर्ने भनी कन्याको आमालाई मो रु १। कन्याका बाबुलाई साइपाटा खर्च मो रु. १॥ दस्तूर दिएपछि कन्याको बाबुले वाग्दत्त बोलेर दुल्हाको गोत्रमा कन्याको गोत्रलाई सार्दछ। दूधको ठेकी रक्सीको पुग र रोटीको सोली बोकेर दुल्हापट्टिका आफन्तहरू नन्तीभन्दा अगाडि सगुन लिएर पुग्दछन् । त्यो सगुन दुलही- पट्टिका भलाद्मी निम्तालुहरूले खान्छन् । रातको लगनमा कन्यादान हुन्छ । दुलहीको डोलीसँगै भोलिपल्ट गाउँका तन्नेरी- हरू दुल्हाको घरसम्म पुयाउन जान्छन् । यिनीहरूलाई दुल्हाले स्तूर दिएर बिदा गर्नुपर्दछ। गुरुड जातिको लोग्ने मानिस मर्दा सेतो र स्वास्नी मानिस मर्दा रातो कात्रो चाहिन्छ । मलामी. जॉदा झ्याली र ढयॉग्रो बजाउँदै गाउँका लोग्नेमानिस स्वास्नी-मानिसहरू अग्लो डॉडामा लाशलाई लिएर जान्छन् । यिनीहरूको लाशलाई गाड्ने चलन छ। लाश गाडेको ठाउँमा ढुगाको सानो स्तूप खडा गरेर त्यसमाथि कालो ध्वजा छोड्द- छन् । यस स्तूप आकारको ढुंगाको थुप्रोलाई माने भन्दछन् । मरेको मानिसलाई तार्न यिनीहरू अधौं गर्दछन् । नौ माना चामलको घिउमा मलेको भातको पिण्ड ( कैदु ) बटारी जगायामा राख्दछन् र ३ दिनपछि जुठो लाग्ने सबै नातेदार- हरू जम्मा भई रक्सी फलफूल आदि मरेको मानिसको निमित्त चढाउँछन् । सॉझमा अपशोची "नाच' ध्यादु नचाउँछन् । बिहान “मैदु" नाच हुन्छ । सॉझमा झाँक्रीले स्याहा (सातौ) ( २० ) सेक्ता नाच बोलाएपछि गाउँभरका आइमाईहरू जम्मा भएर अपशकुत्त स्वर झिकेर रुन थाल्छन् । यसको भोलिपल्ट दिनभरि ढोलकी र झुरमा बजाई मरेको मानिसलाई स्वर्ग पुयाउन चल्दछ । बेलुका अधौं सेलाउन जगली जनावरका प्वॉख र हाड टाउकामा घुसारेको घग्रा र रिट्ठाका माला लगाएका लामा ध्याब्रिग, ढयॉग्रो र झ्यालीको तालमा उफ्री उफ्री नाच्दछन् । अधौं सेलाएपछि जगियामा राखेको “कै" मा एक-एकवटा मासुको चोक्टा राखेर गाउँको दैला-दैला घुमा- उँछन् । यो पिण्ड कुखुरा र कुकुरलाई खुवाइन्छ । यो जातिको प्रसिद्ध नाच "घा" नाच हो। यो दुई किसिमको हुन्छ एउटालाई सती र अर्कोलाई बाह्रमासे भन्दछन् । सतीमरा मादल बजाइन्न र बाह्रमासेमा बजाइने चलन छ। "घाट" नाचका मुख्य पात्रहरू गुरुंग जातिको लोककथाका “पश्राम" राजा र "अम्बावती “रानी हुन् । “घाटु" नाचको गीतमा चन्द्र सूर्य आकाश पृथिवीको स्तुति गरिसकेपछि फूलको बीउ रोप्ने, फूल उमार्ने, फुलाउने, अनि निगालो काटेर ढक्की बुनी त्यही फूल टिपेर पूजा गर्ने आदि कुराहरू हुन्छन् “घाटु' मा हिमचुली, वर्चुली, देउचुली र गुंगाचुलीका महिमाहरू गाइन्छन् । सिगारिएका दुइटा घाटुली पानीले तीन फन्का मारेको काठ- माथि गीत सुनेर बस्दछन् । जुम्ल्याहा हात गरेर कॉपिरहेका घाटुलीका अगाडि थालीमा दही चामल फूलपाती राखिएको हुन्छ। घाटुलीको शरीरमा सरस्वती नचढुञ्जेलसम्म गीत ( २१ ) थामिदैन । अाँखा बन्द गरेर कॉपिरहेका घाटुलीहरूको गीतले ने ऑखा खोलिन्छ। बसेका घाटुलीलाई उठाउन मादल बज्द छ । लर्केको पटुकाको फुर्को समाती औलालाई तालमा नचाउँदै आँखा चिम्लेका घाटुली उठ्दछन् । आँखा खुल्ने गीत आएपछि घाटुलीले पाती लिएर आँखामा लगाउँछन् । तीन फेरासम्म हिमचुलीको गीत गाउँदा पनि पाती झरेनभने गुरु बाबुहरू- बाट वर्चुली गीतको प्रारम्भ हुन्छ। पश्रामु राजा लडाइँमा मरेपछि अम्बावतीले सिगार गर्न लाग्दा ऐनामा अपशकुनहरू देखापर्दछन् र आफ्नो एकमात्र छोरा बाले कृष्णलाई जिम्मा लगाएर अम्बावती रानी सती जान्छिन् । कथा यत्तिकैमा सकिन्छ । नाच सकिएपछि दही चामलको टीका प्रसादको रूपमा दर्शकहरूलाई लगाइन्छ। गुरुग जातिको घाटु बाहेक सोरठी, पिगला र गोपिचन यी प्रसिद्ध पुराना नाच हुन् । यी विशेष पर्व र उत्सवमा हुने पौराणिक नृत्य र गीत बाहेक दैनिक जीवनका सुख-दु खसँग मुछिएका पवित्र मनका उद्गारहरू गोठ गाउँघर अँधेरा जहाँसुकै जुनसुकै बखत पनि यिनका ओठबाट चिप्लिरहेका हुन्छन् । दिनभरको परिश्रमपछि घर वा गोठमा पाकेको साग सिस्नु खाएर गुरुग जातिका तरुणी तन्देरीहरू रोदीघरमा जम्मा हुन्छन् । जहान कोही नभएकी एकली बूढी आइमाईको घर वा लोग्ने छोरी नभएको चेली-बेटी मात्र भएको अथवा गाउँको बीचमा पर्ने कुनै गोठ कटेरो टौवा- मुनि ठिटा-ठिटीहरू जम्मा हुने ठाउँलाई रोदीघर भनिन्छ ।
( २२ ) त्यस ठाउँमा सम्मिलित हुन जानेलाई रोदी बस्न जाने भनिन्छ। किरॉत :- हिमालयका काखका प्राचीन जातिमध्ये किराँत एक प्रमुख जाति हो। हाल किराँतहरू नेपालको पूर्वी भागमा बसोवास गर्दछन् । राई र लिम्बु २ भागमा यो जाति विभाजित छ । बहादुरी किरॉत जातिको प्रधान जातीय गुण हो । यिनीहरूको मुख्य पेशा कृषि नै हो। विदेशी फौजमा सेवा गर्नु यो जातिको अर्को पेशा हो। यो जातिको बस्तीहरूमा विदेशी फौजमा काम नगरेका वा बहादुरी वापत पेन्सन नपाएका मानिसहरू कमै पाइन्छन् । समुद्रको सतहभन्दा ४०००-५,००० फीट उचाइमा बसोवास गर्ने यो जातिको ढुगाको गारो र अक्सर ढुगाकै छाना भएका एकतले घरहरू छुट्टा-छुट्ट खेती गर्न पाखाहरूको बीच- बीचमा उभिएको पाइन्छ। यसै प्रकार यस्ता बस्तीहरू कोसौ फैलिएको पनि पाइन्छ। असार-साउनमा मकैघारीभित्र हरा- उने यी घरहरू मसिर-पुसतिर पहेलै तोरी बारीको बीचमा हाँसिरहेको देखिन्छ । अक्सर राई जातिका घरहरूमा दुइटा मूल ढोका राखिने चलन छ । एउटा ढोका पूर्व र अर्को ढोका दक्षिणतिर फर्किएको हुन्छ । अरुण खोलाको माथिल्लो भाग- तिर काठको खुट्टामा जमीनभन्दा ३।४ हातमाथि उठाएर बनाएका काठका घरहरू पाइन्छन् । यस्ता घरहरूमा अगाडि पट्टि बरण्डा निकालिएको हुन्छ र बरण्डा र आँगनको बीच लिस्नो उभ्याइएको हुन्छ । यस्ता घरहरूका भित्ता बॉसका ( २३ ) कप्टेराका हुन्छन् र छाना पनि भकारीले छाइएको हुन्छ । यी घरहरूको मुनि कुखुरा, सुँगुर र भेडाहरू पालिन्छन् । यिनी- हरूको घरेलु सामानहरूमा कॉसका थालीहरू, फलामे ताप्के, माटाका धैटा, सोली, डोको, डाला आदि हुन्छन् । अरुण खोला- का माथिल्लो भागका राई बस्तीहरूमा धातुका भाँडाहरू कमै चलनमा ल्याउँदछन् । यतातिर पानी पनि बॉसको ढुग्रोमा ओसारेको पाइन्छ । यिनीहरू आफ्ना बारी र खेतहरूमा मकै, कोदो- गहूँ, तोरी, आलु, आदिको साथै केही मात्रामा धान पनि उमार्दछन् । आफ्नो पारिवारिक आवश्यकताअनुसारको बाली उमारे तापनि जॉड रक्सीको लागि धेरै अन्न कुहाउने हुँदा यिनीहरूलाई वर्ष छिचल्न धौ-धौ ने पर्दछ । यही र यस्तै कारणहरूले गर्दा किराँती युवकहरू विदेशी फौजमा काम गरी कमाउन विदेशतिर लाग्दछन् । अधबैसेहरू बाली थन्क्याइसके- पछि तराईका जिल्लाहरूमा कामको लागि अओर्लन्छन् । हिउँद- को २।३ महीना धरान, बिराटनगर, जयनगर आदि ठाउँहरूमा ज्यालादारी काग गरी वर्षे नूनं तेल र कपडाहरू धान्दछन् । खोरिया फॉडेर डुलुवा खेती गर्ने चलन पनि यो जातिमा छ । किराँत जातिहरूमा एक विवाह प्रथा छ। बिहा तीनै किसिम- बाट गरिन्छ । वर र कन्याको बाबु आमाको मञ्जूरीवाट, केटी जबर्दस्ती भगाएर वा केटाकेटी दुवैको मञ्जूरीले गान्धर्व रीत- ले। तीनै किसिमको विवाह प्रचलनमा छ । सम्झौताअनुसार गरिने विवाह धनी परिवारहरूमा मात्र सीमित छ । यिनीहरू ( २४ ) को कन्यादान गर्दा सिदूर हाल्ने चलन छ । तीन तरीकामध्ये जुनसुकै एक तरीकाबाट विवाह भए तापनि धार्मिक नेता "नोक्चेको” आशीर्वाद लिनु आवश्यक मानिन्छ । सम्झौता अनुसार गरिएको बिहामा केटीहरूको अक्सर २।३ वर्ष माइत बस्ने चलन हुन्छ । राईहरूको विधवा भाउजू, साली सोल्टी बिहे गर्ने अधि- कार हुन्छ । यिनीहरूमा जारी गर्ने प्रथा पनि छ। अविवाहिता केटीले बच्चा पाउनु यिनीहरूको समाजमा अपराध मानिदैन । यति मात्र हो कि केटीको प्रेमीले सुत्केरी खर्च बेहोर्न पर्दछ । विवाहित जोडीको पारपाचके भएमा छोरोचाहि बाबुपट्टि र छोरीचाहि आमापट्टि बस्ने चलन छ । किराँतहरूको हिन्दू वा बौद्ध धर्मभन्दा फरक परन्तु हिन्दू वा बौद्ध धर्मबाट प्रभावित एक अनौठो धार्मिक परम्परा छ । यिनीहरूका स्थानीय देवी-देवताहरू प्रशस्त छन् । हिमालयको चुचुरोमा बस्ने जालपादेवी र सप्तकन्या यिनीहरूका मुख्य देवी हुन् । यिनीहरूको आफ्ना धार्मिक लोककथाका पुर्खाहरू शिकाताकहाउ बूढो, वाल्मे बूढी, कुलुग बूढी, माडतेवा बूढी, मोलु सिकारी, आदिहरूको पूजा पनि गर्दछन् । यिनीहरूको लोककथाअनुसार यी पुख्यौली देवताहरू ज्यूँदै पृथिवीमा लोप भएका थिए रे । यी देवताहरूलाई प्रत्येक चाड-पर्व तथा उत्सव- हरूमा फल-फूल अन्न आदि चढाइन्छ । प्रत्येक राईहरूको घरको कुनामा "खाभाड" भन्ने इष्ट देवतालाई एउटा माटाको ( २५ ) भाँडोमा भुण्ड्याइएको हुन्छ । यसलाई व्यक्तिगत खुपीको देवता मानिन्छ र शिकार गरेको मासुको प्रथम टुक्रा चढाइन्छ । "स्वार्तोक", "लीक्कोमाङ", "नागी" आदि पूजा तथा उत्सव- हरू मनाउने प्रचलन छ । आश्विन महीनामा मनाइने यो खार्तोक चाडमा पृथिवीको पूजा गरिन्छ । दादुरा, बिफर आदि- ले गाउँमा प्रवेश नगरोस् भन्नाको लागि “लीक्कोमाड" पूजा गरिन्छ । अगविहीन बच्चा नजन्मन् र बच्चाहरूलाई कुनै रोग नलागोस् भन्नाको लागि “नागी" पूजा गरिन्छ । यी पूजा- हरूमा कुखुरा, सुँगुर, रॉगो आदि काटेर भोज खाइन्छ । धार्मिक पूजा आजा चलाउने धर्मगुरुलाई “नगोपा' भन्दछन् । यो "नगोपा" लाई बराबर देवता आउँदछ र ईश्वरको प्रतिनिधि स्वरूप मानिसहरूलाई निर्देशन गर्दछ। यही नगोपाले झाँक्री र वैद्यको काम पनि गर्दछ । राईहरूमा मरेको मानिसलाई गाड्ने चलन छ । कुलुंगे र खालिगे राईहरूलाई घरको नजीकै खेती हुने जमीनभित्र गाड्ने चलन छ र मृत लाशलाई तेह्र दिनसम्म खानेकुरा र रक्सी दिनुपर्दछ । अरूहरूको चाहि गाउँ बाहिर गाड्ने चलन छ । यी सब काजक्रियाको लागि धर्मगुरुको आवश्यकता पर्दछ । अप- शोच छ दिनसम्म मनाइन्छ । अपशोचका दिनहरूमा नून, मासु, रक्सी, र तेल आदि खानु हुँदैन । मरेका मान्छेहरूको सम्झनामा वर पीपल रोप्ने, चौतारा बनाउने आदि चलन यो जातिमा छ। यो जातिमा सयुक्त परिवारमा बस्ने चलन उति- ( २६ ) को छैन । बिहा गरेको केही वर्षपछि नै छुट्टिने चलन छ । मकैको भित्री तहको नरम खोसेल्टोमा सुर्ती बेरेर चुरोट पिउने यो जातिका केटीहरूको तुनामा एउटा सानो सारगी कहिल्यै टुटेको हुँदैन। नेवार :- काठमाडौ उपत्यकाका मूल निवासीहरूलाई नेवार भनिन्छ । यी नेवारहरू काठमाडौ उपत्यकाभन्दा बाहिर पूर्व पश्चिम पहाडमा र तराईमा समेत फैलिएका छन् । यिनीहरूको आफ्नो अलग विकसित नेवार भाषा छ। नेपाल उपत्यकाको मलिलो माटोमा जन्मिएको यो जाति नेपालका अरू जातिहरूको तुलना- मा ज्यादै सुसस्कृत छ। हजारौ वर्षअघिदेखि हिमालयवारि- पारिका देशको व्यापारको बाटो यही उपत्यका पर्ने भएकोले यहाँका निवासीहरू उद्योग धन्धा व्यापार तथा कलाकौशलमा विशेष निपुण छन् । धर्मको आधारमा नेवारहरू दुई जातिमा बिभक्त छन्, (क) बुद्ध मार्गी र (ख) शिव मार्गी अथवा हिन्दू धर्मावलम्बी। हिन्दूधर्मावलम्बीहरूमा ४ वर्ण छन् र यिनी- हरूमा देउभाजु ब्राह्मण, छ थरे कहलाइनेहरू क्षत्री, चार वा पॉच थरे भनिने वैश्य र पोडे तथा च्यामेहरू शूद्र हुन् । बौद्ध- मार्गीहरू तीन भागमा विभाजित छन्-बॉडा, वज्राचार्य, भिक्षु, वा शाक्यभिक्षुहरूलाई प्रथम श्रेणीमा लिन सकिन्छ । यिनी- हरूमा पनि बॉडाहरू बिशेष उच्च मानिन्छन् । दोस्रो वर्गमा उदासहरू आउँछन् । यिनीहरूको सामाजिक तथा धार्मिक ( २७ ) कामहरू पहिलो वगद्वारा गराइन्छ। बौद्धमार्गी नेवार जाति- हरूको तेस्रो वर्गमा सबभन्दा ठूलो वर्ग ज्यापूहरू आउँछन् । सुन चाँदी तथा अन्य धातुहरूमा मोही काम गर्ने यी बॉडाहरू कलाकौशलमा ज्यादै नै निपुण हुन्छन् । बौद्धधर्मावलम्वी नेवारहरूमा यी प्रथम वर्गमा पर्ने र यिनीहरूकै हातमा धार्मिक नियम पनि पर्ने भएकाले नेपाली कलामा बौद्धधर्मको लाक्ष- णिकता विशेष रूपमा पाइन्छ । बौद्धमार्गीहरूको तेस्रो वर्ग ज्यापूहरू कृषिजीवी हुन् । यस बाहेक नेवार जातिको मुख्य पेशा व्यापार र सरकारी नोकरी नै हो। हिन्दू धर्मावलम्बी नेवारहरूको कर्मकाण्ड तथा सस्कार अन्य हिन्दू धर्मावलम्बी ब्राह्मण क्षत्रिय आदिहरूसँग प्राय मिल्दछ । आगममा पूजा गर्ने कन्याकेटीको सही (वेललाई कन्यादान दिने) गर्ने र अक्सर विवाहमा दुल्हा जन्ती नजाने आदि केही कुराहरू यो जातिमा अरू हिन्दू धर्मावलम्बी जातिभन्दा फरक पाइन्छ । वेललाई कन्यादान दिइने नेवारका कन्याहरू लोग्ने मरे तापनि विधवा मानिन्नन् । आइमाईले चाहेमा समाजले दोस्रो बिहालाई बहिष्कार गर्दैन । यस अतिरिक्त यस जातिका पति-पत्नीको मेल मिलाप नभएमा खुशीसाथ पारपाचुके गर्ने चलन छ। विवाह अगाडि कन्यालाई दिइएको सुपारी फर्काइदिएपछि विवाहिता नारी फेरि कन्याकुमारीसरह नै मानिन्छ ।
तराई तथा भित्री मधेसका निवासि र तिनीहरूको संस्कृति तराई तथा भित्री मधेशका जाति र तिनीहरूको संस्कृति महाभारत प्रदेशको दक्षिणपट्टिको तराई तथा भित्री मधेश- को भाग दनुवार, दरै, माझी, थारू, चेपाड आदिको वास- स्थान हो । यिनीहरूको पनि आफ्नै परम्परा र बोली छ । दनुवार, दरै र माझी :- नेपालका भित्री उपत्यकाहरू र तराई जगलका छेउछाउमा बसोवास गर्ने दनुवार माझी र दरैहरू को सास्कृतिक र शारीरिक सामञ्जस्यता थारूहरूसँग छ। यिनीहरूमध्ये कसैले आफ्नो उत्पत्ति राजपूतबाट भएको हो र भारतका मुसलमानहरूका अत्याचारले पीडित भएर नेपालको जगलमा शरण लिन आएको भनी चाखलाग्दो कथा सुनाउँछन् । जे होस, यी जातिहरू यहाँ कमसेकम २,००० वर्षदेखि नै बसोवास गरी पाएका छन् । यिनीहरूको अनुहार र चालचलन थारूहरूको भन्दा ज्यादा फरक नभए तापनि खेतीपातीमा भन्दा बढ्ता शिकार गर्ने र ( २६ ) -- माछा मार्नमा यी जातिहरू निर्भर गर्दछन् । ब्यॉसीतिर यिनी- हरूको नजीकमा खेतीवाल वरमु र माटाका भाँडा बनाउने कुमालेहरू बस्दछन् । वरमु र कुमालेहरू दनुवार, दरै र माझी- हरूभन्दा वढ्ना मगोलियन रूपका देखिन्छन् र तिब्बती- बर्मेली परिवारको भाषा बोल्दछन् । वास्तवमा माझी भन्ने नाम तराईका बोटेहरूलाइ पहाडीहरूले दिएका हुन् । यिनीहरू- लाई कुसर पनि भनिन्छ । माझी, बोटे र कुसर एकै हुन् । यिनी- हरू एउटै भाषा बोल्दछन् । पूर्वी नेपालका होचा थुम्काहरू- मा र भित्री मधेश तथा तराईमा गरी यिनीहरूको जनसख्या ११,००० जतिको छ। यस्तै पूर्वीय होचा क्षेत्रहरूमा जम्मा गरी माझीहरूको संख्या ६,००० जति छ। चितवन र यसको होचा जगली क्षेत्रहरूमा बसोवास गर्ने दरैहरूको संख्या पुग नपुग ३,००० जति छ । अक्सर नदीको किनारमा बस्न रूचा- उने यी जातिहरू नदी किनारमा पराले छाना भएको धुमाउने घर र तराईमा वस्नेहरू रूखका हाँगाबिगाका टाटीवाल होचा छाप्रा बनाएर बस्दछन् । यिनीहरूका छाप्राहरू एक अर्कोसँग टाढा रहन्छन् । दरै र दनुवारहरू शिकारमा मात्र भर नपरी खेतीपाती पनि गर्दछन् । तर माझी- हरूचाहि बिलकुलै नदीमा भर पर्दछन् । माछा मार्ने र काठका मुढकाहरू खोपी डुगा बनाएर नदी तार्ने काम गर्दछन् । मानिस- हरूसग भन्दा जगली जानवरहरूसित बढ्ता परिचित यी जाति- हरू घुमफिर गर्न उति रूचाउँदैनन् । यी तीनै जातिका मानिस- ( ३० ) हरूमा विवाह अापसी राजीखुशीद्वारा हुन्छ । दनुवारहरूमा केटी भगाएर लाने कतैकतै चलन भए तापनि सम्झौताद्वारा विवाह गर्ने स्थितिलाई नै राम्रो मान्दै आएका छन् । बोटे, माझी, र दनुवारहरू फुपुकी छोरीलाई विवाह गर्दैनन् तापनि विधवा भाउज्यूलाई विवाह गर्ने चलन छ। यिनीहरूमा जारी गर्ने प्रथा पनि प्रशस्त छ। थारू, दरै, बोटे, माझी र कुसरमा आपसी विवाह हुन सक्दछ । उनीहरूको मान्यताअनुसार छोरो बाबुपट्टिको समूहमा जान्छ र छारीचाहि आमापट्टिको जातमा मिलाइन्छ। यी तीनै जातले आफ्नो घरको चूल्हो पछाडि कुल- देवतालाई स्थापना गरेका हुन्छन् । यसैले चूल्होमा आफ्नो परिवार बाहेक कसैलाई पस्न दिदैनन् । यिनीहरू वनदेवीको पनि पूजा गदछन् । बोटे र माझीहरू जन्म सूतक ४ दिन र मृत्यु सूतक १३ दिन मान्दछन् । दनुवारहरू जन्म र मृत्यु दुवै सूतक १० दिन मान्दछन् । यिनीहरू सबैको लाश फाल्ने चलन छ। दनुवारहरूमा भाञ्जा अथवा जुवाइँले पुरेतको काम गर्द- छन् र दरै र माझीहरूमा बूढापाका तथा अनुभवीहरूले पुरो- हित्याइँ गर्ने चलन छ । यिनीहरूको कुनै धार्मिक प्रार्थना र मन्त्रहरू छैनन् र कुनै लिखित भाषा पनि छैन नेपालको पूर्वदेखि पश्चिमसम्मको दक्षिण समथर भागमा फैलिएको जाति थारू तराईका पुराना वासिन्दा हुन् । बाक्लो ( ३१ ) . - जगलको नजीक बस्न अक्सर यो जाति रूचाउँदछ । थारू जातिको उत्तरी भारतका विभिन्न भाषाहरू उर्दू, हिन्दी, भोज- पुरी, मैथिली, बगाली आदि भाषाहरूबाट प्रभावित आफ्नो बेग्लै भाषा छ। थारूहरूको पाँच फीट दुई इञ्च करीव उचाइ, पातलो तर गठिलो शरीर र कालो रग हुन्छ । थारू जातिको उत्पत्तिको विषयमा धेरै प्रचलित कथा- हरू छन् । धेरै थारूहरू आफूलाई मुसलमानहरूको हमला हुँदा रातपुतानाबाट भागेका राजपूतका सन्तान ठान्दछन् । यिनीहरू परम्परागत कृषिजीवी हुन् । यिनीहरू स्वभावैले सरल र अनु- शासित हुन्छन् । यिनीहरू मुख्यत दुइ वर्गमा विभाजित छन् । प्रधान वर्गमा छ , र अप्रवानमा ३२ उप-शाखा छन् । तर वास्तवमा प्रधान र अप्रधानमा उनीहरू त्यति फरक मान्दैनन् । थारूहरूमा पितृ-प्रधान एक विवाह प्रथा छ। यो जातिमा बाबु-आमाको मञ्जूरीबाट साहै कलिलो उमेरमा विहे गर्ने चलन छ। आफ्नै गोत्र बाहेक थारू जातिभित्र यिनीहरूको बिहा- वारी चल्दछ। गरीब थारूहरूमा विवाह गर्दा साट्ने चलन छ। कम उमेरको केटासँग उमेर पुगेकी केटी बिहा गर्ने चलन यो जातिमा छ। यिनीहरूको बिहेमा कन्यादानअघि दुलही लाई एक कचौरा विष दिने चलन छ । केही गरी शत्रुको हात- मा परेमा आत्महत्या गर्न यो विष दिइन्छ । यसैको आधारमा थारूहरू आफूलाई राजपूतको सन्तान मान्दछन् । विहाको अवसरमा थारूको वर बिरामी भएमा छुरालाई बरको प्रति-
( २ )
निधिस्वरूप कन्या लिन पठाइन्छ । थारूहरू आपनै जातीय
इष्टदेवताहरू, स्थानीय देवताहरू र हिन्दू जातिका देवी-देवता-
को पनि पूजा गर्दछन् । तर आफ्नै जातीय थारू धर्मलाई
पछचाउनेहरू गुर्वालाई पुरोहित मान्दछन् । यस्ता गुर्वाहरूलाई
लालमोहर दिइएको हुन्छ । यी गुर्वाहरूले पुरोहितको अतिरिक्त
वैद्य र झाँक्रीको काम पनि गर्दछन् । थारूहरूको घरमा आफ्नै
पुखोली कुलदेवताहरू राखिएका हुन्छन् । यिनीहरूलाई
काली, भगवती, मैया वा गौरैया भनिन्छ। काली भगवती र
मैयालाई बालो चढाइन्छ र गौरैयालाई सुँगुर चढाइन्छ ।
यी कुलदेवीहरूलाई घरको दक्षिणी कुनामा राखिएको हुन्छ
र घरको सबभन्दा जेठोबाठो मान्छे कुलदेवी राखिएको धरो-
हरमा सुत्दछ। अक्सर तराईका थारू बस्तीहरूमा वरम वा
भुईंयारहरू थापिएका हुन्छन् । गाउँको मानिस कोही बिरामी
भएमा यी ठाउँहरूमा पूजा गरिन्छ । तराईका पूर्वी भागमा
बस्ने थारूहरूको लाशलाई जलाउने चलन छ र बीच मधेस
र पश्चिमी चितवन, दाड, देउखुरी, कैलाली कञ्चनपुर, बाँके,
बर्दियातिरका थारूहरूको गाड्ने चलन छ। लाशलाई जमीनमा
गाड्दा सेतो कपडा भूईमा ओछयाएर र सेतो कपडाले ढाकेर
मात्रै माटोले पुर्दछन् आशौच ३,५,७ र ११ दिनसम्म बार्ने
चलन छ । आशौच बार्नेहरूले साग, सब्जी, तेल, बेसार, मासु,
माछा खानु हुँदैन । गुर्वाले तेल दिएपछि आशौच सिद्धिन्छ ।
थारू जातिमा सयुक्त परिवारको प्रथा छ र सम्पत्तिको
es । ३३ ) मुख्य सरक्षक बाबु र घरभित्रको मुख्य मान्छे आमालाई मानिन्छ । जेठो बाबु दाजुको अरू भाईहरूमा अनुशासन चल्दछ र जेठी बुहारीको अरू बुहारीहरूमा चल्दछ । - + चेपाङ समुद्रको सतहभन्दा २५ सयदेखि ४ हजार फीटसम्मको उचाइमा पर्ने महाभारत पर्वतमालाको भिरालो जमीनमा बसोवास गरी आएका चेपॉग जातिको सख्या लगभग १६ हजार जति छ। धादिग जिल्लाको दक्षिणी भाग, मकवान- पुरको पश्चिमी भाग, चितवनको उत्तरी भाग र गोर्खा जिल्ला- को दक्षिणी भागमा यो जाति सीमित छ । लाम्चो आँखा उठान गालाका हाड, गहिरो डडालीयुक्त चेप्टो नाक, श्यामलो वर्णका मगोलियन परिवारका चेपाङ आफ्नो दललाई पूर्वमा पर्ने दोलखाको सुनाथलीबाट आएका किराँती समुदायका सन्तान सम्झन्छन् । यिनीहरू तिब्बतेली परिवारको चेपाङ भाषा बोल्दछन् । नेपाड भाषा राई भाषासँग केही मिल्दोजुल्दो छ। यिनीहरूकै एउटा लोककथाअनुसार यिनीहरू आफूलाई हिन्दू रामायणकी नायिका सीताजीका प्रमुख वशज मान्दछन् । यसअनुसार सीताजीले गण्डकी नदीको आश्रममा वनवासमा छैदा लोहारी नामको एउटा छोरो जन्माइन् । एकदिन वाल्मीकिलाई थाहै नदिई सीताजी नदी किनारतिर बच्चालाई लिएर डुल्न ( ३४ ) निस्किन् । वाल्मीकिले कोक्रो खाली देखेर बच्चा चोरियो भन्ठाने। सीताजीलाई दुख होला भन्ने ठानेर वाल्मीकिले कुशघॉसबाट एउटा बच्चो सृष्टि गरे। सीताजी घर फर्केर हेर्दा कोक्रोमा अर्को बच्चा देख्दा आश्चर्यचकित भइन् । पछि वाल्मीकिले सबै कुरा सुनाएर यी दुवै बालकलाई आफ्नै ठानेर पालन-पोषण गर्ने सल्लाह दिए। कुशबाट उत्पन्न केटाको नाम ऋषिले कुशारी राखे। लोहारी र कुशारी जवान भए। तर एक-अर्काको ज्यानी दुश्मन भएर निस्के । लोहारीको वशज चेपाड कहलाए र कुशारीको कुशुण्डा। यी कुशुण्डाहरू पूरै जगली अवस्थाका आदिम मानिसको प्रतिनिधित्व गर्दछन् । कहिलेकाही बस्तीतिर निक्ले तापनि जंगलमा बस्न रमाउँछन् । जगली जनावरको शिकार र तरूल म्याकुर आदि कन्दमूलबाट यिनीहरू जीवन-निर्वाह गर्दछन् । रूखको बोक्राले लाज ढाकेर धनुकॉड लिएर हिड्ने कुशुण्डाहरूले चेपाडहरूलाई काँड हान्द- छन् भन्ने चेपाडहरूको भनाइ छ । केही चेपाङहरूको भनाइ- अनुसार चेपाङ र कुशुण्डाहरू ठकुरीसरह हुन् । कुशुण्डाहरू आफै पनि जगली अवस्थामा छन् र गोरखाको दक्षिणी भाग तथा तनहूँ जिल्लाको दक्षिणी मध्य-भागको जगलका गुफामा बस्दछन् । चेपाङहरूचाहि अघिदेखि नै सभ्य भएका थिए र उनीहरूकै भनाइअनुसार उनीहरूको चेपाङ राज्य थियो। उनीहरूका ४ राजा थिए। यी ४ राजाहरूलाई पोनी राजा, गील राजा, रिनी राजा र राजी राजा भन्दछन् । यिनीहरूको
( ३५ )
सोझा राजभवन टुकुमथलीमा थियो र पछि पाटनका राजाले
हराएर यिनको राज्य हरण गरे। चेपाङहरूको मुख्यतया दुई
पेशा छ। एक थरी चेपाङहरू खेती गर्दछन् र अर्को थरी
माछा मारेर निर्वाह गर्दछन् । चेपाडलाई कछारिया चेपाङ
भनिन्छ र खेतीपाती गर्ने चेपाङलाई टुकुमथलिया चेपाङ
भनिन्छ । सकभर चेपाङ लोग्नेमानिसहरू अचेपाङ स्वास्नी-
मानिससँग विवाह गर्न रूचाउँदैनन् । तर चेपाङ जातिका
स्वास्नीमानिसहरू अरू जातिसँग प्रशस्त गएका छन् । यस
प्रकारका विवाहबाट भएका सन्तानहरू सबै चेपाडमा गन्ती
हुन्छन् । बाजा बजाएर जन्ती गएर बिहा गर्ने प्रथा पनि यो
जातिमा छ। कन्यादान बिहान गरिन्छ र कन्यादानको शुभ
साइतको सकेत गर्न कुखुराको चल्ला भोग दिने चलन छ ।
कहिले एक शीशी रक्सी र २२ रु० दाम दुलहीका आमा
बाबुलाई रीतिअनुसार दिनुपर्दछ। केटोलाई मनपरेकी केटी
उसको खुशीअनुसार भागेर आइनभने कुनै उत्सव मेला
अथवा खेतमा काम गरिरहेकी वेला पारी केटोले जबरदस्ती
तानेर ल्याउन पाउँछ । पक्रेर ल्याएकी केटीले यदि बिहा गर्न
मानिनभने उसलाई आफ्ना आमा बाबुको घर फर्कन दिइन्छ ।
भगाएर वा जबरजस्ती तानेर ल्याएको केटीसँग बिहा गरेपछि
वैले केटीका आमाबाबुको सम्मानमा १ शीशी रक्सी र
२२ रु० दाम लिएर जानुपर्दछ । यति नगरेसम्म यो बिहालाई
कानूनी मानिदैन । कछारे चेपॉगहरूको बिहा प्रणाली धेरै
( ३६ ) सजिलो छ। केटोले दुलहीको जूठो खाएपछि मुख्य रिवाज पूरा हुन्छ । यिनीहरू छोरीलाई दाइजोमा च्युरीको रूख दिने गर्द- छन् । आफ्ना जातीय कुलदेवताहरूको पूजा र नुवाइ खाने उत्सव अतिरिक्त चेपॉगहरू देश, तिहार सक्रान्ति आदि चाड पनि मनाउँछन् । भाद्र महीनाको तेस्रो साता मगलवारको दिन नुवाइको चाड पर्दछ । यो उत्सवमा मरिसकेका पुर्खाहरूलाई नयाँ अन्न र फलफूल चढाइन्छ । यो उत्सव जेठो-पाकोको घरमा मनाइन्छ। चेपॉग परिवारमा कसैका कुलदेवता पहाडको टुप्पामा र कसैका खोलाको मुहानमा हुन्छन् । यिनीहरू आफ्नो पुरेतलाई पाण्डे भन्छन् । धेरैजसो कछारेहरू भीर पहरामा एक अर्कोका भन्दा हजारौ फूट टाढा भुई तले घॉस पातका छाप्राहरू बनाउँछन् । यिनका घरेलु सामानहरू केही माटाका भॉडा र बॉसका टोकरीहरू हुन्छन् । बाँसको टोकरी र घुम बनाउनु च्युरीको तेल पेल्नु, जगलबाट काठ ल्याई आसपासका बस्तीहरूमा बिक्री गर्नु र भीर पखेरोमा केही मकै र कोदो उमार्नु यिनीहरूको धन्धा यतिमै सीमित छ ।
- अधिराज्यका विभिन्न जाति र लोकसाहित्य विभिन्न जाति र नेपाली लोकसाहित्य- यसरी आ-आफ्नो बोली, वेशभूषा र संस्कृतिले सम्पन्न भएका यी विभिन्न जातिहरूको अा-अाफ्नै लोकगीत र लोक- साहित्य हुनु स्वाभाविकै हो। अा-अाफ्नो जातिगत परम्परा, विश्वास र धारणाअनुरूप समय-समयमा निस्केका यिनीहरूको उद्गारले लोकगीतको रूप लिई देशको लोकसाहित्यलाई धनी तुल्याएको छ भन्नुमा अत्युक्ति पनि हुने छैन । यस अर्थमा विदेश लागेपछि मेचीदेखि महाकालीसम्मको मानिस जहाँ गए पनि नेपाली नामले बोलाइने भए झै मेचीदेखि महाकाली र हिमाल- देखि तराईसम्मका जुनसुकै जात र धर्मका मानिसले आफ्नो रीतभातअनुसार निकालेको उद्गार नेपाली लोकसाहित्य मानिन्छ। नेपाली लोकसाहित्यको विशेषता--अनेकतामा एकता- यसरी अनेकतालाई एकतामा बॉघी आफ्नो व्यापकतालाई फेलाउनु नेपाली लोकसाहित्यको विशेषता हुन गएको छ । वेशभूषा, भाका र भाषामा फरक आए तापनि नेपाली लोक- साहित्यको मूल आधार एउटै हुन्छ। बञ्चरोको ठ्याकठचाक, पतकरको स्वयक स्वयक, जाँतोको न्याइँ याइँ, ढिकीको m-
। ३८ )
ढीक-टीक ढीक-टीक, घट्टको घट-घट, हावाको हुर-हुरी, नदीको
कलकल, छहराको छरछर, चरीको चिरचिर, बनडॉडा, हरि-
याली, हिमाल लेक ब्यॉसी, भीर पहरा गरा कान्ह्ला, डोको र
नाम्लो, थुन्से र सोली, नोल र खर्पन, टोकरी र ढाकर, ताल
र जघार, रह र खोला, पोखरी र पैनी, नहर, कुवा कुलो र
कुलेसो, हुडर कचहरी पिढी, अगेनी र चोक, छाप्रो, कुटो र
कोदाली, हलो र फाली, बादल, तारा, इन्द्रेनी, तुसारो, तुवॉलो,
सूर्य, चन्द्र, शिव र पार्वती, भिन्द्यो र गोसाई, दिवा र थाम,
जन्म र मरण, भूत-प्रेत, डाइने-बोक्सी, झगडा लडाइँ, बिछोड,
पानी नपरे सुख्खा, रौदी, अनिकाल, फसल, साहूले घरबार
खोसेको, खसम परदेश गएको, सौता हालेको, गाउँलेको हेला,
नन्दको टोकेसो आदि अनेक तरहका पीर बाधा समाजका
कुरीति दुख-सुख आदिलाई गीत-कथा, उखानलाई गाउँघरे
दाजुभाइले झिके होलान् । कहिले बूढीले नाति सुताउँदा, कहिले
लाहुरिनी पनेरा जॉदा, कहिले डम्फु मादल झयाली करताल,
खैजडी, मुजुरा, मुर्चुग, एकतारे बाँसुरी, घिने, खिने, बायॉ टिन्छु
ढुगानाको रन्कोमा एक डॉडा फारी कुलकुलाइरहेका खोला
नालाको अविरल धूनमा सहेलीले गाए होलान् । वास्तवमा
यिनै गाउँघरे दाजुभाइ, नथुनी र बिल्टु, चागबा र बाइबा,
टुइसि र हाकुचा, कैले र बस्नेत साहिला र साहिलीको हृदय
फुटेर आएका चोखा उद्गारले नेपालको सगीतमय हरियाली-
लाई ब्यूँताइराखेका छन् ।
,
( ३६ )
--
विभिन्न जातीय लोकसाहित्यको विशेषता--
नेपाली लोकसाहित्यको मूल आधारमा एकता पाए तापनि
हरेक जातिको आफ्नो आफ्नो विशेषता छ। देखेका र भोगेका
वस्तुको कलानामा र त्यसको चित्रणमा वास्तविकता र स्वाभा-
विकता हुन्छ। हिमालको विशालता र उच्चता नदेखेको मान्छे-
ले हिमालको वर्णन गर्न खोज्योभने त्यसले स्वभावैले यथार्थता-
लाई अँगाल्न सक्दैन । त्यस्तै सागर नदेखेको मान्छेले सागरको
गम्भीरता र महानताको बयान गर्न खोज्योभने त्यसमा सच्चाइ
पनि आउँदैन । त्यस्तै आजसम्म पनि आधुनिक वैज्ञानिक
साधनको उपभोगबाट वञ्चित रहेका भोलाभाला ग्रामीणको
हृदयमा आफ्नो मनको भावना पोख्ने स्रोत आफूले देखेका र
भोगेका आँखावरिपरिको प्रकृति वस्तुलाई अँगालेर गर्न खोज्नु
स्वाभाविकै छ। त्यसैले ५,००० देखि १४,००० हजार फीट
अग्लो हिमालमा बस्ने शेर्पा, राई, किराती, लाप्चे, गुरुड,
मगरले आफ्ना गीतकथा आदिमा त्यस भेगमा पाइने जीवजन्तु,
चराचुरुगी, हावा-पानी, अन्न, लुगा-कपडा र अनेक चीजको
प्रयोग गर्दछन् । जस्तो माथि लेखिएका जातिले कस्तूरी, मृग,
र चम्रीगाई, मुनाल र नौरगे डॉफेको, सधै हरियो धूपी र
सल्लाको रूखको, हिमालको, अग्लाअग्ला लेकको, चिसो पानी-
को बरफको ढिक्काको, हिमाली जडीबूटी र कुटकीको, भेडी-
गोठ र खर्कको, त्यस भेगमा उम्रने अन्न, जौ, तीतेफापरको
हिमालको चिसोबाट बच्न आफूले लगाएको दोचा र बख्खु,
( ४० ) घुमराडी, फेटा र घलेकको, चम्रीको, छिपीको, चम्रीको नली- हाडबाट तयार गरेको रक्सीको प्रभावबाट आफ्ना मनका भावनालाई गीतका गेडामा उनेर कथाका पोका फोएर उखान- का झुप्पा केलाएर टुगना डम्फू, मादलमा एक बटुको हुरै र, एक पुङ रक्सी, हिउँको हावाले सुकेको भेडाको मासुको पीठोबाट तयार गरेको एक डल्लो ढिडो खाई झिके होलान् । त्यसमा पनि गुरुडले आफ्नो घाटु नाचलाई र गीतलाई बढ्ता मान्यता दियो होला किनकि यो उसको विशेषता हो । त्यस्तै राई र किरातीले मुन्दुम र च्याब्रुमुलाई अगॉल्यो होला । अनि तामाग कान्छोले ह्यागको कथा शुरू गरेको वेला डम्फुले नाक उठायो होला । त्यस्तै हरियो डाँडामा पाखामा पखेरामा बसेर खोरिया बिराउने ब्यॉसीमा खेती गर्ने सेते ठकुरी हरिदत्त तिवारी वहने काइले रितु हलीचाहि गाई भैसी बोका बाखाको, तित्रा प्यूरा चॉचर कालिजको, सुगा सिमलचरीको, कुटमिरो बर पीपल चिलाउने फलॉट गुरॉस बकैनो निगालो आदि रूखको खगालो बर्की गुन्यो र चोलो कछाड र दौराका त्यस भेगको अन्न मकै कोदो भटमास धानको तरेली परेका कान्लागराको गाउँघरे पिढी ऑगन र पराले झुप्राको प्रभाव चुटके र मादले गीतमा झिक्यो होला । पनेरामा उखान चल्यो होला। अगेनीमा कथा बेयो होला । त्यस्तै शहरका श्रमजीवी किसान ज्यापूको घरमा घरबुने लुगाको, भिन्द्योको बेलसग विवाहको, पारपाचुकीको, गुफा पसेको, कालीमाटी झिकेको, लसुनको खेती, कर्कलो, पाल, ।
- ( ४१ ) चम्सुर र पालुगो, धान र गहूँको, पटुवा र लको भदगाउँले टोपीको वयस बॉसुरीमा चल्यो होला। अनि हाकुचा, भुयूचा, ट्युसिगले सिलुमे र ब्याँचली, घिमिरे, टिन्छु बाँसुरीमा झिक्यो होला। अनि खड्गयात्राको बयान, लाखेको नृत्य, बॉसको लिगोमा चमर डोलाउँदै हिडेको, कठीचा नृत्य र देवीनाचको बयान धनसिहले गयो होला । देउसी खेल्न सेते ठकुरी तम्सेको देखेर हरिदत्तले बालनको चुटका झिक्यो होला। त्यस्तै तराई- को तेली थारू दनुवार मैथिलीले मुजुर नीलकण्ठे गैडा, बाघ भालू, लघुनार र खरायोको, धान तोरी रहर मूंग लहलह खेत हरा-भरा गराको, धोती र कमीज, कटू र गम्छाको दैनिक खाना, सत्तु र पानी, दहि र च्यूरा, दाल र भात, गोभी र भण्टाको प्रभाव एकतारे र ढोलकमा फुक्यो होला। अनि थारूले जगल फॉडेको सबै परिवार मिलेर बस्न बनाएको टहरो र घरबाहिर राखेको माटाका देउताको कथा भन्यो होला । त्यस्तै दनुवारले थाल नाच झिकेको भए मैथिलीले झिजिया नृत्य शुरू गरी आफ्नो विशेषता देखाए होलान् । यसरी विभिन्न धर्म र जातको बसोबास भएका नेपालका नेपालीहरू अाफ्नो धर्म परम्परा रीति स्थिति रहनसहनलाई अंगालेर प्राकृतिक सौन्दर्यमा रमाउँदै आफ्ना मनका भावनालाई लयमा बाँधेर पोख्दछन् । नेपाली लोक साहित्यको सौन्दर्य- यसरी नेपाली लोक साहित्यलाई नेपाल र नेपाली समाजको ( ४२ । वास्तविक दर्पण हो। भन्न सकिन्छ यसद्वारा यस देशका मानिसको मानस स्थिति र सभ्यताको अध्ययन गर्न सकिन्छ । हरेक समाजको जरादेखि नै टुसाएर विशाल बन्ने गुण ओगटी लोकसाहित्य मौलाउँदछ । लोकसाहित्य भन्नेबित्तिकै सर्व- साधारण वा सादा जनता देखा पर्दछन् । नेपाली लोकसाहित्य भन्नेबित्तिकै पनि यसैले नेपालका जन-साधारणका गीत कथा उखान टुक्का आदि समावेश हुन्छ। हिमालयको चिसो पानी पिएर स्वच्छ वातावरणमा हुर्केका भीर, पखेरा, थुम, खर्क, प्रगन्ना, मौजा, लेक, ब्यॉसीमा, खेतीपाती बन्द-व्यापार गरेर बस्ने भावुक सरल तथा सरस हृदय भएका गाउँघरे दाजुभाई दिदीबहिनीको हृदय फुटेर पाएको चोखो उद्गार नै नेपाली लोकसाहित्य हो, नेपाली साहित्यको एक महान् अग हो । वास्तवमा भन्ने होभने लोकसाहित्य हरेक समाजको सुख दुखले भरिएको एक मौखिक इतिहास र अलिखित काव्य कुञ्ज हो । नेपाली लोकगीत नेपाली गाउँघरे भावुक हृदयको स्पन्दनशील लयदार कवितामय सामूहिक ध्वनि हो। जीवनको कटुतामा मनोहरताको मलम लगाउने, सुमधुर सगीतको आड मा सरलता नै प्राण भएको स्वत प्रस्फुट हुने ग्रामीण हृदयको झकार हो। अरूहरू देशको लोकसाहित्य झै नेपाली लोक- साहित्यको पनि छुट्ट पन छ। नेपाली लोकसाहित्य आफ्नो पनले भरिएको आफ्नो गेडामा उनिएको आफ्नो भाकामा मुछिएको र आफ्नो भाकाले सिगारिएको हुन्छ । समय समयमा ( ४३ ) वृक्षमा मुना लाग्ने झर्ने गरेझै नेपाली जनहृदयमा सुखदुखका मुना झर्ने र पलाउने गर्दछन् । जिब्राका टुप्पामा अडेर पुस्तौ- सम्म पनि जीवित रहने नेपाली लोकसाहित्यमा नेपालको तेजस्वी आत्मा लुकेको हुन्छ । नेपाली लोकसाहित्य कुनै बन्धनले बाँधिदैन । जनहृदयमा झट्ट जस्तो प्रभाव पर्दछ त्यसैलाई भाका भाषा र गेडामा गुंथेर वास्तविकताको यथार्थ चित्रण गर्ने नेपाली लोकसाहित्यको विशेषता हो। नेपाली लोकसाहित्य अविरल बग्ने खोला झै नेपाली जन-जीवनको अनुभूति र उद्गार बोकेर अटूट बगि नै रहन्छ। हावालाई दूत बनाउनु, पशुपछीसग मितेरी गाँस्नु, रूख झारपातसग कुरा गर्नु इत्यादिले नेपाली ग्रामीणको सरल हृदय र हरेक विषयमा माया गॉस्ने मयालु स्वभावको परिचय दिन्छ। नेपाली लोकसाहित्यको सृष्टि विशेष गरी ढिक्की, जाँतो बन-पात गर्दा जात्रामात्रा जॉदा, खेप, गर्दा, रोदीघर पस्ता गाउँका मानिस जम्मा हुँदा हुन्छ । प्राय जुनसुकै वेला पनि गीत गाइन्छ। नेपाली लोक गीतमा नृत्य मिलेको हुन्छ । बढता मात्रामा चुटकिलो, छरितो र छोटो गीत हुन्छ । असारे, कर्खा, कथानक गीत र सगिनी आदि बाहेक अरू कमै मात्रामा लामो गीत गाउन सकिन्छ । बढी मात्रामा भाकाले गेडालाई छोप्ने हुँदा र कतै अन्त्यानु- प्रासले गर्दा माथि या तल्लो पक्तिले मात्र तथ्यको बयान गरेको हुन्छ । त्यस्तै उखानटुक्कामा सरल ढगबाट नियम उपदेश दिइन्छ । गाउँखाने कथामा बौद्धिक ज्ञान सिकाइन्छभने लोक ( ४४ ) कथामा व्यवहारिक गुण सिकाउँदै शिक्षा दिइन्छ। लोक साहित्य पुस्तौदेखि एकपछि अर्कोले केवल सुनेको भरमा जनजिब्रोले जिलाइराख्दछ । यसमा कुनै रचना र सिर्जनाकार देखा पर्दैन, त्यसैले लोक साहित्य सधै बेनामी हुन्छ । नेपाली लोक साहित्यका कुनै पनि उम्दा गुण र सौन्दर्यलाई कुनै पनि मेचीदेखि महाकालीका नेपालीले मेरो भनेर त्यसमा गर्व गर्न सक्दछ। नेपाली लोकसाहित्य भन्नेबित्तिकै भोटो र कछाड पटुका बाँधेर अालुको खर्पन बोक्ने सानुमान, खगालो र दौरा लाएर डोको बोक्ने बहने काइलो, दोचा र बख्खु लाउने ऑग बाबु धोती र गम्छामा एक टोकरी भण्टा बोक्ने नथुनोको चित्र हाम्रो अगाडि आउँदछ। यही नै नेपाली लोकसाहित्यको विशेषता हो र यसैमा नेपाली लोकसाहित्यको सौन्दर्य निहित छ।
नेपाली लोकगीत ( क ) नेपाली लोकलयको उत्पति र त्यसको प्रसार मानिस आमाको गर्भबाट झरेदेखि उसले हृदयमा उकुस- मुकुस भएका भावना सुखदु खलाई स्वरमा घोलेर पोख्दछ । जब मानिस जगली अवस्थामा थिए त्यस वेला उनीहरूले जगलका भयकर जीवजन्तुसग लडन्त भिडन्त गर्दा 'हुहु र हाहा' को सगीत झिके होलान् । मानिसले बनमा चराचुरगीको आवाजबाट साइसाइ र सुइँसुइँ, चाइँचाई र चुइ-चुइँको सगीत- लाई अपनाए होलान् । जब चेतनाको तह बढ्दै गयो तब दाउरा काट्दा निस्केको ट्याक ट्याकबाट नयाँ स्वर र सगीतको सृष्टि गरे होलान् । नेपालीहरू बर्ता सगीतप्रेमी हुनको कारण घुम्तीमा अविरल गतिमा सुसाउने खोला छाँगा र छह- राको सगीतमय ध्वनि बालखकालदेखि परेको प्रभाव बनमा जॉदा चराचुरुगीको चिरबिर आदिबाट परेको प्रभावबाट र देशको प्राकृतिक वातावरणले नेपालीलाई संगीतप्रेमी बनायो होला । हुन पनि नेपालीहरू गाएरै जन्मन्छन्, गाएरै बढ्दछन् काम गर्दछन् । नेपालीहरू कुनै पनि नयाँ सगीतको चाहना गर्दछन्, त्यसमा रमाउँछन् त्यसलाई समाउन कोशिश गर्दछन् । भेडागोठ सार्दा, नून किन्न जॉदा, माइती घर आउँदा, लाहुर ४६ ) जॉदा, जात्रामात्रामा जाँदा, मेलापात भर्दा, बस्ती सर्दा, खेप जॉदा, रोदीघर बस्ता विभिन्न जाति र समुदायसगको सम्पर्क र नयाँ ठाउको आवागमनले नयाँ नयाँ लयको उत्पति भए होलान् । वैज्ञानिक साधन कम भएर केवल उत्साहको भरमा ढीठ मानेर सुनेको भरमा जिब्रोको टुप्पोको सहाराबाट लय समाउँदा एक पारको लय एक गाउँबाट आर्को गाउँ पुग्दा आर्क भएर रहरलाग्दो नयाँ लय सृष्टि हुन्छ । सायद यो गीत कुनै धनकुटे युवक या युवतीले बस्तुभाउ लिएर वन जॉदा या फर्कदा हातमा लिएको सिप्कनो भाँच्दै वरपरका प्राफ्ना साथी भाइ- लाई हेर्दै आफ्नो हृदयको भावना यसरी पोख्यो होला ? भैयाउकिरि रोयो बन थर्काई हो । कहाँ गयो माया मन फर्काई, लौ लौ रे माया लौ लौ। हिमालचुली के जस्तो हो? मालिमा गाईको दूध जस्तो। सगरको जून के जस्तो ? बैसालु ज्यानको रूप जस्तो। लौ लौ रे माया लौ लौ। यो गीतको भाकाले पारि गाउँको भैसी खेपमा आएको एक युवकलाई गीत गाउन र त्यो भाका छोप्न कुतकुतायो होला । तर जिब्रोको टुप्पाले समाएको नौलो भाका अलमलिदा त्यो । ४७ ) आठराईको युवकले आधा भाका छोप्यो होला प्राधा आफ्नै ढबसँग मिल्न गयो होला । बादल उठ्यो मेघ ड्याम्म लहराले रूख झ्याम्म गहुन काटी ठोसर छ नरो त भन्ने को हुन्न से सैला पानी र भरी निरछाया तिम्रो र हाम्रो जलमाया लौ हजूर रुमाल खसाल से सैला त्यो आठराईको उत्साही युवकलाई हिजोको भाकाले अझै समाएको थियो होला । अनि ऊ .आर्को दिन बन पस्दा तितर- बितर भएका वस्तुभाउलाई हातको लौरो हल्लाउँदै ओह्रा- लोमा यस प्रकारले हॅ हॅ भन्दै झयो होला, हॉ, हॉ, हॉ, हॉ, हॉ, हॉ, भन्दै वस्तुभाउलाई एकत्रित गयो होला, अनि ओह्रा- लोमा अघिअघि झरेकी युवतीलाई देखी यही भाकामा गीत भन्न खोज्यो होला। बहर गोरू दाउँ त नलाउने माया लाउँ त सिरीमा सिरी विरसनी संझाउने र बिर्साउने कुरकुर । यसो भन्दै कान्छो बन पुग्यो होला, बनमा गाईवस्तीलो एउटा रूखमुनि सियॉल ताप्न बस्यो होला अनिदा गोर्खाबाट +
( ४८ )
मादल ठोक्दो होला, आर्को नाच्न थाल्यो होला, उसले माया
घर जॉदा जानेको भाका यसरी झिक्यो होला।
रातोमा धागो तूल जस्तो
हितकी ठूली कान्छी त
टिपेर ल्याउँ ल्याउँ
फूल
जस्तो
बिर्सने मेरो मन कस्तो
कुरकुरे रेसम चमचम
हो है कुरकुरे रेसम चमचम
नाच्दा नाच्दै सानीले पनि आफ्नो माइती घरमा जानेको
भाका नृत्यमा मिल्ने गरी यसरी झिकिहोली।
डॉडामाथि पिप्पले छायाँ
छाडी जाने साथीको के मायाँ!
बरको छायाँ पिपलको छायो
करमको के छायाँ!
बाटामा भेटे पुतली जस्ती
घरको के माया !
ऑसु काढी
काढी नरोए माया
घर छाडी जानेलाई सम्झेर ।
नकलीको यो भाकाले दिदी भेट्न आएकी रामेछापकी
सानीकान्छीले आफ्नो गाउँको भाका यसरी झिकिहोली।
भातै र खाने त्यो राम सैली धानको
तर जिब्रोकरच खाने थोरेको रेसम
३
। ४६ )
हातमा खरु जसो होला बरु
जान्छु डॉडो काटेर रेसम
पानी र पर्यो त्यै रिमिझिमी
हिउँ पर्यो थुम थुमैमा
एक डॉडा तिमी एक डॉडा हामी
माया छ कुमकुमैमा
रातो र माटा खनी र खोत्री
तरुलेको ठुन्को
जोखौ तुलौ भरौं माथि
कसको न माया ठूलो :
छ सत्यनारायणको
सानी कान्छीको यो नयाँ भाका सुनेपरको भाकालाई यसरी
पूजामा मामाघर गएको रिठेले त्रिशूली
झिक्यो होला-
'माहिला
घारिमा साहिला घारिमा
वनकेराको घारी होइन
हाम्रो त घर यहाँ गापारि
त्रिशूली /देउता माहिला
देउता साहिंलनको देउता
हिमा ने सबै जना
लान्छु मलहनमा एउटा
दख्दा गोर्खाबाट
-
नौलो
। ५० ) घारिमा साहिला घारिमा माहिला वनकेराको घारी यसै गरी चुटके भाका र मादले भाका, बालन भजन, असारे र दोहरी मारूनी र मादले गीतहरू निस्कन थाले होलान्, अनि पश्चिमा गीत पूर्वमा शुरू भयो होला, पूर्वको पश्चिममा पुग्यो होला। हेरौं पश्चिमी गीतको धुवा। पूर्वको एक केटा पश्चिम मनकामना जॉदा कुनै घरमा वास बसेको थियो होला । ऑगनमा पुग कातेर वसेकी एक युवतीले यसरी गुन- गुनाइहोली। बरको छायाँ पिपलको छायो कर्मको के छायाँ! बाठमा भेटे उतली जस्ती घरका के मायाँ! एक मुरमा उसले आफ्नो प्रियतमलाई सम्झेर पारि काला- मा भयाउँकीरी बासेको सुनेपछि त्यही झ्याउँकीरीलाई गीतमा रेर सन्ध्याको वर्णन यसरी गरिहोली। झयाउँ झयाउँ झयाउँकीरी बास्यो अँधेरोले डुबायो पधेरो, युवकलो आएनौ पापी तर जिब्रोको ग हालेर सुस्केरो।
( ५१ )
।
अचानक उसले यो पारले गाएको सुनेर उसको पूर्वमा
दिएकी दिदीकी छोरीले आफ्नो गाउँको भाका यसरी
झिकिहोली।
डॉडामाथी पिपले छायों
छाडी जाने साथीको के मायाँ!
सानीको गीतलाई च्याण्टीले यसरी छोपिहोली।
छ कि मायाँ तैपनि भनी ।
डॉडा काटी आएको म पनि ॥
यस प्रकार गीतको उठान भएको सुनेर तही पालीमा वास
बसेको दैलेखे युवकलाई पनि गाउन मन लाग्यो होला अनि
उसले आफ्नो गाउँको भाका सबैलाई लोभ्याउने गरी झिक्यो
होला।
रेसमले नानी यो पिरती लाउँला,
याली बनैमा ।
रेसमीले नानी पानी पर्यो रिमोझिमी,
रानी बनैमा ॥
रेसमले नानी छाताले तर्काउँला,
याली बनैमा ।
रेसमले नानी यो पिरती लाउँला,
याली बनैमा ॥
एक कुनामा बसेको दैलेखे युवकले मीठो स्वरमा नौलो
भाका झिकेको र उसको गीतमा सबै रमाएको देख्दा गोर्खाबाट
( ५२
झ्याङ जान आएको साने गुरुंगले आफ्नो गाउँको भाका
यसरी झिक्यो होला।
सुन्दर ज्यू गर्नै पर्यो रमाइलो रमाइलो जैहरि रुमालैमा
सेतोमा कागज रातोमा मसी
लेखने कलम कलम जै हरि रुमालैमा
आमालाइ सेवा बुबुलाई खेवा
हजुरलाई सलाम सलाम जै हरि रुमालैमा
मधेसेको दम्बारैमा सुन्दरज्यू
बाघ मायो गुनेले गुनेले जै हरि रुमालैमा
सुन्दरज्यू गर्नै पर्यो रमाइलो रमाइलो जै हरि रुमालैमा
साने गुरुगको यो नाचु नाचु लाग्ने भाका सुनेपछि ससुराली
आएको पाल्पाली वीरेलाई पनि आफ्नो गाउँको भाका झिक्न
मन लागेर आफ्नो गाउँको भाकाको मेलो यसरी सायो होला।
घाँटीमा फूलको माला
कर्म भाए यो जोवन काहॉ जाला
प्रवासको चिसो हावा
पिपलुको छायाँ!
कल्लाइ सुनाउँ गीत मैले
कल्लाइ दिऊँ यो मायाँ!
घॉटीमा फूलको माला
कर्म भए यो जोवन कहाँ जाला !
( ५३ )
चन्द्र मगरले धेरै काल तराईमा बिताएकोले एकतारेको
धूनमा
कसैले रचेको एक
गीत गायो होला।
बाउसे गर लाठेहो ,
आफ्नो आफ्नो देशलाई ।
डवल चुराका छन्छन् तालमा
धरतीलाई व्यूझाई।
सारन युवती स्नेहको बैनी,
प्राण र प्यारको गीत सुनाई।
बाउसे गर लाठेहो,
आफ्नो आफ्नो देशलाई।
चन्द्रे मगरले तराईको भाका झिकेपछि मनकामना जान
घरबाट हिडेको कालूचाले काठमाडौका नेवार जातिले गाउने
व्याचली र बाह्रमासेको मेलो सायो होला तर उसले नेवारे
भाषामा सारेको गीतको धुवा पर बसेको धनबहादुरले बुझ्न
सकेन भनी उसंगसगै गएको हरि श्रेष्ठले नेपालीमा अनुवाद
यसरी गयो होला।
हे सखि श्यामजुको दर्शन होला कि !
भोलि बिहान उठेर हेरि मात्र रहुँ कि ।
सधै आउने त्यो ठाउँको गोठाला गयो कि
है सखि तिमी गई हेर्नु पर्यो कि !
कतिको फसाद दिन लाग्यो कृष्ण ,
दर्शन देऊ मलाई करुणा राखेर ।
( ५४ ) चैत्रमा फुल्यो बनमा जाई फूल, वैशाख चुवा फूल गुलाफ नीलो फूल । भरिायो बसन्तको यौवन, कसरी सहुँ प्रियविना मैले । यसरी कालचाल व्याचली र बाह्रमासे गाएको सुनेपछि पारि कुनामा बसेर भात पकाउन लागेको भुयुचाले चैत्र मही- नामा कालीमाटी खन्न जाँदा कालीमाटीले पुरिएको छोरालाई सझेर यो गीत गायो होला। अबु जुया नुगल मछिना, मत ज्वना मालावन । कंगाले ह्यया स्वंयां, जिकायया पाली निपा खनेदत । अबुजुया मि युग दाया खेया, जिकायया ख्वाल गन बना स्वया। बत्ती लिएर छोरा खोज्न गएँ, कालीमाटी झिक्ने खाल्डो खोलेर हेर्दा छोराका दुइटा पैताला देखिए छोराको मुख कहाँ हेर्न जाऊँ भनेर बूढाले गाएको सुनेर यस्तो वेलामा यस्तो गीत गाउनुपर्छ भन्दै त्यो बैसको बोझले नुहेको नन्दलालचाले काठ- माडौं उपत्यकाको रसिलो गीत गाउन थात्यो। राजामति कुमति जिके बसा पीरती हया ब्यू राजामति चा, खेंखोला ध्याबे दं, पस बजी धूदें ।
( ५५ )
राजामति भूलुसुलुदं
सॅ धासा कुलीकुली मिखा घासा बाला तिला
सक्कभिया ह्याय् मचाला ।
यसरी काठमाडीबाट आएका नन्दलालचा आदिको गीत
सुनेर भोजपुरे राईले चण्डी पूर्णेमा झिक्ने मुन्धुम यसरी झिक्यो
होला । वास्तवमा मुन्धुम राईहरूको वेद भने पनि हुन्छ ।
साख्य कू तुलुंगकुम
रोथुम पार हांग सुगनिगया
मखिदे लाली साउने
भांगी माच्यो दोलो कुम्दो
मांग चांग सुंमने वारा डोला।
चण्डेश्वरीमा आएर हामीले मान्न आएका विश्व रचनाकार
उनै महादेव-पार्वती हुन है, नाच्ने किन्नर-किन्नरी भगवानलाई
हृदयमा राखेर हामीले नाच्नुपर्दछ नि भनी लच्किलो भाकामा
भोजपुरे राईले मुन्धुम गाएको सुनेर तराईको लल्लु कलवारले
आफ्नो गाउँमा ऑपका मुजुरा चलेपछि पहेला धोती लाएर सबै
मिली रमाएर होरी खेलेको होलीको गीत यपरी गायो होला।
होरी खेलत श्याम जुगल जोडी ,
किन कहि हाथ कनक पिचकारी ।
किन कहि हाथ अबीर मोरी .
रामजिके हात कनक पिचकारी।
यसरी तल्लु कलवारले होरी गीत गाएको सुनेर आफूले
असारमा धान रोप्दा गाएको गीत सम्झेर सप्तरी डिमनकी रघुनीकी स्वास्नी यसरी गाउन थाली होली। हो बाबा हाम रोपै छपछप धान पशुपति तोछह पशुकरे मालीक । हम छी गरीब किसान हो बाबा... यसरी रघुनीकी स्वास्नीले गाएको सुनेपछि दाग देउ- खुरीको दगौरा थारूले माघी गीत संझेर त्यसमा नयाँ पन दिदै गायो होला। पतियातो तुमरी माली रे माली, नैनी तोरी अनमोल । जमुना जोरी तुमरे जाडी बड़े रसले जिया लैले । एवम् प्रकार एक गीतको लय मेचीबाट कोशी र कोशी- बाट मेची पुग्दै प्रसार भएर नयाँ नयाँ भाकाको सृष्टि गरिएको होला। (ख ) रोदी-घर रोदीघर नेपाली गाउँघरे दाजु-भाइ दिदीबहिनीको मन बहलाउने मनोरञ्जन-गृह हो। रोदी यो गुरुड भाषा हो र यसको अर्थ हो नाच्ने र गाउने घर । प्राय. यसको चलन गुरुड जातिमा बढता हुन्छ तापनि यसले आफ्नो व्यापकतालाई मेचीदेखिन् महाकालीसम्म पुयाउन लागेको छ । रोदीमै ( ५७ ) विभिन्न लोकसाहित्यको सृष्टि हुन्छ । यही नेपाली सरल हृदय भएका ग्रामीणहरूको मुटुको वेदना फल्दछ । आपसमा आत्मी- यता बढाई मन बहलाउने रोदीघर, गाउँका मान्छेलाई पायक पर्ने ठाउँमा तयार गरिएको हुन्छ । दिउँसोभरि काम गरी थाकेर घर आएका जोशिला नवयुवक युवती रोदीको दैलोमा हूल बाँधेर जम्मा हुन्छन् । रोदीको सधार काटेर भित्र पसेपछि कसैले कसैलाई भेदभाव गर्न पाउँदैन, कसैले कसैलाई वासनाको आँखाले हेरेर करकाप गर्न सक्दैन, सबैले सबैसग दाजु बहिनी- को व्यवहार गरेर हॉसखेल गर्न र सुखदुख पोख्न पाउँदछन् । निद्रा नलागुञ्जेल नाचगान गरेर आफ्नो घर फर्कन्छन् । रोदीमा युवक-युवती गीत गाउँदछन्भने बूढा बूढी उखान हालेर हॉस्दछन् । बूढी आमै पुवा कात्दै नातिलाई गाउँखाने कथाको थेगो सुनाउँछिन्भने माइती आएकी चेली लोककथाको मेलो सार्दछिन् । यसरी नै रोदीमा लोकसाहित्यको हरियो मुना पलाउँदछ । नेपालको यस प्राकृतिक हरियालीमा लुटपुटिएका भावुक ग्रामीणको जीवनमा प्रेम र विरहका गीतले पनि उत्तिकै स्थान पाएको छ। समय समयमा गाइने गीतको अलावा नेपाली लोकगीतमा देउडा, जुहारी, देहरीले परिचित अपरिचितलाई भुलेर प्रेमको बारीमा सगीतमय हलो गलादार फालीले गोडी भावनामय सगीतको रन्कोमा प्रेमको फूल फलाउँदछन् । सरल तथा सरस हृदय भएका भावुक ग्रामीणहरू गाएरै हुर्कन्छन्, गाएरै काम गर्दछन् गाएरै मर्दछन् । जुहारी
( ५८ )
खेल्दा माथि लेकबाट कानमा हात राखी गीतका धुवा उठा-
उँछन्, वारि डॉडाबाट पारि डॉडामा ठक्कर खान पुगेको झकृत
स्वरले पत्थरको दिलमा पनि प्रेम र सहानुभूतिको लहर चला-
उँदछ। आफ्नो स्वच्छ हृदयको परिचय दिदै गीतका गेडा झर्न
नपाई भाका छोपेर जवाफमा भट्टयाउनु नेपाली लोकगीतको
एक विशेषता हो। सातौ दिनसम्म पनि गीतैमा जवाफसवाल
गर्नु गीतैबाट दिल जॉची जीवनभर सगै बस्ने प्रण गरेर सम्बन्ध
राख्नु नेपाली सरलपनाको निख्खरा परिचय हो । धर्मको
आधारबाट जातीय चलनअनुसार यहाँका धेरै युवकयुवतीहरू
आपसमा घुलमिल गरेर आफ्नो मनको बह पोख्ने अवसरबाट
पछि परे तापनि नेपाली गाउँघरे दाजु भाई दिदी-बहिनीले आफ्नो
चाहनाको पूर्तिको लागि रोदीघरको सिर्जना गरेका छन् ।
रोदी पसेको एक तामाड युवक हानमा लिएको डम्फू
बजाउँदै एउटी बैसालु युवतीको रूपको वर्णन गर्दछ। साथै
प्रेम गर्न प्रस्ताव राख्दछ ।
हिमालचुली के जस्तो,
बैंसालु ज्यानको रूप जस्तो।
सगरको जून के जस्तो,
मायाको गोल मुख जस्तो ।
वरपिपलको
बिसाउने ।
चौतारो ,
चारै सुरमा
५६ )
चरन,
कोरेलो
बोलचाललाई ,
रिसाउने
कि सुखाउने ।
यसरी आफूलाई एक युवकले हॉक मारेको देखेपछि बैसको
बोझले नुहेकी युवती जवाफ दिन किन पछि पर्दथी।
फूलको माला उनौली ,
शीतको थोपा नझारी ।
मरेर जाने जुनिमा ,
बोल्नलाई केको रिसाउने ।
युवतीले हाँसेर जवाफ दिएको सुनेपछि युवक यस्तो भन्दछ ।
लेकको चम्री
संगसंगै होला मरन।
कलिलो मन हँसाउ त ,
माया र प्रीति बसाउ त ।
जवाफ दिनलाई गडेर र गमेर सुनिरहेकी युवती युवकको
गीत सकिन नपाउँदै यसरी गला फुटाउँछ ।
जिन्दगी हो है घामछायाँ,
बैसमा लाउने हो मायाँ ।
नफुक्ने
र प्रीति जोरेर ।
सँगसँगै मरौं हॉसेर
यस्तै अर्का थरी युवक युवती आफ्नो परिचय दिन लागि-
गाँठो कसेर ,
माया
( ६० )
रहेछन् । यसमा एक युवक आफ्नो अगाडि हॉसिरहेकी युवती-
लाई देखेर उनको नाउँ र गाउँ सोद्धछ ।
घर कहाँ बैनीको नाम
बैरागीले सॅकुला जान्न कि ?
एक युवकले अचानक आफ्नो नाउँ र गाउँ सोधेको सुने-
पछि गीत गाउन पछि नपर्ने युवती आफ्नो परिचय दिएर उसको
परिचय माग्दछ।
घर मेरो धौराली डॉडा
नाउँ मेरो लेकाली साहिली हो ।
दाइको घर कुन गाउँ होला-
डॉडापारि कि डॉडावारि हो ?
दाइको घर के कति जहान
गाई वस्तु गोठका भनन ?
यसरी ती युवतीले आफ्नो नाउँ गाउँ सोधेको सुनेपछि युवक
जवाफ दिन्छ।
घर मेरो सिम्लेको फॉट
नाउँ मेरो अन्तरे माहिला हो ।
चार गोरू दुइ बाखा छन् ।
पाँच गाई दुई भैंसी लइन
आमाबाबु दुवै छन् मेरा
भाइ तीन बहिनी चार जना ।
। ६१ )
आफ्नो परिचय दिएपछि उतापट्टि हॉसेर सुनिरहेकी युवती-
को बैसमा मक्ख परेको युवक प्रीति गॉस्ने हो कि भनेर सोद्धछ ।
बहिनीको के सुर छ अब,
लाउने हो कि पीरती गॉसेर ?
नाउँ घर सोधेर उसले प्रीति लाउने प्रस्ताव राखेपछि युवती
आफ्नो मयालु हृदयको परिचय यसरी दिन्छ ।
फूल हेर्नु मयालु आँखाले
टप्प टिपे गइहाल्ला सुकेर ।
मुनालाई नभाँच हातले
वैली जाला घामको धूपले ।
युवतीले यस्तो पारले जवाफ दिएको सुनेपछि त्यो युवक
अलि गर्माएर छेड हान्दछ ।
मधेस ज्यानको लहरे पीफ वैलायो धूपले
यत्तिका बैसमा घरबार छैन के गर्नु रूपले ।
यसरी आफूलाई उसले छेड मारेको सुनेपछि ऊ पनि
यसो भन्छे।
कौवालाई भन्दिनँ चाँचरी,
दाइ भन्नेलाई पोइ भन्ने कसरी ?
लाउन्नॅ माया नलाउन कर,
यो जुनि त अरूको भैसक्यो ।
यो समाचार लगिदे चरी,
घरमा तेरी राइ रहिछ भनेर ।
.
( ६२ )
उसका यस्ता बिलौना सुनेर ऊ जस्तै खसमको बिछोडमा
बमको रापले पिल्सिएकी एक युवती यसो भन्दछे ।
आकाशको नौलाखे तारा मेरो राजा म गन्न सक्दिनँ
पेटको कुरा मुखमा ल्याई मेरो राजा म भन्न सक्दिनँ
दिन गयो गनेर औली बैस सुक्यो भएन चइन
फेरि पनि आउला कि मलाई लालु पाते फूलको जोवन
पन्छी भए उडेर जान्थें बादलमा सिंगौरी खेलदै
सय खोला नौ डॉडा काटी खोजी हिंड्थे
तिमीलाई बोलाउँदै।
विरहले मन पोल्छ सधै सुक्यो पानी ऑखाको नानीको
क्यै पनि रहेनछ माल बगी जाने ऑखाको पानीको ।
अनि अर्कातिर पनि एक युवती लडाइँमा गएको आफ्नो
खसमको विरहमा यसो भन्दछ ।
घर मेरो डॉडामा, मेरो घरको पुर्खा त
गयो जर्मन लडाइँमा
न है चिट्टी आउँदछ, न है ज्वान आउँदछ
यो ज्यूको मेरो माजरू, नरो भन्ने को हुन्छ ।
यसरी धेरै युवक युवतीले आफ्नो मनको बह पोखेको देखेर
बैसमा लोग्नेसँग छुट्टिएकी युवती एक कुनामा बसेर पुवा कात्दै
यसो भन्दछ।
बॉच्नुभन्दा मर्नु छ निको
बैरागीले
जहर पिएर
वारि पारि दुइ गुंड दुइतिर
मेरो आँसु झर्दछ बरबर
के खायो के लायो होला
मेरो माया बनको चरीले
केही नहोस् त्यो मेरो मायालाई
दुःख जत्ति हे दैव फूल झै होस् ।
उसको यस्ता विरही कुरा सुनेर नजीक वसेकी एक अधबैसे
नारी उसलाई यसरी सझाउँदछ ।
हातमा बाला घोटीमा सिकरी
आउला माया नमान फिकरी ।
अझ ऑसु झार्दै भक्कानो पारेर रुदै यसो भन्दछ ।
हिमालचुली त्यो पारिबाट हिउँ पर्न छाड्दैन
बगेको खोला उडेको चित्त थामेर थामिन्न
बिसु माया बिर्सन सकिन
संभु माया म कति रोइरहने ?
जहानिया शासनबाट पिसिएका नेपालीमा एकै देशका
मानिसमा पनि भेदभाव र घृणा उत्पन्न हुने खालका भावनाले
जरो हाली तें मदिसे तं पहाडी भन्ने तुवॉले विचारले नेपाली-
लाई ढाकेको थियो। जहानिया शासनको अन्त भएर देशमा
पञ्चायती प्रजातन्त्र आएपछि मेचीदेखिका नेपाली वास्तवमा
एक भएका छन्
? जसको फलस्वरूप तराईबाट गर्मी छल्न
गएकी एक युवती रोदीमा जाँदा आफ्नो मनको भावना यसरी
( ६४ )
पोख्दछ। ऊ भन्दछे-मेरो स्वामी मलाई छाडेर किन बैरागी
भयो। यो महोत्तरीकी युवतीले तराई गीतको मेलो यसरी
सारिहोली।
हो रामा काहे लागी सैया भेले जोगीया
सुतल छलहुँ पीयासँग सेजिया
सेजिया से पीया भले जोगीया हो रामा
जहुँम जनित हुँ पीयाचल जय ता]
बन्दी तहुँ भे रेशमक डोरिया हो रामा
यी हम जन्ती हुँ पीया निरमोहिया
घडीत हुँ भे जोगिनीके भेष हो रामा
यसरी रामदीन रावतकी स्वास्नीले गाएको सुनेर भैरहवा
तौलीहवातिरका एक बथान युवती यसरी गाउँदछन् ।
भोर भैले हे पीया मीन साख भैले है
उठन पलंगीयासे काइलीया बाल है
हम उठबे करवै गेधनी हम उठदे करबेगे
देइना मेरे ठवा हम कलकता जैबोगे
यसरी सबले आफआफ्नो ढगको भाकाको गीत गाएको
सुनेर मनकामना जॉदा रोदी बसेको काठमाडौको भीनद्यो कान्छा
फागुको वेलामा गाउने गीत गाउँदछ ।
ध्या दंक बजी तय हेखें निगः काला तय
जिचा भाजु बैबले खापां का का छुव ।
५
यसरी भीन्द्योले फागुको गीत गाएपछि हीरामैचा र बॉगचा
यसरी गाउँदछन् ।
हीरा मैचा--दालचीनी पाता नैक्या होखा
सिलेवरया चिलंचो दाइ
वहे बजां मतोन धाःसा
जन्मजन्म गाइगु यो दाइ माया मदुला ।
बागचा---म्हिग बहनी हुबुया ल्यासे तता फफसोल
छन्हु क्या खापा मचा निन्हु क्या न्ह्यलंमचा
अपायसक सता हंहे मधा माया मदुला ।
असल पातो नरिवलको हुक्का सिलेवरको चिलिम भएको
समाखु खाएनौभने बोलचाल बन्द भन्दै हीरामैचाले भनेपछि
बागचाले आएँ फर्केर गएँ हेरिनौ, कहिले ढोका बन्द थियो
बोलाएँ सुनिनौ, केको माया मार्ने भनेर जबाफ दियो । यसरी नै
रोदीमा नेपाली भावुक हृदयको वेदना फल्दछ, फुल्दछ र
मौलाउँदछ।
(ग) कर्खा वीररसको गीत
हामी नेपाली हौ, हाम्रो देश नेपाल हो। यो देशको
हृदय
धरती जस्तै बिशाल र हिमाल जस्तै गम्भीर छ । हिमालयबाट
झरेका नदीले फस्टाएको यो देशको पवित्रता यिनै नदीले बोकेर
बगेका छन् । वास्तवमा यो देशमा जन्मेका महान् आत्माको
( ६६ ) . . मायालु प्रकाशले विश्वको कुनाकुनामा अमिट छाप लगाएका छन् । कालसग सिगौरी खेली देशको लागि प्राणको बाजी थाप्ने नेपालीहरूको वीरताले मानिसलाई जीउँदो भएर बाँच्न सिकाउँछ, हुन पनि यो मञ्जुश्रीले डॉडा फोरी बस्ती बसाएको देश हो, यो नेमुनिको देश हो । किरात, सेन, लिच्छवी, मल्ल राजाले पौरख देखाएको देश, शाहवशी राजाले विशाल बनाएको देश हो । शिव र बुद्धको देश, सीता र भृकुटीको देश, कपिल मुनिको देश, अरनिको र एकलव्यको देश यो वाल्मीकिको देश, यो वेदव्यास- को देश, यो अमरसिह र भक्ति थापाको देश, यो बलभद्र र चामु मगरको देश, यो नथुनी र बिल्दु मडारको देश, यो देवकोटा र मोतीरामको देश, यो गजे घलेले तीर हान्न सिकेको देश, यो रारा दह र फेवा ताल भएको देश, यो चमरी गाई र कस्तूरी मृगको देश, यो मुनाल र डॉफेको देश, रानीचरीको देश, यो कोशी काली कर्णाली र वाग्मतीको पवित्र जलले सिचेको देश, यो मेरा असंख्य बीर पुरुखाले रगत पसीना झारी हरियाली डाकेको देश, यो अन्नपूर्ण र मकालुले सगर ताकेको देश, यो बादलभन्दा माथि हिमालय उठेको देश, यो मेचीदेखि महाकालीका नेपालीको देश हो । यिनै वीरहरू र बहादुरीमा विश्वविख्यात नेपालीको अमर गाथा गाउने गाइनेको कर्खा लोकगीतको पनि नेपाली लोकगीतमा ठूलो स्थान छ । कर्खाको गीत केवल गाउने पेशा भएका गाइने जातिले सारगीको धूनमा गाउँघर घुमेर चौतारीमा बसेर गाउँछन् । कर्खा लोक- यो मुजूर गीतमा नेपाली शूरवीर युवकहरूको बहादुरी जोश र हिम्मतको बयान बढता पाइन्छ । लाहुरे दाइको फेशनै राम्रो रातो रुमाल खुकुरी भिरेको भागी मरे गिद्धले खाने लडी मरे जीउँदै स्वर्गमा लाहुरे भै ग्वुकुरी भिरेर केको डर बैरीलाई देखेर मर्दैन नेपाली छोरा चिसो पानी खाएर हुर्केको हट्दैन नेपाली छोरा धावैमा बैरिलाई देखेर । गोर्खाली भाइ भजनू कालीको नाम सरकारको निमक खाई सोझो गर्नु काम बैरिसंग नमुक्नुहोला स्वर्गबाट सराप्लान् पुर्खाले खोला खोला नहिंड्नुहोला दुश्मनले चिनेर हिर्काउला। यस्तै तल दिइएको कर्खागीत बलभद्र कुँवरसग सम्ब- न्धित छ। चक्र बाहुँ बीर बाहुँ धीर सूर वीर धन्य वीर बलभद्र कुँवर ।
मन्तरी भै पौरख देखायो
धन्य तिम्रो काम
राख्यौ ठूलो मान
फिरंगीको वैरो चल्यो
गोली चल्यो बरबर
हुकुम दियौ फौजलाई
लड्न अघि सर
बैरि काम्यो थरथर
मन्तरी बलभद्र कुँवर ।
फिरंगीलाई निहुराया
जुहारत खजाना सुन द्रव्य चॉदी
हीरा हार मोती पन्ना मानिक
बाजा त तुरुग
जग्गा पति सबै कत्तिस जात
एक भई भई हूल बाँधी
फिरंगीको सातो खाया
धन्य हो धन्य
मन्तरी बलभद्र कुँवर ।
बलभद्र कुँवरका मन्त्री भारादार
थापा, पाडे, बस्नेत, मगर
भिम्सेन नैनसिह रामसिंह राना
चामु गुरुंग रणबम, भीमवर पांडे
( ६६ )
गंगाधर शशिधर देवीदल थापा
बहादुर सिपाइहरू
तुरुंगीको बाजा
बलभद्र कुँवर ।
ढाल फटफटाए फेरी घूरौ बादी प्राण
फिरंगी र गोर्खालीको पो घमसान
बुद्धिबल कप्तान लड्यो जोधार्नि
हाकाहाकी प्राण दिने शेरमानसिंह
यसपालि पो ठूलै घमामान नि
बैरि पनि धेरै नि
रणभूमि हेर्न गए बलभद्र आफै,
जामा खोली फेटा झिकी पुछ्न लागे रगत
धन्य वीर भन्दै उन्ले टाउको उठाए
हिक्का छोडी बुद्धिबल स्वर्गतिर लागे
ऑसु काढी बलभद्र पछ्यौरी अोढाया
धन्य बलभद्र कुँवर ।
हल्ला चल्यो बुद्धिबल बिते भनी
रुन थालिन् डॉको छोडी कान्छी कपतान्नी
दलभजन, शेरजंग सम्झाउन थाले
क'तान आउलान् भन्ने ठूलो थियो आशा
मूळ परी कप्तान्नी खलंगाको माझ
गुलाफजल सिरीखण्ड
। ७० )
हीरा हार
तुलसीको जल
माथा छर्किन थालिन्
कर्णेल्नी मानसिंह
आँखा खोली पुलुक्क
स्वामी भनी बोलिन्
हातका चुरा फोरी
टीकाटाला पुछिन्
अन्न माल धनमाल
मोती
छुट्यो खसम सिरैको सिन्दूर
करतानको चीना देख्दा रुन्छन् दौतरी
धन्य जोधा राना बुद्धिबल नि !
मरदकी पत्नी भई
किन रुनुपर्दथ्यो
उठिन् झट्ट देवीसरी
फिजी मॉक्रो बोल्न लागिन्
कान्छी कप्तान्नी
फिरंगीको सातो लेऊ
मेरो धीर वीर पारे
बैरि मास गोर्खालीको शिर
मरे पनि स्वर्ग पुगे मेरो बुद्धिबल
बॉकी छन् अझै यहां उनका दलबल
( ७१ )
रणमा भाग्योभने होला
माथि खलबल
अघि सर अब बैरि मार्न मेरा दलबल
धन्य होऊ बलभद्र कुँवर ।
पति भनी कातान्नी सती गइन् हामी
गोर्खालीको बहादुरी फिरगीले जान्यो
गला तोप बारूद छाडीकन भाग्यो
असोज महीनाका दिन चौध जाँदा
अधमपुरमा लडाइँ पो घममान
पक्रिएका बैरिलाई तोपले उडायो
वडा बड़ा वीर योद्धा पीठ फर्कायो
गोरखाली वीरहरू जय काली भन्थे
काली भन्दा फिरगी त सातो गई कुथे
खेली खेलावट भीममान तहाँ थिया
त्यस्ता त्यस्ता बहुत लड्न आया
गोर्खालीको फेला पर्यो अब कहाँ जाउला
खेलावटको देखाउँला तमाशा
धन्य मन्तरी बलभद्र कुँवर ।
हल्ला दियो पल्टनले
झिक्यो खुकुरी
फिरंगीको माझ पसी उधम मच्चाए
रगतको नदी बगाए नि
( ७२ )
बलभद्र कुँवर नि!
चारै पल्टन भयो अनि झाप
लौ भाइहो रहन फेरि काट
जमामी छ पल्टनले देखाएको किम्मत
यस्तै गरी बैरि मार नहारे हिम्मत
कान्तिपुरमा लेखिनेछ तिम्रो हाम्रो नाम
स्वयम् मन्त्री बलभद्र तंसिएर आए
फिरंगीको फौजको हेर सातो खाए
धन्य बलभद्र कुँवर ।
यस्तै मदन कीर्तिशाहले नेपाल ( काठमाडौ ) हान्दाको
कर्खा यस प्रकारको छ
महाराजका भीम
भाइ
चौतरिया मदनकीर्ति शाह
पहिला नुवाकोट बेलकोट मारे
ककनी आई साध लगाए
नुवाकोटदेखि चल्यो फौज
पुग्यो बेलासपुर
थानसिंङ कपिलास
पच्छे धातु दर्जा कने
सिन्धु धक्कालाई
दल दर्गा साई
( ३ )
पूर्व सिन्दु नाल्दुगमा नै
मदनकीर्ति शाह
झिल्लुंग डडुवा दहचोक
चन्द्रागिरि सर गर्न
पुगे मदनकीर्ति शाह
थाना तिष्टुग पालुग
फरपिगको मारा
जेठा चौतरिया
बुढनचोली जाइ ठाना देउन
सात गाउँ लुटी ल्याउ
जेठा चौतरिया
गमती खोकना
सानागाउँ मारी
सहरलाई धक्का देउन
मदनकीर्ति शाह
जेठा चौतरिया
पाटनमा मारे तीन सहर
चौतरिया मदनकीर्ति शाह
सिउपुरी बारौ भन्छन्
गढीको हान्नलाइ
टोखा धरमथली लुटो ल्याई
भाग्न लागे तीन सहर
७४ ।
जयप्रकाश मल्लका सिपाइ
धन्य रे धन्य मदनकीर्ति शाह
नेपाल हान्ने चाँजो गर्नु
कीर्तिपुर सिमछेत्र बार्नु
सॉखु चाँगु दुवै मारी
'गरुंग थाना जानु
डुंगरु ग मारी ठिमि आउला
तीन सहर प्रदेश गर्नु
भादगाउँका रणजितलाई
डोली चढाई ल्याउनु
शिवमण्डल फ्लाञ्चोक
ठाना पो भमरकोट
महादेव पोखरी बलियो गर
आउला रानीकोट
बारतिमाल हात ली छुट्याएको देश
चमुडा कस्तूरी बाजे तुरुंगा
लिष्टि लिष्टि पार्दै भनेछ
धन्य है मदनकीर्ति शाह ।
(घ) नेपाली लोक गीत र प्रकृति चित्रण
प्रकृति पूजारी सगीतप्रेमी नेपालीको हृदय स्वच्छ तथा
हिमालको छहरा जस्तै निर्मल छ। नेपाली जनहृदय वसन्तमा
( ७५ ) हरियो मुना लाग्दा, बादलमा सात रेंगे इन्द्रेनी पर्दा, हिमालको सेतो टहकमा बिहानको घाम लाग्दा, हिमालबाट अविरल गति- मा झरेका खोलाको कलकलनाद सुन्दा, आकाशमा सिढी परी भेडाभुत्ले बादल सिगौरी खेल्दा, पहाडका गरामा लहलहाउँदा जुनेलो, कोदो, फापर झुल्दा, व्याँसीमा पहेला धानका बाला बहेली खेल्दा यसमै लीन भएर कसरी आफ्नो हृदय फुटाउँदछन् । भेडाभुत्ले बादलसँग सिगौरी खेल्दा, सगर ताक्ने हिमालयको सेतो चाँदीकल्पे चुचुरोमा नपाकेको सुन्तले घामले धुंदा, अनि हिमालमा चिप्लेटी खेलेर हरियो धूपीका कापबाट छिरी आमाका साथ गुंडुल्किएर लुटपुटिएको कस्तूरीलाई झस्काएर व्यासीमा खसेका सूर्यका तेस्रो किरण ऑगनका आँखीझ्याल- बाट छिरेपछि हिजो रोदी घरमा देउडा खेलेर अबेर सुतेको लेकाली कान्छोले बिहानको सुन्दर दृश्यमा रमाएर सिरानीको मादल ठटाउँदै यो गीत गाएका थियो कि ? सुन्दरज्यू रानी हिमाल झल्कियो झलझल ब्याउलीको सिन्दूर जस्तो सुन्दरज्यू तर्पाए डॉडो लौ हेर लौ हेर स्वर्गको सिढी जस्तो सुन्दरज्यू बिहान हिमाल झल्कियो झलझल कान्छीको पोते जस्तो सुन्दरज्यू पारिका पाखो लौ हेर लौ हेर पाकेको बयर जस्तो
( ७६ )
-
सुन्दरज्यू बिहानी हिमाल झल्कियो झलझल
लौ हेर कति राम्रो
सुन्दरज्यू फेदीमा हाम्रो घरबार घर झन्
हेर कति
राम्रो
अनि लेकाली साहिलोले चाहि आफ्नो भावना यसरी पोखे-
को थियो होला-
घामको बुकुवा घसेर
होस्यो हिमाल सुन्तले रँगमा
कति राम्रा तर्पाए गरा
थुम्के डोडा बादल लेकमा
नागवेले सुनका खेत
शरीरदेखि खोलाको तीरसम्म
यस्तै गरी अन्तरेले पनि आफ्नो मनको भाव यसरी पोखेको
थियो-
वारिपारि नीलो डॉडा
हिउँको हिमाल सेतो
नथाकेर झर्छ सधै
दूधफिजे झोगो
हाम्रो घर, सगरको छेउ
ढुंगे पहाड, खोपेर चिनेको।
हिमालको मनमोहक दृश्यमा रमेको च्यॉगबा यो देशमा
( ७७ ) जन्मन पाएकोमा गर्व गर्दछ अनि मरेपछि पनि फेरि एकपल्ट यही देशमा जन्मन ईश्वरसग प्रार्थना गर्दछ । हिमालयको छ चिसो पानी जति खायो झन् बढ्ने जवानी हिउँको चुच्चो सेताको सेतै रातमा मइन झै बल्दछ हरियो धूपीको रूख सधै भने हरियो पर्दछ भाग्य नभै जन्मन्न कोही माया फुल्ने सुन्दर देशमा मरे पनि जन्माइद्यौ शंकर हिउँचुलीको सियॉल ताप्छु म मरे पनि जन्माइद्यौ शंकर डॉफेको नौरंग छाप्छु म मरे...... कस्तूरीको सुगन्ध टिप्छु म। पूर्व आठराईको एक युवक लेकमा वास बसेको रात सधै बादलले ढाक्ने लेकमा राती जून लाग्दा र बिहान घाम लाग्दा यसो भन्छ- अर लुंबे फूदा दाक्या सेसंग उनेमा स्यासङ अरलूबे फूला यसरी नेपाली गाउँघरे दाजुभाइ आफ्नो हृदयमा झट्ट ( ७८ ) जस्तो प्रभाव पर्दछ त्यसलाई गेडामा उनेर भाकाले सिगारी आफ्नो भावना पोख्ने हुनाले नेपाली लोकगीतमा आसपासको प्रकृतिको चित्रण पनि प्रशस्त मात्रामा देखा पर्दछ । (ङ) ऋतुकालीन लोकगीत नेपाली लोकगीत अविरल कुलकुलाउने खोलानाला जस्ता छन्, पहाडको छाती फोरी धरतीमा हरियाली ढाक्न निरन्तर झगझग गर्दै झर्ने दूफिजे छागो जस्तो छ। यो सागर जस्तै गम्भीर, हिमाल जस्तै उच्च, हिमालका फेदीमा लाम्चिएर आकाश ताक्ने धूपी जस्तै सधै हरिया र कस्तूरीको बिना जस्तै सुगन्धित हुन्छ । प्रकृतिको सौन्दर्यले परिपूर्ण भएको र मन्दिरै मन्दिरले भरिएको यस देशका विभिन्न धर्म र जातका मानिस- हरूले वेला-बेलामा चाडपर्वमा आफ्नो वेशभूषा र भाकाको प्रदर्शनी गरी आ-आफ्नो सस्कृतिलाई जीवित राखेका छन् । जन्मदाखेरि, मर्दाखेरि, विवाह हुदाखेरि, धान रोप्दाखेरि, धान काट्दाखेरि गीत गाउँदछन् नाच्दछन् । यस प्रकार समय-समय- मा र ऋतु-ऋतुमा पनि बेग्ला बेग्लै गीत गाउँदछन् । जस्तो नेपालीहरूको सबभन्दा ठूलो चाड दशै र तिहारमा गाउने र नाच्ने मारूनी, र सोरठी, भैलो, र देउसी, धान काटेपछि गाउने दाई गीत, धान रोप्दा गाउने जुहारी, देउडा, दोहोरी, बिहामा गाउने खाँडो र रत्योली, बाला चतुर्दशीमा गाउने भजन र मालनी, गोसाईथान जॉदा गाउने सिलुमे, फागुनको - - - - ( ७६ ) फागु गीत, चण्डी पूर्णेको मुदुम र च्याडुग, जात्रामात्रा र मेला- पर्वमा गाउने ख्याली मादले र चुटके र इष्टमित्रको सगको वियोगमा गाउने फाग इत्यादि सामूहिक गीतहरूले वेला-वेलामा नेपाली घर आँगनमा पुगेर सबैलाई जुरमुन्याई रमाउन लगाउँदछन् । दशै र तिहारमा गाइने गीत . देउसी, भैलो, मारनी, सोरठी दीपावलीको तेस्रो रातमा गाउँघरका युवक बालक, बूढाहरू मिलेर वर्षों देखिको आपसी रीसरागलाई भुलेर सबैको सुख र समृद्धिको लागि ईश्वरसग प्रार्थना गर्दै आफ्नो हृदयको आन्त- रिक शुभकामना व्यक्त गर्न सबैको घर आँगनमा गएर देउसी गीत गाउँदछन् । देउसी गीत गाउँदा आफ्ना आफ्ना गाउँका युवक ठिटाहरू मिलेर गाउँको बूढोपाकोको नेतृत्वमा मादल बजाउँदै गाउँदछन् । गाउँको बूढाले पहिलो चरन भट्याउँछ, त्यसपछि सबैले बूढाको भाका छोपेर सबै एक स्वरमा मादलको तालमा देउसीरे भन्दै गीत गाउँदछन् । वास्तवमा तिहारतिर सबैको घरमा सेल पाक्दछ। यसलाई सेलको चाड भने पनि हुन्छ । जुन घरमा देउसी रे जान्छन् त्यहाँबाट उनीहरूले सगुन भनेर सेल मिठाई आदि पाउँदछन् । यसैले उनीहरू देउ सेल रे भनेर माग्दा होलान तर शब्दको अपभ्रश भएर देउसी रे भएको हुनुपर्दछ । यो देउसी गीत यस प्रकार छ । ।
( - - ए भन भन भाइहो - देउसी रे वर्ष दिनको देउसी रे चाहाड ठूलो - देउसी रे बाँचेको हुँदा देउसी रे पाएको मान्न देउसी रे रीस र राग - देउसी रे छाडिदउ सब देउसी रे गाईवस्तु बढुन् देउसी रं माटोसरि द्रव्य • देउसी र घरभरि अन्न देउसी रे भरिपूर्ण होोस् देउसी र नपरोस् दुःख देउसी रे नपरोस् पीर देउसी रे शंकरले रक्षा देउसी रे दिन दिन गरून देउसी रे सेल र रोटी देउसी रे रुपियां पैसा देउसी रे जो दिनुपर्ने देउसी रे घर घर जानु देउसी रे हामीलाई पर्छ देउसी रे झिलिमिली झिल्का - देउसी रे सेल रोटी मिल्का - देउसी रे 4 - - - ६ ( ८१ ) गाईवस्तु बढुन् - ए पख पख भाइहो - देउसी रे ए झ्यालबाट हेरे - देउसी रे ए दिनै लागे देउसी रे ए थाप थाप बाबु - देउसी रे ए भन भन भाइहो - देउसी रे देउसी रे नलागोस् रोग देउसी रे भलो वस्तु कपडा देउसी रे भित्रियून् घरमा दंउसी रे अन्नपात बढोस् देउसी रे हीरा र मोती देउसी रे रुपियां पैसा - देउसी रे जुहारात देउसी रे सून र चांदी देउसी रे तामो र पित्तल - देउसी रे माटोसरी वैरून देउसी रे भन भन भाइहो - देउसी रे ए भन भन भाइहो - देउसी रे - जै - -- यस्तै भैलो गीत यस प्रकार छ. हे औसी वारो गाई तिहारो, भैलो
( ८२ )
.
हरियो गोबरले
लिपेको
लक्ष्मीपूजा गरेको
हे औंसी बारो
गाई तिहारा मेला
अगेनी आइन् ऑगन
गुने चोलो मागन
है औसी बारो
गाई तिहारो, भैलो
हामी यसै आएनौ
बलि राजाले पठाएको
हे औसी बारा गाई तिहारो, मैलो
जसले दिन्छ मानो
उसका सुनको छाना
जसले दिन्छ मुरी
उसको सुनको धुरी
जसले दिन्छ पाथी
उसका सुनको छाती
हे औसी बारो
गाई तिहारो, भैलो
घर घर बत्ती बालेर
मनको मैलो फालेर
the
( ८३ )
इष्टमित्र डाके है
सेल र राटी पाके है
हे औसी बारा
गाई तिहारा, भैलो
यस्तै मारूनी नेपालको ज्यादै पुरानो र ख्यातिप्राप्त नृत्य
र गीत हो । यो गीत नेपालीको ठूलो चाड दशैमा निकालिन्छ ।
यसमा आइमाई र लोग्नेमान्छे नाच्दछन् । खुद छोरीमान्छे र
छोरामान्छे नाच्दा मारूनी र केटालाई केटी बनाएर नचाउँदा
पुरसुगे मारूनी भन्दछन् । मारूनीको अघिपछि लागेर नाच्ने-
लाई ढटुवारे भन्छन् । यसमा वरिपरि १६।१७ जवान गीदागी-
हरू मादल बजाएर गीत भन्दछन् । त्यै गीत र मादलको
तालमा नृत्य शुरू हुन्छ। यो गीत र नृत्य झण्डै रातभर
जसो चल्दछ।
बजाई ॥
कोशीका किनारैमा कसले पूजालाई,
रगतले बालुवा
भिजाई।
हो, हा राम रसै मुरली,
गोकुलमा कृष्णले
तामे ढुवकुर बनमा शिकारीको,
वाणले
लडाई।
नरोऊ न नरोऊ हे आमा,
कमैं उस्तो के दोष अरूलाई ॥
सगरभरि, बनाई। नौलाख तारा कसले आमा गन्न सवयो। हो हो राम चले बनिवास, कर्म टार्न कसले सक्यो । कोशीको किनारैमा कसले पूजालाई, बालुवामा मूरती हो हो रामै रस मुरली, गोकुलमा कृष्णले बजाई ॥ अरुणको डुगिया, देउन माझी म ख्याउँछु बहना । हो हो राम रसै मुरली, ख्याउँछु बहना ॥ तमोरकै गहिरेरा नदीमा, देउन माझी म स्याउँछु बहना । हो हो राम रसै मुरली, ख्याउँछु बहना॥ कोशीको किनारैमा कसले पूजालाई, रगतले बालुवा मिजाई। हो हो राम रसै मुरली गोकुलमा, कृष्णाले बजाई ॥ कोशीको किनारैमा कसले पूजालाई, बालुवाको महल बनाई। म
( ८५
हो है। राम रसै मुरली,
गोकुलमा कृष्णले बजाई ॥
दशैदेखि तिहारसम्म प्रचलनमा ल्याइने प्रमुख गीतमध्ये
सोरठी पनि एक हो । यो पनि नृत्यसहितको गीत हो । यसका
नृत्य र गीत धुवा दुवै राम्रो हुन्छ। सोह्र प्रकारले नाचिने र
गाइने भएकोले यसको नाम सोरठी रहेको हुनुपर्छ । यसको
प्रचलन विशेष गरी गुरुग जातिमा पाइन्छ। यो गीत यस
प्रकार छ ।
यसै पापी दाजैको आस छैन मलाई
चलिजाऊँ माइतीको
देश
वारीको रायो तुषाराले खायो
सानीआमै यो ढिडो केसँग खाऊँ।
वालककालमा
खसम बितिगयो
सानीआमै यो बेराम कसलाई सुनाऊँ।
यसै पापी राजैको आस छैन मलाई
चलिजाऊँ माइतीको देश।
लिन आऊ सगी मेरी फाटिदेऊ बादल
म त हेर्छ माइतीको देश ।
यसै पापी राजैको आस छैन मलाई
चलिजाऊँ माइतीको देश ।
( ८६ ) तीजको वेलामा गाइने गीत : सगिनी तीज अर्थात् ऋषितर्पणीको वेलामा खास गरी जवान युवती माइती आउँदा महादीप बालेर नदीको सुसाइ र हावाको वहा- इमा स्वर मिलाई सगिनी गाउने गर्दछन् । यस्तो गीतमा लामो लामो गीत पनि पाइन्छ । यसमा विशेष गरी घरमा आफूले भोग्नुपरेको दुःखको पनि वर्णन र माइतीमा आफ्नो स्नेहपात्र- लाई पुकार गर्ने र आफ्नो दुखमा काखी बजाउनेलाई नसुनाउने प्रण गर्दछन् । सगिनीको अर्को अर्थ छ-अाफूसग मिल्ने आफ्नो साथी र उसग आफूले पाएको दु ख र सुख पोखी मनको बह सुनाई मानसिक शान्ति लिने। सगिनीको केही नमूना तल दिइएका छन् । (एक) सालको पात खाइरहेछु रूखको बोक्रा लाइरहेछु । दुःख लुकाइयौ चरी ! सुख बुझाइद्यौ । बाबै हाम्रा सुने त झट्ट भरिया पठाउलान् आमै हाम्री सुने ता कोसेली बनाइ पठाउलिन् भाउजु हाम्री सुने ता कोखेलो बजाउलिन् सालको पात खाइरहेछु रूखको बोक्रा लाइरहेछु दुःख लुकाइद्यौ चरी सुख बुझाइद्यौ । मामा हाम्रा सुने त झट्ट लिन आउलान् माइजु हाम्री सुने त कोसेली बनाइ पठाउलिन्
( ८७ )
बुहारी हाम्री सुने ता कोखेलो बजाउलिन्
सालको पात खाइरहेछु रूखको बोक्रा लाइरहेछु ।
भाइ हाम्रा सुने ता रुपियाँ पैसा पठाउलान्
दाइहाम्रा सुने ता लुगा फाटो पठाउलान्
भदा हाम्रा सुने ता मीठो चोखो लेराउलान्
काका हाम्रा सुने ता अन्नपात पठाउलान्
माइजु हाम्री सुने ता आँखामा आँसु रसाउलिन्
बहिनी हाम्री सुने ता थपडी बजाई पठाउली
दिदी हाम्री सुने ता खाइथिस् भनी पठाउली
सालको पात खाइरहेछु रूखको बोका लाइरहेछु
दुःख लुकाइद्यौ चरी सुख बुझाइद्यौ ।
नरोऊ नरोऊ सान्नानी ती पनि तिम्र माइती हुन्
हिमालचुली पल्लापट्टि झयो चिसो पानी
खैजडीमा पैसा बज्यो टिपी लैजाऊ नानी
सान्नानी जॉदो म आउँदो नौतुनामा भेट हुँदो
पाटनको ठूलो साहू सौतेनीको माइतीनी है
सौतीले ल्याउँछे सोली या डोली हामीलाइ वचन है
कि ल्याऊ बाबा सोली या डोली
कि ल्याऊ बाबा छुरिया है
सान्नानी जॉदो म आउँदो
नौतुनामा भेट हुँदो
-
छुरिया हामी दिदैनौ चेली
लैजान चेली डोलीया नै
सान्नानी आउँदो म जॉदो
नौतुनामा भेट हुँदो।
नरोज नरोऊ सान्नानी
ती पनि तिम्र माइती हुन् ।
शिरमा लाउने शिरफूल
बहिनी मेरी कान्छीलाई
कानैमा लाउने
कुरडलु
बहिनी मेरी कान्छीलाई
नैनसूतको फेटा बैनीज्वाइँलाई
नरोऊ नरोऊ सान्नानी दिउँला तिमीलाई
नरोऊ नरोऊ सान्नानी
ती पनि तिम्र माइती हुन्।
हिमालचुली पल्लापट्टि
भयो चिसो पानी
खैजडीमा पैसा बज्यो
टिपी लैजाऊ नानी ।
नाकैमा लाउने फूली
बहिनी मेरी कान्छीलाई
साटनको चोलो दिउँला
बहिनी मेरी कान्छीलाई
( ६ )
नौगेडे माला
घॉटीमा लाउने
बहिनी मेरी कान्छीलाई
नरोऊ नरोऊ सान्नानी
ती पनि तिम्र माइती हुन् ।
हिमालचुलो पल्लापट्टि
झो चिसो पानी
खैजडीमा पैसा बज्यो
टिपी लैजाऊ नानी।
(तीन)
एक बीस पॉचका हरिमल्ल राज
चार पुगी पॉचकी म वल्ली रानी
यी दुइको बिबाह भयो
न आमै मैले नि हातमा लिउँ
न आमै मैले काखैमा लिउ
माइती देश पठाइदेउ हे मेरी आमै
न माइती यसका न छ है मावली
यो गर्भे टुहुरी हरिमल्ल राजै
कहाँ जा भनिये
बार हेर बीस नि भरिया लैजाउ
हीरा र मोती सुन चाँदी लैजाउ
भलो वस्तु कपडा अन्नपात लैजाउ
( ६० )
गाई र भैसी वस्तुभाउ लैजाउ
बारेर वर्ष पढेर बस
पोस्तोक बाँच्ने
पण्डित बन
घर फर्क हरिमल्ल राजै
बैसको बोझले नुहेकी होलिन्
स्वामीको पाउ समाउने होलिन्
वरिष १७ की भवमल्ली रानी
त्यहाँदेखि हिडेका बाले
बाटामा भेटे दहीको भार
के साइत पर्यो नि
रहु नि रहु हे मेरा संगी
परदेश जान्छु नि
बाटामा भेटें भरेको घैलो
के साइत पर्यो नि
रहु न रहु परदेशी दिदै
म पानी अचाउँछु ।
त्यहारदेखि हिंडेका राजे
गोस्वामी कुटी पुगे नि
साधु र सन्तको धुनीमा पुगे नि
घर छोडी आएँ म नि
यै भेष धर्छ मैं बसी पढ्छु
घरैमा होलान् बा महतारी
(६१ )
रुदिहुन् संझी हितकी रानी
नढाँट हाम्लाइ हरिमल्ल राजै
यो भेष त हुँदैन
घरमा छैन बा महतारी
न छन् मेरा हितकी रानी
यै भेषमा बस्छु यै भेषमा पढ्छु,
ए साधु बाबा म परिडत बन्नेछु ।
बाह्र वर्षपछि हरिमल्ल आफ्नो पढाइ सकेपछि कुटीका
गोस्वामीलाई पहिले आफूले ढाँटेका कुरा सत्य बताई घर जाने
तरखर गर्दछन् ।
आज र मैले के देखे सपना
भने कि नभने ।
सुन र सुन है साधु बाबा
भनें कि नभनूँ !
के देख्यौ सपना हरिमल्ल राजै
न छली भने है
जो देख्यौ राजै त्यो सबै बताऊ
पूर्ण है होला कानचिरे जोगीलाई ।
घरैमा रेछिन् महतारी मेरी
हितकी रैछिन् भवमल्ली रानी
सपना यै देखें।
( ६२ )
दुइ बीस चार भरिया लैजाऊ
रक्षको लागि बिगुत लैजाऊ
बाघको छाला बिछाउनी लैजाऊ
मृगको छाला पछ्यौरी लैजाऊ
बनको फल सामल लैजाऊ
झोली र तुम्बा भिरेर लैजाऊ
हातमा लौरी टेकेर लैजाऊ
घरैमा फर्क हरिमल्ल राजे
कानचिरे भेपैमा
आशीर्वाद लैजाऊ हरिमल्ल राजै
कानचिरे भेषैमा ।
गहमा आँसु
जोर पाउ लागे हरिमल्ल राजे
गोस्वामीको पाउमा
त्यहाँको देखि हिडेका बाले
पुगे है ब्यांसीमा
जठको रोपाइँ
कसको हलो कसको रोपार
के चासो पो कानचिरं जोगीलाई ।
नौमति बाजै अघिपछि लगाई
चेली सुसारे पछिपछि लगाई
बॉकी रोपारेलाई दोपहरै बॉड्न
( ६३ )
मवमल्ली रानी दोपहरे बॉड्दैछन्
प्रालीको छड्का हरिमल्न राजे
हदै लन् रमिता।
रानीले देखिन् श्यामसुन्दर योगी
कानचिरे जोगीलाई
सुन र सुन ए साधु बाबा
लौ थाप दोपहरै।
क्यै पनि छैन हे मेरी रानी
धौ तिम्र पछ्यौरी
डरलाग्दो फुस्रो कानचिरे जोगी
कसरी दिनु पछ्यौरी मेरो नि !
दोपहरे बॉडी फर्किन नि रानी
रोपाइँ सकेर
सगसंगै लागे कानचिरे जोगी
रानीको घरतिर
बिछोड हुँदा पॉचकि थिइन् भवमल्ली रानी
कसरी जानुन् पॉचकी बाला
हरिमल्ल भनेर ।
घरैमा पुगिन् सॉझनी पख
डोलेले बिसाए
महलमा गइन् भबमल्ली रानी
आगनको छेउमा गै बसे कानचिरे जोगी
( ६४ )
बास देउ भनेर ।
कानचिरे जोगीलाई के चाहियो बास
जुन बाटो आयौ त्यै बाटो जाऊ दिन्नौं हामी बास
उठ रे जोगी फटकार छाला
जहाँ भए पनि एक पेट खाला
मरिद छैनन् यो घरमा हामी दिन्नौ हे बस्न बास ।
सॉझको पाहुना नभन त्यसो
एक रात बस्न देऊ मेरी रानी सिकुवा बास
खत तिम्लाइ पर्दैन ।
ऑगनको छेउ नपाउने फुस्रो
सिकुवा ताक्दै छ ।
भित्रको तिम्रो मूल अोछ्यान देउ त मलाई
कोरी र बाटी गरेर फापर पकाइदेउ मलाई ।
लौन नि लौन अोलन अोल हे मेरी बज्यै
डरलाग्दो फुस्रो कानचिरे जोगी
मूल ओछ्यान ताक्दै छ ।
त्यहाँ र देखि अोर्लिन् नि आमा
निहाली हेरिन् कानचिरे साधुलाई
मुसुक्क हासे हरिमल्ल राजै आमैलाइ देखेर
आमैले पनि लौ चिनिहालिन् हरिमल्ल भनेर
हत्त र पत्त अङ्कमाल गरिन्
सुम सुभि सुस्थाइन्
( ६५ )
गहका ऑसु तपतप खस
अचम्म भइगो
टाउको र गालै मुसारी हेरिन् हरिमल्ल राजैको ।
सुनमा सुन हे मेरी बधू
तिम्रा खसम हरिमल्ल राजै
लौ झट्ट ल्याउ सुनको भारी सुकिलो पारी
पाउ र धोई जल तिमी आउन
कानचिरे जोगी डरलाग्दो फुस्रो
कसरी चिनु म
चार पुगी पाँचकी थिएँ र आमै
खसम जॉदा म
खसम आफै हे मेरी आमै
कसरी जानु म!
दाइँ गर्दा गाइने गीत: दाइँ गीत
मगसीरमा धान काटेपछि दाइँ गर्दा गाउने गीत भएकोले
यो दाइँ गीतको नामले प्रख्यात छ । यो दाइँ गीत मेचीदेखि
महाकालीसम्म प्रख्यात छ । धान काटेर पहिलो झमट चुटेपछि
बाँकी रहेको धान र परालको कुन्यू लगाएको हुन्छ । पछि केही
दिनपछि यसलाई गोरूद्वारा कुल्चाएर धान झार्दछन् । गोरूको
रिंगाइमा एक स्वर बाँधेर दयारेहरू यो गीत गाउँ।दन्छ
( ६६ )
आफ्नो चलनअनुसार दाइँ गर्दा दाइको थलोमा गाडेको मियो
को पूजा र बलि दिएपछि गीतको शुरू हुन्छ ।
हो, हो, हाम्रो बर्दालाई बाँध्यौ नि
मेरो भैया राजै हो
माल दाम्ला फिजारिदिए
मेरो भैया मियोको गोरू चदो हो ।
मियो हल्लाउँछ पालीको गोरू
मेरो भैया राजै हो
बूढो छ ढयॉग्रो यसै दलमा
राखी पूजा गरौला भोटे च्यांग्रा
मियोको टुप्पामा बसी गयो कोइली
आजको दया रेलाई डढेका चोइली
हो, हो, हाम्रो बर्दालाई बाँध्यौ नि
मेरो मैया राजै हो
माल दाम्ला फिजारी दिए
मेरो मैया मियाको गोरू चर्दो हो
हाम्रो बर्दालाइ फोइदिए
मेरो मैया थकाइ त मादों हो
मियो हल्लाउँछ पालीको गोरू
मेरो मैया राजै हो
हाम्रो बर्दालाइ बॉध्यौ नि
मेरो मैया राजै हो।
७
(६७ )
बालाचतुर्दशीमा गाइने गीत . भजन, चुटका या खैजडी
यो गीत विशेष गरी बालाचतुर्दशीको रात सतब्यू छर्न
आएका कॉठका मान्छेहरू जाग्राम बस्दा गाउँदछन् । यसको
अलावा यो गीत पूजाअाजा भएको बखतमा पनि गाउने चलन
छ। यो गीत विशेष गरी रामायण, महाभारत, देवीभागवत,
कृष्णचरित्र, स्वस्थानी व्रतकथा आदि पौराणिक विषयवस्तुमा
आधारित हुन्छ । यो गीतको सृजन पूर्व १ नम्बरबाट भएको हो
र यसको श्रेय पतञ्जलि गजुरेललाई दिनुपर्छ भनी कुनै गीतमा
यसको उत्पत्तिको बयान गरेको पाइएको छ, तर जे होस्, यस
भाकाले लोकगीतको विशालतालाई अँगाल्न पुग्दा ऋतुकालीन
गीत भएर समेत प्रचलनमा आएको छ। अरूमा सामूहिक
गीतका गेडा जस्तै चाका एउटै भए तापनि यसको गेडा भने
गीतै पिच्छे र गाउँपिच्छे नै फरक हुन्छ । यो गीत गाउँदा
वरिपरि गीदागी बस्दछन् । बीचमा एउटा भट्याउने खैजडी
बजाएर गीतको धुवा उठाउने गर्दछ। अनि उसले नारायणको
थेगो भरेपछि सबै गीदागी एकै स्वरमा नारायणको दुर्रा ठोक्दै
गीत गाउँदछन् । खैजडीको प्रमुखता हुने भएकोले यस गीतले
खैजडी गीतको नामले पनि प्रसिद्धि पाउँदैछ । एउटा खैजडी
यस प्रकार छ:
बुझेनौ कि भाइ हो जो चाहिने सो, इन्द्रजीतको बाण लागी
जब लक्ष्मणजी मूर्छा पर्नुभएथ्यो जो चाहिने सो
(६८ )
रामजी मान्छे जस्तै विलाप गर्न लाग्नुभयो ।
जो चाहिने सो बुझेनौ के नारायण हरिहर
मूर्छा परे लक्ष्मण भनी रामजी रुनुभो
मयालु हातले हे भाइ भनी गालामा छुनुभो
नारायण हरिहर बुझेनौ रामजीले यसरी विलाप गरेको
सुनेर जो वाहिने सो सारा बानर बिलखबन्दमा परे
बुझेनौ के यम चारैतिर सुग्रीवले नजर फिराए बुझेनौ के
यसमा लायक हनुमानलाई लायक देखी मृतसञ्जीवनी
बूटी ल्याउन खटाए बुझेनौ के नारायण हरिहर ।
हनुमान कुदे रामजीलाई ढोगी इटीको खोजमा
नचिन्दा बूटी जगलै बोकी ल्याइदिए निमेषमा
हो हो ल्याइदिए निपमा नारायण बुझेनौ के
हनुमानले बिन्द्राचल पहाड बोकी रामको अगाडि राखिदिए
हत्तरपत्त वैद्यराजले बूटी खोजी लक्ष्मणजीलाई दिए
भयो बुझेनौ के नारायण हरिहर ।
मूर्खाबाट लक्ष्मण न्यूझे हॅसिलो आंखाले
हनुमानलाई स्याबासी दिए सुग्रीवराजले
हो हो सुग्रीवराजले
कॉधको ठोक्रा
वारामा जोरी
हान्न थाल्नुभो
लक्ष्मणजीले इन्द्रजीतलाई मूर्ला पार्नुभयो
हो हो मूर्छा पार्नुभो
नारायण हरिहर ।
खेजड़ी गीतको अर्को नमूना यस प्रकार छः
जब अक्रुरजीले कृष्ण र बलरामलाइ कसको ढोकामा के
पु-याएथ्यो बुझेनौ के नारायण ।
दौडेर गयो कंसको हात्ती हाहाकार भो
मुवकीले हानी कंसको हात्ती कृष्णले मार्नुभो
नारायण हरिहर
सॅडमा तानी मुडकीले हानी कृष्णले मार्नुभो ।
जब कृष्णजीले दश हजार क भएको हात्तीलाई बुझेनौ के
यसरी मार्नुभएपछि कौसीबाट कसले दुईटा बुझेनौ के
मोटा काला बलिया दुइटा मल्ल युद्ध भो
निमेषभरमा कृष्णजीले प्राणै लिनुभो
हो हो प्राण लिनुभो।
जब यस्ता शूरवीर पहलमानलाई कृष्णजीले बुझेनौ के
बिरालाले मूसा मारे झै मार्नुभएथ्यो बुझेनौ के कस आफे
श्रीकृष्णलाई मार्छ भनी दौडेर आयो।
छातीमा टेकी जोर धुंडा धसी घोक्रो फोर्नुभो
श्रीकृष्णजोले कंसलाई मारी द्वारिका पाल्नुभो
हो हो द्वारिका पाल्नुभो
नारायण, द्वारिका पाल्नुभो ।
। १०० ) यस्तै बालन गीत पनि बाला चतुर्दशीमा गाइने गोत- मध्येको हो। यो गीत ठूलो एकादशीमा पनि गाइन्छ । यस गीतमा पनि देवदेवीको लीलाको वर्णन गरिएको हुन्छ । बालन गीत मात्रै नभएर नृत्य पनि हुन्छ। ८ पाइले १६ पाइले ३२ पाइले र ६४ पाइले नृत्य गीतको गेडामा पनि फरक हुन्छ । यो गीत यस प्रकार छ। हो, हो, तमं शरणमा खेलन आयौ, आज्ञा देऊ धरतीमाता। हो, हो, सत्यको कीर्ति गणपति, लम्बोदर विधाता ॥ हो, हो, तिल भीरमा शमीको रूख, मान्छेको अधम तहाँ। हो, हो, त्यै पापी दैत्यले के मार्ला सबलाई, तलाई मार्ने गोकुलमा ॥ हो, हो, तनै शरणमा खेलन आयौ, आज्ञा देऊ धरतीमाता। हो, हो, सत्य कीर्ति ब्रह्मा शशिधर, शिरधर ॥ हो, हो, कालकूट विष तनतनी खायो, जनको उद्धार। हो, हो, सत्य कीर्ति ब्रह्मा गणधर महादेव ॥ नागपास भक्त व्याघ्र चर्म Accession No.. Shantarakshita Library हो, हो, भक्तजनको लागि प्राण दिन्छन् Ibatan Institute-Sarna दिन दिन जोभन मजा हो, हो, तद्म शरण खेलन आयौ आज्ञा देऊ धरतीमाता ॥ धान रोप्ने वेलामा गाइने गत असारे या जुहारी प्राय जम्मै समयमा गाए पनि बट्ता आषाढमा गाइने गीत भएकोले यसलाई असारे र यस गीतलाई युवक युवती मिली गीतमा जवाफ-सवाल गर्ने हुँदा जुहारी भन्ने चलन छ । आषाढ- को समयमा जब धान रोप्ने काम शुरू हुन्छ तब असारे गीत मौलाएर आउँछ । खेतमा धान रोप्नको लागि व्याडे हिले रोपारहरू हुन्छन् । यसमा रोपारको काम विशेष गरी युवतीले लिएका हुन्छन् । प्रालीमा बसेर रातिमा हेर्ने युवकहरू बैसको बोझले नुहेकी कान्छी र च्याण्टीसग गीत गाएर कुरा गर्दछन् । असारे गीतको मूल फुटेपछि करीब ७ दिनसम्म पनि नथामिएर चल्दछ। कहिलेकाही गीतबाटै प्रेमको सम्बन्ध कायम भएर विवाहसमेत हुन्छ । यस्तो बखतमा गीतवाट आफूले जान्न चाहेका वस्तुको सवाल गरिन्छ र त्यसको जवाफ गीतबाटै पाइन्छ । वीचबीचमा लामो भट्याउने र थेगो मारेर कानमा हात राखी तीखो स्वरमा भाका झिक्ने असारेको आफ्नो विशेषता हो । असारे गीत गाउनु शुरू भएपछि यसको भाका र रसिला टुक्राले गर्दा-डॉडा-डॉडाका मान्छेलाई पनि एक ठाउँमा जम्मा गराउँछ।
( १०२ )
सानुमा सानु नरिवले हुक्का
भिरै लाईलाई खोलेर
नजली ज्यानको स्वर मात्रै
सुन्छु
कता होला बोलेको
अमिलो मोहीले मेरो माया दुइले
कता होला बालेको
हरे राम राम बादलमाथि घाम
कता होला बालेको
डोकोमा बुन्ने त्यो हातको सीपले
गुन्द्री बुन्ने हतासो
महको गोली चरी तिम्रो बोली
उडाई ल्यायो बतासले
लेकको परी
पानी खान भरी
लाको सानु माया
जंघारलाइ तरी
माया लाउने नकलीले
हेर कस्तो कुरा गरी
दैवको लीला हरे
कठै नि बरी
माया लाउँला भन्दा भन्दै
( १०३ )
जगलैमा परी
श्याल गिद्ध वरिपरि
सात दिनसम्म जंगलैमा लाश
स्याउँ स्याउँ कीरा परी
वायु डाक्दा आई रुदै
पिचासको रूप धरी
है हरि बठे नि बरी
गाउँदा गाउँदै गाउँमा ने झरी
माया लाउने बानी
माया लाउँछु भनी
आको अघिसरी
हे पातली ज्यानको स्वर मात्रै सुन्छु
कता होला बोलेको
मिश्रीको गोली चरी तिम्रो बोली
कता होला बालेगा
दैवको लीला के भएको होला
कता होला बोलेको
युवती :- श्री कृष्णाजीको गाईलाई सोसय
ल्याउने भन्दा लिन गो
अमिलो महिले मेरो माया ऐले
केलाइ हुकुम मर्जी भो
( १०४ )
हरे राम राम बादलमाथि घाम
केलाइ हुकुम मर्जी भो।
दैवको लीला के भएर होला
हत्ते प्राण हालेको
सत्तेमा सते किन हाल्छौ हत्ते
तिम्रो हाम्रो माया बसे कल्ले दिन्छ पले
यो जुनिमा हुने छैन काम तिम्रो फत्ते
तिमी जूता माया लाउने धेरै जना लत्ते
ढिकी जाँतो गर्दा गर्दै पारितिर पुग्थे
वाघजुड़े की छोरीलाई ताक्ने श्यालसिंहले
फन्दा पार्यो बोलिहाले अब किन बोल्थे
एके र मुठी त्यो जिरीको साग
नरम तेलमा मानेर
नबोलुभने सुख पाइनँ मैले
बोल्यो फन्दा पारेर
हरे राम राम घुमी चारै धाम
बोल्यो फन्दा पारेर।
दैवको लीला गयो अब बेला
बोल्यो फन्दा पारेर ।
युवक :-हरियो बल्ल हिमालको घूपी
बकैनो त बल्दैन
( १०५ )
दूधै खानु
तिम्रो र हाम्रो हित चित्त मिल्यो
जात भात मिल्दैन
भातै र पाक्यो त्यो है गुदुगुदु
त्यो रूख राम्रो पातैले
तिम्रो र हाम्रो हितचित्त मिल्यो
के गर्छ रे जातैले
मल हाल्नु राम्रो आलो पटकेको
थोरेको
नसुकी जावोस् माया प्रीति हाम्रो
बल्ल बल्ल जोरेको
हरे राम राम बादलमाथि घाम
बल्लबल्ल जोरेको
मेरो माया तिम्ले के भनेको त्यसो
बल्ल बल्ल जोरेको
तरकारी खाने मूला प्यूठाने
ठिमीले दाइको किरमत
मयानु ज्यानको दर्शन नपाउँदा
दिन दिन लाग्छ बिस्मात ।
युवती :-धान हैन तोरी बागवीरकी छोरी
उरालेर छर्ने जौ
तिम्रो माया गरी
बस्छु जनमभरी
उरालेर छर्ने जौ
( १०६)
V
माछा बस्छ लेउमा आज तिम्रो छेउमा
धक फोएर बोल्न देऊ
मधेसे ज्यानको हेर मत्ता हात्ती
खान्छ रे पिपल खेपे वाम
नकले ज्यानको मुहार नदेख्दा
मन हुन्छ एकतमास
हरे राम राम वादलमाथि घाम
मन हुन्छ एकतमास
देवको लीला के भनेको होला
मन हुन्छ एकतमास।
हरियो बल्ने त्यो धूपी का रूख
बास्ना चल्ने साल्धूप
मान्छेकी छोरी बाँध्ने माया डोरी
खाइदेऊ जात भात खुपुक्क
भातै र पाक्यो त्यो है गुदुगुदु
रूख राम्रो पातले
जात र भातले मान्छे हुन्न राम्रो
मान्छे राम्रो मनले
हरे राम राम बादलमाथि घाम
मान्छे राम्रो मनले
। १०७ )
चण्डी पूर्णको वेलामा गाइने गीत तामाग या दोहरी
चण्ड पूर्णेको वेलामा बाईसवारा नुहाउन आउने वेलामा
यो तामाग सेलो बर्ता चल्ती हुन्छ । हुनत यो सेलो युवक-युवती
भेट भएपछि गीतमै आफ्नो भावना पोख्दछन् । जुहारी जस्तै
तामाग युवक-युवती गीतमै जवाफ मवाल गर्दछन् । यसलाई
दोहरी खेल्ने पनि भन्दछन् । डम्फु र ढुलनामा तामाग मेलो खूब
मुन्दर र गाउने मन लाग्ने हुन्छ।
बारीमा डोडा पारि माजा
नौ सय गीत नौ सय बाजा
मकै मुठी पूल खाजा
कान्छीको माया कान्दालाई
कान्छाको माया कान्छीलाई
दाहरी गीत भन्दै जा
दोहरी प्रीत लाउँदै जा
हाम्रो त घरको मूसाले
कोदो त खाँदै खादैन
दिनको तीन तोला घ्यू खान्छ
मूसा भन्दा बोल्दैन
धानचरी भन्दा ज्यू भन्छ
लेकलेक हिड्ने लेक मुर्गे
गरीबको छोरो दुइ भाइको
( १०८ )
कल्ले नि देख्ला भोक तिखा
कल्ले नि मान्ला पीरसुर्ती
बहर गोरू दाउने हो
न है चिट्ठी आउने हो
न है माया आउने हो
न है दर्शन पाउने हो
गहुँ काटी ठोसर छ
यो मन मेरो रोइरहन्छ
पापीको मायाले यहाँसम्म
नरो भन्ने को हुन्छ!
पापी
माया कलकत्ता
कता हो कता बेपत्ता
आकाश ज्यानको निरह
कसरी थाएँ विरह
सिरूमा पाते खुकुरी
फुक्लेर गयो थाह छैन
चिट्ठी र पत्र आउँदैन
मरेको ज्यूदो थाह छैन
युवक :- वरपिपलको
चौतारी
वारै सुरमा बिसाउने
कोरले
बोलचाललाई
रिसाउने कि खुसाउने
( १०६ )
मंरा दुला
युवती : भैसी त चने रछान गो
कान्छालं
आजका सैबुन दिनमा
कम्ता
कुरा
भन्ने हा
दुवक :- दन्तमा लाउने लाल बीरे
चोलो त लाउने कस्मीरे
पिरती लाउन हुन्छ कि
माया त लान हुन्छ कि
गैरी खेतको मासी धान
असिनाले उठायो
दशे अम्ला हात जोरी
मेरी ठूली कान्छीलाइ
हजुर
बिन्ती चढायो
सन्दुस खोली वयै छैन
सानो छ कन्तुर खोलेर
च्यान्टे त पैसा छानेर
मेरी ठूली कान्छीलाई
सोधनी गर्यो बसेर
उँभो त सेतुंग लेकेमा
घाँस काट्यो
जान्नेलं
एउटा बिन्ती चढाउँछु
सुनेर तपाईल
( ११० )
सुरुवालमाथि मयलपोस
मरी ठूली कान्छील
आजको संयुग दिनमा
शीतल वचन मर्जिहोस्
लौ लो कान्छी मजा होस् ।
युवती .-फरिया लाउने माकिनका
चोलो त लाउने ताराचिनको
मेरा त ठूला कान्छाको
बोली त सुन्छु हार्बिनको
उँभो माउ
चिनमा
आजको यिन दिनमा
मेरो
ठूला कान्छाले
कस्तो कुरा
भन्ने हो
फूलका माला उनौला
लौ लौ कान्छा भन्नुहोस्
अल्लारे ट्रली कान्छील
एक छेउ बसी सुनौला।
युवम :-गैरीमा खेतको रोपाइँलाई
सानोमा विन्तो चढायो
पिरती लाउने मनले
ठूली र कान्छी तपाईलाई
( १११ )
उधो त जाने किराती
लाउन त लाउला पीरती
बरपीपलका चौतारी
चार सुरमा
बिसाउने
पीरती लायो मनदेखि
मन छ कि ट्रलीको रिसाउने
फलको माला उनौला
मेरी ठूलीको त्यो बोली
बाबुको छोरा बीरलं
एक छेउ बसी सुनौला
मेरी
ठूली कान्छीले
माया र प्रीति जोर्नु हंस
लौ लौ ठूली भन्नुहोस् ।
युवती :--मोहर लानौ दाम गनौ
मेरा ठला कान्छाले
पीरती लाउने मनले
सुन्नुहोला म भनौं
फूलै लाउने सिरमा
ठूलसग रिसाउन
शखा छैन उठाउन
धन्दै छैन त्यसमा
( ११२ )
मर्दकी छोरी ठूलील
बाबुको वचन नाघेर
लाउँदैन प्रीति खुशील
खसमको धर्म छाडेर
बाबुलाई ज्यूदै मारेर
पिरती लाउने कसरी
धर्म र सत्य छाडेर
मानिस ज्यूदै
बस्दैन
कालले कसलाइ सॉच्दैन
बाबुकी लोरी कान्लील
पिरती यसै लाउँदैन
उ जुनिको पापले
यो जुनिमा दुःख भया
बैंसको चल्दो उमेरमा
खसमसग बिछोडमा
दैवको ऑखा छोपिन्न
यो जुनि फेरि पाइन्न
मरे त स्वग जादैन
पिरती जेठू लाउँदैन
अल्लारे ठूली कान्छीले
पिरती लाउदै लाउँदिन
८
( ११३ )
युवक '---आसीले काठ काटेन
भैसीले घांस खाएन
अबत पिरती खोज्दैन
कान्छीले पनि ऑटेन
मेरी ठूली कान्छीलाई
बाबुको छोरा कान्छाल
मनमा ईख राख्दैन
धन्दै छैन तिमीलाई
बाबु को छोरा वीरले
वाबकी छोरी कान्छीलाई
करले माया लाउँदैन
करले पाउँदै पाउँदैन
मेरी ठूली कान्टीलाई
अल्लारे ठूला कान्छाले
वचन ठूलो लाग्ला कि
सलाम सलाम पाउलागी
सलाम सलाम, पाउलागी
है पाउलागी
श्रावण भाद्रमा गाइने गीत सिलू लोकगीत
नेपाली लोकगीतको इतिहासमा सिलु लोक-गीतको पनि
प्रमुख स्थान छ। यस गीतमा एक जोडा पति पत्नी सिलु तीर्थ
( ११४ ) -- अर्थात् गोसाईकुण्डमा जाँदा बिछोड भएको कुरा दर्शाइएको छ तापनि सयोगान्त रूपमा यो गीतलाई अन्त गरिएको छ । अबेर घर फर्केको आफनो पतिसग पत्नीले आफ्नो उत्सुकता यसरी पोख्छे। हाय रे हाय प्रभु स्वामी कहाँ गे आज अाउनुभो ? पतिले आफ्नी स्त्रीको शका भेटाउन यसरी जबाफ दिन्छ। धन्दा किन यो सुर्ता किन आफ्नै कामको निति हो । अनि फेरि पत्नीले आफ्नो खेद प्रकट गर्छ- हामी दुइका बीच पनि सल्लाह कति नै छैन रे । कहाँ जानुभएको आज हाय कहाँ जानुहुन्छ रे ? यसको जबाफ पतिले यसरी दिन्छ : सिलु तीर्थ नुहाउन पाए ठूलो यश पुरय हुन्छ रे । सिलु तीर्थमा जानलाई गएँ मत साथी खोज्न रे । साथी खोज्ने किन स्वामी जात्रौ तीर्थ हामी दुवै । पतिपत्नी तीर्थ गए ता झन् अति नै पुण्य हुन्छ है । तर सिलुतीर्थमा पतिपत्नी एकसाथ जॉदा बिछोड हुन्छ भन्ने परम्परागत धारणामाथि विश्वास पतिले लिन थाल्छ । हामी दुवै जानलाई जोशी देखाउनुपर्छ रे । जोशी देखाई हेरे प्रिया, तर हाय बिछोड हुन्न रे। तर यो पुरानो रूढीवादी परम्परामाथि पत्नीको विश्वास हुन्न र ऊ यस परम्परालाई तोड्न चाहन्छ । अनि ऊ आफ्नो पतिको पछिपछि लाग्छ । तर पतिले उमलाई आफ्नो ढिपी छोड्न अने प्रयत्न गर्छ । उ जान्दिन र बिर सिलुतीर्थ पुगी छोइछे । य त्तकैमा उ.को सौन्दर्यमाथि मोहिल भई राजाले उसलाई हरेर लैजान्छन् । बिछोडको वेक्नाले तडपिएर पति- चाहि साफ्को घर फर्कन्छ र फकीरको रु। धारन गरी देश देशान्तर घुम्न जाने विचारले बाहिर निस्कन्छ । उत” राजाले उसलाई रानी बनाउन प्रयत्न गर्छ । धन्दा किन लिन्छौ रानी यो सुर्ती किन लिन्छ्यौ तिमी । घर सुकुमारी केटी दिन्छु नोकर चाकर सबै । हीरा मोती जुहार पन्ना राम्रा राम्रा दिन्छु सबै । हे रानी, त्रिपासा खेलौ जानी भित्र ह.मी दुवै मच्छ तथा अगाध प्रेमका जाति राजदरवारको विलास- लाइ ऊ तिलाजली दिन होछे र चातुर्य द्वारा राजदरवारको वन्धनबाट फुत्कन खोज्छे। मेरो बिन्ती सुन्नुहोस राजे, मेरो बिन्ती लागोस है। चातुर्मास व्रत ल मेरो यो परा गर्न दिनुसन है। एजागरण सबैलाई अनि भोजन गराउनुपर्छ है । अधिराज्यका जोगी सबै सामेल गराउनुपर्छ है । व्रत सागेको दिन आफ्नो चातुर्यद्वारा फुल्को जोगिनीको भेषमा उरले जोगीको भेषमा पाएका आफ्ना पतिलाई भेट्न पुग्छे र दुवे यहॉनाट आफ्नो घरतिर जान सफल हुन्छन् ।
( ११६ ) धन्य धन्य मेरो कर्म फेरि मेले पाएँ प्रभु रे । यहाँ किन बसौं प्रभु स्वामी जानौ आफ्नो घर रे । यसरी यो गीत सयोगान्तमा समाप्त हुन्छ । यो गीत श्रावण भाद्र महीनामा गाइने चलन छ । किनभने सिलु तीर्थ अर्थात् गोसाइँकुण्डमा जाने मेला पनि यही महीनामा पर्छ । यसरी यस गीतमा एक नारीको आफ्नो पतिप्रति भएको अगाध प्रेम तथा स्नेहले राजमहलको विषय- वासनालाई पनि चुनौती दिइएको छ। यो गीतले नेवारी समाजमा लिन सकेको व्यापकता नै यसको विशेषता हो । (च) कथानक गीत वास्तवमा नेपाली लोकसाहित्य नेपाली समाजको ऐना हो । गीत, गाउँखाने कथा, लोककथा, उखानटुक्का, कथानक गीत नै लोक साहित्यका भण्डार हुन् भने रोदी घरमा युवक- युवती गीतको सृजना गर्छन् । रोदी घरको आँगनमा पूवा कात्न बसेकी बूढी आमै उखान-टुक्का झिक्दछिन्, अनि वरि- परि बसेका सानासाना भुराहरूलाई बौद्धिक वृद्धि गर्न गाउँ- खाने कथा झिक्दछिन्, अनि ढुगामुढा पशुपन्छी बाघ- भालु आदि जीव-जन्तुलाई मानिसको भाषा बुझ्ने तुल्याएर लोककथा जन्माउँछिन् । त्यस्तै माइतबाट घर गएकी चेली र पॅधेर्नी दिदी, घटेरी बहिनी, विधवा फुपू, बैंमालू नानी, आफ्ना मनका भावलाई लयमा बाँधेर च्यूरा कुट्दा वनपात जॉदा - ( ११७ ) १ कथानक गीतको सृजना गर्दछन् । जिभ्रोको टुप्पामा अड्ने यी गीतहरू गाउँ गाउँ पुगेर बढ्ने घट्ने गर्दछन् । यसै सिलसिलामा प्रस्तुत छ पश्चिम १ नम्बरतिरको एक कथानक गीत, मैतालु चेली। यस्तै गीत पूर्व आठराई धन- कुटा र पश्चिम पाल्पातिर बागलुगतिर पनि पाइन्छ । धेरै कुरा मिल्दोजुल्दो भए पनि कतै लामो कतै छोटो, कतै आफ्नो गाउँको विपयसँग गाभिएको हुन्छ । यस गीतमा पश्चिम नबरतिरको रहनसहन बारे प्रकाश पारिएको छ । घरमा आएको ज्वाइँलाई भएसम्म मान्ने प्रथा र विवाह गरेको वर्ष माइत बसेकी छोरी शुक्र अस्तमा घर पठाउन हुन्न भन्ने अन्ध- विश्वास र स्नेहको सम्बन्ध दरिलो भएका वखत कुनै घटना घट्न गएमा त्यस व्यक्तिलाई सपनामा मानसिक सूचना हुने कुराको झल्को यसमा दिएको छ । मैतालु चेली मादलै बज्यो घिन्तांगमा चिन्तांग आहै ढोल बज्यो घुमघुमती यत्तिका बैसमा घरबार छैन म घुम्छु फनफन्ती। बेतको लौरो नि छिलिङ्ग बज्यो बाहिर हेर हे मेरा दाज्यै को आयो पाहुना
( ११८ )
फुकेको छ कि कुकुरको गला
मुपदछ वेसरी
डाकन डाक हे मेरा दाज
त्यो पांग्रे डाम्नालाई ।
मान्द्रीमा फोइदेऊ हे मेरा दाज्यै
मान्द्रीमा फोइदेऊ
मान्द्रीमा बस्ने पाएको रेनछ
घुगराडी बिल्याइदेड
है मेरा दाज्यै, घुमराडी विछ्याइदेऊ ।
राडीमा बस्ने त्यो मान्छे होइन
चकटी बिछ्याइदेऊ
है मेरा राजै तगेको चकटी
जोर पारी विछ्याइदेऊ।
चकटी होइन हे मेरा दायै
बाघको छाला बिछ्याइदेऊ
बाघको लालामाथि बस्दैन दिदै
मतानु पठाइदेऊ।
सामु छ शुक्र यसैमा वर्ष
पटाउनु हुँदेन हे मेरा जुबाइँ !
पठाउनु हुँदैन
हे मेरा जुबाइँ!
पठाउनु हुँदैन।
( ११६ )
वैशाख पन्ध्र भाइको बिहे
नपठाई हुँदैन दिदै
नपठाई हुँदैन ।
बाबाले घरमा
नल्याएदेखि म बस्नुपर्दैन
बाबाको वचन नहाल खेर
तोलाको वचन खेलामा परे
म बस्नुपर्दैन ।
बाबाको वचन मनमा धर
मनेमा धरे हे मेरा जुवा।
पठाउनु हुँदैन ।
आएको मान्छे फर्केर जान्न
नलिईकन म यसै जान्नॅ
बाबाको वचन मनमा राख्न
किमार्थ हुँदैन ।
ओर्ल न भोर्ल हे मेरी रानी ।
भाइको बिहे पर्यो
ओर्ल न ओर्ल हे मेरी चेली !
कपालै कोनुपर्यो।
मादलै बज्ला घिन्तांगमा घिन्तांग
ढोल बन्ला घुमघुमती
नौ सय जन्ती नौ बाजा
( १२० )
नरसिहे बाजा
दमाई बाजा बजाई जाला
भत्केरू जाला
वासको दुनो बांसको कॉगियो
चुरा र पोते तेल र फूल
जन्तीको बथान
हूलका हूल
छ मुरी चामल बुत्याउन सबने
३ बीस घारी छ छैन करा
एक मुरी लाग्ला खुदो र सख्खर
एक मुरी लाग्ला एक राते दही
पॉच पाथी लाग्ला सिलामको अचार
जन्तीलाई ख्वाउन
है मेरी चेली, बिहे छ भाइक्रो ।
हे मेरी चेली, फर्केर आउली
एक सातापछि नै
हातैमा लाऊ बाला र चुरा
गोडैमा कल्लीया
शिरमै लाउ शिरफूल ठूलो
माथैमा शिरबन्दी
नाकैमा लाउ नथिया चेली
कानैमा लाउ ढुंगरी
( १२१ )
गलामा लाउ नौगेडे माला
पोते र तिलहरी
छातीमा लाऊ जन्तरू ठूलो
हलेसो लाऊ कुरडलु पाउ
रेसमी चोलो
रेसमे सारी
पछ्यौरी ढाकाको
निधार राम्रो सिम्रिक रातो
हातमा बज्ने डबल चुरा
आँखामा नानी गाजले कोश
हे मेरी चेली बिहे छ भाइको ।
हे मेरी सासु पठाइदेऊ चेली
बिहे छ भाइको ।
अोल न ओर्ल समरथ चेली
एक दिनको बाटो काटेर जुवाइँ
.
आएछन् लिन
भाइको विहेलाई
कपालै कोरी देऊ है चेली
कपालै कोरिदेऊ।
ओर्लिन्ने आमै कोर्दिनँ कपाल
म यसै नै जाउँला
हुँदैन भन्दा नछाड्ने ढिपी
( १२२ )
म यसै जा--जाउँला।
हातैमा लाउन्न हे मेरी आमै !
बाला उ चुरीया
शिरमा लाउन्नॅ शिरफूल पनि
गोडमा कलिया
माथैमा लाउन्न शिरवन्दी पनि
नाकमा नथीया।
कानैमा लाउन्नॅ दगरी अामै ।
छातीमा जन्तरू
लाउँदिनँ अामै नौगंडे माला
फानमा कुरडलु ।
रेसमे चोली लाउँदिनँ आमे ।
पछ्यौरी ढाकाको
हुँदेन भन्दा नछोड्ने ढिपी
म यसै जाइजाउला।
अल्लारे चेली, नभन त्यसो
के भन्ला जोरीले
ससुराज्यूले देखेमा चेली
जुवाइँलाई हकार्लान्
सम्धिनिज्यूले देखेमा चेली
गहमा अासु पारेर हलिन्
जेठाजुले देखमा चेली
। १२३ )
इज्जत गयो भनेर रोलान्
देवरज्यूले देखेमा चेली
बाटैमा जन्ती फर्काई आउलान्
जटानीज्यूले देखेमा चेली
नाक छोपी हॉसलिन्
देवरानीप्यूले देखेमा चेली
कोखला बजाउलिन
नन्दमायूल दखेना केली
खुन्निड भन्ने छन्
आमा-यूले दखमा चेली
खाइथिस् भन्नेछन्
है मेरी चेली, खाइथिस् भन्ने छन् ।
माइन्यूल देख है मेरी चेली
रोइ रोई मनेछिन्
भाइल देखे हे मेरी चेली
लाहुर झर्नेछन् ।
अोल न अोल समरथ चेली
कपाल कोरिदेऊ
गहन पहिरिदेड
एक दिनको बाटो जुवाइ आए लिन
लौ लुगा पहिरिदेऊ
जाऊ है घर तही है चेली
( १२४ )
जाऊ है घर जाऊ।
गएँ है गएँ घर है आमै
गएँ है घरमा
नरोए आमै, नपुछे आँसु
म जाने वेलैमा।
निदारमा लाइदऊ दहीको टीको
सिम्रिक मुछेर
हातमा देऊ दहि र करा
सगुन भनेर
आशिष देऊ हे मेरी आमै,
कपाल पनि नदुखोस् भनेर ।
दुःखमा परे है मेरी आमै,
चरीको हात सम्चार पठाउँला
सुखमा परे हे मेरी आमै,
भरिया खोजी
कोसेली पठाउँला
सगुनको टीको लाइदेऊ आमै.
दशैमा आउँला।
उकाली ओराली त्यो काली पाखा
हुरुक्क मलाई बाड़ली लाग्ला
सम्झंदा आमैले
उकाली ओराली बाडुली लाग्ला
( १२५ )
सम्झंदा दाज्यूले।
उकालीओराली त्यो काली पाखा
टेस है लागी रगत झर्ला
भाउजुको सरापले
उकाली ओराली त्यो काली पाखा
टेस है लाग्दा रगत झा
नन्दको सरापले।
बेहोश चेली भन्नेछन् मलाई
सासुले झर्केर
मरुला आमै तिम्लाई सम्झर
अगेनी बसेर
सिमसारको लेकमा पानी है पर्यो
चामल च्यूरा गहत बाटा
असारे अचार सत्तु र सामल
निसक्कै भिजायो
ससुराज्यूलाई कोसेली ल्याको
निसक्कै भिजायो।
हिडन हिड समरथ चेली
सिमपानी वको।
सिम पानी सिमसिम
दर्केर आयो हे मेरा दाजे
कहाँ गै बसॅला !
( १२६ )
विस्यौनी पर्छ शीतलु पाटी
हे मेरी चेली तहि गे बसुँला।
को ल्याउँछ दाउरा
को ल्याउँछ पानी
को बम्छ भान्छैमा
हे मेरा दादै को बम्छ भान्छमा ।
नमान सुर्ता नमान धन्दा
हे मेरी चेली
मल्याउँला दाउरा
म ल्याउला पानी
म जाउला भान्समा ।
दैवको लीला हो क्ठै बरा
हुरीमा आयो तास आयो
बिजुली चम्तयो चटयांग पन्या
पहरो लड्यो
छहरो भयो
मैतालु नानीलाई ढुंगाले थिच्यो
सुतेको सुत्यै
भै गइन् भुतुवक।
बारूले कम्बर
फुकेको ढाड
सलसलाउँदी
( १२७ )
कलकलाउँदी
दोहरा ओगकी
हिउँ झै गोरी
बागवीरकी छोरी
भै गइन् भुतुक्क ।
बाबाले भन्लान् घर गइन् छोरी
ससुरा भन्लान् आउलिन बुहारी
दैवको लीला हरे कठै बरा !
के मरन लेखेछ।
आमा त भन्दिहुन् घर गइन् छोरी
सासू त मन्दिहुन आउली बुहारी
दैवको लीला हरे कठै बरा ।
के मरन लेखेछ।
दाज्यू त भन्दा हुन् पठाएँ वैनी
जेठाजु भन्दा हुन् आउँलिन बहू
दैवको लीला हरे कठै बरा ।
के मरन लेखेछ।
भाउजु भन्दिहुन् पठाएँ नन्द
जेठानी भन्दिहुन् आउँछिन् वैनी
दैवको लीला हरे कठै बरा ।
के मरन लेखेछ।
भाइले भन्दा हुन् पठाएँ दिदै
।
( १२८ )
देवर भन्दा हुन् आउंछिन् भाउजु
दैवको लीला हरे कठै बरा !
के मरन लेख्नेछ।
दिदीले भन्लिन् पठाए बैनी
बैनीले भन्लिन् पठाएँ दिदै
आमाजु भन्लिन् आउछिन बहू
आमाजु भन्छिन् पठा' नन्द
दैवको लीला हरे कठै बरा !
के मरन लेखेछ।
बाबुको वचन शुक्रको ग्रह सामुन्ने परेल
आमाको वचन शनिको ग्रह पाउमा परेछ
के मरन लेखेछ।
रित्तै छ डाली रित्तै ल खाली
कहाँ हालिस् मैतानु
खोइ ल्याइस् मैतालु !
नसोध मलाई हे मेरा बाबै
नसोध मलाई हे मेरी मुमा
नसोध मलाई हे मेरा दाज्यै
नसोध मलाई हे मेरी भाउज्यू
नसोध मलाई है मेरा मामा
नसोध मलाई हे मेरो माइज्यू
( १२६ )
म चल्छु विदेश
मै चल्छु विदेश।
एकै र हात बन्दुकी देऊ
एकै र हात खुकुरी देऊ
तर देऊ बछिया देऊ
चटक्क मलाई छिनाइदेऊ
मैलाइ मारिदेऊ ।
हुरिया आयो
बतास आयो
पैरामा गयो
दुगिया लड्यो
छातीमा थिच्यो
पाटीमा मरिन्
भुतुक्क परिन
है मेरा बाबै भुतुक्क परिन्
दैवको लीला
हरे कठै बरा ?
हे मेरी आम
भुतुक्कै भइन्
बोल्न नै पाइनँ
हे मेरी आमै
बोल्न नै पाइनँ ।
। १३० )
बाटै र मुनि नगाडिदेऊ दाज्यू
बटुवा थुक्दछन्
बाटै र माथि राखिदेऊ दाज्यू
देउराली पुग्दछन् ।
हरिमा हरि सुन कठै बरी
उ मरी भुतुक्क ।
उता माइतमा गएको राती मैतालु चेलीको दाज्यूले
सपना देख्दछन् ।
गएको राती सपना देखे
हे मेरी आमै, सपनी देखे नि
मैतालु चेलीलाई सपनी देखें नि
भरिया खोज्द्यौ
कोसेली ल्याइदेउ
म भेटी आउँछु नि
आमै, म भेटी आउँछु नि !
चिउरा कुटदा सिरौला भए
चामल कुट्दा खडेउली भए
भीरबाट लडे
बंगारा झरे
कुकुर भुक्यो
पाडाले घायो।
( १३१ )
है मेरी आमै के देखे सपना
कुराउनी पकाउँदा बिगुती भयो
के देखे सपना।
चुल्ठी बाटी गाजल लाई
सुतेको मैले
के दखे सपना ।
म भेट्न जान्छु
मेतालु चेली
के दख सपना।
टाढाको बाटो हुँदैन जान
भान्सामा तयार छ हे मेरा बाबु,
भान्सा नै गरी जाऊ।
आउँदिन आमै गर्दिनँ भान्सा
मैतानु चली नभेटेसम्म
म भातै खाँदिनँ
मैतालु चेली भेटेर आउँछु
मै हिडिहाल्दछु ।
समुन्द्र तर तिलैले मरे
बाहिर निस्क मैतालु चेली
पानी हे खान देऊ।
तिमरी बैनी छैनन् है जेठान
गाइगोठ मुनि हे हैरे जेठान !
( १३२ ) गाई र गोठको बाटो हैं आएँ वै मैले भेटिनँ । तिमरी बैनी छैनन् है जेठान भैंसी गोठ खोजन। भैसी र गोठको बाटो है आएँ खै मैले भेटिनें। समुन्द्र तरे तिर्खाले मरे पानी है खान देऊ मैतालु चेली लौ पानी खान देऊ। तिमरी बैनी छैनन् है जेठान भेडी गोठ हेर्न जाऊ। भेडी है गोठको बाटा है पाएँ खै मैले भेटिनँ। कति म ढाँटु कति म छल हे मेरा जेठान दैवको लीला हरे कठै बरा ! परलोक भै गइन् स्वर्गवास भै गइन् । यस्तै डॉफेको सपना अर्को कथानक गीत हो । जाडो लागेपछि पहाडका मानिसहरू जाडो छल्न तराई र अन्य विदेश झर्दछन् । यसरी घर छाडेर जाँदा विदेशको रहन-
। १३३ )
सहन र झिलिमिलीमा एक सोझो मान्छे कसरी फस्दछ भन्ने
कुराको बयान बिभिन्न ढगबाट गाइनेहरूले गर्दै हिद्दछन् ।
साथै यस डॉफेको गीतमा गाउँको रीतिस्थितिको पनि बयान
गरिएको हुन्छ । यसमा लोकग त सग्रहकर्ताले व्याकरणमा
ध्यान दिएको छैन । जस्तो लोकगीत कलाकारले गाए त्यस्तै
सार्ने प्रयास गरिएको छ।
नीर चर नौरंगे डॉफे लाहुरे बैसको
नीर चर नौरगे डॉफे भरखरे बैसको
नीर चर नौरंगे डॉफे थलथले वैसको
नीर चर नौरंगे डॉफे कुलकुले बसको
कह। हो तिम्रो नौरगे डॉ
जनमभूमि
कहाँ हो तिम्रो गाउँ
हिमालचुली नाकमा फुली
म भन्दा पनि थवकैमा ठूली
मायाले ठूली जनम लियौ गाउँ
पातीको भिजा खरूको घोस
खऱ्याक खुरूक
खत्र्याक खुत्रुक
वनका झिजा बटुली ल्यायौ नि ।
कच्याककुचुक
मच्याक मुचुक
१३४ )
भच्याक भुचुक पारी
डॉफेकी आमाले गुँडै लायौ नि ।
छइ मास बरीखा दिन
दिनदिन डॉफेकी आमा
गर्भवास भइछौ नि।
यता ढल्कँदा
उता ढल्कँदा
बाडखुट्टी तान्दा
डॉ. कर्काउँदा
आँखा पल्टाउँदा
चिच्याउँदा
कराउदा
ऐया बाबा मरें भनिछ्यौ नि ।
तल्ला घरका बूढा बाजे डाकिछौ भन्यौ नि ।
तल्ला घरको ठूलो भाले काटिद्यौ भन्दै उ नि !
ज्वानोको झोल तोरीको तेल बनाइद्यौ भन्देउ नि ।
फनफनी घुम्दा
भित्ताको आडमा बल गरी बस्ता
सुरेली खेल्दै
बल्लतल्ल गर्दै
बाङखुट्टी तनक्क तानी
एउटा फूल पायौ नि ।
( १३५ )
२७ दिनको फेर पारी
डॉफेकी आमा
कवात कवात कवात कवात
कोरल्न लाग्यौ नि।
२७ को फेरै पारी
डॉफेकी आमा
ट्वाक ट्वाक ट्वाक ट्वाक
चुच्चाले ढुंगी बच्चैमा काढयौ नि ।
चियाप चियाप
कराउन लाग्यौ नि।
बिहानको मुलुक मुलुक्क
मुल्के घाम
पहेला ग्वॉख झल्याकमुलुक
वया कति राम्रो नि
दिनदिन नौरंगे डॉफे
बैसको भयौ नि
भर्खरे बैस
लाहुरे बैस
तन्नेरी बैस
कुकुरे बैस
चञ्चले बैस
हलहले बैस
( १३६ )
सिर्सिरे बैस
फिरफिरे बैस
ऑखा पनि झम्याक झिमिक गर्ने बैस
दगाले हानाहान गर्ने बैस
चिमोटाचिमोट गर्ने बैस
मालेको बैस
पोथीको बैस
यत्तिका बैसको नौरंगे डॉफे
घरबार छैन नि।
यो पापी डॉफे सुतेको थियो
सपना देख्यो नि।
नौरगे डॉफेले मुरली चरीको
सपना देख्यो नि ।
सपनाको मुरली चरी
भुरूरू उड्यो
लौन नि कहाँ गो।
सपनाकी मुरली चरी
च्याट परेकी
कम्बर छिनेकी
दोहोरो आङकी
पुड्कीमा पुड्की
डल्लीमा डल्ली
। १३७ )
नेष्टीमा नेष्टी
चेप्टीमा चेप्टी
अदुवाको कप्टेरा जस्ती
हलेदाको ठुन्का जस्ती
दरमतीका असला जस्ती
परेतीका पाटी जस्ती
उखलेका
मृला
जस्ती
पखालेका चाना जस्ती
हानेका कॉढा जस्ती
पाकेका बिमिरा जस्ती
केराका थम्मा जस्ती
धनकुटे सुन्तला जस्ती
बट्टारे मास जस्ती
भीमढुगे उखु जस्ती
बियाबरको लासी जस्ती
मधेसको सुर्ती जस्ती
जुम्लाको अोखर जस्ती
३ फेरा पिटेको
सुन
जस्ती
पखालेको चामल जस्ती
पशुपतिमा माझेर राखेको गडुवा जस्ती
श्याम सुन्दर
पूर्विया मंगली
( १३८ )
चिट्ठी स्याउ परेकी
तल्ला हाड सुकेकी
उपल्लो फुकेकी
सिन्दूर टीका गाजल मस्त लाएकी
मुरली चरी सपना देख्यो नि ।
सपनाको मुरली चरी
व्यूझदा कह पाउँ
दक्षिण जान्छु है मेरी आमै
दक्षिण जान्छु नि ।
डॉफ चरीको सजुरो घरबार
कहीबाट भाग्न नि।
आजको रोहिणीमा
सपना देख्यो नि ।
पूर्वका जैसी राजाले मलाई सुहाउदो
घरबार सपना देख्यो नि ।
पूर्वका जैसी राजाल लगन देउफल
पश्चिमका जैसी राजाले लगन देऊ फल
मुरली चरीको देशमा जान
कुन दिन जुर्छ कुन बार जुर्छ
कुन घडी जुर्छ कुन लगन जुछ
लगन देऊ फल
मुरली चरी देशमा जान
( १३६ )
लगन देऊ फल
खरी पाटी धूलौटो राखी
लगन हेयौ नि।
सात बरेमा २७ नक्षत्र १२ राशि
१६ तिथि कुन राशि कुन बार राम्रो छ
खरीपाटी धूलौटी राखी
लगन हेन्यौ नि।
सातैमा बार जुऱ्याइ ल्याउँदा
आइतबारेले के भन्छ डॉफेलाई
मोबारेले के भन्छ डॉफलाई
सझेर आउलान नि ।
मगलबारले के भन्छ
डॉफैलाई
भागुँला भन्छ नि ।
बुधबारेले के भन्छ डॉफैलाई
बूढा भएछ भन्छौ नि !
बिहिबारेले के भन्छ डॉफैलाई
बिग्री लाउला नि ।
शुक्रबारेले के भन्छ डॉफेलाई
हाइ सुख होला नि !
शनिबारेले के भन्छ डॉफेलाई
सात शनिश्चर लाग्ला नि !
यतिका जुरेको नौरंगे डॉफे
। १४० )
आइतबार निको छ
आइतबारको बिहानीपख
हमारी समारी समारी भन्नेमा
पाइला चालेछ
मुसी खोलाको तीरतीरे
खामो गाडेछ
छिनेको नाम्लो
फाटेको डोको
यो पापी डॉफेले पाइलो सारेछ ।
आइतबार बिहानीपख उडेको डॉफे
हरहर उडेको डॉफे नुवाकोट पुगेन
नुवाकोट भैरवीको दर्शन गरेन्द्र
नुवाकोट कत्तिका रैछ भेरवीलाई
साहित जुन्याइद्यौ
नुवाकोटबाट हरर उडेको डाफ
ऋषेश्वर झरेछ
ऋषेश्वरको इ चिसो पानीमा डुबुल्की मारेन
ऋषेश्वर महादेवको दर्शन गरेछ
ऋषेश्वरबाट हरर उडेको डॉफे
मालागाउँ झरेछ
मालागाउँकी मगर्नीलाई
मोहनीलाई धुरुक्कै रुवाएछ
( १४१ )
झन् पर जान्छ काली देख्न
झन् पर जान्छ पुड्की देख्छ
झन पर जान्छ गॉडभाकी देसल
डोफे चरीले चटक्कै डाडेछ
न मलाई घर न मलाई माइती
यो पापी डॉफेल मिचैमा पायो नि।
मालागाउँदेखि उडेको डॉफ
टलकटलक झलझलक
ऐना टल्केको चुरा झल्केको
बटौलीको बजार देख्न पुगेछ
बटौलीको बजार बसी
कम्मरै कसी
हातमा लिएछ कलम र मसी
व्यापार गरेछ घुडा धसी
वीस रुपियाँ हाली
मुरली चरीलाई
फरिया चोलो पटुका पछेउरी लिएछ
पाच रुपियाँ हाली
ऐना बट्टा धागो पोते थॉक्रो
चुरा पोते काइँयो
त्यत्ति थोक लिन्छ
सिन्दूरे बट्टा
( १४२ )
कलसका ध्वजा
रेसमी सारी
साटनको चोलो
सानोमा साना कुसुमे रुमाल
पोको र पुन्तरो पारछ
गुलियो रोटी सेल र रोटी
सखर चिनी
दालचिनी अोखर
नरीवल छोरा
बदाम काजु
किसमिस तमाखु
गुडगुडे हुक्का
नघले पातो
खप्तरे नली
डॉफेले किनेछ
बटौलीबाट उडेको डॉफे बेसीमा झरेछ
गाई चराउने गोठाला दाज्य
यो बिन्ती सुनिदेऊ
पानीमा भर्ने पनेनी दिदै
यो बिन्ती सुनिदेऊ
मुरली चरीको म घर जान्छु
मूल बाटो कहिदेऊ
( १४३ )
पूरिब नजाऊ
पश्चिम नजाऊ
उत्तर नजाऊ
नौरगे डोफे दक्षिण सोझै जाऊ
बेसीबाट उडेको डॉर्फ
मुरली चरीको धुरीमा पुगी
नौरंग डॉ फे सुसेल्न थालेछ
दृला घरकी नौरगे डॉफ
निस्कन पाइछौ
भित्र र बाहिर निमेक गरी
डॉफेलाइ हेरीछौ
पधेरा जाने निहुँ नै पारी डॉफैलाइ भेटलो
घनक्के पाइलोको पाउना आएछ
लिपेको पिंढी
गुदको गुन्द्री
चाँदीको हुक्का
सुनको फूली
झ्याल काटे चिलिम
फूलभरा नली
तमाखु भरी हे रानी चरी
डॉ फेलाइ मानीछौ
विना साइतको यो तमाखु म खान्न भनेछ
( १४४ )
बिना साइतको यो गुदरीमा बस्दिन भनेछ
हे मेरा डॉफे साइत खोजी ल्या त झटै नि
हे मेरा डॉफे पुरानो साइनो नि
तिम्रा बालाइ हे डाफे चरी
बाटामा भेट्दा ससुरा भन्थे नि
तिम्री आमालाइ हे डॉफे चरी
बाटामा भेट्दा सासू भन्थे नि
तिम्रा
दाजुलाइ हे डॉफ चरी
बाटामा भेट्दा जेठाजु भन्थे नि
तिम्रा भाइलाइ हे डाँफे चरी
बाटामा भेट्दा देवर भन्थे नि
तिम्रो र हाम्रो हे डॉ के चरी बोलाउने साइनो
सोल्टी भनॅला नि
अच्छै भन्यौ नौरगे डॉफ
भलो बात कह्यौ नि
तिम्रो देशको के के हो खाना
अमला कमला
मलाई कहिद्यौ
हाम्रो देशको खानु र लाउनु
मुरली चरी म कहीदिउँला नि
चैत्र आउँछ वैशाख आउँछ
काफनु पावल, असे तु पावन
१०
ऐसेलु खाउँला काफलु खाउँला
देह हुन्छ शीतलु
चैत्र आउँछ वैशाख आउँछ
गुयेली पाक्छ गुयेली खाउँला
पहरा मुक्ति छ चिसो पानी
कुलकुले कुलकुले प्यता नि
ऐसेलुको बोटमुनि धुलौटं। खलौला नि
तिम्रो देशको के के खानु
मुरली चरी हामीलाई कहिद्यौ
हाम्रो देशको नौरंगे डॉफ
म पनि कहुँला
वर्षामा लाग्ला नौरंगे डॉफे गाउँमा सरौला
हिउँद लाग्ला नौरंगे डॉफे ब्यासीमा झरौला
हाम्रो देशको खानु र लाउनु
तीन पाटनका फॉट वेग हानौला
हाम्रो देशको खानु र लाउनु
नीलुवा मिनुवा
वासमति चरी नगरे प्रान प्यूरी
माल मोल कृष्णभोग रामविलास
समुन्द्र फेन कनक जीरा
हे डॉफ चरी बेसरी बसी
घुडा घसी धसी, कम्बर कसी
( १४६ )
धानको भोग लगाउँला
रूखकटहर भुईकटहर
आप र लिच्ची, नरिवल खजुर
है मेरा डॉफे खानु होला हजुर
खरबुजो तरबुझो, मक्कै र बयर
हे मेरा डॉफे खानु होला हजुर
लौन नि लौन फसाद पो
हे डॉफेचरी यो गाउँको उल्लु
झाझरे बूढाले तिमीलाइ ताकेछ
झाझरे थपथपाउँछ आलीमा बसेर
हाम्रा गाउँमा यो नौलो चरी
कहाँबाट आयो भुरुरु उडेर
लौन नि लौन नि हे डॉफे चरी
झाझरे बूढा दागा नै धरेछ
छः महीनाको निमेक गरी
खोरिया फोडेछ
टयाक टयाक टुक टुक
पटयाक पुटुक
हे मेरा डाँफे डल्ला फुटाएछ
काल्टा र काम्ला फिजे जस्तो
कोदो छरेछ।
दिनदिनको निमेक भारी
( १४७ )
ब्यॉसीमा झरेछ ।
घोडाको पुच्छर, दाँतले च्यापी
साप्रामा राखी, व्यरवले माझी
लसक्क लसक्क, च सवक चसक्क
हे मेरा डॉफे पासो नै बाटेछ
खोरियाको छेउछाउमा
हे मेरा डॉफे त्यो पासो थापेछ
एकै र दिनमा हे डॉर्फ चरी
भोकले जाँदैनौ
दुवै र दिनमा हे डॉफे चरी
भोकले जॉदैनौ
आजको रोहिणी हे मेरा डॉफ
ननिको देख्यो नि
शिरमा हेयो नौरगे डॉफे
कलकी झिकेको
निदारतिर नौरंगे डा
पटिया सारेको
नजरतिर नौरंगे डॉफे
गाजल सारेको
ट्डतिर नौरंगे डॉफे
रूपले बांधेको
गलामा तिम्रो नौरंगे डॉफे
( १४८ )
पुवालो सारेको
ढाडमा तिम्रो नौरंगे डॉफे
ढलौट सारेको
पखेटा तिम्रो नौरंगे डॉफे
पौ पंखा सारेको
पुच्छर तिम्रो नौरंगे डॉफे
नील तूथो सारेको
गोडा छ तिम्रो नौ रंगै डॉफे
सीसा नै गाडेको
धूपीको रंग, सुन्तले रंग
आकासे रंग,गुलाफी रंग
गोलीको रंग, ध्वाँसे रंग
पुवाले रंग, तुवाले रंग
हिउँको रंग
नौरंगे डॉफे क्या राम्रो सुहायो
आजका रोहिणीमा
यो सपना देखे
३ नै दिनका भोकले
यो डॉफे मर्दैन
चौकमा आए, पानी तिर्खाए
मुरली चरी मरनै लागे नि
मुरली चरीको देशबाट उडेको डॉफे
( १४६ )
खोरियाको छेउमा थपक्क बस्यो नि
काल्टो काम्लो फिजे जस्तो
कुसुमे रुमाल रंगाए जस्तो
पौ जुरो पाकेको नि
खोरियाको छेउमा बसी
एक जुरो कोदो डॉफेले खायो
लौ कति मीठो नि
भोकको झोकमा हे मेरा डॉफे
कोदाको जुरो झन् मीठो लाग्यो नि
यो जुरी टिपी मुरलीलाई लगिदिऊँ भन्दा
मन्टेमा पासो नि
नौरंगे डॉफे मन्टैमा पासो नि
ढुकेर बस्या लुकेर बस्या
मयाल तापी बस्या याल काढी बस्या
झाझरे बूढाले नौरंगे डाफे
पासोमा परेको देखिनै हाल्यो नि
हॉ हॉ गयो सुसेली पठायो
घोचो उठायो, भुतुक्कै पायो
दैवको लीला
नौरंगेलाई, भुतुक्कै पार्यो नि
कन्याक मन्याक जानीमा हाल्यो नि
घुडाका भर मन्टाका भर
। १५० )
लेकमा उक्ल्यो नि
बाहिर निस्की गनगने बूढी
क्या चीज ल्याए नि
यत्तिको राम्रो नौरंगे डॉफे
हे पापी बूढा केलाई मायौ नि
न छोरा थिए न छोरी थिए
आफैले पाल्थे नि
यत्तिको राम्रो नौरंगे डॉफे
हे पापी बूढा केलाई मायौ नि
नकरा नकरा गनगने बूटी
तातो झोल म्यूलिस् नि
गाउँलेले सुने चौपट्ट गर्लान्
भाग कति पुग्ला नि
यति राम्रो नौरंगे डॉफे
यो पापी बूढाले पोल्न लाग्यो नि
यति राम्रो यो नौरगे डॉफे
यो पापी बूढाले कुड्क्याउन ला यो नि
यो यति राम्रो नौरंगे डोफे
तेल तताई मेथी पड्काई
यो पापी बूढाले भुट्न लाग्यो नि
गाउँ गाउँका गोरी मिजार
बोलाउन लाग्यो नि
। १५१ )
भारामाथिको मांगमुगे ध्याम्पो
झिकी ओह्राल्यो नि
सुनखानीको सुन बटुकी
मिजारलाई दियो नि
चादीको बटुकी
बूढीलाई दियो नि
फलामे खानीको पुच्छर बटुको
आफूल लियो नि
डॉ फेको मासु कुरु कुरु
कोदोको हुरे सुरु सुरु
क्या कति मीठो नि
बूढो मादले, बूढी मारूनी
घिन्तां धिन्तां नाच्न लागे नि
धानका दाता रे मकैका दातार
तारीक लाउला नि
नौरंगे डॉफे बिकालमा पर्यो
बिष्टासग पाइल जाउला नि
डॉफ, पराको गीत गाउँदा गाउंदै
दिन गयो फूलुक्कै
सपनाबाट ब्यूझियो डॉ फे
रूखमा पुलुक्कै ।
उपसंहार नेपाली लोकगीतको महत्व वास्तवमा नेपाली लोकमाहित्यको आफ्नै विशिष्ट परम्परा र पन छ । स्वर्ग र मर्त्यको साँधस्वरूप बादलको जटा गुथेका उत्तुग शिखरहरूले शोभायमान भएको, मेचीदेखि महाकाली- सम्मका नेपालीको पसोनाले बाउसे गरेको सुन्दर शान्त धरतीमा बसोवास गरेका विभिन्न जाति तथा समुदायको सुख-दु ख, जय- पराजयलाई अभिव्यक्त गर्ने नेपाली लोकसाहित्यमा विशुद्ध रूपले नेपाली जनमानस अभिव्यक्त भएको हुन्छ भन्नु अत्युक्ति हुनेछैन । लिखित साहित्यमा प्रबुद्ध तथा शिक्षित समाजको मानसले अभिव्यक्ति पाएको हुन्छभने अलिखितरूपमा प्रचलित लोकसाहित्यमा अधिकाश जनसाधारणको मानसले ठाउँ ओगटे- को हुन्छ। नेपाली लोकसाहित्य यसैले लिखित साहित्यको अपेक्षा अधिकाश नेपाली जनजीवनको प्रतिनिधिस्वरूप रहेको छ र यसमा नेपालको युगविशेषको ढुकढुकी, इच्छा र आकाक्षा आफ्नै विशुद्ध रूपमा टॉसिएर रहेको छ भनी कसैले भनेमा दुइ मत हुनेछैन । बगेको खोलाबाट दुइ चार अंजुली पानी निकाले झै, लोकसाहित्यको अथाह स्रोत र अनन्त मोड भएको जन- जिभ्रोबाट टिपी अघिल्ला पाताहरूमा प्रस्तुत गरिएका केही लोकगीतबाट पनि यो कुरा स्पष्ट हुन्छ । वास्तवमा लोकसाहित्य- को महत्त्व पनि यसैमा निहित रहन्छ ।