Central Institute Of Higher Tibetan Studies

Buddh Shasan Ka Itihas

Amritanand · the date of scanning

PDF Proofread

Front matter

बुद्ध शासनको इतिहास
[प्रथम भाग]
लेखक
भिक्षु अमृतानन्द महास्थविर
आनन्दकुटो
अनुवादक
धर्मरत्न शाक्य
त्रिशूली
मूल्य: ४/-

प्रकाशक
श्री हेराकाजी सुइका
नागबहाल,
ललितपुर
बुद्ध सम्वत २५१९
विक्रम सम्वत् २०३२
नेपाल सम्वत् १०९५
शाक्य प्रेस, ओमबहाल टोल,
काठमाडौंमा मुद्रित ।
फोन : १३६०४

4808082RROR8085288003000RRES
समर्पण
जसले २०१८ देखि श्री सुगतपुर विहारमा
दुइ वर्षावासको समय बिताउँदा म सहित
पाँचजना विद्यार्थीहरूलाई पाठ्यक्रम बनाई
नेपाल बौद्ध परियत्ति शिक्षा स्थापना गरी
पांचौं कक्षासम्म पढाई अखिल नेपाल भिक्षु
महासंघबाट समेत यस परियत्ति शिक्षालाई
स्वीकृत गराई नेपालमा बुद्ध-धर्मको अध्ययन
अध्यापन कार्यको द्वार खुला गरी दिनुभयो
उनी पूज्य भदन्त बुद्धघोष महास्थविरको
करकमलमा सादर समर्पण
86288628488606788888888RRRRRRRREERS

आफ्नो कुरा . जुनबेला नेपालमा अखिल नेपाल भिक्षु महासंघको तर्फबाट बुद्धधर्म अध्ययन गर्ने कार्यक्रमलाई स्वीकार गरी यस बौद्ध परियत्ति शिक्षालाई अधिराज्य भरीका बौद्ध विहारहरूमा अक्षय तृतीयाको दिन नियमित रूपले यसै मुहुर्तमा शुभारम्भ गर्नुभई अध्ययन चालु गर्दै लगे त्यस बेलादेखि नेपालका प्राय ठाउँका मानिसहरूले बुद्ध धर्म, बौद्ध सिद्धान्त, बौद्ध इतिहास आदि अध्ययन गर्ने मौका पाए । परन्तु प्राय पाठ्यपुस्तकहरू नेपालभाषा र हिन्दी भाषामा मात्र भएको हुँदा नेपाली भाषामा परियत्ति शिक्षा अध्ययन गर्नेलाई असुविधा परिरहेको थियो सोही असुविधाको ख्याल गरेर पाठ्यपुस्तकहरू नेपालीमा पनि अनुवाद गर्ने बा लेख्ने तर्फ विचार भइरहेको बेलामा बुद्ध शासनको इतिहास पुस्तक पुनरावृति गर्नु पर्ने कुरा चर्चा हुँदा नेपाली भाषामानै अनुवाद गरी प्रकाश गर्नु पाएको खण्डमा उपरोक्त असुविधा हट्ने र नेपालमा सम्पूर्ण भागमा यस पुस्तकबाट लाभ दिन सक्ने भएको हुँदा पूज्य भदन्त अमृतानन्द महास्थविरसंग अनुवादको निम्ति अनुमति मांगेर :अनुवाद गरें । तसर्थ यस बुद्ध शासनको इतिहास नेपाली भाषामा अनुवाद गर्ने अनुमति दिनु भएकोमा यस पुस्तकका लेखक पूज्य अमृतानन्द महास्थविर प्रति म आभार ब्यक्त गर्दछु । वहांले यस इतिहास नेपाल भाषामा नलेखी दिनु भएको भए हामीले बुद्ध शासन विषय केही थाहा पाउने थिएनौ । हुन्न त भाषा सम्बन्धमा मेरो ज्ञाम निकै कम छ तापनि नेपालीमात्रको निम्ति परियत्ति शिक्षा प्राप्त गर्न सरल होबोस भन्ने अभिप्रायले नेपाली भाषामा अनुवाद गरेको छु । तसर्थ पुस्तकमा निकै ब्रुतिहरू हुन सक्छ पाठक वर्गले भाषादोषतिर ध्यान नदिनुभै वास्तविक बुद्ध शासनको इतिहासको ज्ञान हासिल गर्ने विचार गर्नु भएमा अनुवादकको परिश्रम सफल हुने छ । यस पुस्तकलाई संसोधन र प्रुफ हेर्ने कष्ट गरी दिनु भएकोमा पूज्य अश्वघोष भन्ते प्रति कृतज्ञता ज्ञापन गर्दछु । साथै पुस्तक प्रकाशनको भार उठाई पुस्तक तपाईहरू समक्ष पुयाउनु भएकोमा धर्मकीति बौद्ध अध्ययन गोष्ठी तथा हेराकाजी "सुइका" प्रति धन्यवाद नदिई रहन सक्दिन । ०३२।४।१६ -अनुवादक दुइ शब्द नेपाल भाषामा उल्लिखित "बुद्ध शासनया इतिहास" नेपालीमा अनुवाद गरिदिन पाटन नागबहालका श्री हेराकाजी सुचिकारले केही वर्षदेखिनै अनुरोध गर्दै आएका थिए । किन्तु समयाभावले र बुद्धकालीन ग्रन्थहरू सम्पादन गर्ने काममा व्यस्त भएको हुँदा सो अनुवाद गर्ने काम मैले गर्न सकेको थिइन । हाल त्यसको अनुवाद त्रिशुलीवासी श्री धर्मरत्न उपासकद्वारा सम्पन्न भएको र नेपालीमा अनुदित प्रस्तुत पुस्तक मूल पुस्तकसँग मिलाई, छुट् फूट भएका विषयहरूलाई समावेश गरी, प्रकाशकहरू समेत खोज परी तथा प्रुफ समेत हेरी प्रस्तुत "बुद्ध शासनको इतिहास" आयुष्मान् भिक्षु अश्वघोषले पाठकहरूका समक्ष पु-याइदिएको छ । यस पुस्तकलाई “बुद्ध शासनको इतिहास" भन्नुभन्दा “संक्षिप्त बुद्ध शासनको इतिहास” भन्नु बढी उचित ठान्द छु । यसरी नेपाल भाषामा उल्लिखित पुस्तकहरू नेपाली भाषामा अमुवाद मरी प्रस्तुत गर्दा नेपाली साहित्य भण्डारको महत्व बढ्ने नै छ भन्ने विश्वास लिएको छु । आनन्द कुटी, काठमाडौं, नेपाल । भिक्षु अमृतानन्द ६.५६०३२ केही कुरा कुनै पनि वस्तुको अस्तित्व रही रहने सन्तति परम्पराद्वारा हो । परम्परा र सन्ततिको सम्बन्ध रहेन भने कुनै वस्तुको अस्तित्व रहन्दैन । तथागत सम्यक सम्बुद्धको नवलोकुत्तर धर्मको र वहाँको चोरासी हजार धर्मस्कन्ध अर्थात त्रिपिटक धर्मको परम्परा अद्यापि कसरी रही रह्यो भन्ने कुरा सबै जानी राख्नु आवश्यक छ । प्रस्तुत ग्रन्थले यसको जानकारीको लागि केही मदद पुयाउने छ भन्ने आशा गर्द छु । सन १९५० मा श्री लंकामा सम्पन्न भएको प्रथम विश्व बौद्ध सम्मेलनमा भागलिन जाँदा यस पुस्तक लेख्ने साहस गरेको हुँ । यसमा भगवान बुद्ध परिनिर्वाण भए देखि सम्राट अशोकको समय सम्म घटेका कुराहरू संग्रहित भएका छन् । त्यस पछिको शासन परम्पराको इतिहासको कुरा भाग २ मा लेख्ने विचार छ । सम्राट अशोकको पालामा पाटलिपुत्रमा तृतीय संगायना भइसके पछि ईसा पूर्व ७९ अर्थात विक्रम पूर्व २३ मा लंकाका वट्टगामणि राजाको संरक्षणतामा चतुर्थ संगीति पछि त्रिपिटक लिपिबद्ध गरेको र त्यस पछि सन १८७१ मा बर्माका मिण्डोन राजाको संरक्षणतामा पंचम संगीति भए पछि ७२९ मार्बल ढंगाका पाटीहरूमा सारा त्रिपिटक लेखी दिएको र तत्कालीन बर्माका राष्ट्रपति बा. ऊ. तथा प्रधानमंत्री ऊ नू को संरक्षणतामा रंगून महापाशाण गुफामा सन १९५४ मा पच्चीस शय भिक्षु महासंघहरू भेलाभई दुइ वर्ष सम्म भएको संगायनाको कुरा समेत संग्रह गर्नु योग्य छ । अनि मात्र आजसम्म चली आएको बुद्ध शासनको परम्पराको इतिहास पूरा हुने छ । यसको अलावा सम्राट अशोक राजाको पालामा भएको तृतीय संगायना पछि सर्वास्ति वादी पक्षको कनिष्क राजाको संरक्षणतामा कास्मिरमा भएको संगायनाको कुरा र आंशिक रूपमा समय समयमा धर्म संगायना भएका कुराहरू समेत संग्रह गर्नु योग्य छ। यी जम्मै संकलन पछि लेखिने द्वितीय भाग ग्रन्थमा उल्लेख गर्ने विचार छ । हाल धर्मोदय सभाको संरक्षक श्री ५ महेन्द्र वीर विक्रम शाह देवको नेतृत्वमा नेपाल धर्मोदय सभाको तत्वावधानमा सम्पन्न हुने चतुर्थ विश्व बौद्ध सम्मेवनको कार्य सम्पादन गर्नु पर्ने कामले गर्दा बेफुर्शत र कल्पना गर्नलाई समेत अनुकुल समय न भएकोले अहिलेलाई पहिले नै लेखी राखेको यत्तिमात्र प्रकाश गर्ने विचार गरेको छु । धर्मोदय सभा चतुर्थ बिश्व बौद्ध सम्मेलनको अवसरमा सभाको तर्फ. बाट यो ग्रन्थ प्रकाशन गर्ने सुअवसर प्राप्त गरी दिएकोमा सभाका सकल कार्य कारिणी समितिका सदस्यहरूलाई र सभाका मंत्री श्री भाशाराम शाक्यलाई विशेष रूपले धन्यवाद दिएको छु । यदि धर्मोदय सभाले यो ग्रन्थ प्रकाशित नगरी दिएको भए नेपालको धर्म भण्डागारमा यो स्यानो ऐतिहासिक ग्रन्थ सुरक्षित हुन सकने थिएन होला। चतुर्थ विश्व बौद्ध सम्मेलनको कार्य सम्पादन गर्नको निमित्त सरकारको तर्फबाट गठित भएको अर्ध सरकारी कमिटिका अध्यक्ष श्री मो. सु. लोक दर्शन वज्राचार्य सहित त्यस कमिटिका अरू पदस्य- हरूलाई पनि मेरो हार्दिक धन्यवाद छ ।

अन्तमा स्वर्गीय श्री ५ त्रिभुवन वीर विक्रम शाहदेवको प्रेरणा
बाट आज हाम्रो देशमा चतुर्थ विश्व बौद्ध सम्मेलन जस्तो महान
एतिहासिक कार्य सम्पन्न गर्ने सुअवसर हामी नेपालीलाई प्राप्त भएको
छ । स्वर्गीय श्री ५ को पूण्य स्मृतिमा यो मेरो स्यानो ग्रन्थ समर्पण
गरेको छु तथा सकल प्राणीको कुशल र मंगल कामना गरेको छु ।
आनद कुटी स्वयम्भू
काठमाडौं
२०१३ आश्वीन ३०
भिक्षु अमृतानन्द
बुद्ध वर्ष २५००

No text on this page.

नमो तस्स भगवतो अरहतो सम्मासम्बुद्धस्स उनी भगवान अर्हत सम्यक् सम्बुद्धलाई नमस्कार बुद्धशासनको इतिहास प्रथम संगीति पैतालीस वर्षसम्म धर्म उपदेश गरी देव मनुष्यहरूलाई कल्याण मार्गमा राख्दै भगवान शाक्यमुनीन्द्र विक्रम पूर्व ४८७ वैशाख पूर्णिमा मंगलवारका दिन पञ्चस्कन्धलाई सधैको निम्ति त्याग गरी केवल शान्त अमृत महानिर्वाण धातुमा अनुपादिशेष महापरिनिर्वाण हुनु भयो । भगवान परिनिर्वाण हुने बित्तिकै समस्त कुशीनगरमा रुवावासी चल्यो । आकाश गुञ्जायमान भयो। विरह नगर्ने कोही रहेन । आस्त्रव (चित्त- मल) क्षय नभएका भिक्षुहरू "तथागत कति चाँडै परिनिर्वाण हुनु भएको" भन्दै छटपटिदै रून थाले, विरह गरे, शोक गरे। आस्रव क्षय भइसकेका अर्हत भिक्षुहरूले "संस्कार कसरी नित्य होला, सबै संस्कार अनित्य छ" भनी स्वभाव धर्मलाई सम्झी धैर्य गरे । यतातिर मल्लराजकुमारहरू सबै भगवानप्रति अन्तिम गौरव दर्शाउन तत्पर भएर कुनै कता कुनै कता कुडी रहे। उतातिर आनन्दस्थविर अधीर भई एकल थाप्लोमा हात राखी भगवानको पाउमुनि बसेर "भगवान ! तपाईले मलाई यत्ति चाँडै किन छाडी जानु भएको ?" भन्दै रोई रहे।

२ सात दिनसम्म तथागतको पञ्चस्कन्ध देहलाई पुष्प, धूप, प्रदीप द्वारा पूजा गरी महाउत्सव गरे । सुदूर देशदेखि भगवानको अन्तिम दर्शन गर्न जनताहरू भेला भए । उता महाकाश्यप महास्थविर पाँचसय भिक्षु परिवार (परिषद) को साथ पावाबाट कुशीनगर आइरहेका थिए । बाटोमा थकाइ लागेर एक ठाउँमा रूखको छाँयामा विश्राम गर्नुभयो । कुशीनगरतिरबाट एकजना आजीवक आइरहेको देखेर महाकाश्यप स्थविरले उनीसंग सोधे:- "आवसो! तिमीले हाम्रो शास्तालाई चिनेका छौ ?" "चिनेको छु। तपाईंहरूको शास्तालाई मैले राम्र संग चिनेको छु । तर खेदको कुरा यो छ कि उनी गौतम बुद्ध कुशीनगरमा मल्लहरूको सालवनमा सधैंको निम्ति महापरिनिर्वाण हुनु भएको आज सात दिन भयो । यो मैले लिइराखेको मन्दारपुष्प त्यहींबाट लिएर आएको हो । आजीवकको कुरा सुन्ने बित्तिकै आस्रव क्षय नभएका भिक्षुहरू रूखका हाँगा ढले के ढली लडीबुडी गर्दै विलाप गरे। आस्रव क्षय भैसकेका भिक्षुहरूले अनित्यतालाई संझो संवेग प्रकट गरे । भिक्षुहरूको यो रोदन क्रन्दन देखेर सुभद्र नाउँ गरेको एक वृद्ध भिक्षुले भने :- "आवुसो! तपाईंहरू किन अधैर्य भएर विलाप गर्नु हुन्छ ? उनी तथागत छउञ्जेल हामीलाई कति गाहारो थियो ? जहिले पनि यसो गर्नु हुँदैन उसो गर्नु हुँदैन भनी हामीलाई वन्धनमा राख्नु हुन्थ्यो । अब हामी वहाँको वन्धनबाट मुक्त भयौं । अब हामीलाई त्यस्तो आज्ञा दिने छैन । अब हामीले जुन जुन नियम सजिलो छ मनपर्छ त्यो नियमहरू मात्र पालन गरौंला । गाहारो नियम छाडी दिउँला । रोई कराई रहनु ३ ३ किन ? नरोउ नकराउ। हामीलाई रोक्ने कोही छैन, वहाँको बन्धनबाट हामी राम्रसंग मुक्त भयौं।" सुभद्र भिक्षुले भिक्षुहरूलाई यसरी संझाई रहेको देखेर संघका नायक हुनुभएका महाकाश्यप महास्थविरको मनमा यस्तो भयो : "अहो संसार ! भगवान परिनिर्वाण हुनु भएको केही दिनमा नै यस्तो भन्ने भिक्षुहरू भैसक्यो भने पछि झन के के भन्ने निस्कने होलान् यदि मैले उनी तथागतको उपदेशलाई राम्रोसंग एक सूत्रमा संकलन गरिन भने वहाँको धर्म चिरस्थाई हुन सकिंदैन । धर्म प्रेमीहरूलाई धर्मको कुरा जान्न बुझन समेत दुर्लभ हुनेछ । समय झन झन बिग्रन्दै जानेछ, धर्मलाई भन्दा अधर्मलाई गौरव राख्नेछन्, विनयलाई भन्दा अविनयलाई गौरव राख्नेछन्, यस्तो भयो भने लोकहितको ठाउँमा लोक अहित हुनेछन् । त्यस कारण चतु प्रतिसम्भिदा लाभो पाँचसय अर्हत भेला भएर तथागतको विविध धर्मस्कन्धलाई एकत्रित गरी राख्यो भने अवश्यमेव लोक उपकार हुनेछ कर्तव्य पालन पनि हुनेछ । भगवान परिनिर्वाण हुने बित्तिकै नै वहाँको शासन नष्ट गराउनु कदाचित ठीक छैन । अहिले नै यसको उपाय नगरे पछि झन कष्ट हुनेछ ।" यति विचार गरी महाकाश्यप महास्थविर त्यहाँबाट कुशीनगर जानु भयो । कुशीनगर पुगिसके पछि भगवानको देह अग्निसंस्कार गर्न लगी राखेको ठाउँमा पुग्नु भयो। वहाँ चित्तमा चढाई राखेको भगवानको देहलाई अन्तिम वन्दना गर्दै तीन पटक परिक्रमा गरी श्री चरणमा तीन पटक ढोग गरे । यति कार्य सम्पन्न हुने बितिकै चित्तामा आफै आफ अग्नी प्रज्वलित भएर आए । अन्तिम संस्कारको काम समाप्त भएपछि महाकाश्यप महास्थविरले सबै भिक्षुहरू एकत्र गरी बाटोमा भएको घटनाको वृतान्त बताई आफ्नो मनको विचार प्रकट गर्नु भयो । सबैको विचार वहाँको विचारमा सुप्रसन्न भयो । अनि महाकाश्यप महास्थविरले त्यस संघ सभामा एक कम पाँच सय भिक्षुहरू संगायना गर्नुको निम्ति छान्नु भयो। आनन्द भिक्षु एकजना मात्र अर्हत हुन बाकी रहेको हुँदा वहाँलाई छान्नु भएन । पछि सम्पूर्ण भिक्षुहरूले नै वहाँलाई नछानी (नचुनी) हुँदैन भन्ने प्रस्ताव राखे । कसैले त "आनन्द भिक्षु यद्यपि अर्हन्त होइन तैपनि वहाँ एक विरलै धर्म भण्डागारिक हुनुहुन्छ। तथा- गतको छायाँ समान हुनु भएको छ। वहाँ नभैकन धर्म संगायनाको काम पूर्ण हुनै सक्दैन" भनी भने । सबैले भनेपछि महाकाश्यप महास्थविरले आनन्दलाई पनि छान्नु भयो। यति निश्चित भएपछि संगायना कहाँ गर्ने भन्ने विषयमा छलफल भयो । राजगृहमा राजा अजातशत्रु हुनु भएको र देश पनि समृद्ध भएकोले जति पनि आवश्यक व्यवस्था छ त्यो राम्रोसंग प्रवन्ध गर्न सजिलो हुने विचार गरी सर्वसम्मतिबाट संगायना गर्ने स्थान राजगृह निर्णय भयो। संगायना गर्नलाई छानी राखेका पाँचसय भिक्षु बाहेक अरू कुनै एकजना भिक्षु पनि राजगृहमा वर्षावास मर्न नपाउने भन्ने सल्लाह पनि भयो । यति सल्लाह भइसकेपछि वैधानिक रूपले यो सल्लाहलाई पास गर्दै यसरी प्रस्ताव राखे- ज्ञप्ति-प्रस्ताव (Resolution) “आवसौ संघहरू ! तपाई- हरू प्रसन्न हुनुहुन्छ भने फलाना फलानाहरू पाँचसय भिक्षुहरू राजगृहमा वर्षावास गरेर धर्म संगायना गर्नु पथ्यो; अरू एकजना भिक्षुसम्म पमि त्यस ठाउँमा वर्षावास नगर्नु पर्यो ।"- बो सूचना भयो - ।

५ महाकाश्यप महास्थविरले यति प्रस्ताव संघ सभामा राखेपछि अर्को भिक्षु एकजना उठेर त्यस प्रस्तावलाई पास गर्न यसो भन्नुभयो- अनुश्रावण- "भन्ते संघहरू ! यदि तपाई संघहरू संगायनाको निम्ति छानिएका पाँचसय भिक्षुहरू सबै राजगृहमा वर्षावास गरी धर्म संगायना गर्नुको निम्ति प्रसन्न हुनुहुन्छ भने तथा त्यहाँ अरू भिक्षुहरू कुनै एकजना पनि वर्षावास नगर्नुमा अप्रसन्न नहुनु भए चूप लाग्नु होला, अन्यथा बोल्नु होला ।"- यो अनुश्रावण भयो । "दोश्रो पटक भन्ते संघहरू०, तेश्रो पटक पनि भन्ते संघहरू ! यदि तपाई संघहरू० धर्म संगायना गर्नुको निम्ति प्रसन्न हुनुहुन्छ भने, अप्रसन्न नहुनु भए चूप लाग्नु होला, अन्यथा बोल्नु हवस ।" यसरी प्रस्तावलाई तीन पटक सम्म दोहन्याई सुनाइ सके पछि पनि कसैले केही नबोले पछि फेरी यसरी प्रस्तावलाई स्वीकृत ठहराए :- धारणा- "राजगृहमा पाँच सये भिक्षुहरू मात्र बर्षावास गरी धर्म सगायना गर्नुमा र अरू कुनै एक जना सम्म पनि भिक्षुहरू वर्षावास नगर्नुमा संघहरूको प्रसन्नता छ, राजी छ, तसर्थ सबैले नबोलिकत्त चूप लाग्नु । अतएष यो प्रस्ताव सर्व सम्मति वाट पास (वीकृत) भयो। यसमा सबैको चित्त बुझेको भनी धारणा (विश्वास) गर्दछु ।" यसरी वैधानिक रूपले प्रस्ताव पास भए पछि भिक्षुहरू कुबै राज- गृह गए कुनै कता गए । राजगृहमा जाने स्थविरहरूको मनमा यस्तो विचार आयो- - "भगवानले जीर्ण भैरहेको विहारलाई पुनरुद्धार गर्नु उसम छ भन्नु भएको छ । तसर्थ हामीले पहिले भत्की बिग्री हालेको विहार

६
सच्याउतु पन्यो।"
सोधे :-
यति विचार गरी वहाँहरूले भत्की बिग्री रहेको विहार सच्याउनु
भयो । यसरी वहाँहरूले एक महिना बिताउनु भयो ।
उता आनन्द स्थविर भगवानको चीवर र पात्र बोकेर आफ्ना
परिवार सहित श्रावस्ती जानु भयो। उनि श्रावस्तिमा आउनु भएको
समाचार पाएर नगर बासि उपासक उपासिकाहरू धेरै वहाँको अगवा-
नीको निम्ति आए। भेट भएका सबैले उनि आनन्द स्थविर संग यसरी
"भन्ते ! पहिले पहिले तपाई भगवानको साथ जानु भएर
भगवानको साथै फर्कनु हुन्थ्यो । अहिले मात्र तपाईले भगवानलाई कहाँ
छाडी आउनु भएको ? वहाँको पात्र-चीवर मात्र तपाईले ल्याउनु भयो।
आज भोलि उनि तथागत महाकारुणिक भगवान कहाँ हुनु हुन्छ ।
महाजनहरूको मायालु प्रश्नले गर्दा आनन्द स्थविरको आँखामा
आँसु उम्लेर आयो। वहांको आँखाबाट आँसु बगेर आएको देखेर सबै
सुक्क सुक्क गर्दै रोये। क्रमशः रोयेको शब्द फैलिन्दै श्रावस्ति नगर
सबै बिरह ध्वनिले गुञ्जियो । फेरि एक पटक भगवान परिनिर्वाण हुनु
भएको दिनमा जस्तै महारोदन भयो । यसरी जनताहरूको अधीरता देखेर
रुखमा बसेको घराचुङ्गीहरू पनि मुक्रिएर तोलिएर शोक गर्न थाले ।
भन्तमा आनन्द स्थविरले सबै महाजनहरूलाई थरथर कम्प भएको ओंथ,
वीच बींचमा अडकेको तर नम्र नरम स्वरबाट निम्न धर्मोपदेश गर्नु भई
धर्य गराउनु
भयो:-
"उपासक हो ! शास्ताले हामीलाई बारम्बार भन्नु भएको छ
कि प्रिय
बस्तुबाट
बियोग
हुनु दुःख, अप्रिप
वस्तु
संग संयोग हुनु दुःख।

हो, सम्पूर्ण संस्कार अनित्य छ एक निर्वाण बाहेक अरू कुनै नित्य छैन । जति पनि जन्म भएको प्राणीहरू छन् मरणबाट अन्त नभइ हुँदैन । त्यसकारण वहाँको स्थुल देह पनि आफुले उपदेश गर्नु भएको बचनको प्रमाण के संधै सुखमय निर्वाण धातुमा संधैको निम्ति परिनिर्वाण हुनु भयो।" - यसरी जनसमूहलाई अनित्य बर्णन गरी चित्त शान्त गराई उनि भगवानको गन्ध कुटीमा गई पहिले भगवान छंदा जसरी वहाँको सेबा टहल गर्ने हो त्यस्तैनै पानी तताइ दतिवन राखी पंखा हाम्की भगवानको पलङ्ग मुनि बसेर सेवा टहल गरी रहे। यसरी आनन्द स्थविरले भगवान नभएको गन्धकुटीमा भगवान भएको बेलामा जस्तै सेवा टहल गर्दै एक सप्ताह बिताउनु भयो । पछि एक जना सब्रह्मचारी भिक्षुले धर्म संगा- यनाको निम्ति राजगृहमा जानु पर्ने कुरा उठाए। यो कुरा सुनेर वहाँको मनमा यस्तो भयो :- "अहो ! बर्षाबासको समय नजिक आयो। म भने अहंत हुन सकेको छैन । म एक जना मात्र अर्हत नभइकन कसरी संगायनामा जाने । भएगो, शोक मात्र गरेर के गर्न वीर्य बढाई ध्यान गर्नु पन्यो।" यति मनमा राखी वहाँले स्वास्थ्यको विचारले दुधको बिरेचन लिनु भई राजगृहमा जानु भयो। अनि त्यहाँ क्रमश ध्यान गर्नु भयो । एकदिन वहाँले चक्रमण मात्र गरी ध्यान गर्नु भयो । उत्सन्नबीर्य भएको हुनाले शरीर क्लान्त भयो। थकाइ मार्नु बिचारले वहाँ आफ्नो कोठामा गई खाटमा पल्टिनुको निम्ति खाटमा बस्नु भयो। पल्टिनुको निम्ति भुइँमा रहेको गोडा उठाई जिउ धल्काउंदै शिर तकिया लिर लानु भयो ।

८ शिर तकियामा परेको थिएन गोडा जिमिनबाट उठी सक्यो। यस्तो अवस्थामा उनको आस्त्रब सबै क्षय भइ अरहत्त हुनु भयो । राजगृहमा राजा अजातशत्रुको संरक्षणमा वेल्भार पर्वतको सप्तपर्णी गुफामा संगायनाको निम्ति सबै भेला भए । एक मात्र आनन्दको ठाउँ खालि थियो । वहाँको अनुपस्थितिले गर्दा काम शुरू गर्न अप्थ्यारो भैरहेको थियो । भिक्षु संघको. बिचमा वहांको विषयमा चर्चा चल्यो । ठीक सोही बेलामा आनन्द स्थविर ऋद्धि बलले “सप्तपर्णी" गुफामा आइपुग्नु भयो। सभामा बसेका सबैको चित्त प्रसन्न भयो। संगायना कार्य प्रारम्भ भयो। . त्यस संघ सभामा सबभन्दा बृद्ध भिक्षु महाकाश्यय महास्थविर हुनु भएकोले वहाँले सर्व प्रथम संघ सभालाई यस्तो सूचना दिनु भयो :- 'भावुसो संघहरू ! यदि तपाइहरूको चित्त प्रसन्न भए तथागत शासनको आयुष्मान भएको बिनयलाई नै हामीले पहिले संगायना गर्नु पर्छ । अतएव मैले सबभन्दा पहिले बिनय संबन्धि प्रश्न उपालि महा- स्थविर संग गर्दछु । उपालि महास्थबिरले पनि संघ सभालाई यस्तो सूचना दिनु भयो "भन्ते संघहरू ! यदि तपाई संघहरूको चित्त प्रसन्न भए महा- काश्यप महास्थविरले सोध्नु हुने बिनय सम्बन्धि प्रश्नको उत्तर मैले दिन्छ । दुबै महास्थबिरहरूले परस्पर संघको सन्मुख प्रस्ताव सखेर संघ सभाको स्वीकृति लिएर क्रमश यसरी प्रश्न गर्नु भयो :-

९
"आवुसो उपालि ।" पारजिका शिक्षा भगवानले कहाँ आज्ञा
गर्नु भएको ?
"भन्ते !
राजगृहमा
।"
"कसको कारणमा ?"
"सुदिन्न कलन्दक पुत्रको कारणमा ।"
के सम्बन्धमा ?
"मैथुन धर्म सम्बन्धमा ।"
यसरी महाकाश्यप महास्थविरले उपालि महास्थविरसंग पारा-
जिकाको कुरा सोध्नु भयो, निदान सोध्नु भयो, व्यक्ति, स्थान, आपत्ति
अनापत्ति हुने कुरा सोध्नु भयो । एउटा नियमको विषयमा सोध्नु पर्ने
ठाउँ रहे सम्म कुरा सोध्नु भयो । वहाँले सोधिएका सबै प्रश्नको उत्तर
उपालि महास्थविरले दिनु भयो । यसरी सोधी सके पछि सबै भिक्षुहरूले
त्यसलाई आवृति गर्नु भयो। यसै प्रकारले महाकाश्यप महास्थविरले
सारा भिक्षु नियम सोध्नु भयो। विनय सम्बन्धि सवै कुरा सोधी सके
पछि महाकाश्यप महास्थविरले आनन्द स्थविरसंग धर्म-सूत्र सम्बन्धि
प्रश्न गर्न संघ सभाको सन्मुख यसरी प्रस्ताव राख्नु भयो :-
"आवसो संघहरू ! यदि तपाईहरूको चित्त प्रसन्न भए मैले
आनन्द स्थविरसंग धर्म-सूत्र सम्बन्धि प्रश्न गर्दछु !"
आनन्द स्थविरले पनि यसरी प्रस्ताव राख्नु भयो :-
"भन्ते संघहरू ! यदि तपाई संघहरूको चित्त प्रसन्न भए महा-
काश्यप महास्थविरले सोध्नु हुने धर्म-सूत्रको उत्तर दिन्छु ।
-

१० यत्ति परस्पर प्रस्ताव राखी सके पछि संघको सम्मति लिएर महाकाश्यप महास्थविरले आनन्द स्थविर संग सबभन्दा पहिले ब्रह्म जाल सूत्रको विषयमा यसरी प्रश्न गर्नु भयो :- "आवसो आनन्द ! ब्रह्म जाल सूत्र शास्ताले कहाँ उपदेश गर्नु भएको ? "भन्ते राजगृह र नालन्दाको बीच अम्बलट्ठिकाको राजागारमै ।" "कसको कारणमा ?" "सुप्रिय परिब्राजक र ब्रह्मदत्त माणवकको कारणमा।" यसरी महाकाश्यप महास्थविरले आनन्द स्थविरसंग निदान, व्यक्ति, स्थान सोध्नु भयो। सोधी सके पछि सबै संघहरूले आवृति गर्नु भयो। यसै गरी पाँचै निकायका सूत्रहरू सोध्नु भयो । यसरी प्रत्येक सूत्रको विषयमा माथि भने के सोधी सके पछि हरेक सूत्रादिको आशय अनुसार सूत्रको नामकरण गर्नु भयो । उस्तै उस्तै समान रूपको सूत्रहरू छुट्याई बर्ग छुट्याउनु भयो। लामो लामो सूत्रहरू सबै एकै ठाउँमा राखी निकाय नामकरण गर्नु भयो । यसरी पछिका विद्वानहरूलाई धर्मसूत्र खोज्न सजिलो गर्न सम्झन सजिलो गर्न बर्ग, खण्ड, सूत्र निकाय छुट्याई नामकरण गर्नु भयो । यति गरी सके पछि सम्पूर्ण विनय र धर्म सूत्र आवृति गर्नु भयो। यस बेला देखी कसैले बिशेष रूपले विषय शिक्ने मान्ने इच्छा गरे, कसैले धर्म सूत्र जान्ने विशेष इच्छा गरे । यही तरिकाले पछि पछि सम्म धर्म र विनयको परम्परा चली आए। - ११ तथागत परिनिर्वाण भैसके पछि वहाँले पैतालीस बर्ष सम्म विभिन्न स्थानहरूमा उपदेश गर्नु भएको धर्मस्कन्धहरू लाई सर्व प्रथम संग्रह (संगायना) गरीएको यही नै हो। पाँच शम प्रतिसम्भिदा लाभ गरेका अर्हतहरू बसेर धर्म संग्रह गर्नु भएको हुँदा यस प्रथम संगीतिलाई पञ्चसतिक पनि भन्दछन् । भगवान बुद्धको मूल धर्मको जरा यही वै हो । यही संगायना परम्परा चली आएको लाई स्थविर बाद भन्दछन् । यसको बाद मात्र बौद्ध धर्मको विभिन्न शाखा प्रशाखा उत्पन्न भएको हो । यसरी शाखा प्रशाखा उत्पन्न भएको पनि भगवान परिनिर्वाणको एक शय वर्ष जति पछि देखी हो। बुद्ध धर्मको प्राचीन अर्थात मूल इतिहास यही हो। यही प्रकारले धर्मको शाखा प्रशाखा निस्केकोलाई शासन वंसको कथा भन्दछ । महाकाश्यप महास्थविर आदि पाँच शय प्रतिसम्भिदा लाभि अरहन्त महास्थविरहरूले बुद्ध शासनको चिरस्थाइ गर्न चौरासी हज्जार धर्मस्कन्ध सबै संग्रह गरी सके पछि आनन्द स्थविरले संघ सभामा यसरी निवेदन गर्नु भयो । "भन्ते संघहरू ! परिनिर्वाण समयमा भगवानले मलाई आज्ञा हुनु भएको छ कि- यदि आनन्द, संघको इच्छा भयो भने मेरो परिनिर्वाण पछि क्षुद्रानुक्षुद्र शिक्षा पद म्हास्तु ।a आनन्द तिमीले तथागतसंग क्षुद्रानुक्षुद्र शिक्षा पद भनेका के के a आकंखमानो आनन्द संधो ममच्चयेन खुद्दानुखुद्दकानि सिक्खा- पदानि समूहनेय्य :- महापरिनिर्वाण सूत्र ।

१२ हुन भनी सोध्यो कि सोधन ? - - "सोधिन भन्ते।' अनि यस विषयमा संघ सभामा भारी छलफल भयो। कसैले चार पाराजिका शिक्षा छाडी अरू सबै शिक्षापद क्षुद्रानिक्षुद्र शिक्षापद हुनु पर्छ भने । कसैले चार पाराजिका र तेन्ह संघादिशेष छाडी अरू सबै शिक्षापद क्षुद्रानुक्षुद्र हुनु पर्छ भने । फेरो कसैले पाराजिका, संधादि- शेष तथा दुइ अनियत शिक्षा छाडी अरू सबै शिक्षापद क्षुद्रानुक्षद्र शिक्षापद पर्छ भने । यसरि विविध विचार प्रकट गरे । अन्तमा चार पारा- जिका, तेह संघादिशेष दुइ अनियत, तीस निसग्गिय पाचित्तिय, बयानब्बे पाचित्तिय र चार पाटिदेशनीय छाडी अरू सबै शिक्षापद क्षुद्रानुक्षुद्र शिक्षापद हुनु पर्छ भने । यसरी क्षुद्रानुक्षुद्र शिक्षापद सम्बन्धि अनेक छलफल भएर पनि क्षुद्रानुक्षुद्र शिक्षा पदको विषयमा तथागतको धारण 'यहि हो भन्ने निश्चय गर्न नसके पछि संघ सभाका नायक हुनु भएका महाकाश्यप महास्थविरले यस विषयको निर्णय यसरी गर्नुमा बुद्धिमान हुनेछ भन्ने सम्झी संघ सभालाई यसरी निवेदन गर्नु भयो :-- ज्ञप्ति (Proposal) प्रस्ताब- "आयुष्मान संघ ! हाम्रो शिक्षा पदहरू गृहीगत पनि छन् फेरि गृहस्थहरूलाई यो पनि थाहा छ कि श्रमण शाक्यपुत्रहरूलाई यो योग्य यो अयोग्य भनेर। यदि हामीले क्षुद्रानुक्षुद्र शिक्षापद 'यहि हो' भनेर त्यसलाई म्हास्यौं भने लोकले हामीलाई यस्तो पनि भन्न सक्छ कि :- श्रमण गौतमले श्रावकहरूको निम्ति धुम्रकालिक शिक्षापद बनाइ दियो, गौतम रहुउजेल मात्र उनी- हरूले गौतमका शिक्षा पालन गरे, गौतम परिनिर्वाण हुने बित्तिकै पालन १३ नगरे ।a अतएव मेरो विचारमा यदि सबै संघ सभाको एक राय, एकै विचार भए संघहरूले भगवानले प्रज्ञप्त नगर्नु भएको शिक्षापद नबनाउने प्रज्ञप्तपारी राखेको शिक्षापद नबिगार्ने बरू भगवानले बनाइ राख्नु भएको शिक्षापदहरू पालन गर्नु नै उचित होला जस्तो लाग्छ ।' यति भन्नु भई पुनः महाकाश्यप महास्थविरले यस प्रस्तावमा सबैको राजि छ कि छैन भन्ने निश्चित रूपले जान्न निम्न प्रस्ताब पेश गर्नु भयो। "आवसो संघ ! यो अवस्था आफ्नो स्वीकृति दिने अवस्था हो । तसर्थ जसलाई भगवानले नबनाएका शिक्षापद नबनाउने, जनाइसकेको शिक्षापद नबिगाने बाकि बनाइराखेको शिक्षापदमा अवनत भइती शिक्षा पालन गर्नुमा राजि छ त्यसले चुप लाग्नु जसलाई राजि तथा सहगत छैन त्यसले बोल्नु ।"- यो अनुश्रावण भयो । a- सन्तम्हाकं शिक्खापदानि गिहीगतानि । गिहीनोपि जानन्तिः इदं वो समणानं सक्यपुत्तियानं कप्पति इदं वो नकप्पति । सचेमयं वदा- नुखुद्दकानि सिक्खापदानि समूहनिस्साम भविस्सन्ति बत्तारो धुम- कालिकं समणेन गोतमेन सावकानं सिक्खापदं पञत्त याविगेस सत्था आसि ताविमे सिक्खापदेसु सिक्सिसु, यतो इमेसं सत्था परि- निब्बुतो नदानिमे सिक्खापदेसु सिक्खन्तीति । चूलवग्ग । b- यदि संघस्स पत्तकल्लं संघो अप्पञत्त न पापेय्य, पञत्त न समुच्छिन्देय्य, यथा पञ्चत्त सु सिक्खापदेसु समादाय वत्त य्य । -चूलवग्ग १४ अनुश्रावण गरीसकेपछि प्रस्तावको विपक्षमा कसैले केहि नबोले पछि महाकाश्यप महास्थविरले यो प्रस्ताबलाई सर्वसम्मति बाट पास गरेको सम्झनु भई यसो भन्नु भयो । "संघको तथागतले नबनाएका शिक्षापद नबनाउने र बनाइ राखेको शिक्षापद नबिगारी भएको शिक्षा सबै पालन गर्नुमा राजी छ सह- मत स्वीकृति छ, तसर्थ संघहरू सबै चुप लाग्नु भयो अतएव यो प्रस्ताब सर्व सम्मति बाट पास भयो भनि धारणा (निश्चय) गयौं।" यो धारणा भयो। यसरी बुद्धद्वारा प्राप्त गर्नु भएको सम्पूर्ण शिक्षापद जस्ताको तेस्तै रक्षा गर्ने विषयमा निश्चय गरी सके पछि स्थविर भिक्षुहरूले आनन्द भिक्षुलाई यस्तो भन्नु भयो। १- आवुसो आनन्द ! यो तिम्रो दुष्कृत्य हो जुनकि तिमीले भगवान छदैमा क्षुद्रानुक्षुद्र शिक्षा के हो भनी सोधी राखेनौ। अतएव यस विषयमा तिमीले क्षमा प्रार्थना (देशना) गर। "भन्ते ! बिष्मृति भएर मैले त्यो कुरा भगवानसंग सोध्न सकेन । यस्मा मैले दुष्कृत्य देखिन । तथापि तपाईहरूको वचनलाई सिरोपर गरेर क्षमा प्रार्थना गर्छ a २- यो पनि तिम्रो दुष्कृत्य हो; आनन्द ! जुन तिमीले तथा- गतको वर्षाण-वस्त्र पाउले टेकेर सियौ । यस विषयमा पनि क्षमा प्रार्थना गर। "भन्ते ! त्यो वस्त्र मैले न त अनादर गरी कुल्चेको हो। न a- पिचायस्मन्तानं सद्धाय देसेमि तं दुक्कटन्ति । -चूलवन्ग १५ मैले यसमा दुष्कृत्य देख्छु, तथापि तपाईहरूको वचनलाई सिरोपर गरी क्षमा प्रार्थना गर्छ ।" ३- "आनन्द ! यो पनि तिम्रो दुष्कृत्य हो जुन तिमीले तथा- गतको शरीरलाई आँसुले भिज्ने गरी सब भन्दा पहिले रोइरहेकी वारी- हरूले प्रणाम गरायौं । यसमा पनि तिमीले क्षमा प्रार्थना गर। "भन्ते ! मैले ती नारीहरूलाई अवेर नहोबोस भन्ने विचारले तथागतको शरीर सवभन्दा पहिले प्रणाम गर्न दिएको हुँ । यसमा पनि मैले दुष्कृत्य देख्दिन । तथापि तपाईहरूको वचनलाई सिरोपर गरी क्षमा प्रार्थना गर्दछु ।" ४- आनन्द ! यो पनि तिम्रो दुष्कृत्य हो जुन भगवानले त्यस्तो स्पष्ट रूपमा आज्ञा हुँदा पनि भगवान संग एक कल्पसम्म जीवित हुन हवस भनी प्रार्थना गरेनौ । यसको बारेमा पनि तिमीले क्षमा प्रार्थना भन्ते ! मलाई मारले छोपी राखेको हुँदा मैले भगवानसंग त्यसरी प्रार्थना गर्न सकिन । यसमा पनि मैले दुष्कृत्य देखिन । तथापि तपाई- हरूको वचनलाई शिरोपर गरी क्षमा प्रार्थना गर्दछु । ५- आनन्द ! यो पनि तिम्रो दुष्कृत्य हो जुन तथागतको धर्म-विनय (शाशन) मा नारीहरूलाई प्रजित गराउने विषयमा प्रोत्साहन दिधौ । यस विषयमा पनि तिमिले क्षमा प्रार्थना गर । "भन्ते ! मैले प्रजापति गौतमीलाई भगवानको मुमाको सारी बहीनि सम्झि भगवानको मुमा स्वर्गवास भएपछि भगवानलाई प्रजापति गौतमीले नै स्तनपान गराई पोषण गरे । ठूलो उपकार मरेको सम्झेर चारीहरूलाई तथालतको धर्म विनयमा प्रवजित गराउन प्रोत्साहन १६ दिएं । यस्मा पनि मैले दुष्कृत्य देख्दिन तथापि तपाईहरूको वचनलाई शिरोपर गरी क्षमा प्रार्थना गर्दछु । a "भन्ते ! परिनिर्वाण समयमा भगवानले मलाई भन्नु भएको छ कि- छन्न भिक्षुलाई ब्रह्म दण्ड देउ ।" "अनि आनन्द ! तिमीले तथागत संग ब्रह्म दण्ड भनेको के हो भनी सोध्यौ त? सोधेको छु भन्ते ।" "त्यसो भए तिमीनै गएर छन्न भिक्षुलाई ब्रह्मदण्ड दिन जाउ ।" "म एकलै जान सक्दैन भन्ते । छन भिक्षु सारै चण्डाल छ।' "त्यसो भए अर्को भिक्षुहरू साथ लिएर जाउ ।" यति कुरा सुनी सकेपछि आनन्द स्थविर धेरै भिक्षुहरू साथ लिएर कौशाम्बि नगरमा गई त्यहाँ उदेन राजाले प्रसन्नतापूर्वक दिएका सयकडी चीवर दान लिई घोषिताराममा छन्न भिक्षुकहाँ गई छन्न भिक्षुलाई तथागतले ब्रह्मदण्ड दिनु भएको सबै कुरा बताई ब्रह्मदण्ड दिए । छन भिक्षु ब्रह्मदण्डको कुरा सुनेर साह दुखित भयो । शोक गयो; पश्चाताप गयो । पश्चातापको कारणले मन खिन्न गरी बिरह भएर एकान्तमा बसी विदर्शना वृद्धि गरे । अन्तमा चित्तमल सबै नाश गरी अर्हत भयो अर्हत भइसकेपछि वहाँ ब्रह्मदण्डबाट मुक्त भयो । a- आनन्द स्थविरलाई दोषी गरेको विषयमा सर्वास्तिहरूको विनय 'दुल्वा' भन्ने तिब्बति पुस्तकमा आनन्द स्थविर अर्हत हुनु अगावै नै वहांलाई दोष लगायो भनी भनेका छन्- life of the Buddha, by Rockhill (1907)

तथागतको परिनिर्वाणपछि सर्बप्रथम राजगृहमा सप्तपर्णी गुफामा
प्रथम संगायना भएको कुरा उभयपाक्षिक-थेरवादी र महायानी-बौद्ध
लोकले निबिवाद स्वीकृति गर्छन । यहि विचार प्रकट गर्दै विलियम
गाइगर महाशयले आफ्नो महावंश अनुवादको भुमिकामा यस्तो भन्नु
भएको छ-The same is found in the later tradition
Among the Northern Buddhist Sources dealing
with the First Council I mention the Mahavastu.
Here in agreement with southern tradition
Kashyap is given as the originator of the council
the number of the Bhikkhus taking part in it is
stated to be 500 and the place the Saptaparna
grotto near Rajagriha" फाहियानले (४०० ई० मा
यहि भनेका छन । केवल ह्वयेन साँगले (६५० इ०)मा मात्र संगायनामा
(१०००) एक हज्जार भिक्षुहरू छन् भनेका छन् भनी बिल महाशयको
पुस्तकमा छ । * यो प्रथम संगायना निर्मल बुद्ध धर्मको जरा हो ।
जग हो तथा मूल धर्मको भण्डार हो ।
१- भगवान परिनिर्वाण हुनु भएको दिन अथवा तिथि के हो ?
भगवान परिनिर्वाण हुनु भएको तिथि बैशाख पूर्णिमा हो अर्थात
सूर्यमास नक्षत्र क्रमको हिसाबले बैशाख महिनाको १५ पन्ध्रौं दिनमा
The Mahavansa, by Wilhelm Gieger p.
tiv
* Beal's Buddhist Records, i pp. Ix-lxi 162, 164,
Legge's records of Buddhistic Kingdoms. 85

१८ हो । यो धारणा बर्मा, लंका, थाइलैण्ड, क्याम्बोडिया तथा भारत (बासी) सबैमा छन् । तिब्बतमा पनि यस्तै छ। मूल पाली तथा संस्कृत बौद्ध वाङ्गमयमा यस्को प्रसस्त प्रमाण छन् । शासन बंसमा त बार समेत खुलेको छ जुन अनुशार बैशाख पुर्णिमा मंगलबार हो । समन्त पासादिकामा बैशाख पूर्णिमाको बिहान परिनिर्वाण हुनु भयो भन्ने भनी राखेको छ । a जापानिहरूलें फेब्रुवरी १५ तारिख मान्छन । b फ्लीट (Fleet) महाशयको कुरा हेर्दा तथागतको जीवनमा बैशाख पूर्णिमाको नाउँ धेरै पटक आएकोले गर्दा संकास्पदछ भन्ने आशय प्रकट गरी राखेको छ । यो फ्लीट महाशयको कमजोरी तक जस्तो लाग्छ । शायद वहाँको मनमा शंका जस्तो भएको कारण यस्तो भएको हुन सक्छ, जुन कारण वहाँले अगाडी राख्नु भयो- सर्वास्तिवादी हुयेन साँगले भगवानको परिनिर्वाण आठौं महिनाको शुक्ल पक्ष ८ का दिन भयो भनी बताएको छ रे । सदनुसार गन्दा यहि बर्ष गन्ने तरिका भारतमा जस्तै भए देखि कार्तिक शुक्ल ८ हुन आउँछ । किन्तु वर्ष गन्ने विसाच पुण्णमि दिवसे पच्चूससमये अनुपादिसेसाय निब्बान धातुया परिनिबुतो।- समन्तपासादिका b. "The day on which Buddha died" J.R.A.S. 1909. Beal's Buddhist Records of the Western World ii P.33.

१९ क्रम सबै ठाउँमा एकनाश छैन । अति देशमा यस विषयमा अलि फरक भए पनि अखण्ड चली आएको भारतीय आचार्यहरूको परम्परागत धारणानुसार तथा मूल- पालीको प्रमाणानुसार निर्वाण दिन र तिथि बैशाख पूणिमा नै हो, तसर्थ महावंशमा भनेको छः- "कुसिनारायं यमकसालानमन्तरे वरे । वेसाख पुण्णमायं सो दीपो लोकस्स निबुतो a ।। भगवान परिनिर्वाण हुनु भएको बेलामा बिम्बिसार राजा स्वर्गबास भएको आठ (८) बर्ष भएको थियो । अजात शत्रुलाई अभिषेक प्राप्त भएको उतिनै भयो b बिम्बिसार राजा भगवान भन्दा पाँचवर्षको कान्छो थियो । पन्ध्रवर्ष हुंदा उन्लाई राज्य प्राप्त भयो। अभिषेक प्राप्त गरी १६ बर्ष हुँदा राजा बुद्धको शरणमा गयो । त्यसपछि ३७ बर्ष सम्म राज्यगरी ६७ बर्षको उमेरमा स्वर्गवास भयो । (२) कुन महिनामा, कुन तिथिमा संगायनाको काम प्रारम्भ भयो तथा कति महिना बित्यो ? समन्तपासादिकादि प्रस्थमा भगवान परिनिर्वाण भई एक पक्ष a महावंश ३-२; दीपवंशमा पनि ५-१ b अट्ठवस्साभिसित्तस्स सम्बुद्धो परिनिब्बतो- [दीष बंश ३-३० महावंश २-३२, समन्त पासादिका पृ० ४२] c महावंश २-२६, ३० दीपवंश ३-५६, ५९ २० पछिa धर्मसंगायना गर्न महाकाश्यप महास्थविरले लाखौं भिक्षुहरूबाट ५०० प्रतिसम्भिदा लाभी अर्हत भिक्षुहरू छानियो भनी भनेका छन् । यस विषयमा दीघ निकाय अर्थकथामा स्पष्टरूपले प्रत्येक कुरा अलग्ग अलग्ग यस्तो भनेका छन्- "भगवान परिनिर्वाण भइसकेपछि एक हप्तासम्म वहाँको सुवर्ण देहलाई पूजा सत्कार गरे । एक हप्तासम्म चितामा आगो बल्यो । एक हप्तासम्म धातु पूजा गरे ।- यसरी तीन हप्ता बिते b ।" तीन हप्ता बितेर एकाइसौं (२१)दिनमा ज्येष्ठ मूल शुक्ल पक्षको पञ्चमिको दिन धातु बिभाजन गरे । यही बेला महाकाश्यप महास्थविरले शुभद्र भिक्षुद्वारा प्रकाश भएको कुरा अगाडी राखी संगायनाको निम्ति ५०० भिक्षुहरू छान्नु भयो । भिक्षुहरू छानि सके पछि वहाँले यस्तो भन्नु भयो । "आवुसो गृष्मऋतुd डेढ महिना बाकि छ । तेस पछि बर्षावास बस्ने दिन भयो । तसर्थ सबै यथासमयमा राजगृह पुग्नुपर्छ । a परिनिव्बाणतो अड्ढमासो अतिक्कन्तो- समन्तपासादिका b सुमङ्गलबिलासिनि पृ० ५ c जेट्ठमूल सुक्कपक्ख पञ्चमीयं पन धातुयो भाजयिंसु सुमङ्गल बिलासिनी; पृ० ५ d फग्गुनस्स कालम्हा याव आसह्नि पुण्णमा । गिह्म कालोति विधेय्यो अठ्ठहोन्ति उपोसथा।- विनयत्थ मञ्जुसा पृ० १३ e इदानि गिम्हानं दियड्ढो मासो उपकट्टा च वस्सूपनायिकाति समन्त- पासादिका पृ० ५ यस सम्बन्धमा पनि दीघनिकाय अर्थकथाको निश्चयात्मक रूपमा बर्षाबास वस्न चालिस दिन मात्र बाकि छ भनि स्पष्टिकरण दिईराखेको छ la समन्त पासादिकामा सामान्य व्यवहारमा भनियो। दीघनिकाय अर्थ कथामा दिन गनेर निश्चितरूपमा भनियो । अतएव यथार्थ दिन बुझन पछिको कथानुसार निश्चय गर्नु प-यो । यहाँ महिना गिन्तिको क्रम सुर्यमास क्रम हो । बुद्ध शाशनमा व्यवहार भइराखेको महिनाको हिसाब निम्न लिखित तालिका अनुशार जान्नु पर्छ । पालि साहित्यमा शासनिक कार्यमा तीन ऋतु मात्र व्यवहार गरिएको छ।b प्रत्येक ऋतुमा चार महिना र आठ उपोसथ हुन्छन । प्रत्येक ऋतुको तृतीया र सप्तमी उपोसथ चातुइसी हुन्छन । बर्षान ऋतुको प्रथम दिनमा प्रथम बर्षावास गर्ने । द्वितीय वर्षाबास गर्ने दिन बर्षान ऋतुको दोश्रो उपोसथको भोलिपल्ट हुन्छ । अर्थात यहाँ देखाइएको तालिका अनुसार श्रावण कृष्ण १ का दिन हुन्छः- a आवुसो इदानि तुम्हाकं चत्तालीस दिवसो ओकासो- सुमङ्गल विलासिनी पृ० ५ b चतुरो चतुरो मासा, कत्तिक कालपक्खतो। कमा हेमन्त, गिम्हान, वस्सान उतुयो ।- अभिधानप्पदीपिका ७८ २२ उपोसथ हेमन्त ऋतु उपोसथ गृष्म ऋतु उपोसथ बर्षा ऋतु १-आषाढ कृष्ण१५ २-थावण शुक्ल-१५ १-कार्तिक कृष्ण-१५ १-फागुण कृष्ण-१५ २-मंगसोर सुक्ल-१५, २-चैत शुक्ल-१५ ३-मंगसीर कृष्ण-१४ ३-चैत कृष्ण-१४ ४-पुष शुक्ल-१५ ४-बैशाख शुक्ल-१५ ३-श्रावण कृष्ण-१४ ४-भाद्र शुक्ल-१५ ५-पुष कृष्ण-१५ ५-बैशाख कृष्ण-१५ ५-भाद्र कृष्ण-१५ ६-माघ शुक्ल-१५ ६-ज्येष्ठ शुक्ल-१५ ६-असोज शुक्ल-१५ ७-माघ कृष्ण-१४ ७-ज्येष्ठ कृष्ठ-१४ ७-असोज कृष्ण-१४ ८-फामुण शुक्ल-१५ ८-आषाढ शुक्ल-१५ -कतिक शुक्ल-१५ यसरी महापरिनिर्वाणको २१ सौं दिनको भिक्षुहरू छानेर उनि महास्थबिरहरू आफ्नो आफ्नो बाटो लागे । क्रमस संगायनामा जानुपर्ने भिक्षुहरू सबै आषाढको शुक्लपक्षमा राजगृहमा पुग्न गए a अनि त्यहाँ महास्थविरहरू सबै भनाभई आषाढ पूर्णिमाको दिन गृष्म ऋतुको अन्तिम उपोसष गरी तेसको भोलिपल्ट आषाढ कृष्ण प्रतिपदाको दिन बर्षावास समानान गर्नु भयो । यति बेला महास्थविरको बिचमा यस्तो सलाह भयो कि बर्षादको प्रथम महिना भरी बिहार प्रति संस्कारणादि गर्नु पर्ने काम गरी दोश्रो महिनामा धर्म संगायना गरौं ।b a उपर्छ ममहं, आसाल्हि सुक्कपक्खम्हि, सुक्कपक्ख हितथिका । सम्पन्न चतु पच्चयं ॥ महावंश ३-१४ bहर ममं भावुसो पठमं मासं खण्डफुल्ल पटिसंखरणं करोम, मज्झिम मासं सन्निपतित्वा धम्मंच विनयंच संगायिस्साम ।-चूलपग्ग - पृ०४०६ २३ एक महिना भरी बिहार प्रतिसंस्करण गरीसकेपछि स्थविरहरूले अजात- शत्रु राजालाई संगायना गर्ने ठाउँमा ५०० भिक्षुहरू बस्ने बासन तयार गर्न प-यो भत्री सूचना दिए । त्यसकारण समन्तपासादिकाला "थेरो पमं मासं सब बिहारं पटिसंखरापेत्वा रो आरोचेसि" भनेकोa अजातशत्रु राजाले यथा समयमा सबै आशन तयार पाई सकेपछि स्थावरहरूसंग निवेदन गरे, त्यसको भोलिपल्ट महास्थविरहरू सबै भोजन समाप्त गरी नियमित स्थानमा गई संगायनाको कार्य प्रारम्भ गरे । त्यसकारण भनेको छ:- . "वसानं दुतिये मासे, दुतिये दिवसे पन । रूचिरे मण्डपे तस्मि, थेरा सन्निपतिसु ते b।" अर्थात बर्षाणको दोश्रो महिनामा, दोश्रो दिनमा, भव्य मण्डपमा स्थविरहरू संगायना भेला भए। दोश्रो महिना भनेको श्रावणलाई भनेको हो । दोश्रो दिन भनेको के त ? यसो भन्नुको मतलव के भने- अजात सत्रु राजाले संगायना गर्न आसन तयार परी सके भनी भनेका दिन स्थविरहरूले आवन्द स्त्रविरलाई यसो भन्नु भयो "आवुसो ! भोलि संगायनाको कार्य प्रारम्भ हुने भैसक्यो। तिमी भने शैक्ष सकरनियनै छौ। शैक्ष समान - a महावंशमा पनि- “वस्सानं पठमं मासं सवसेनासनेसुपि । कारे पटिसंखारं वत्वामाजातसत्त नो ।-३-१६ b महावंश ३-२६ २४ भएर सम्मेलनमा जान योग्य छैन । अतएव अप्रमादी होउa ।" स्थविर- हरूको बचनले आनन्द स्थविरलाई प्रबल उत्साहित गरियो । वहाँले बीर्य गर्नु भयो अन्तमा वहाँले अरहत फल साक्षात्कार गर्नु भयो । उनी अरहत भएको भोलिपल्ट सघहरू संगायना गर्न भेला भयो त्यस्कारण दोश्रो दिनमा भनेको हो । उपर्युक्त कुराले यो स्पष्ट भयो कि संगायनाको काम वर्षात ऋतुको दोश्रो महिनामा अर्थात श्रावणको कृष्णपक्षमा प्रारम्भ भयो। तिथि के भने- श्रावण कृष्णको पञ्चमि हो। यो तिथि सम्बन्धि कुरा अरू अरू ग्रन्थमा देखिदैन किन्तु दीर्घनिकायार्थ कथामा देखिन्छ त्यसमा यस्तो भनेको छ- 'अनि स्थविर भिक्षुहरू दोश्रो दिनमा पक्षको पञ्चमिको दिन धर्म सभामा एकत्रित भयोb । संगायनाको विषयमा दीपवंशमा पनि भगवान परिनिर्माण भएर तीन महिना बोति चार महिना लागेको बेला भनी भनेकोछ । यस हिसाबले भाद्र लागेको बेला भन्न सकिन्छ । किन्तु त्यहि नै फेरी दोश्रो वर्षावास गर्ने a स्वे आवुसो सन्निपातो त्वं च खो सेक्खो सकरणीयो तेन ते नयुत्त सन्निपात गन्तु अप्पमत्तो होहीति- समन्तापासादिका पृ० ७ b अथ थेरा भिक्खु दुतिय दिवसे पञ्चमीयं पक्खस्स कतभत्तकिच्चा पत्तचीवर पटिसापेत्वा धम्म सभायं सन्नि पतिंसु । - सुमङ्गल विलासिनी, पृ०८ सारार्थ दीपनि विनय टीकामा पनि 'धम्म सभायं सन्निपतिता' भन्ने पदको अर्थ बताएको ठाउँमा 'पक्खस्स पञ्चमियं सन्निपतिसु' भनी लेखी राखेको छ-पृ० ५०

२५
समयमा भनी राखेको वर्षानको दोश्रो महिना नै ठहर्न आउँछ.a। लोन
महिना नागेर चार महिना लागेको बेला भनेको सामान्य व्यवहारको
हिसाब हुन सक्छ ।
संगायनाको काम कुरामा कति महिना बित्यो भन्ने विषयमा जहाँ
पनि सात महिना बित्यो भनी भनेका छन् । यथा :-
"सत्तमासेहि निट्ठासि पठमो संगहो अयं
एवं सत्तहि मासेहि धम्म संगीति निहिता"c
यहाँ विचार गरी हेर्दा कागुनको कृष्ण पक्षतिर संगायनाको काम
समाप्त भयो भनी भन्न सकिन्छ ।
(३) त्यस सभामा, अग्रस्थान प्राप्त भएका भगवानका मुख्य
मुख्य शिष्यहरू पनि छन् कि ? छन् ।
दीप वंशानुसार त्यस सभामा उपस्थित भएका अग्रस्थानd प्राप्त
भगवानका प्रमुख शिष्यहरू ९ जना भएको देखिन्छ । यथा :--
१] "धुतगमा अग्रस्थान प्राप्त महाकाश्यप महास्थविर
२] बहुश्रुतमा अग्रस्थान प्राप्त आनन्द महास्थविर
३] विनयमा अग्रस्थान प्राप्त उपालि महास्थविर
a
पाणिनं अनुकम्पाय, सासनं दीघकालिकं,
अकासि धम्म संगाहं, तिण्णं मासानं अच्चये।
सम्पते चतुत्थेमासे, दुतिये वस्सूपनायिके । दोप वंश ४-३४
b साधारण व्यबहारमा भन्दा भाद्र महिनामा भने पनि फरक पर्दैन ।
c सुमङ्गल विलासिनी पृ० ११, समन्त पासादिका पृ० १०
d हेर, लेखकको संक्षिप्त
बुद्ध
जीवनी
पृ० १०२

४] दिव्यचक्षुमा अग्रस्थान प्राप्त अनुरुद्ध महास्थविर
५] अवबोध हुनुमा (परिभाण) अग्रस्थान प्राप्त वंगीस महास्थविर
६] धर्मोपदेश गर्नुमा अग्रस्थान प्राप्स पूर्ण महास्थविर
७] विचित्र धर्मोपदेश गर्नुमा अग्रस्थान प्राप्त कुमारकाश्या महास्थविर
८] विभक्त भाषणमा अग्रस्थान प्राप्त कात्यायन महास्थविर
९] प्रतिसम्भिदा* चारमा अग्नस्थान प्राप्त कोष्ठित महास्थविर ।"
अरू महास्थविरहरू सबै चतु प्रतिसम्भिदा लाभी निक्लेशो
अरहत्त हुन् । भगवानका मुख्य श्रावकहरू सहित पाँच सय महास्थविरहरू
जम्मा भएर संग्रह गरेको धर्मसमूह हुँदा यसलाई थेरवाद भनियो ।
त्यसकारण भनेको छ :-
"थेरेहि कत सँगहो थेर वादोति वुच्चति b
(४) धर्म र विनय संग्रह गयो भनेको मतलव के ?
विनयलाई छाडेर अरू बाँकिरहेको सम्पूर्ण बुद्ध वचन धर्म
धर्म भनिएकोलाई छाडेर बाँकिरहेको सम्पूर्ण बुद्धवचन विनय हुन् ।
हेर, लेखको धम्मपदत्थकथा परिशिष्ट ४४
a धुतबादानं अग्गोसो कस्सपो जिनसासने
बहुस्सुतानं आनन्दो विनये उपालि पण्डितो ।।
दिब्बचक्खुम्हि अनुरुद्धो वंगीसो पटिभाणवा
पुन्ना व धम्म कथिकानं चित्रकथी कुमार कस्सपो ।
बिभज्जनम्हि कच्चानो कोट्ठितो पटिसम्भिदा।
अओपत्थि महाथेरा अम्गनिक्खितका बहु ॥-
- [दीपवंश ४-७-९]
b दीपदंश, ४ -११

विनय भनेको भिक्षु भिक्षणी, उपासक उपासिकाहरूको विषयमा विधान, नियम, उपनियम, चारित्र-वारित्र शील सम्बन्धमा उपदेश गरो राखेको तथागतको उपदेश हो । धर्म भनेको कुशलाकुशलदेखि निर्वाणसम्म अवबोध गर्ने साधन भैराखेको तथागतबाट उपदेश गरी राखेको शील समाधि तथा प्रज्ञा ज्ञानको समूह हो । संगायनामा किन सर्वप्रथम विनय संग्रह गरेको ? सबै संघको सम्मतिले। कसरी ? संगायनाको कार्य प्रारम्भ गर्न सर्वप्रथम महाकाश्यप महास्थविरले संघ सभामा “सर्वप्रथम के संग्रह गर्नु पर्ला ?" भनी सोधनी गर्दा "सर्व प्रथम विनय संग्रह गर्नु पर्ला" भनी उत्तर आयो। किनभने विनय नै शासनको आयु सम्झिन्छन् । विनय रहे मात्र शासन रहन्छ, विनय रहेन भने शासन पनि रहन सकिंदैनa । विनय सम्बन्धमा विचार धारा फरक पर्दै आएपछि तथागतको शासनमा अनेक शाखा प्रसाखाको प्रादुर्भाव भयो । कालान्तर पछि सरल विनय सूत्रादि पनि रचना भयो । जुन कारणले गर्दा सम्भवतः चाँडैनै थेरवादले आफ्नो मातृभूमी छाड्नु पयो । आज सम्म पनि थेरवादले के दियो भनी सारलाई एकातिर पन्छाई बाहिर बाहिरको असार ब्रोकामात्र पल्टाइ यता उतै छरी दिइने व्यक्तिहरू a आवसो किं पठम संगायाम धम्म वा विनयं वाति ? भिक्खु आहेसु भन्ते महाकस्सप, विनयो नाम बुद्ध सासनस्स आयु, विनये ठित सासनं ठितं होति तस्मा पठमं विनयं संगायामाति- [समन्त पासा- दिका पृ.७] २८ छन्- यो त संसारको स्वभावनै हो । फल फलेका बृक्षमा काम नलाग्ने जस्ता पात बोक्रा आदि पनि हुन्छन । तैपनि यो जाने देखिएको होरो नभए देखि कामै नलाग्ने हुँदैन । त्यसकारण विनय शासनको आयु हो । संगायना गर्नु पर्ने मुख्य उद्योगनै शासन चिरस्थाइ गर्न हो। अतएव सर्वप्रथम विनयको नै संगा- यना गर्न युक्ति युक्त ठहरायो । सर्व संघको सम्मतिले महाकाश्यप महा- स्थविरले शासन चिरस्थाइ गर्ने दृष्टिले उपालि महास्थविर संग विनय सम्बन्धि सबै प्रश्न गर्नु भयो । तदनन्तर आनन्द स्थविरसंग धर्म र (सूत्राभिधर्म) सम्बन्धि प्रश्न गर्नु भयो। यसरी दुइ नामले मात्र धर्म संगायना गर्नु परेको किन ? सम्भवतः भगवानले परिनिर्वाण समयमा "आनन्द ! म निर्वाण भइ सके पछि तिमिहरूले हाम्रा शास्ता रहेन भनो शोक गर्नु पर्दैन । मेरो शेष पछि मैले उपदेश गरेर प्रज्ञपित गरी राखेको धर्म र विनय नै तिमी- हरूको शास्ता हुनेछ गुरु हुनेछ"a भनी भन्नु भएकोले यसो गरेको सक्छ। धर्म र विनय भनेको के हो ? धर्म भनेको सूत्रादि धर्म दुबै हुन् । बिनय भनेको विनय पिटक सबै हो । त्यसकारण धर्म र विषयको विभाग गरी देखाइ राखेको ठाउँमा बुद्ध घोष अर्थ कथाचार्यले अवशेष बुद्ध वचन सबैलाई धर्म भनी a यो खो आनन्द मया धम्मो च विनयो च देसितो पञ्जतो सो वो ममच्चयेन सत्थाति "महापरिनिब्बाण सुत्त" - राखेकोan संगायना भइसके पछि आचार्यहरूले धर्म संग्रहमा रहेको विशेष धर्म, परमार्थ धर्म (चित्त चेतसिक) सबै एकत्रित गरी अभिधर्म भनी विभक्त गरे । यसरी धर्म संग्रह भनिएकोमा सूत्र पिटक र अभिधर्म पिटक दुबै अन्तरगत भयो। त्यसकारण समन्त पासादिकामा, संग्रहित सबै धर्म-विनयलाई तीन प्रकारले विभक्त गरी देखाइएकोमा विनय पिटकादि भनी भनेका हुनb । यसको विस्तार पूर्वक कुरा तीन पिटकको कुरामा आउनेछ। स्थविरले भन्नु ल्हासाको दुल्वा भन्ने सर्वास्तिवादीहरूको बिनय पुस्तकको दोश्रो भागमा उपयुक्त विषयमा यसतो भनेको छ- धर्मको कुरा आनन्द महा- भयो। विनयको कुरा उपालि महास्थविरले भन्नु भयो । त्यस्तै मात्रिका (मातिका)- अभिधर्म) को कुरा महाकाश्यप महास्थ- विरले भन्नु यस विषयमा फाहीयानले उपरोक्त कुरा समान र हुयेन सांगले निम्न लिखित कुरा समान अभिधर्म महाकाश्यप महास्थविरले संग्रह गयो भयो । a कथं धम्मविनय वसेन दुविधं ? सब्बमेवेतं धम्मोच विनयोचाति सं खं गच्छति । तत्थ विनयपिटकं विनयो, अवसेसं बुद्ध बचनं धम्मो- समन्तपासादिका, पृ० ९ कथं पिटकवसेन तिविधं ? सबम्पिहेतं विनय पिटक, सुत्तन्त पिटक, अभिधम्म पिटकति तिप्पभेदं होति-समन्त पासारिका पृ.१० Rockhils life of the Buddha (1907)P. 148 b ३० भनेका छन्। ५. संग्रहित धर्म विनय समुचा कति पिटकना छन् ? तीन पिटकमा छन् यथा (अ) विनय पिटक (आ) सुत्तपिटक तथा (इ) अभिधर्म पिटक । (अ) e दुइ सय भन्दा बढी शिक्षापद भएको महाविभंग (पारा- जिका पाली) र तीन सय भन्दा बढी शिक्षापद भएको भिक्षुणि विभंग (पाचित्तिय पालि) जम्मा (६४) चौसट्ठि भाणवार भएको यो उभय विभंग पाराजिका-पाचित्तिय) (८०) अस्सी भाणवार र (२२) बाईस खन्धक भएको खन्धक (महावग्ग-चूलवग्ग) तथा (२५) पच्चीस भाण- वार र (१६) सोह परिवार भएको परिवार पालियो जम्मा पाँच ग्रन्थलाई "बिनय पिटक" भनियो। आ) (३) तीन वर्ग (४४) चौवालीस सूत्त तथा चौसट्ठी (६४) भाणवार भएको दीर्वनिकायa; पन्ध्र वर्ग एक सय बाहुन्न ! १५२) सूत्र तथा अस्सी भाणवार (८०) भएको मज्झिम निकायb; सात हज्जार d Beals Buddhist Records. e सुमङ्गल विलासिनी पृ. ९ समन्त पासादिका पृ. १० सारार्थ दीपनी, पृ. ५१ a चतुत्तिसेव सुत्तन्ता तिवग्गो यस्स संग हो। एस दीघनिकायोति पठमो अनुलोमिका ।। b दियड्ढ सत सुत्तन्ता द्वे च सुत्तानि यत्थ सो। निकायो मिज्झेमो पञ्चदसवग्ग परिगहो ।।

३१ सात सय वासट्ठी (७७६२) सूत्र र एक सय (१००) भाणवार भएको संयुक्त निकायc फेरी नौ हज्जार पानसय सन्ताउन्न (९५५७) सूत्र र दुइ हज्जार (२०००) भाणवार भएको अंगुत्तर निकायd; खुद्दकपाठ, धम्मपद, उदान, इतिवृत्तक, सुत्तनिपात, विमानवत्थु, पेतवत्थु, थेरगाथा, थेरीगाथा, जातक, निद्देस, पटिसम्भिदा, अपदान बुद्धवंस तथा चरिया पिटक आदि जम्मा पन्ध्र (१५) ग्रन्थ भएको खुद्दक निकायe यसरी जम्मा पाँच निकायलाई 'सूत्र पिटक' भनियो । (इ) सात (७) विभङ्गले युक्त धम्मसंगिणि, अट्ठार (१८) विभक्तिले युक्त विभंग; चौध (१४) विभागले युक्त धातु कथा, (६) प्रज्ञप्तिले युक्त पुग्गलपत्ति, एक हज्जार (१०००) सूत्र भएको कथा वत्थु, दस (१०) यमक भएको यमक तथा चौबीस (२४) प्रत्यय भएको पट्टान यत्ति सात (७) महाग्रथलाई 'अभिधर्म पिटक' भनियो। (६) कसरी धर्म र विनयलाई पाँच निकायमा विभक्त गरियो ? दीर्घ निकाय आदि चारनिकाय छाडेर अर्थात बाहेक अरू बाकि रहेको विनय, अभिधर्म तथा पन्ध्र साना साना ग्रन्थ समेतलाई खुद्दक c सत्तसुत्त सहस्सानि सत्तसुत्त सतानि च । द्वासट्टि चेव सुत्तन्ता-एसो संयुत्त संग हो ।। d नवसुत्तसहस्सानि पञ्चसुत्त सतानि च । सत्तपञास सुत्तानि संखा अंगुत्तरे अयं ।। समन्तपासादिका पृ० १५ e सारार्थ दीपनी ५४ पृष्ठमा बुद्धवंस र चरियापिटक छाडेर ते-हौं ग्रन्थ मात्र खुद्दकनिकायमा राखिएको छ ।

३२ निकाय अन्तर्गत गरियो । यसरी सम्पूर्ण धर्म र विनय पाँच निकायमा अन्तर्गत भएको हो। तसर्थ भनेको छin- "ठपेत्वा चतुरो पेते निकायो दीघ आदिको तदनं बुद्ध वचनं निकायो खुद्द को मतोति ।"a (७) धर्मस्कन्ध कति छन ? जम्मा ८४००० चौरासी हजार धर्मस्कन्ध छन् । यसको विस्तार थाहा पाउने इच्छुकले समन्तपासादिका हेर्नु पर्छ । यति धर्मस्कन्ध मध्ये तयागतको तर्फबाट ८२००० बयासी हजार र श्रावकहरूबाट २००० दुइ हजार गरी जम्मा चौरासी धर्मस्कन्ध भयो । तसर्थ भनेको छ- "द्वासीति बुद्धतो गन्हि द्वसहस्सानि भिक्खुलो चतुरासोति सहस्सानि येमे धम्मा पवत्तिनो ति ।b a समन्तपासादिका पृ० १६ b समन्तपासादिका पृ० १६ द्वितीय संगीति [राजावली] देवदत्तको कुमन्त्रणा सुनेर अजातशत्रु राजकुमारले पिता राजा विम्बिसारको हत्या निर्दयतापूर्वक गरेर राज्य हस्तगत गरे। 'जस्तो गर्छ उस्तै पाउँछ' भन्ने लोकोक्ति मैं भगवान निर्वाण भएको २४ वर्षपछि सम्म राज्य गरी सकेपछि राजा अजातशत्रुलाई पनि आफ्ना छोरा उदायिभद्र कुमारले प्राण लिए । उदायिभद्रले पितृ हत्या गरेर राज्य लिई १६ वर्ष सम्म राज्य गरे। तिनका अनुरुद्ध र मुण्ड नामका दुई छोरा थिए । यिनीहरूले पनि पितृ हत्या गरेर राज्य लिए । अनुरुद्ध र मुण्ड दुइ दाज्यू भाईले आठ वर्ष राज्य गरे । त्यति बेला मुण्ड राजाको छोरा नागदास राजकुमारले आफ्ना पितालाई मारेर राज्य लिए। नागदासले (२४) वर्ष राज्य गरे । यसरी वंश परम्परा अनुसार पितृहत्या गरी राज्य गरी आएका राजकुल भएको हुँदा यस कुललाई 'पितृ घाटक वंश' पनि भन्दछन् । नागदास राजाको समयमा जनता र राजकर्मचारीहरूको मनमा निकै असन्तोष वृद्धि भयो । नागदास राजाको प्रति जनताहरूको केही पनि विश्वास तथा भक्ति रहेन । एकदिन नागरिकहरूले नागरासलाई पदच्युत गरेर सुसुनाग नामक गुणवान, बुद्धिमान मन्त्रीलाई राज्याभिषेक दिए। यिनले प्रजावर्गको इच्छानुकूल अट्ठार वर्ष सम्म राज्य गरे। सुसुनाग राजा स्वर्गारोहण भएपछि राजाका छोरा कालाशोक राजकुमारलाई राज्य प्राप्त भयो। कालाशोक राजाले २८ वर्षसम्म राज्य गरे। भगवान ३४ x a परिनिर्वाण भएको एक सय वर्षपछि कालाशोक राजाको समय भयो x त्यस बखत वैशाली नगरमा निकै धेरै वृजिपुत्रक भिक्षुहरू थिए । तिनीहरूले वैशाली नगरमा निम्न दश कुराहरू प्रचार गरे- (१) सिंगमा नून हुन्छ; (२) दुइ अंगुल बिते पनि (३) ग्रामान्तर हुन्छ; (४) आवास हुन्छ; (५) अनुमति हुन्छ; (६) गरी राखेकै हुन्छ; (७) दहि नजमेको हुन्छ; (८) रक्सी नभएको हुन्छ । संजाप नभएकोमा बस्नु हुन्छ (१०) असर्फी रूपैजा हुन्छ ।"a त्यसबेला आयुष्मान काकण्डकपुत्रb यश स्थविर वृजिदेशमा भ्रमण (१) कप्पति सिगिलोन कप्पो, (२) कप्पति द्वगुल कप्पो, (३) कप्पति गामात्तर कप्पो, (४) कप्पति आवास कप्पो, (५) कप्पति अनुमति कप्पो, (६) कप्पति आचिण्ण कप्पो, (७) कप्पति अमथित कप्पो, (८) कप्पति जलोगिपातुं, (९) कप्पति अदसकं निसीदनं, (१.) कप्पति जातरुपरजतं । चूलवग्ग । आयुष्मान काकण्डकपुत्र यश भिक्षु तथागतको दर्शन प्राप्त आनन्द महास्थविरको शिष्य हुन् । त्यसबखत आनन्द महास्थविरका शिष्य- हरू यश भिक्षु सहित ६ जना थिए । यथा :- सर्वकामी, साल्ह, रेवत, खुज्जसोभित, यश, तथा सम्भूत । अनुरुद्ध महास्थविरका शिष्यहरू दुइजना थिए । यथाः- वासभगामिक र सुमन । यिनी आठजना महास्थविरहरू भगवान दर्शन पाएका हुन् । -महावंश ४-५७ ५९ - गर्दै वैशालीमा पुगेर महावनको कुटागार विहारमा बस्नु भयो । एक दिन उपोसथको दिन a वृजिपुत्रक भिक्षुहरूले उपोशथागारमा b भिक्षु संघको माझमा पानीले भरीएको काँसको भाँडा राखेर वैशाली निवासी उपासकहरूलाई यसो भने- "उपासक हो! संधलाई सुन चाँदी रूपैया पैसा के दिने इच्छा छ देउ, एक रूपैंया भए पनि देउ, एक मोहर भए पनि देउ, एक सुका भए भए पनि देउ, संघहरूको परिष्कारादिको निम्ति उपकार हुनेछ ।' वृजिपुत्रक भिक्षहरूको यो कुरा सुनेर आयुष्मान काकण्डक पुत्र यश भिक्षुले उपस्थित उपासकहरूलाई यसो भने- "उपासक हो ! संघलाई कार्षापण (रूपैंया) नदेउ । श्रमण शाक्यपुत्रहरूलाई रूपैया पैसा अयोग्य छ । न श्रमण शाक्यपुत्रहरूले रूपया पैसा स्वीकार गर्ला, न ग्रहण गर्ला । वहाँहरू सुन चाँदी रूपैया पैसाको सम्बन्ध सबै छाडी आउनु भएका ।"d - पृ० १३ a हेर्नुस् लेखकको धम्मपदट्ठकथाको, बोधिनी b भिक्षुहरूको विनयकर्म गर्न विशेष विधानपूर्वक बनाई राखेको स्थान c देथावुसो संघस्स कहापणाम्पि, अड्डम्पि, पादम्मि, मासकरूपम्पि, भविस्सति संघस्स परिकखारेन करणीयन्ति ।- चूलवग्ग d आवुसो. अदथ संघस्स कहापणम्पि, भड्ढम्पि, पादम्पि, मासकरुपम्पि। न कप्पति समणानं सक्यपुत्तिकानं जातरुपरजतं । नपरिगण्हन्ति समणा सक्यपुत्तिका जातरुपरजतं । निक्खित्त मणिसुवण्णा सभ्य- पुत्तिका, अपेत जातरुपरजतन्ति - चूलवग्ग .

यस्तो भनेता पनि वैशाली निवासी कुनै उपासकहरूले सुन दिए। कुनैले रूपैया दिए, कुनैले पैसा दिए । भोलिपल्ट वृजिपुत्रक भिक्षुहरूले प्राप्त भएको सुन चाँदी रूपैंया पैसा जम्मै भाग लगाएर बाँडो लिए। आयुष्मान काकण्डकपुत्र यश भिक्षुलाई पनि 'आवसो ! लेउ यो तिम्रो भागमा परेको सुन' भनी दिए । परन्तु वहाँले 'मलाई सुन चाँदी रूपैया पैसाको आवश्यक छैन, न मैले यस्ता वस्तु ग्रहण नै गर्छ' भनी स्वीकार गर्नु भएन । आयुष्मान यश भिक्षुको कुरा सुनेर वृजिपुत्रक भिक्षुहरूको मनमा चोट (चीसो) प-यो । अनि तिनीहरूले 'यिनी आयु- ष्मान यशले श्रद्धा सुप्रसन्न उपासकहरूलाई नचाहिने कुरा सुनाएर अप्रसन्न पारे त्यसकारण हामीहरूले यो भिक्षुलाई प्रतिसारणीय कर्म e (उपासक- हरूसंग क्षमा याचना गराउने काम) गर' भनी आयुष्मान यश भिक्षुलाई त्यसो भने । अनि आयुष्मान यश भिक्षुले वृजिपुत्रक भिक्षुहरूलाई यसो भने- आवुसो! भगवानले प्रतिसारणीय कर्म याचना गरिरहेको भिक्षुलाई अनुदूतf दिनुपर्छ भनी राखेको छ; तसर्थ मलाई पनि अनुदूत भिक्षु एकजना देउ।" e उपासक पक्षको श्रद्धा बिग्रिने काम अथवा कुरा तथा तिनीहरूलाई अप्रसन्न गर्ने भिक्षुलाई भिक्षु संघहरूले, त्यो उपासक पक्षसंग क्षमा माग्न पठाउने विनयकर्मलाई 'प्रतिसारणीय कर्म-पटिसारणीय- +-- कम्म' भन्छन् । धमा याचना गर्न जाने भिक्षुसंगै अर्को एकजना भिक्षु साथी पठाई दिनुपर्छ । त्यो साथ जाने भिक्षुलाई अनुदूत भन्दछन् ।

- वृजिपुत्रक भिक्षुहरूले संघ तर्फबाट एकजना भिक्षुलाई सम्मत गरेर अनुदूत दिए । आयुष्मान यश भिक्षु अनुदूत भिक्षुसंगै वैशाली नगरमा गएर त्यहाँका उपासकहरूलाई यसो भने- "भो उपासक हो ! मैले तपाईंहरूलाई गालि गयो, तपाईंहरूको श्रद्धा दूषण ग-यो, तपाईंहरूलाई अप्रसन्न पायो; जुन म अधर्मलाई अधर्म, धर्मलाई धर्म, अविनयलाई अविनय, विनयलाई विनय भन्ने हुँ ।"g त्यहाँ आयुष्मान काकण्डकपुत्र यश भिक्षुले उपासकहरूलाई निम्न कुरा बताए- उपासक हो ! शाक्यमुनि बुद्ध श्रावस्ती जेतवन विहारमा विहार गर्नु भएको बेलामा एक दिन वहाँले भिक्षुहरूलाई यस्तो आज्ञा गर्नुभयो- "भिक्षु हो ! चार कारणले चन्द्र सूर्यको रश्मि, तेज मलिन भएर जान्छ । बादल, हिउँ, धुवा, तथा राहु । यस्तै भिक्षु हो ! ब्राह्मणहरूको तेज, रश्मि मलिन हुने कारण पनि चार छन्; यथा- सुरापान, मैथुन धर्म, रूपैंया पैसा प्रतिग्रहण तथा मिथ्या जीविका ।" एक समय भगवान बुद्ध राजगृहमा वेलुवन कलादक निवासमा विहार गरी रहनु भएको थियो । त्यसबखत राजदरवारमा अनेक राज- पुरुषहरू भेला भएर, श्रमण शाक्यपुत्रहरूलाई रूपैया दिनु हुन्छ, तिनीहरूले रूपैंया पैसा ग्रहण गर्छन्, स्वीकार गर्छन् भनी कुरा गरी रहे । अनि मणिचूड ग्रामणी भन्ने द्वारेले त्यस परिषदलाई यसो भने-"आर्यहरू ! त्यसो नभन्नु होस्, श्रमण शाक्यपुत्रहरूलाई रूपैया पैसा हुँदैन न वहाँहरूले g यो हं अधम्मो अधम्मोति वदामि, धम्मो धम्मोति पदामि, विनयं अविनयोति वदामि, विनयं विनयोति वदामि-चूलवग्ग यथा - श्रमण - ३८ रूपैया पैसा ग्रहण गर्नु हुन्छ, न स्वीकार गर्छन्, वहाँहरूले त्यस्ता सुन, चाँदी, रूपैया पैसाको सम्बन्ध सबै छाडी सकेको छ ।” यो कुरालाई राज- पुरुषहरूले स्वीकार गरे । अनि मणिचूड ग्रामणी भगवानकहाँ गई उनलाई वन्दना गरी एक छेउ बसेर आफुले अन्तपुरमा राजकुमारहरूलाई भनेको कुरा सबै बताई यसरी सोधे- "भन्ते ! के मैले भगबानको उपदेशानुशार कुरा बताएँ ? तपाईं- हरूको निन्दा हुने किसिमसंग त बताइएन ? अथवा तपाईंहरूले नबताउनु भएको, भनेको कुरा बताएँ कि ?" "ठीक छ मणिचूड तिमीले बताएको कुरा त्यसै हो। यसमा केही दोष छैन । न तिमीले भगवानले नबताएको कुरा बतायौ। ग्रामणी ! न श्रमण शाक्यपुत्रहरूलाई रूपैया पैसा योग्य छ, न उनीहरूले त्यसलाई ग्रहण गर्ना । ग्रामणी ! जसलाई रूपैया पैसा योग्य छ त्यसलाई पञ्चकाम पुण पनि योग्य छ । यो पनि तिमीले जानी लेउ कि जसलाई पञ्चकाम गुण योग्य छ त्यसको अवश्य नै अश्रामाण्य अ शाक्यपुत्रिय हुनेछ । फेरि ग्रामणी ! घाँस चाहिनेले घाँस खोज्नु पर्छ, पुरुष चाहिनेले पुरुष खोज्नु पर्छ, गाडा चाहिनेले गाडा खोज्नु पर्छ भनी भन्छु । परन्तु ग्रामणी! कुनै किसिमबाट पनि मैले रूपैया पैसा ग्रहण गर्न योग्य, रूपैया, पैसा खोज्नु पर्छ भन्दिन ।"i h यस्सखो गामणी जातरुपरजतं कप्पति पञ्चपि कामगुणा कप्पन्ति । चूलवग्ग i' यस्मेवाहं धामणी केनचि परियायेन जातरुपरजतं सादितब्बं परि- येसितब्बन्ति वदामि । -चूलवग्ग उपासक हो ! यो पनि मलाई थाहा छ कि एक समय भगवान बुद्ध राजगृहमा बस्नु भएको बेलामा उपनन्द शाक्यपुत्रको कारणमा उनी समन्तभद्रले रूपया पैसा ग्रहण गर्न नहुने शिक्षापद बनाउनु भयो । यस्तो कुरा बताउने म हुँ उपासक हो, जसले उपासकहरूलाई अप्रसन्न पायो - जुन धर्मलाई धर्म, अधर्मलाई अधर्म, विनयलाई विनय, अविनयलाई अबिनय भन्ने हो । आयुष्मान काकण्डकपुत्र यश भिक्षुको यस कुरालाई सुनेर वैशाली निवासी उपासकहरू सबै प्रसन्न भएर यसो भने- "एक मात्र आर्य काकण्डकपुत्र यश भिक्षु श्रमण शाक्यपुत्र हो; अरू सबै अ-श्रमण अ-शाक्यपुत्रिय हुन् । भन्ते ! तपाई वैशालीमा बस्नु होस् हामी तपाईलाई चतुप्रत्यय j द्वारा उपस्थान गछौं । यस प्रकारले वैशाली निवासी उपासकहरूलाई सम्झाई आयुष्मान काकण्डकपुत्र यश भिक्षु अनुदूत भिक्षुसंगै विहारमा फर्के अनि वृजिपुत्रक भिक्षुहरूले अनुदूत भिक्षुसंग 'यश भिक्षुले उपा- सकहरूसंग क्षमा माग्यो कि' भनी सोधेपछि अनुदूत भिक्षुले यसो भने- "कहाँ आयुष्मान हो क्षमा माग्ने कुरा । झन उपासकहरूले हामी सबैलाई अ-श्रमण अ-शाक्यपुत्रिय तुल्याएर आयुष्मान काकण्डकपुत्र यश भिक्षु एक मात्रलाई श्रमण शाक्यपुत्रिय गरी पठाए।" यो कुरा सुनेर वृजिपुत्रक भिक्षुहरूले 'आवुसो ! यो आयुष्मान यस भिक्षुले हाम्रो सम्मत्ति नलिई उपासकहरूलाई उपदेश गयो तसर्थ । j हेर्नुस् लेखकको धम्मपदट्ठकथा बोधिनी पृ० १७ ४० हामी यसलाई उपखेपनीय कर्मk गरौं भनी सल्लाह गरी भिक्षुहरू सबै सोमागृहमा भेला भए। आयुष्मान काकण्डकपुत्र यश भिक्षु आकाशमा उडेर कौशाम्बोमा उपस्थित हुन गयो । त्यहाँ आयुष्मान काकण्डकपुत्र यश भिक्षुले पावामा बस्ने र दक्षिणापथ अवन्तिमा बस्ने भिक्षुहरूलाई यसरी सूचना पठायो- "अधर्म र अविनय प्रचार हुनु भन्दा अगावै, धर्म र विनयको प्रतिक्षेप हुनु भन्दा अगाचे अधर्मवादी र अविनयवादीहरू सबल भएर धर्मवादी तथा विनयवादी दुर्बल हुनु भन्दा अगावै - यो अधिकरण (विवाद-झगडा) समाधान गर्न तपाईं आयुष्मानहरू आउनु पन्यो।" । त्यसबेला आयुप्मान साणवासी सम्भूत स्थविर आहोगंगा पर्बतमा बस्नु भएको हुँदा आयुष्मान यश भिक्ष त्यहाँ गई आयुष्मान सम्भूत स्थविरलाई वन्दना गरी वैशाली निवासी भिक्षुहरूले भनी हिंडेको, गरी हिंडेको कुरा सबैलाई 'अधर्म र अविनय प्रचार हुनु भन्दा अगावै यो अधिकरण हामीहरूले छिन्नुप-यो' भनी निवेदन गरे । आयुष्मान सम्भूतले 'हो' भनी उत्तर दिए। - k संघ सभाबाट बहिष्कार गर्ने विनयलाई उखेपनीय कर्म भन्दछन् । 1 आगच्छन्तु आयुस्मन्तो, इमं अधिकरणं आदियिस्साम पुरे अधम्मो दिप्पति धम्मो पतिवाहिति, अविनयो दिप्पति विनयो पटिवाहियति, पुरे अधम्मवादिनो बलवन्तो होन्ति धम्मवादिनो दुब्बला होन्ति, अबिनयवादिनो बलवन्तो होन्ति, विनयवादिनो दुब्बला होन्ति । चलवग्ग ४१ अनि त्यहाँ पाखामा बस्ने धुतंगधारीण अरहतहरूn ६० जना र दक्षिणापथ अवन्तिमा वस्ने ८० जना अरहत भिक्षुहरू आइपुगे। निमन्त्रित भिक्षुहरू सबै आइपुगेपछि सबै भेला भई 'यो अधिकरण सारै जोरदार छ अतएव यो अधिकरण छिन्न कसको सहायता लिन पर्ला ? कसो गर्नु पर्ला ? भन्ने इत्यादि सल्लाह गरे। त्यसबखत आयुष्मान रेवत स्थविर सोरेय्यमा बस्नु भएको थियो। रेवत स्थविर त्यसबेला भएका भिक्षुहरू मध्ये एक महान पण्डित, धर्मधर, विनयधर, मातृकाधर, प्रतिसम्भिदालाभीa अरहत हुनुहुन्थ्यो । अत: स्थविरहरूको मनमा रेवत महास्थविरको सहायता लिने विचार उयो । उता सोरेय्यमा बस्ने रेवत महास्थविरले अहोगंगा पर्वतमा बसेर स्थविर- हरूले सल्लाह गरीरहेको कुरा दिब्य ध्यानले जानेर 'यो विवाद साहै चर्को छ, यसमा अल्झिनु ठीक हुँदैन' भन्ने विचार आएपछि वहाँ रेवत महास्थविर सोरेय्य बाट संकाश्य जानु भयो । स्थविर भिक्षुहरू पनि सल्लाह गरी रेवत महास्थविर भेट्न अहोगंगा पर्वतबाट सोरेय्य गए। त्यहाँ उनलाई भेट्न नपाउँदा संकाश्य गए। रेवत महास्थविर त्यहाँबाट कान्यकुब्ज गयो भने समाचार सुनेर तिनीहरू त्यही गए। यसै गरी जांदा जाँदा स्थविरहरूले रेवत महास्थविग्लाई सहजातिमा भेट्टाए । अनि त्यहाँ साणबासी सम्भूत स्थविरले आयुष्मान यश स्थविरलाई यसो भने :- m m हेर्नुस् लेखकको धम्मपद्द कथा बोधिनी पृ० ३२ n हेर्नुस् लेखकको धम्मदद्द कथा बोधिनी पृ० ४ a हेर लेखकको धम्मपदट्ठ कथा, वोधिनी पृ. ४४ ।

४२ "आयुष्मान ! उनि रेवत महास्थविर बहुश्रुत धर्मधर मातृका घर तथा व्यक्त पण्डित हुनुहुन्छ । यदि हामीले वहाँसंग प्रश्न गयो भने एउटै प्रश्नलाई रातभर बिताइ दिन सक्नु हुन्छ । तसर्थ वहाँको शिष्यलाई पढाउन सिद्धिने बित्तिकै तिमीलेनै त्यो दस बस्तुको विषयमा प्रश्न गर ।' "हवस् भन्ते ।" भनी आयुष्मान यश स्थविरले सम्भूत स्थविर- लाई उत्तर दियो। पछि रेवत महास्थविरले आफ्नो शिष्यलाई पढाउन सिद्धिएपछि यश स्थविरले उनलाई वन्दना गरी यसरी प्रश्न गरे- (१) सिंगमा नून हुन्छ कि भन्ते ? यो के भनेको आवुसो ? भन्ते, नून नभएको ठाउँमा सिंगमा नून राखेर लान हुन्छ कि हुन्दैन भनेको। हुँदैन आवसो। (२) दुइ अंगुल वितेपछि हुन्छ कि भन्ते ? यो के भनेको आवसो? भन्ते ! दुइ अंगुल छायाँ लामो भएपछि मध्यान्त पछि खान हुन्छ कि हुँदैन भनेको। हुँदैन आवुसो। (३) ग्रामान्तर हुन्छ कि भन्ते ? यो के भनेको आवुसो? भन्ते ! गाउँमा जान्छु भनी भोजन गर्ने भिक्षुले 'पुग्यो' भनी

४३
आफूले प्रतिक्षेप गरीसकेको पदार्थ विना उपाय फेरी खान हुन्छ कि
हुँदैन भनेको।
हुँदैन आवुसो।
(४) आवास हुन्छकि भन्ते ?
यो के भनेको आवसो ?
भन्ते ! एकमात्र सोमागृह भएको ठाउँमा रहेका विभिन्न आवा-
सिक भिक्षुहरूले अलग अलग उपोसथb गर्न हुन्छ कि हुँदैन भनेको ।
हुँदैन आवुसो।
(५) अनुमति हुन्छ कि भन्ते ?
यो के भनेको आवतो?
भन्ते ! पछि आउने भिक्षुहरूको अनुमति लिउला भन्ने मनमा
राखी एक समूह अलग संघहरू जम्मा भएर उपोसथ कर्म गर्न हुन्छकि
हुँदैन भनेको।
हुँदैन आवसो।
(६) गरीराखेकै हुन्छ कि भन्ते ?
यो के भनेको आवुसो?
भन्ते ! यो हाम्रो उपाध्यायहरूले गरीराखेको वा गरी आएको
भनी आफूले पनि त्यस्तै गर्न हुन्छ कि हुँदैन भनेको ।
कृनै हुन्छ कुनै हुँदैन आवसो।
(७) दहि नजमेको हुन्छ कि भन्ते ?
यो के भनेको आवसो?
b हेर लेखकको धम्मपदत्थकथा बोधिनी
पृ. १३ ।

४४ भन्ते ! भोजन गर्ने ले जुन दूध 'पुग्यो' भनी प्रतिक्षेप गरीसक्यो, पछि सोहि दूध दही नजम्दै पिउन हुन्छकि हुँदैन भनेको। हुँदैन आवुसो। (८) रक्सि हुन नपाएको हुन्छ कि भन्ते ? यो के भनेको आवसो ? भन्ते ! रक्सि बनाउन भनी कट आदी बनाइ राखेको, साँचे ने रक्सि हुन नपाएको जाँड आदि तथा अरूपनि फलफूल बाट बनाइराखेका निस्सा भएको पदार्थ पिउन हुन्छ कि हुँदैन भनेको । हुँदैन आबुसो। (९) किनारा नभएको हुन्छकि भन्ते ? यो के भनेको आवुसो? भन्ते ! किनारा (सजाप) नभएको लम्पटमा बस्न हुन्छ कि हुदैन भनेको। हुँदैन आवसो। (१०) असफि रूपैया हुन्छकि भन्ते ?a हुँदैन आवसो। यो दस कुराको विषयमा ल्हासाको पुस्तकमा यस्तो छ- (१) विस्मय प्रकाश गर्न अहो आदी शब्द घोषणा गर्नु (२) धार्मिक काम कुरोमा हर्षित भएर चिच्याउनु (३) जिमिन खनेर खेति गर्नु (४) यावजिवीक समान भएको नून यावकालिक बस्तुसंग खानु (५) एक योजन अथवा अधियोजन गएर 'बाटोमा गइरहेको हौं” भनी a H- कृ.प.उ.

भन्ते ! वैशाली निवासी वृजिपुत्रक भिक्षुहरूले उपर्युक्त दस कुरा हुन्छ भनी प्रचार गर्दैछ । अधर्म र अविनय प्रचार हुनु भन्दा अगावै हामीले यो अधिकरण छिन्नु प-यो भन्ते । 'हो आवुसो' भनी रेवत महास्थविरले आयुष्मान यश स्थविरलाई उत्तर दिए। x x X उता वैशाली निवासी वृजिपुत्तक भिक्षुहरूले आयुष्मान काकण्डक- पुत्त यश भिक्षुले यो अधिकरण निश्चय गर्नलाई पक्ष खोजि हिडेको तथा पक्ष प्राप्त भएको कुरा सुन्यो। उनीहरूले पनि यस्तो सनमा विचार गयो- “यो अधिकरण सारै चर्को छ । हामीले पनि कुनैको पक्ष प्राप्त गर्नु पर्ला, जसबाट हाम्रो पक्ष सबल हुनेछ ।' यति मनमा लिई तिनीहरूले यसरी सल्लाह गरे-- “उनि रेवत महास्थविर आज भोलि बडा महान विद्वान हुन् । उनी धर्मधर, विनय धर पनि हुन् तसर्थ यदि हामीले वहाँको पक्ष प्राप्त गर्न सकियो भने हाम्रो पक्ष बलियो हुनेछ । " खानु (६) पुग्यो भनी प्रतिक्षेप गरीसकेको बस्तु दुई बै बाके त्रिपेर खानु (७) जुकाले रगत पिए झै बिरामी भन्दै रक्सि जाँड पिउनु (८) जति दूध छ उतिनै मोहि मिलाएर विकालमा पिउनु (९) पुरानु लेपत्मा रहेको कपडा तथागतको हातले एक भित्ता जति नलिइ नयाँ लम्पत बनाउने (१०) सुन चाँदी लिनु इत्यादी दस कुरा हुन्छ । -बौद्ध लमया १३-७ यति सल्लाह गरी तिनीहरूले रेवत महास्थविरलाई लोभ देखाउन श्रमणहरूलाई चाहिने चोवरादि अनेक परिस्कार संग्रह गरी रेवत महा- स्थविर कहाँ जान भनी नाउमा बसी सह जातिमा गए। त्यसबेला सहजातिमा महास्थविर बसिरहनु भएको थियो । एकदिन एकान्तमा बसीरहेको बेलामा वहाँले बैशालिमा बस्नेहरूको विवादको कुरा सुनेर 'यिनीहरू मध्ये कुनचाहिं धर्मबादी रहेछ' भनी धर्म र विनयको कुरासंग दाँजेर राम्रो संग विचार गरी हेर्दा 'पावामा बस्ने भिक्षुहरू धर्मबादी' हुन् भन्ने निश्चय गरे । वैशालि निवासी वृजिपुत्तक भिक्षुहरू श्रमण परिष्कार लिई रेवत महास्थविर कहां गएर वहाँलाई दण्डवत गरी यसो भने :- "भन्ते ! लिनु होस् तपाईलाई आवश्यक भएको परिष्कार चाहे संघाटि चाहे उत्तरा संग।" रेवत महास्थविरले 'म संग सबै कुरा छ । आवुसो, मलाई केही चाहींदैन" भनी कुनै परिष्कार लिनु भएन । त्यसबेला रेवत महास्थविरकहाँ वहाँलाई उपस्थान गर्ने उपसम्पदा वर्ष २० भएको भिक्षु एउटा थियो। महास्थविरले कुनै परिष्कार ग्रहण नगरेपछि वृषिपुत्तक भिक्षुहरू आयुष्मान उत्तर कहाँ गएर यसो भने- "आयुष्मान उत्तर ! तपाईंलाई चाहिने परिष्कार लिनु होस ।" परन्तु उसर स्थविरले पनि केहि नलिए पछि वृजिपुत्तक भिक्षुहरूले यसो भने- "आयुष्मान ! भगबानको पालामा भगवानलाई कसैले परिष्कार चढाउँदा यदि भगवानले स्वीकार गर्नु भएन भने मानिसहरू आनन्द ४७ स्थविरकहाँ गएर "भन्ते यो परिष्कार भगवानलाई भनेर ल्याएको परन्तु वहाले स्वीकार गरी लिनु भएन, तसर्थं तपाईंले स्वीकार गर्नु होस जस. बाट भगवानलाई चढाएको जस्तै हुनेछ, तपाईलाई पनि चढाएको हुनेछ" भनी आनन्द स्थविरलाई चढाउँछन् । त्यसकारण तपाईले पनि ग्रहण गर्नु होस, जसबाट हाम्रो मनमा महास्थविरलेनै ग्रहण गर्नु भए मैं हुनेछ" भनी अनेक बार जिद्दि गरे । सारैनै जिद्दि गरेको हुँदा उत्तर स्थविरले उत्तरासंग एउटा लिएर किन ? कुन कारणमा आयौ भनेर सोध्नु भयो। अरू केहि होइन आयुष्मान, महास्थविर रेवतलाई तपाईले एक पटक केवल "पूर्व तर्फ तथागतहरू जन्म हुन्छन् तसर्थ पूर्व तर्फका भिक्षुहरू धर्मवादी, पावानिवासी भिक्षुहरू अधर्मवादी हुन भनी भिक्षु संघ सभामा भनीदिनु होस भनो" यति कुरा सुनाई दिनु होस । 'हुन्छ' भनो रेवत महास्थविर कहाँ गइ उत्तर स्थविरले त्यसो भने । रेवत महास्थविरले “मलाइ यस्तो भन्न आउने! आफुमात्र अधर्मी भएर पुगेन मलाई पनि अधर्ममा राख्न खोजेको होइन !" भनी आफ्नो शिष्य उत्तर भिक्षुलाई निकाली दियो। वृजिपुत्तक भिक्षुहरूले उत्तर भिक्षुसंग रेवत महास्थविरले के भन्नुभयो भनी सोद्धा आयुष्मान उत्तरले यसो भने- "धत्तरी आवुसो तिमीहरू मात्र अधर्मवादी भएर झुगेन मलाई पनि अधर्मबादी गर्न खोजेको ? भनी मलाई रेवत महास्थविरले निकाली दिनु भयो।" "होइन आयुष्मान तपाई उपसम्पदाले २० वर्ष भएको महा- स्थविर होइन र ?

४८ "हो वैपनि हामीले गौरबनोय आफ्ना आचार्यहरूको आश्रय छोडेनौ।" यति कुरा सुनी वृजिपुत्तक भिक्षुहरू सबै असन्तुष्ट भएर रेवत महास्थविरको पक्ष लिन नसको निराश भएर वैशालिनै फर्के । यसबेला कालाशोक राजाले विशेष गरी वृजिपुत्तक भिक्षुहरूको कुरा सुन्ने थियो । त्यसकारण वृजिपुत्तक भिक्षुहरू पाटलिपुत्र गएर राजालाई यसरी चुक्ली गरे :- "महाराज ! हामीले रक्षागरी राखेको महावनमा रहेको गन्ध- कुटी विहार दखल गर्न भनी ग्रामवासी भिक्षुहरू आई रहेको छ । कृपया तिनीहरूलाई रोक्नु होस ।" राजाले यो कुरा सुनेर आवश्यक कार्वाही गरे । त्यस दिनको रातमा राजाले अति भयंकर सपना देखे । राजा भय भीत भए र उठे। उठी सकेपछि यसरी मनमा विचार गरे- ! - 'यो कस्तो सपना ! मलाई के हुने होला !' यसबेला राजाकी बहिनो नन्दाथेरी--अरहतनी आएर राजालाई धैर्य दिलाई यसो भने- नडराउनु होस, यो अरू केही होइन कुसंगतको wwwmun महाराज ! अतिभीतो अहुराजा तमस्सासैतुमागमा; भगिनी नन्दथैरी तु आकासेन अनासवा । भरियं ते कतं कम्मं धम्मिकेय्य खमापय, पक्खो तेसं भवित्वा त्वं कुन सासन संगहं ।-महावंश ४-३९, ४० फल हो । तपाईले जुन भिक्षुहरूको पक्ष लिनु भएको थियो ती भिक्षुहरू धर्मवादी विनयवादी होइनन् । तसर्थ धर्मवादी विनयवादी भिक्षुहरूसंग क्षमा याचना गरेर वहाँहरूलाई सहायता दिएर तथागतको शासन रक्षा गर्नु होस् ।" बहिनी नन्दा अरहतनीको कुरा सुनेर राजाले पछि त्यस्तै गरे । x x x - उता सहजातिमा जम्मा भइरहेका भिक्षुहरू मध्ये जेष्ठ महा- स्थविरले सबैलाई यस्तो भने:- "आवसो! यदि हामीहरूले यो अधिकरण यहिंबाट छिन्ने र निर्णय गयौँ भने सम्भवतः कारणी भिक्षुहरूले पछि फेरि यो कुरा निकालेर विवाद गर्न सकिन्छ । तसर्थ जुन ठाउँबाट विवाद निस्केको हो सोही ठाउँ वैशालिमा गएर यो कुराको निर्णय गर्नु योग्य छ।" रेवत महास्थविरको कुरा सुनेर भिक्षुहरू सबै बैशालिमा प्रस्थान गरे । त्यसबेला जम्बुद्विपका सनै भिक्षुहरूमध्ये जेष्ठ, भगवान बुद्ध दर्शन पाएका, धर्मधर विनयधर भएका, उपसम्पदा वर्षनै १२० एकसय बीस वर्ष पुगेका आनन्द महास्थविरका शिष्य सर्वकामीa महास्थवीर वैशालिमा बस्नु भएको थियो । त्यसकारण वैशाली पुगेर आयुष्मान रेवत महास्थविरले आयुष्मान सम्भूत महास्थविरलाई यसो भने- a सब्बकामी पुथुविया संघत्थेरो तदा अहु, सो वीसं वस्ससतिको तदासि उपसम्पदा । -महावंश ४-५६ "आवसो ! म सर्वकामी महास्थविर बस्नु भएको बिहारमा जान्छु । तिमी पनि त्यहाँ यथासमयमा आएर सर्वकामी महास्थविर सँग यो दस कुराको विषयमा प्रश्न गर ।" "हवस" भनी सम्भूत स्थविरले रेवत महास्थविरलाई उत्तर दिए। यति भनेर रेवत महास्थविर सर्वकामी महास्थविर बस्नु भएको बिहारमा गए । सम्भूत स्थविर पनि यथा समयमा सर्वकामी महास्थविर बस्नु भएको बिहारमा गएर वहाँलाई बन्दना गरी वैशालिमा बस्ने वृमिपुत्रक भिक्षुहरूले गरीहिंडेको भनी हिडेको कुरा सबै बताई उनी महास्थविरसंग यस्तो प्रश्न गरे- "भन्ते ! तपाईले आनन्द महास्थविरसंग निकै धर्म र विनय सिकेर जान्नु भएको छ । तपाईंले जान्नु भएको धर्म र विनयसंग दाँजेर हेर्दा यो भिक्षुहरू मध्ये कुनचाहीं धर्मवादी जस्तो लाग्दछ ?" "तिमीले पनि आवुसो उपाध्यायसंग निकै सिकेर जानेका छौ । तिम्रो विचारमा कस्तो लाग्छ ?" ~ "मेरो विचारमा त भन्ते ! पूर्वतिर बस्ने भिक्षुहरू अधर्मवादी, पावामा बस्ने भिक्षुहरू धर्मवादी जस्तो लाग्छ । किन्तु जबसम्म संघ, सभाले सम्मत गरेर मसँग सोधिदैन तबसम्म मैले विनिश्चय दिन सक्दैन ।" "मेरो विचारमा पनि त्यस्तै हो आवसो ! किन्तु जबसम्म संघ सभाले सम्मत गरेर मसंग सोधिदैन तबसम्म मैले पनि यसको विनिश्चय दिन सक्दैन।"

५१ - यसरी सर्वकामी महास्थविरसँग कुरा सोधिसकेपछि वैशाली निवासी र अरू ठाउँबाट आएका सबै चिक्षुहरू जम्मा भएर यो विवादको विनिश्चय गर्न छलफल गरे । यस सभामा हजारौं भिक्षुहरू थिए । यस छलफल सभामा कोलाहल शब्द ज्यादा भएको हुँदा कुनै कुरा राम्रोसंग निश्चय हुन नसकेपछि आयुष्मान रेवत महास्थविरले संघसभामा यसरी प्रस्ताव राखे- "भन्ते संघ ! जुन विवादको विनिश्चय गर्न भनी हामीहरूले यो महासभामा कुरा गयौं, त्यस विनिश्चय यस महासभामा हुन गाह्रो होला । कोलाहल शब्द ज्यादा भएकोले कसले के भन्यो भन्ने कुरा राम्रोसँग बुझन सकिएन । त्यसकारण तपाई संघहरूको स्वीकृति अनुमति भए, हामीहरूले यो अधिकरणको विनिश्चयलाई उद्बाहिय कर्मद्वारा (Select Committee) अर्थात प्रवर समितिद्वारा गर्नुपर्यो । त्यो प्रवर समिति यस्तो हुनुपर्छ :- चारजना पूर्वतर्फको, चारजना पावा तर्फको।" यो प्रस्ताव सर्व समितिबाट स्वीकृत भयो । अनि यसरी भिक्षुहरू छानिए- पूर्वतर्फका भिक्षुहरू चारजनामा क्रमशः - (१) आयुष्मान मी महास्थविर, (२) आयुष्मान साल्ह महास्थविर, (३) आयु- ष्मान खुज्जसोभित महास्थविर, (४) आयुष्मान वासभ गामिक महास्थविर । पावा तर्फका भिक्षुहरू चारजना क्रमशः- (१) आयुष्मान रेवत महास्थविर (२) आयुष्मान साणवासी सम्भूत महास्थविर, ५२ (३) आयुष्मान काकण्डकपुत्र यश महास्थविर (४) आयुष्मान सुमन महास्थविर। आठ जना भिक्षुहरू छानो सकेपछि आयुष्मान रेवत महास्थविरले सबै संघको सम्मति लिनु भयो। प्रतिनिधिहरूको विषयमा सबैको चित्त बुझेपछि रेवत महास्थविरले संघ सभामा वैधानिक रूपले (कर्मवाचा पढेर) यसरी प्रस्ताव राखे । "भन्ते संघ ! यदि तपाईहरूको अनुमति र स्वीकृति भए पूर्व तर्फ र पावातर्फ बस्ने चार चार जना भिक्षुहरू (जम्मा) आठ जना भिक्षुहरू भेला भएर यो अधिकरणको विनिश्चय गरौं। यसमा जसको चित्त बुझछ त्यो चूप लाग्नु होस, जस्को चित्त बुझेको छैन त्यसले बोल्नु होस।"- यो ज्ञप्ति भयो। यसरी सूचना दिदा कसैले केही नभनेपछि सर्वसम्मतिबाट प्रस्ताव पास थहरायो। सबै संघले अधिकरण विनिश्चय गर्ने भार यी आठ जना चुनिएको संघ सभालाई (Select Committee) दियो। यति भएपछि वहाँहरूले यो अधिकरणको विनिश्चय कहाँ गर्नु पर्ला भनी विचार गरी वालुकारामa मा घोष आदि कम देखी त्यहाँ सबै भेला हुन गए। त्यस सभामा रेवत महास्थविरले सर्वकामी महास्थविरसंग विनय सम्बन्धि प्रश्न गर्ने सम्मति लियो। अनि आयुष्मान रेवत महास्थविरले सर्वकामी महास्थविरसंग यसरी प्रश्न गरे a महावंश ४-६३

(१) भन्ते ! सिंगमा नून हुन्छ ?
सिंगमा नून हुन्छ भनेको के आवुसो ?
भन्ते ! नून नभएको ठाउँमा खान सिंगमा नून राखेर लान
हुन्छकि हुँदैन भनेको।
हुँदैन भावुसो।
कहाँ हुँदैन भनी भनेको छ भन्ते ?
श्रावस्तीमा, सूत्रविभङ्गमाa आवुसो ।
के आपत्ति (=दोष) हुन्छ भन्ते ?
सन्निधिकारक भोजने पाचित्तियं भन्ने आपत्ति हुन्छ ।
यसरी सोधिसकेपछि रेवत महास्थविरले संघलाई यसरी विनि-
श्चय दिनु भयो-
"सुन्नु होस भन्ते संघ ! प्रथम अधिकरणको विनिश्चय संघले
यसरी गयो- "सिंगमा नून हुन्छ' भन्ने कुरा अधर्मयुक्त, अविनय युक्त
र तथागतको वचनबाट बाहिर भएको हुँदा सिंगमा नून हुँदैन' भन्ने
निर्णय भयो। यो प्रथम विनिश्चय भयो । यो एक दियालो झिकें।"
(२) भन्ते ! दुइ अंगुल वितेपछि हुन्छ कि ?
दुइ अंगुल वितेपछि भनेको के आवसो ?
भन्ते दुइ अंगुल छाया लामो भएपछि मध्यान्ह पछि खान हुन्छ
कि हुँदैन भनेको।
-
।
a प्रातिमोक्ष सूत्तको प्राचिन व्याख्या भएको भिक्षु भिक्षणी विभङ्ग
लाइन सूत्तविभङ्ग भन्छन् । हेर लेखकको धर्म विनय ।

५४
हुँदैन आवुसो।
कहाँ हुँदैन भनी भनेको छ भन्ते ?
राजगृहमा, सुत्तविभङ्गमा।
(खायो भने) के हुन्छत भन्ते ?
विकाल भोजने पाचित्तियं भन्ने आपत्ति हुन्छ ।
यसरी सोधिसकेपछि रेवत महास्थविरले संघलाई यसरी विनि-
श्चय दिनुभयो-
"सुन्नु होस भन्ते संघ ! द्वितीय अधिकरणको विनिश्चय संघले
यसरी गयो- 'दुइ अंगुल वितेपछि हुन्छ' भन्ने कुरा अधर्मयुक्त अविनययुक्त
र तथागतको वचनबाट बाहिर भएको हुँदा 'दुइ अंगुल बितेपछि हुँदैन'
भन्ने निर्णय भयो । यो दोश्रो विनिश्चय भयो। यो दोश्रो दियालो किकें।"
(३) ग्रामन्तर हुन्छकि भन्ते ?
ग्रामान्तर हुन्छकि भनेको के आवसो ?
गाउँमा जान्छ भनेर भोजन गर्ने भिक्षुले 'पुग्यो' भनी आफूले
प्रतिक्षेप गरीसकेको भोजन पदार्थ विना उपायद्वारा फेरी खान हुन्छकि
हुँदैन भनेको ।
हुँदैन भाबुस्रो।
कहाँ हुँदैन भनी भनेको छ भन्ते ?
श्रावस्तिमा, सुत्तविभङ्गमा ।
(खायो भने) के हुन्छ त भन्ते ?
अतिरित भोजने पाचित्तियं भन्ने आपत्ति हुन्छ ।

५५
-
यसरी सोधिसकेपछि रेवत महास्थविरले संघलाई यसरी विनि-
श्चय दिनुभयो-
"सुन्नु होस भन्ते संघ! तेश्रो अधिकरणको विनिश्चय संघले
यसरी दियो- 'नामान्तर हुन्छ भन्ने कुरा अधर्मयुक्त अविनययुक्त र
तथागतको वचनबाट बाहिर भएको हुँदा 'नामान्तर हुँदैन' भन्ने निर्णय
भयो यो तेश्रो विनिश्चय भयो । यो तेश्रो दियालो झिके ।"
(४) आवास हुन्छकि भन्ते ?
आवास हुन्छकि भनेको के ?
भन्ते । एकमात्र सीमा-गृह भएको ठाउँमा बस्ने विभिन्न आवा-
सिक भिक्षुहरूले अलग अलग (संघ) उपोसथ गर्न हुन्छ कि हुँदैन
भनेको ।
?
?
हुँदैन आबुसो।
कहाँ हुँदैन भनेको छ
राजगृहमा, उपोसथ संयुक्तमा ।
(उपोसथ गरे) के आपत्ति
विनयातिसारे दुक्कटं भन्ने आपत्ति हुन्छ ।
यसरी सोधिसकेपछि रेवत महास्थविरले संघलाई यसरी विनि-
श्चय दिनुभयो।-
"सुन्नु होस भन्ते संघ ! चौठो अधिकरणको विनिश्चय संघले
यसरी दियो- 'आवास हुन्छ' भन्ने कुरा अधर्मयुक्त अविनययुक्त र
तथागतको वचनबाट बाहिर भएको हुँदा 'आवास हुँदैन' भन्ने निर्णय
भयो । यो चौथो विनिश्चय भयो। यो चौथो दियालो ।"

(५) अनुमति हुन्छ कि भन्ते ?
अनुमति हुन्छ कि भनेको के ?
पछि आउने भिक्षुहरूको अनुमति लिउँला भनेर मनमा राखी
अलग्ग एक समूह संधहरू भेला भएर (
(संघ) उपोसथ गर्न हुन्छ कि
हुँदैन भनेको।
हुँदैन आवसो।
कहाँ हुँदैन भनेको छ भन्ते ?
चाम्पेय्यक विनय वस्तुमा ।
(गयो भने) के आपत्ति हुन्छ त ?
विनयतिसारे दुक्कतं भन्ने आपत्ति हुन्छ ।
यसरी सोधिसकेपछि रेवत महास्थविरले संघलाई यसरी विनि-
श्चय दिनु भयो।-
"सुन्नु होस भन्ते संघ ! पाँचौ अधिकरणको विनिश्चय संघले
यसरी गयो- 'अनुमति हुन्छ भन्ने कुरा अधर्मयुक्त अविनययुक्त र
तथागतको वचनबाट बाहिर पर्छ अतएव 'अनुमति हुँदैन' भन्ने निर्णय
भयो । यो पाँचौ विनिश्चय भयो । यो पाँचौं दियालो क्रिके।
-
(६) गरिराखेकै हुन्छ कि भन्ते ?
गरीराखेकै हुन्छकि भनेको के ?
भन्ते ! यो हाम्रो आचार्यहरूले गरीराखेको, यो हाम्रो उपा.
ध्यायहरूले गरीराखेको वा गरी आएको भनेर आफूले पनि त्यस्तै गर्न
हुन्छ कि हुँदैन भनेको।

५७
-
कुनै हुन्छ कुनै हुँदैन आवसो !
यसरी सोधीसकेपछि रेवत महास्थविरले संघलाई यसरी विनिश्चय
दिनु भयो :-
"सुन्नु होस भन्ते संघ ! छैठो अधिकरणको विनिश्चय संघले
यसरी गयो- 'गरीराखे के हुन्छ' भन्ने कुरा अधर्मयुक्त अविनययुक्त र
तथागतको वचनबाट वाहिर पर्छ अतएवः गरीराखेकै कुनै हुन्छ कुनै
हुँदैन' भन्ने निर्णय भयो । यो छैठौं विनिश्चय भयो । यो छैठौं दियाजो
झिके ।"
(७) दहि नजमेको हुन्छ कि भन्ते ?
दहि नजमेको हुन्छ कि भनेको के ?
भोजन गर्ने ले जुन दूध "पुग्यो" भनी प्रतिक्षेप गरी सकेको फेरी
सोही दूध दहि नजम्दै पिउन हुन्छ कि हुँदैन भनेको ।
हुँदैन आवसो !
कहाँ हुँदैन भनी राखेको छ भन्ते ?
श्रावस्तिमा सुत्तविभङ्गमा ।
(पियो भने) के आपत्ति हुन्छ त ?
अतिरित्त भोजने पाचित्तियं भन्ने आपत्ति हुन्छ ।
यसरी सोधिसकेपछि रेवत महास्थविरले संघलाई यसरी विनि
श्चय दिनु भयो-
"सुन्नु होस भन्ते संघ ! सातौं अधिकरणको विनिश्चय संघले
यसरी गयो- 'दहि नजमेको हुन्छ भन्ने कुरा अधर्मयुक्त, अविनययुक्त
-

र तथागतको वचनबाट बाहिर पर्छ; अतएवः 'दहि नजनेको हुँदैन' भन्मे
निर्णय भयो । यो सातौं विनिश्चय भयो। यो सातौं दियालो झिके ।
(८) रक्सि नभएको हुन्छ कि भन्ते ?
रक्सि नभएको हुन्छ कि भनेको के ?
भन्ते ! रक्सि बनाउन भनेर कट आदि बनाइ राखेको, साँच्चिकै
रक्सि नबनेको जाँड आदि र अन्य फलफूलबाट बनाइएको मशः लाग्ने
पदार्थ पिउन हुन्छकि हुँदैन भनेको ।
हुँदैन आबुसो।
कहाँ हुँदैन भनी राखेको छ भन्ते ?
कौशाम्बीमा, सूत्रविभङ्गमा।
(पियो भने) के आपत्ति हुन्छ ?
सुरामेरय पाने पाचित्तियं भन्ने आपत्ति हुन्छ ।
-
यसरी सोधिसकेपछि रेवत महास्थविरले संघलाई यसरी विनि-
श्चय दिनु भयो-
-
"सुन्नु होस भन्ते संघ ! आठौं अधिकरणको विनिश्चय संघले
यसरी दियो-'रक्सी नबनेको हुन्छ' भन्ने कुरा अधर्मयुक्त, अधिनययुक्त,
र तथागतको आज्ञाबाट बाहिर पर्छ, अतएव 'रक्सि नभएको पनि हुँदैन'
भन्ने निर्णय भयो । यो आठौं विनिश्चय भयो। यो आठौं दियालो झिके ।
(९) संजाप नभएको (लम्पत्) मा बस्नु हुन्छ कि भन्ते ?
हुँदैन आवसो।
कहाँ हुँदैन भनी राखेको छ ?

श्रावस्तिमा सूत्र विभङ्गमा।
(बस्यो भने) के आपत्ति हुन्छ त भन्ते ?
छेदनके पाचित्तियं भन्ने आपत्ति हुन्छ ।
यसरी सोधिसकेपछि रेवत महास्थविरले संघलाई यसरी विनि-
श्चय दिनु भयो-
"सुन्नु होस भन्ते संघ ! नवौ अधिकरणको विनिश्चय संघले
यसरी दियो-'संजाप नभएको हुन्छ' भन्ने कुरा अधर्मयुक्त अविनय युक्त
र तथागतको वचनबाट बाहिर पर्छ; अतएव 'संजाप नभएको हुँदैन' भन्ने
निर्णय भयो। यो नवौ निर्णय भयो । यो नवौं दियालो झिके ।
(१०) सुन चाँदि (ग्रहण गर्न) हुन्छ कि भन्ते ?
हुँदैन आवसो।
कहाँ हुँदैन भनीराखेको छ त ?
राजगृहमा, सुत्तविभङ्गमा।
(लियो भने) के आपत्ति हुन्छ त ?
जातरूप रजत पटिग्गहणे पाचित्तियं भन्ने आपत्ति हुन्छ ।
यति सोधी सकेपछि रेवत महास्थविरले संघलाई यसरी विनिश्चय
दिनुभयो-
"सुन्नु होस् भन्ते संघ ! दसौं अधिकरणको विनिश्चय संघले
यसरी गयो-'सुन चाँदो (ग्रहणण गर्न) हुन्छ भन्ने कुरा अधर्मयुक्त,
अविनययुक्त र तथागतको वचनबाट बाहिर पर्छ; अतएव सुन चाँदी
(ग्रहण गर्न हुँदैन भन्ने निर्णय भयो। यो दसौं विनिश्चय भयो। यो
दसौं दियालो झिकें।

यस प्रकारले प्रत्येक अधिकरणको विनिश्चय भैसकेपछि सकल वैशाली निवासी भिक्षु भिक्षुणी, उपासक उपासिकाहरूलाई पनि यो विनिश्चयको कुरा सुनाउन संघहरूले एक सर्वसाधारण अधिवेशन बोलाई पहिले मैं दस अधिकरणको विषयमा प्रश्न उत्तर सुनाए । - अनि ७०० प्रतिसम्भिदा लाभी अर्हतहरू भेला भएर वैशाली को वालुकाराममा कालाशोक राजाको संरक्षणमा प्रथम संगायनमा महाकाश्यप महास्थविरहरूले के धर्म संगायना गरे। श्रावण पूर्णिमाका दिन संगायनाको कार्य आरम्भ भयो । आठ महिना भएपछि समाप्त भयो । यस संगायनामा रेवत महास्थविरले प्रश्न गर्नुभयो । सर्वकामी महास्थ- बीरले उत्तर दिनु भयो । सातसय भिक्षुहरू भएको हुनाले यस द्वितीय संगायनालाई सत्तसतिक पनि भन्दछन । द्वितीय संगीतिपछि दश वस्तुक विनय सम्बन्धि झगडा छिनेर थेरवादी महास्थविर भिक्षुहरूले संगायना गरेपछि विपक्षी भएका वृजिपुत्रक भिक्षुहरू मूल स्थविरवादी भिक्षु संघबाट अलग्ग भएर निस्के । निस्केर आफ्ना पक्षका भिनुहरू सबै भेला गराई प्रत्यन्त देशतिर गए। पछि यो विपक्षी भिक्षु- हरूलाई धर्म-विनयको कुरा राम्रोसंग नजान्ने मण्डली भन्ने राजाको सहायता प्राप्त भयो । यही राजाको संरक्षणमा वृजिपुत्रक भिक्षुहरूले धर्म संगायना गरे । अनेक तरहका भिक्षुहरू दस हजार जति एक ठाउँमा कुनै ठाउँमा कोशाम्बि छ । .

१ -- भेला भएर संग या भएकोले यस संगायनालाई महासांधिक अथवा पहा- संगिक भनी कहलाए। यस संगायनामा वृजिपुत्रक भिक्षुहरूले तथागतले देशना गर्नुभएको अर्थात् त्यस बेलासम्म महास्थविर परम्परा चली आएको त्रिपिटक ग्रन्थ- लाई उल्टापल्टा गरे । प्रथम संगीतिमा संग्रह गरी राखेको सूत्रहरूमध्ये कुनै कता कुनै कता राखे । कुनै कुरा निकाले कुनै कुरा थपे । सूत्रको नाम पनि फेरे वर्गको नाम पनि बदले । विस्तृत गरीराखेको कुरालाई संक्षिप्त पारे, संक्षिप्त पारेको कुरा विस्तृत गरे । पर्साय देशित धर्मलाई निष्पर्याय देशित पारे, निष्पर्याय देशित धर्मलाई पर्याय देशित गरे। नोतार्थलाई नेव्य पारे, नेर्यार्थलाई नीतार्थ गरे । त्यसकारण दीपवंश पञ्चम परिच्छेदमा यसो भनेको छ- "महासंगीतिका भिक्खु विलोमकंसु सासनं । भिन्तित्वा मूल संग्रह अझं अकंसु संगहं । अत्र संगहितं सुत्त अञत्र अरिसुते । अत्थं धम्मं च भिन्दिसु निकायेसु च पञ्चसु ।। परियाय देशितं चापि अथो निप्परियायदेसितं। नीत्थंचेव नेय्यत्थं अजानित्वान भिक्खवो ॥ अ सन्धाय भणितं अझं अत्थं ठायसुते । व्यञ्जनच्छाया ते भिक्खु बहुं अत्थं विनासयु। छड्डेत्वा एकदेसं सुत्त विनय गम्भिरं । पतिरुपं सुत्तविनयं तञ्च अझं करिसुते ॥ सद्धर्म रत्नाकर परिच्छेद १२ ६२ परिवारं अत्थुद्धारं अभिधम्मं छप्पकरणं । पटिसम्भिदञ्च निद्देसं एकदेशञ्च जातकं ॥ एत्तकं विस्सज्जेत्वान अज्ञानि अझरिसुते । नायलिङ्ग परिक्खारं आकप्पकरणीयानि च ॥ पकतिभावं जहेत्वा तञ्च अझं अकंसुते ॥" तथामतको परिनिर्वाणदेखि एक सय वर्षसम्म निष्कलङ्क चलो आएको निर्मल स्थविरवादी भिक्षु संघमा यसरी आचार्य मतको कारणबाट तथागतको परिनिर्वाणबाट एकसय बर्षपछि भेद निस्क्यो । अतएव बुद्ध वर्ष एकसय वर्षपछि बुद्धधर्ममा दुइ समूह भयो । मूल थेरवादी र त्यस- बाट अलग्ग भएर निस्केको महासंघिक । यो बृजिपुत्रक भिक्षु संघको बीचमा आचार्यमत निकाल्ने कुनचाहिं हो भन्ने कुरा पालि साहित्यमा स्पष्ट देखिदैन । महासंधिकहरूले गरेको संगायनामा को प्रधान भयो भन्ने विषयमा पनि केही थाहा छैन । वसुमित्र महास्थविरको अनुदित चीन भाषाको पुस्तकमा एक कारण देखिन्छ । त्यो यस्तो छ- कलिक अधिराज्यको समयमा भएको वसुमित्र महास्थविरले रचना गरीराखेको निकायावलम्बन शास्त्र' भन्ने ग्रन्थको वर्णना लेखने परमार्थ महास्थविरले आफ्नो ग्रन्थमा महासंगीतिको पक्षमा प्रधान भिक्षु महादेव स्थविर हो भनी र उनी स्थविरले 'अवतंसक' र 'प्रज्ञापारमिता' नामक सुत्त पनि रचना गरे जसको कारण मूल स्थविरवादी निकायबाट छुटेर महासांघिक निकाय निस्क्यो भनी भनेका छन् । भारतीय बौद्धाचार्य, पृ १- बुद्धदत्त महास्थविर ६४ हो। यो पाँच कुरा ई. जे. थोमस् महाशयले अलि फरक गरी लेखेका . स्थविरवादी महास्थविरहरूको पालि ग्रन्थमा यो कुरा किन उल्लेख नभएको भन्ने विषयमा नलिनाक्षदत पण्डितजीले यसो भनेका छन् - "स्थविरवादी भिक्षुहरू विनयगरूक भएको हुँदा विनय सम्बन्धि निस्केका मतभेद मात्र लिएका होलान, महासांधिक भिक्षुहरू धर्मगरूक भएको हुँदा धर्मसम्बन्धि निस्केका वाद-विवादका कुरा मात्र लिएको हुनसक्छ ।” सम्भवतः यी कुरा त्यस्तै हुनसक्छ। परन्तु यी पाँच कुरा चीन भाषाका ग्रन्थमा मात्र देखिन्छ । ल्हासाको ग्रन्थमा त विनय सम्बन्धि दस वटा देखीएको कुरा माथी उल्लेख भइसकेको छ । चाहे विनय, चाहे धर्म - जुनसुकै सम्बन्धमा मतभेद निस्केको होस, मतभेद भएर मूल स्थविरवादी संघबाट छुटेर महासांघिकवाद निस्केको कुरात निविवाद सिद्ध छ । समय बितेपछि उपर्युक्त महासांघिक निकाय बाट फेरी अर्को 'गोकुलिक' र 'एकब्बोहारिक' भन्ने दुइ आचार्य मत निस्के । पुनः कालान्तरमा गोकुलिक दलबाट 'पत्तिवाद' र 'वाहुलिक' भन्ने दुइ दल निस्के। बाहुलिक अथवा बहुस्सुतिक दलबाट पुनः 'चेतिय- वाद' भन्ने मत निस्क्यो । यसरी भगवान परिनिर्वाणको दुइसय वर्षको बिचमा महासांघिक निकायबाट पाँच दल निस्के । यही दुइसये वर्षको बिचमा थेरवादी भिक्षु संघबाट 'महिसासक' र 'वज्जिपुत्तक' भन्ने दुइ मत निस्के । पुनः वज्जिपुत्तक दलबाट Origin of Buddhist thought 'धम्नुत्तरिय', 'भद्दयानिक', 'छन्नगरिक (छन्नागारिक)' र 'सम्मितोम' भन्ने चारथरी निस्के । महिसासक तर्फबाट 'सब्बत्थिवादी' र 'धम्मगुत्तिक' भन्ने थरी निस्के । फेरि सब्बत्थिवादीको तर्फबाट कस्सपिक' र 'संकन्तिक' भन्ने दुइ थरो निस्के । संकन्तिक तर्फबाट 'सुत्रवादी' भन्ने एक थरी निस्के । यस प्रकार दुइ सय वर्षको बीचमा मूल थेरवादोको तर्फबाट एघार थरी भएर निस्के । (१) महिसासक (२) वज्जिपुत्तक (३) सब्बत्थिवादी (४) धम्मगुत्तिक (५) धम्मुत्तरिय (६) भद्दथानिक (७) छन्नागारिक (८) सम्मित्तिय (९) कस्सपिक (१०) संकन्तिक (११) सुत्तवादी महासांघिक तर्फको पाँच :- (१) गोकुलिक (२) एकब्बोहारिक (३) पत्तिबादी (४) चेतियवादी (५) बहुस्सुतिक । एघार र पाँच गरी १६ तथा मूल थेरवादी र महासांघिक गरी दुइ समेत जम्मा १८ निकाय भयो । यति निकाय तृतीय संगायना अगावै भैसकेको थियो । यति मध्ये १७ छुटेर मएका वाद भए एक नछुटेको मूल वाद भयो । तसर्थ दीपवंशमा भनेको छ- "सत्तरस भिन्नवादा एकवादो अभिन्नको, सब्बेवढारस होन्ति भिन्न धादेन ते सह । निग्रोधाव महारुफ्खो थेरवादानमुत्तमो ।"

यी अठार निकायको विषयमा वसुमित्र स्थदिर (ई. १००) को "निकायावलम्बन शास्त्रमा" यस्तो भनेको छ :- सहासांघिकको तर्फबाट भेद भएको आठ निकाय यस्तो छ- (१) एक व्यवहारिक (४) बहुश्रुतिय (७) अपर शैल (२) लोकोत्तरवादी (५) प्रज्ञप्तिवादी (८) उत्तर शैल। (३) कौकुटिक (६) चैत्यशैल स्थविरवाद तर्फबाट भेद भएर निस्केको एघार निकाय यस प्रकार छन्- (१) सर्वास्तिवादी (३) विध्यवादी (६) धर्मोत्तरिय (९) महिसासक सधर्म वर्षक: (२) उत्तरिय अर्थात् संकान्तिवादी (४) हेतुवादी (५) वात्सीपुत्तीय (७) भद्रवानीय (८) सम्मितीय (१०) धर्मगुप्तिक (११) काश्यपीय अर्थात् ह्रासामा ई. १२९०-१३६४ को बीचमा भएको युडोन् रिम्पोछे स्थवीरले रचना गरी राखेको "भिक्षु वर्षाप्रपुच्छा" भन्ने ग्रन्थको अनुसार अठार निकाय यस प्रकारको छmus- - महासांधिक निकायको शाखा :- (१) पूर्वशैल (२) अपरशैल (३) हेमवत (५) प्रज्ञप्तिबादी। (४) लोकोत्तरवादी x भारतीय बौद्धाचार्य पृ० ४०

६७
सर्वास्ति निकायको शाखा .-
(१) मूल
सर्वास्तिवादी (२) काश्यपीय
(३) नहिंसासक
(४) धर्मगुप्त
(५) बहुश्रुतिय
(६) ताम्रसातीय
(७) विभज्यवादी!
सम्मितीय महानिकायको शाखा :-
(१) कौन कुल्लुक
(२) आवन्तिक
(३) वात्सीपुत्रीय ।
स्थविरिय महानिकायको शाखा :-
(१) महाविहारवासी (२) अभयगिरिवासी (६) जेतवनवासी ।
ॐ भारतीय बौद्धाचार्य पृ० २०६

तृतीय संगीति राजावली कालाशोक राजाले अट्ठाइस (२८) वर्षसम्म राज्य चलाई सकेपछि उनका दसजना छोराहरूलेA २२ वर्षसम्म राज्य गरे । त्यस- पछि नौजनाB नन्द राजाहरूले क्रमशः २२ वर्ष राज्य गरे । यसबेला मगध देशका नन्दवंशीय राजाहरूको शक्ति क्रमशः हीन हुँदै गयो । पञ्जाब तर्फ ग्रीक जाति अलेक्जेण्डरले पेल्दै गयो। यही मौकामा मौर्यराज्य स्थापक शाक्यवंशीय चन्द्रगुप्त राजाले चाणक्य ब्राह्मणको उपदेश मुताविक नन्दवंशका अन्तिम राजा धननन्दलाई मारेर मगधराज्य लियो । पछि ग्रीक शक्ति सबै म्हासेर पठाई दिए। बैदेशिक शत्रुलाई इन्दुतर्फ धपाई ख्याति प्राप्त गरेर चौतिस (३४) वर्षसम्म चन्द्रगुप्त राजाले राज्य चलायो । राजा स्वर्गवास भएपछि उहाँको छोरा विन्दुसार राजालाई राज्य प्राप्त भयो । यो राजाले भट्ठाइस (२८) वर्षसम्म राज्य गयो। - A भद्दसेनो, कोरण्डवण्णो, भंकुरो, सब्बञ्जहो, जालिको, उभयको, सञ्जयो, कोरब्बो नन्दिवड्ढन्तो तथा पञ्चको यति कालाथोक राजाका छोराहरू । सारत्थ दीपनी, पृ० १३४ B नौ नन्दवंशी राजाहरू- उग्गसेननन्दो, पण्डकनन्दो, पण्डगतिमन्दो, भूतपालनन्दो, रट्टपालनन्दो, गोविसाननन्दो, सविन्धकनन्दो, केवट्टक नन्दो, तथा धननन्दो। -सारत्थदीपनी, पृ० १३४ -

विन्दुसारको छोराहरू
बिन्दुसार राजाका एकसय एक (१०१) छोराहरू थिए a ।
यिनीहरू मध्ये अशोककुमार र तिष्यकुमार दुवै एउटै आमाका
छोराहरू b । अरू ९९ राजकुमारहरू सबै विभिन्न आमाहरूबाट पाएका
छोराहरू थिए । यिनीहरू मध्ये अशोककुमार जेठो थियो । अशोककी
आमा मौर्यवंशकी धर्मदेवी नामकी महारानी थिइन् । राजधानी
पाटलिपुत्र अर्थात् वर्तमान पटना थियो।
राज्य निकै विशाल थियो । विन्दुसार राजाले राजकुमारहरूलाई
विविध कार्यमा नियुक्त गरे, अशोककुमारलाई युवराज पद दिएर अवन्ति
राज्यमा उज्जैन d नगरमै राखो छोडे ।
महेन्द्रको जन्म
एक दिन अशोक युवराज पाटलिपुत्रमा विन्दुसार राजाको
चाकरीमा गए । त्यसबखत विन्दुसार राजाले युवराज अशोकलाई उज्जैन
नगरमा नै बसेर त्यहाँको राजकाज राम्रोसंग चलाउ भनी आज्ञा गरे ।
पिताको वचन सुनेर अशोक युवराज अवन्तिमा नै फर्के। फर्कंदा बाटोमा
समन्त पासादिका- पृ० २४, महापंश- पृ० ५१९, सारत्थदीपमी-
a
पृ० १०३
b सारत्थदीपनी, पृ० १०७
c सारत्थदीपनी, पृ० १२९
d वर्तमान मध्य भारतमा ग्वालियर देशमा, पूर्व समयमा अवन्त्रि
राजधानी।

७० बेदिए (वेदिए) गिरि A भन्ने नगरमा देव (वेटिए) भन्ने सो घरमा बास बसेछ । त्यहाँ सेसकी अति सुन्दरी पेटिस गिरि अथवा बेटिस नामको एक छोरी रहिछ । अशोककुमार तिनो कुमारीपंग आसक्त भयो। पछि तिनका आमाबाबुसंग भनेर विवाह गरे । अनि पछि गर्भ रहेपछि उज्जैन नगरमै लगे। त्यहाँ पुत्र जन्मे जसको नाम महेन्द्र रह्यो । महेन्द्र जन्मंदा भगवान परिनिर्वाण भएर दुइ सय चार (२०४) वर्ष भएको थियो । यसको दुइ वर्षपछि अशोकलाई एउटी छोरी प्राप्त भयो, जसको नाम संघमित्रा थिए । अशोकको हिंसा महेन्द्रकुमार १० दत्त वर्ष हुँदा पाटलिपुत्रमा विन्दुसार राजा सिकिस्त विरामी भयो । राजाले आफ्नो जेठो छोरा अशोक युवराजलाई समाचार पठाए। युवराज अशोक पनि पिता शिकिस्त छ भन्ने समाचार सुन्ने बित्तिकै छोराछोरी जहातहरू वेटिस गिरिमा नै छोडेर आफू एकलै तुरन्त पाटलिपुत्र पुगे। युवराज अशोक आएर केही दिनमै विन्दुसार राजा स्वर्गवास भयो । युवराज अशोकले आवश्यक क्रियाकाण्ड सबै गरे। अनि ज्यानको माया नगरेर आएका सुमन C राजकुमार प्रमुख विभिन्न A वर्तमान भोपालदेखि २६ माइल जति पूर्वतिर रहेको भिलसा । B दीपवंश, ६/२१ C सुमन भन्ने विन्दुसार राजाको विभिन्न रानीहरूको तर्फबाट जन्मेका उन्नान्सय राजकुमारहरू मध्ये जेठा राजकुमार ।

आमाका तर्फबाट जन्मेका उहासथ (९९) राजकुमारहरूलाई मारेर निष्कण्टक युवराज अशोकले पिता बिन्दुसार राजाको राज्य प्राप्त गरे । अशोक गजाले राज्यको कारणले गर्दा आफ्नो यौवनावस्थामा अति भयङ्कर रूपले हिंसा गरे । आफ्नो शक्ति दरिलो तुल्याउन धेरै नै युद्ध गरे । जुन निर्दयको कारणले अशोक राजालाई 'चण्डाशोक' पनि भने b। यतिले तृप्ति नभई अशोक राजाले त्यसबखतको एक प्रवल राज्य भइरहेको कलिङ्गतिर पनि आक्रमण गरे। कलिङ्ग जित्न अशोक- लाई उति सजिलो भएन । कलिङ्ग युद्धमा दुवै थरीको असंख्य जनकाय विनाश भयो । जुन प्राणीधातलाई देखेर अशोक राजाको चित्त युद्धबाट विमुख भयो। हुनत अशोक राणाले पहिलेदेखि नै बुद्धधर्मको कुरा श्रवण गरी नराखेको होइन, तर यो भाषण हत्या नदेखुञ्जेल अशोकले बुद्ध धर्मलाई राम्रोसंग बुझन सकेन । यो घटना देखेपछि अशोकको चित्त कसरी परिवर्तन भयो भने युद्धबलको ठाउँमा धर्मबल बढाउनतिर दृष्टि राखे । युद्धबाट पूर्णरूपले हटे c । कलिङ्ग युद्धमा जय प्राप्त भएपछि अशोकले जहाँ पनि धर्मकै प्रचार गरेको कुरा मात्र अनेक शिलालेख द्वारा प्रमाणित भएको छ । वेमातिके भातरे सो हत्वा एकून सतं । सकले जम्बुद्वीपस्मि एकरज्जमपापुणि ॥ महावंश, ५/१०, सारत्थदीपनी पृ० १३० b "चण्डासोकोति जायित्थ पुरे पापेन कम्मुना" -महावंश, ५/१९० c अठदषा भिषितषा देवानपियष प्रियदषिने लाजिने कलिग्या विजिता दियढमिते पानषतषहशे ये तफा अप बुढे शतषहष मिते तत हते a ७२ अशोकको राज्याभिषेक त्यसबखतको भारतको विभिन्न राज्यलाई एकसूत्रमा बाँधी अशोक राजाले राज्याभिषेक विना चारवर्ष सम्म चलायो। त्यसपछि बुद्ध परिनिर्वाणपछि दुइ सय अठार (२१८) वर्ष हुँदा सम्पूर्ण भारतमा एकच्छत्र गरी राज्याभिषेक लिए a । यस बखत महेन्द्रकुमार चौध वर्ष भएको थियो b। अभिषेकको समयमा अशोक राजाको अग्रमहारानी असन्धिमित्रा भएको थियो। असन्धिमित्रा महारानो स्वर्गवास भएको चार वर्षपछि अशोक राजाले तिश्यरक्षा नामक कुमारी विवाह गरे। जसले बुद्धगयामा रहेको बोधिवृक्ष विनाश गरे d। आफूले राज्या- भिषेक प्राप्त गरी सकेपछि अशोक राजाले आफ्नो साक्दै भाई तिश्य राजकुमारलाई युवराज पदमा राखे । हत बहुतावतके वा मते ततो पछा अधुना लधष कलिप्येषु तिवे धमवाये धमकामता धंमानुषथि चा देवानं पियवा षे अथि अनुषये देवानं प्रियषा विजिनितु कलिग्यानि । अविजित हि विजिनमने एतता वध वा मलने वा अपवहे वा जनषा बाढष वेदनियमुते गुजुमुने चा देवान पियषा। Corpus Inscripionum Indicarum, Vol. I, P, 43-44- [प्रज्ञा कीर्ति स्थविरको आगमा हा समाज पृ० ११५ a समन्सपासादिका-पृ० २४; महावंश- ५/२१; दीपवंश ६/१ b दीपवंश, १६/२३ c समन्तपासादिका, पृ० २४ d महावंश २०/२-५... e "राजाभिसित्तो सोसोको कुमारं तिस्ससन्हयं । कणिंट्ठ संसोदरियं उपरज्जे भिसेचयि"-महावंश, ५/३५ , ७३ अशोकको समय यद्यपि अशोकको समयमा भिक्षु संघमा धर्म विनय दर्शन तथा आचार्यमत आदिका कारणले मूल थेरवादी बाहेक सत्र १७ शाखा-प्रशाखा भइसकेको थियो । तथापि यसबेला सम्म पनि थेरवादी शासनको प्रतिष्ठा र प्रचार यथेष्ठ थियो। सर्वास्ति आदि अन्य निकायको प्रचार भएपछि यसको प्रतिस्था भएको थिएन । यति मात्र होइन अशोकको राज्यकालमा बुद्ध शासनमा अनेक उपद्रव तथा कलङ्क निस्की रहे । जसको कारणमा पछि तृतीय संगीति गर्नुपर्यो। सम्राट अशोकको चित्त दिनपर दिन धर्मतिर आकर्षित हुँदै गए । सदाचार र परस्पर कर्तव्य पालन गर्न विषयमा ध्यान दिन थाले । जीवनको महत्व बुझेर सत्य धर्मको गवेषण गर्नथाले । सम्राट अशोकका बाजे बुबाहरू बौद्ध थिएन । चन्द्रगुप्त राजाका उपदेशक ब्राह्मण भएको हुँदा तीथिकादि तपस्वीहरूलाई माने । अशोक राजाले पहिल्यैदेखि बौद्ध- हरूको संगत अलि अलि गरी राखेको हुँदा निग्रोध श्रामणेर भेटिसकेपछि खुल्लम खुल्ला बौद्धधर्म स्वीकार गरे । त्यसपछि सकेसम्म देश विदेशमा * Neither Chandragupta nor his son Bindusara were Buddhist; but third of the race, Piyadasi, best known under the name of Ashoka (in Pali Asoka) openly adopted the now popular creed Buddhism. [Buddhism, P. 221 -- Rhys David] ७४ धम प्रचार गर्न पठाए । यो धर्म प्रचार कार्यले गर्दा अशोकको नाउँ त्यसबेला मात्र होइन, अहिलेसम्म पनि समुद्रपार सम्म प्रचार हुँदैछ । समन्तपासादिका अनुसार अशोक राजाका पिताहरूले चलाई राखेको साठी हजार ब्राह्मण पासण्डहरूलाई दिइने भोजनदान अशोकले पनि केही कालसम्म दिए। x अयि च मुखमुत विजये देवानंप्रियस यो धुम विजयो सो च पुन लधो देवप्रियस इह भवेषु च अंतेषु अषषु पियोजनशतेयु यत्त अंतियोको नम यो नरज परं च तेन अतियोकेन चतुरे रजति तुरमये नम अतिकिनि नम मक नम अलिकसुदरो नम निच चोड पड अव तंव पंणिय एवमेव हिद रजविषवपि योनकं योयेषु तभकन भितिन भोजपि तिनिकेषु अंधु पलिदेषु सवत्र देवेन प्रियस धुमनशस्ति अबुव- टीत-Corpus Inscriptionum Indicarum Vol. I, P. 66-67 [आगम हा समाज पृ० १२१] * His (अशोक) name is honoured wherever the teachings of the Buddha have spread, and is reverenced from the Volga to Japan, from Cevlon and Siam to the borders of Mongolia and Siberia. If a man's fame; says Aoppen, can be measured by the number of hearts who rever his memory, by the number of lips who have mentioned and still mention him with honour, Ashoka is more famouse than Charlemagne or Caeser ?--- [Buddhism P. 221-222, Rhys David].

७५ अशोक र निग्रोध श्रामणेर एक दिन अशोक राजाले मन्त्रीहरूलाई आफ्ना आफ्ना साधु- फकीरहरू मध्ये ठूला ठूला साधु महात्मालाई निमन्त्रणा गरी ल्याउ भनी आज्ञा दिए। उनीहरूले पासाण्डादि ब्राह्मण तपस्वीहरूलाई बोलाएर ल्याए । राजा तिनीहरूलाई आफू आफुलाई योग्य आसनमा बस्नु हवस भनी निवेदन गरे तिनीहरू मध्ये कोही राम्रा खाटमा बसे, कोही फलेकमा बसे । यिनीहरूको आचरण देख्ने बित्तिकै अशोक राजाले "यिनीहरूकंग केही सार छ जस्तो लाग्दैन" भन्ने मनमा थानी तद्नुलार भोजन गराई विदा दिई पठाए। अशोक राजाले यसरी अनेक साधु सन्तहरूलाई बोलाई बोलाई धर्मको गवेषण र चर्चा गरे। एकदिन राजप्रासादको ठूलो ऊयालमा बसिरहेका अशोक राजाले दरवारको अगाडिबाट गइरहेको हिसिले युक्त, बालक भए पनि बालकपन नभएको, हात गोडा आँजा चञ्चल ननएको अत्यन्त इन्द्रिय संयम भएको, साँचिकै भिक्षुको स्वभावले युक्त भएको, जन्मले सात वर्ष मात्र भए तापनि गम्भीरपन भएको, हात्ती लीलाले भिक्षा माग्दै गइरहेको निग्रोध श्रामणेर- लाई देखे । देख्ने बित्तिकै मानो चुम्बकले खिचे के राजाको चित्त निग्रोध श्रामणेरको बाहिरिक शीलाचारले आकर्षित गयो। श्रामणेरको गमन- लीला देख्ने बितिकै राजाले यस्तो मनमा लियो कि "यिनी भद्रमुखी श्रमणसंग अवश्य मै सारधर्म ज्ञान हुन सक्छ नत्र यत्ति सानो उमेरको बालक यति गम्भोर यति संयमितेन्द्रिय भएर हिंड्न सक्ला र!. राजा निग्रोध श्रामणेरको आचरणमा अति प्रसन्न भयो तथा श्रामणेर देखेपछि राजाको चित्तमा एक अछुत स्नेह पनि उत्पन्न भयो । अयंजनो सब्बोपि विक्खित्तचित्तो भन्तमिग पटिभोग, अयंपन दारको अविक्खितो अति विय आलोकित विलोकितं............ सोभति । अद्धा एतस्सब्भन्तरे लोकुत्तर धम्मो भविस्सतीति । -समन्तपासादिका, पृ० २६ - - ७६ यद्यपि कुनै ग्रन्थमा पनि अशोक राजाको दैसको विषयमा केही कुरा प्रकाश मरी राखेको देखिदैन । तथापि वहाँको चिन्तनादि स्वभाव हेरेर हामी अनुमान गर्न सक्छौं कि यसबेला अशोक राजा कमसे कम मध्य बैंसको भयो होला । निग्रोध श्रामणेर देख्ने बित्तिकै राजाको चित्त किन उनको प्रति यत्तिको आकर्षित भयो होला भन्ने विषयमा हामी यसो भन्न सक्छौं कि राजाहरू विशेष गरी कौतुहलिक हुनसक्छ तसर्थ त्यति सानो उमेरको श्रामणेर देख्ने बित्तिकै वहाँको चित्त त्यसतर्फ आकर्षित हुनुभयो होला। राजा त के जुनसुकै पनि आकर्षित हुनसक्छ । धर्म शास्त्रानुसार विचार गर्दा पूर्वजन्ममा पनि सम्बन्ध भएको फेरि यस काममा पनि सम्बन्ध भयो भने मममा अकस्मात स्नेह उत्पन्न हुने कुरा त्रिपिटकमा अनेक निदर्शन छ । निग्रोध श्रामणेरको विषयमा पनि यस्तो कुराबाट मुक्त छैन । पूर्वजन्मको कुरा जस्तै भए पनि वर्तमान कुरा सम्झर हेर्दा पनि अशोकको मनमा स्नेह उत्पन्न हुन केही न केही कारण छ। तथा विन्दुसार राजा स्वर्गवास भएपछि अशोक राजाले राज्यको लागी आफ्ना उन्नान्सय दाज्यूभाईहरूलाई मारेको कुरा पाठक-पाठिकाहरूले थाहा नपाएको होइन । अशोकले दाज्यूमाईहरू हत्या गर्दा सुमन कुमारको जहान सुमना भन्ने रानीको गर्भ रहेको थियो। तसर्थ ती रानी त्यही रातमा आफ्नो प्राण रक्षाको निम्ति गुप्तभेषले नगर बाहिर गई एक चाण्डालको आधारमा वहरको वृक्षमुनि बसेर जीविका गरिन् । पछि सुमना रानीले पुत्र जन्माइन् । वहर वृक्षलाई पालि भाषामा 'निनोध' भन्छन् । निग्रोध वृक्षमुनि जन्मेको बालक हुँदा त्यस कुमारलाई 'निग्रोध' भनी भने । क्रमशः बालक सात वर्ष लाग्यो ।

७७ एकदिन महावरुण नामक अरहत महास्थविरले निग्रोध कुमारको पुण्य संस्कार देखी 'यो बालकलाई प्रजित गयो भने शासनको ठूलो सेवा हुनेछ' भनी विचार गरी सुमना रानीलाई भनेर सात वर्षीय निग्रोध राजकुमारलाई आफुले भार लिई भामणेर गरे। निग्रोध कुमार श्रामणेर भएकै दिन आस्रव क्षय भई अरहत भए । एकदिन निग्रोध श्रामणेर गुरुहरूलाई गर्नु पर्ने सेवा टहल गरी सकेपछि आमा बसी राखेको ठाउँमा जाने विचारले राम्रोसंग चीवर पहिरी विहारबाट निस्के । आमाकहाँ जान भने नगरको दक्षिण द्वारबाट पसेर दरवारको अगाडिबाट गई नगरको पश्चिम द्वारबाट निस्कनु पर्यो । यसरी गइरहेको बेलामा अशोक राजाले उनी श्रामणेरलाई देखे । अतः निग्रोध श्रामणेर अशोक राजाका भतिजा थियो । पूर्वजन्ममा पनि यिनीहरू दाज्यूभाई भई आएको कुरा सारत्य दीपनि- मा मह- व्यापारीको कुरामा देखिन्छ । इत्यादि कारणले अशोकको मनमा मणेर देख्ने बित्तिकै स्नेह उत्पन्न भयो । तसर्थ भनेको छ :- "पुब्बेव सन्निवसेन पच्चुप्पन्न हितेन वा । एवंतं जायते पेमं उप्पलंव यथोदके ॥" अशोकको बौद्ध धर्ममा दीक्षा अनि राजाले तुरुन्त श्रामणेरलाई दरवारमा लिएर भाउ भनी दूत पठाए । चाँडै नआएको हुँदा हतारी मानी राजाले दुइ सोम पटक दूत पठाए । श्रामणेर राजाले बोलायो भनी हतपत गरी नआई आफ्नो पृ० १०८; महावंशमा पनि ५/५१-६६ भिक्षुलीला अनुसार आए । दरवार भित्रिएपछि श्रामणेरलाई राजाले 'तपाईंलाई योग्य आसनमा बस्नु हवस्' भनी भने । श्रामणेरले आफुले आदर गर्नुपर्ने अरू कोही नदेखी सरासर नडराई राजाको सेतो छत्रले ओढाई राखेको सिंहासनमा गए। आफ्नो हातको पात्र राजालाई दिउँ कि जस्तो ढाँचा गरी देखाए । राजाले लिए। श्रामणर राजसिंहासनको अगाडितर्फ आउँदा नै अशोक राजाले 'आज यिनी श्रामणेर यस घरको मालिक हुनेछX' भनी मनमा चिताए। श्रामणेर पनि राजाको हातमा पात्र दिएर सुशोभितलीलाले राजसिंहासनमा बसे । राजाले श्रामणेरलाई आफ्नो निम्ति तयार गरी राखेको विविध व्यञ्जन सहित प्रणीत भोजन अर्पण गरे। श्रामणेरले मात्रानुसार भोजन गर्नुभयो । भोजन कार्य समाप्त भएपछि राजाले श्रामणेरलाई यसरी निवेदन गरे- "भन्ते ! तपाईंलाई शास्ताले दिइराख्नु भएको उपदेश थाहा छ कि?" ! "आँशिक रूपले थाहा छ, महाराज "त्यसो भए मलाई आज्ञा गर्नु हवस् ।” "हुन्छ महाराज!" भनी श्रामणेरले राजालाई योग्य धम्मपद अप्पमाद वग्गको श्लोक पढेर अनुमोदन धर्मोपदेश गरे x "तस्मि पल्लङ्गमासन्ते राजा इति विचिन्तयि। ये अज्जायं सामणेरो घरे हेस्सति सामिको ॥" -महावंश ५/६६, समन्तपासादिका पृ० २७ श्लोक नं० २१

७९
"अप्रमादि हुनु नै निर्वाण मार्ग हो; प्रमादी हुनु नै मृत्युको मार्ग
हो ।" भन्ने श्लोकको प्रथम पदको अर्थ सुन्ने बित्तिकै अशोक राजाले
श्रामणेरलाई "बु भन्ते ! समाप्त गर्नु हवस" भनी भने। अनुमोदन
धर्मोपदेश सुनी सकेपछि राजाले यसो भने- "भन्ते ! तपाईंलाई मैले
आजदेखि आठ भाग भोजन चढाउँछु ।"
"त्यसो भए महाराज
! यो भोजन मैले मेरो उपाध्यायलाई
चठाउँछु ।"
"उपाध्याय भन्ने को हो भन्ते ?"
"ठूलो अथवा सानो दोष देखेर सम्झाउने, भन्ने, दोष रहित
गरिदिनेलाई उपाध्याय भन्छन्. महाराज !"
"साधु भन्ते ! अर्को आठ भाग भोजन चढाउँछु।"
"महाराज ! यो भोजन मैले आचार्यलाई चढाउँछु।"
"भन्ते! आचार्य भन्ने को हो?"
"महाराज! जसले यो शासनमा मलाई जान्नु बुझनु पर्ने सिकाई
बुझाई 'यसो गर्ने त्यसो गर्ने भनी आचरण विद्या सिकाई दियो, उनी
मेरो आचार्य
"साधु भन्ते ! अर्को आठ भाग भोजन चढाउँछु ।"
"महाराज! यो भोजन मैले संघलाई चढाउँछु।"
भन्ते ! संघ भनेको को ?"
"महाराज! जुन संघको कारणले मेरा आचार्य उपाध्यायहरूको
.

र मेरो प्रवज्या तथा उपसम्पदा सम्पन्न भयो, भनी तथागतको श्रावक भिक्षुहरू 'संघ' हुन् ।" भामणरको कुरा सुनेर राजा सारै खुसि भयो। राजाले फेरि अर्को पनि आठ भाग भोजन चढाए । श्रामणेरले यसलाई स्वीकार गरे। भोलिपल्ट निग्रोध श्रामणर सहित बत्तीस (३२) जना भिक्षुहरू आएर राजदरवारमा भोजन गरे। यसरी निग्रोथ धामणेरले सपरिवार अशोक राजालाई बौद्ध धर्ममा दीक्षित गरेर त्रिशरण सहित पञ्चशील दिएर बुद्ध-धर्म तथा संघ प्रति पृथग्जन अचल श्रद्धा भएको उपासक तुल्यायो । यो समय राजा- लाई राज्याभिषेक प्राप्त भई तीन वर्ष नाघेर चार वर्ष लागेको थियो । अशोक राजाले प्रकट रूपमा बौद्धधर्म ग्रहण गरेर साँचैको बुद्धोपासक भएपछि फेरि एक पटक मगधराज्यमा भिक्षुहरूको प्रचार बढयो । विशेष गरी थेरवादी पक्षको शासन शक्ति सम्पन्न भयो। जनता पनि क्रमशः बुद्धधर्ममा दीक्षित भयो । पाटलिपुत्रमा सैकडौं हजारौं भिक्षुहरूको केन्द्र स्थापित भयो। निग्रोध श्रामणेरको कारणबाट अशोक राजाको श्रद्धा दिनपर दिन बढ्दै गएपछि राजदरवारमा भोजन गर्ने भिक्षहरूको संख्या पनि बढे । अषि विन्दुसार राजाको पालामा दिइराखेको साठी हजार (६००००) ब्राह्मण पासण्डहरूको नित्यदान अहिले साठी हजार भिक्षु- हरूलाई हुन गयो। अभिषिक्त भएर तीन वर्षसम्म मात्र अशोक राजाले बुद्ध शासन - हेर्नुस् लेखकको धम्मपट्ठकथा बोधिनी, पृ० १३

८१
भन्दा बाहिर दान प्रदान गरे । चार वर्ष लागेपछि बुद्ध शासनमा दान
प्रदान गरे।
अशोकको परित्याग
एक दिन अशोक राजाले हजारौं भिक्षुहरूलाई भोजन गराई
सकेपछि भिक्षु संघसित यसरी प्रश्न गरे- "भन्ते ! भगवानले देशना
गरी राख्नु भएको धर्म कति छ ?"
"महाराज ! अंगको हिसाबले ९ (नौ)छ । स्कन्धको हिसाबले
८४००० (चौरासो हजार) छन् d !"
संघको यो कुरा सुनेर राजाले एक एक धर्मस्कन्धलाई एक एक
विहार बनाई पूजा गर्ने मनमा राखे । एक दिन राजाले ९६०००००००
(छय्यानब्बे करोड) धन पर सारी मन्त्रीहरूलाई आज्ञा दिनु भयो कि ८४
हजार नगरमा विहार तयार गर । यति आज्ञा दिएर अशोक राजाले स्वयं
पाटलिपुत्रमा अशोकाराम महाविहार बनाउन शुरू गरे । विहार बनाउने
"पिता सट्ठी सहस्सानि ब्राह्मणे ब्रह्म पक्खिके ।
भोजेसि सोपि ते येव तीनि वस्सानि भोजये ।।" -महावंश ५/३६.
b राजाकिर अभिसेकं पापुणित्वा तीनीयेव संवच्छरानि बाहिरक
पासण्डं परिगहि, चतुत्थे संवच्छरे बुद्ध सासने पसीदि ।
-समन्तपासादिका
c हेर्नुस् लेखकको धम्मपदस्ककथा, बोधिनि पृ० ३५
d चौरासी धर्मस्कन्ध मध्ये अभिधर्म पिटकमा (४२०००), धर्मस्कन्ध
सूत्र पिटकमा (२१०००), धर्मस्कन्ध र विनय पिटकमा (२१०००)
धर्मस्कन्ध छन् ।- त्रिपिटक परिक्षा पृ० १०
a

कार्यभार संघकोतर्फबाट महान जिवाम इन्द्रगुप्त क्षीणायव महास्थविर- लाई दिए। उनी महास्थविरले आवश्यक ठाउँमा आफ्नो ऋति द्वारा पनि काम चलाए। तीन वर्षपछि सबै ठाउँमा 'विहार सम्पन्न भयो' भनी एकैचोटि पत्र आए। मन्त्रीले यो समाचार राजाकहाँ बिन्ति चढाए । राजा प्रसन्न भएर “त्यसो भए आजको आठ दिनमा सबै ठाउँमा विहारोत्सव हुनेछ । नगरको भित्र र बाहिर बसेका सम्पूर्ण जनताहरूले अष्टशील ग्रहण गरी भव्य रूपले उत्सव गर्नुपर्छ a भनी झयालि पिटाउ" भनी आज्ञा गरे । आठौं दिनमा दिव्य लोक जस्तै सजाई राखेको पाटलिपुत्र नगरमा अष्ट- जोल धारण गरेका जनताहरू सबै अशोकाराम विहारमा जम्मा भए । भिक्षुहरू पनि लाडौँ जम्मा भए । क्षीणाव भिक्षुहरू मात्र पनि एकलाख लगभग उपस्थित थिए । अशोक राजा पनि राजपरिवार सहित चतुरंगिनी सेना c लिएर अशोकाराममा प्रस्थान गरे । यस महासम्मेलन देखेर भिक्षु संघको मनमा यस्तो भयो “यदि यसबेला अशोक राजाले आफुले गरेको महान कार्य देख्न पाए राजा बुद्ध शासनमा अति प्रसन्न हुनेछ ।" भन्ने विचार गरेर "लोकविवरण" d सब्बे अट्ठसीलगानि समादियित्वा अतो नगरे च बहि नगरे च विहारमहं पटिपादे-तूति । समन्तपासादिका पृ०२८ b तत्थ खीणासव भिक्खू येव सतसहस्स संखा अहेसु । -समन्तपासादिका, पृ० १७ c हेर्नुस् लेखकको धम्मपदट्टकथा, बोधिनी पृ० १७ d सम्पूर्ण भूमि समान रूपले फैलिएर वेखिने ऋद्धि । -सारत्थदीपनी, पृ० ११२ - भन्ने प्रातिहार्य देखाई दिए। अशोकाराममा बसेका राजाले सम्पूर्ण जम्बूद्वीपका चैत्य गुणस्मारक पूजनीय विषद, कुनै मूर्ति नभएको, धानको थुप्रोको आकार र घण्टाको आकार भएको चैत्य सहित मनपराउँदो किसिमको चौरासी हजार (८४०००) भिक्षुहरू बस्ने विहार देखे । सधे ठाउँमा उत्सव भइरहेको पनि देखे। यो अद्भुत दृश्यलाई देखेर राजा साँचिकै खुशि भए। कतिसम्म खुशि भए भने बुट्ट शासनको कारण मैले जस्तो विशाल धन सम्पत्ति परित्याग अरू कसले गयो होला भन्ने समेत विचार गरे । अनि राजाले संघमा प्रश्न गरे “मन्ते ! के हाम्रो तथागतको शासनमा यसरी धन परित्याग गर्ने अरू कोही छ कि ?" यो प्रश्नको उत्तर दिने अभिभार त्यसबखत हजारौं संघको नेता वयोवृद्ध हुनु भएका, प्रतिसम्भिदा लाभि, महाक्षीणास्रव मोद्गलिपुत्र तिष्य “मोग्गलिपुत्र तिस्स" महास्थविरलाई दिए । मोद्गलिपुत्र तिष्य महास्थविरको शिष्य परम्परादेखि आएको विनयधर शिष्य हुन् । वहाँको उपाध्याय सिग्गव महास्थविर, आचार्य चन्दबज्जित महास्थविर हुनुहुन्छ । उपालि महास्थविरको परम्पराबाट आएका आचार्यहरू यसप्रकार हुन्- भगवानको शिष्य उपालि महास्थविर, उपालि महास्थविरको शिष्य दासक महास्थविर, दासक महास्थविरको शिष्य सोनक महास्थविर, सोनक महास्थविरको सिष्य सिग्गव र चन्दवज्जि महास्थविर, सिग्गव महास्थविरको शिष्य मोग्गलिपुत्त सिस्स महास्थविर । तसर्थ भनेको छ- उपालि दासको चेव सोनको सिग्गवो तथा । तिस्सो मोग्गलिपुत्तो च पञ्चेते विजि ताविनो। परम्परा विनयं दोपे जम्बु सिरिव्हये।

अच्छिज्जमान आनेसुततियो पाप संग हो
संघको अनुमति प्राप्त भएपछि मोदलिपुभ लिय महास्थविरले
अशोकराजालाई यसो भने- “महाराज ! थार्थमा बुद्ध शासनको
निम्ति तपाईले जस्तो धनपरित्याग बुद्धकालमा पनि घासले गरेको
थिएन ।" महास्थविरको यो उत्तर सुनेर राजा अति प्रसन्न भयो । साथै
मनमा यस्तो विचार गरे
"मैले जस्तो शासनको निम्ति धन परित्याग
अरू कसैले गरेको रहेनछ । मेरो परित्याग महान छ । मेरो महान
परित्याग द्वारा शासन चिरस्थाई हुने छन् । तसर्थ म बुद्धको शासनको
अंश्याहारी ( = दायाद प्राप्त गर्नु) हुँ, अर्थात बुद्ध शासनको नजीकको
साखै आफन्त हुं।"
यति विचार गरीसकेपछि अशोक राजाले आफ्नो मनको शंका
निवारणार्थ भिक्षु संघमा प्रश्न गरे - "भन्ते संघ ! यस्तो भएपछि म
शासनको अंश्चाहारी भएन त ?"B
'महाराज ! यथार्थमा भनौ भने यत्तिले तपाई शासनको
अंश्याहारी भएको छैन तपाईत केवल एक प्रत्यय दायक मात्र हुनु हुन्छ ।
यति त के पृथ्वीदेखि ब्रह्मलोक सम्म प्रत्यय ( दान द्रब्य ) भनेर
परित्याग गरे पनि शास्नको अंश्याहारी हुँदैन ।
यो कुरा सुनेर राजाको मन खिन्न भयो अनि राजाले सोधे
"त्यसो भए कसो गरेदेखि शासनको अंश्याहारी हुन पाउँला त ?"
A समन्तपासादिका पृ० १८
B “भवोमि मुखो अहं भन्ते सासनस्स दायादोति" -समन्तपासादिका
पृ०२८
--

"महाराज ! जसले आफ्नो औरत पुत्रलाई शासनमा प्रजित पली, स्थो व्यक्ति चाहे गरीब होस चाहे धना शासनको अंश्याहारी हुनेछ । किनभने सधपरम्परा नै नात्र तथागतको शासन चिरस्थाई हुन्छ सिवाय अन्यथा हुन सकिंदैन, महाराज ! अतएव यस्तो व्यक्तिलाईन मात्र शासनको साक्खै आफन्त पनि भन्छन् अंश्याहारी पनि भन्छन् । महेन्द्र र संघमित्राको प्रव्रज्या मौद्गलिपुत्र तिष्य महास्थविरको कुरा सुनेर अशोक राजाले विचार गरेकि अब मैले कसलाई प्रबजित गरेर शासनको अश्याहारी हुन सकुंला । यति विचार गरेर सभामा हेर्दा महेन्द्र राजकुमार देखेर त्यस- लाई प्रवजित गर्ने विचार गरे । फेरी प्रश्न आयो कि तिष्य युवराज आफ्नो भाई हजारौं महाजनहरूको साथै प्रबजित भएपछि महेन्द्र कुमारलाई युवराज पददिने मनमा निश्चय गरी राखेको । राजा एक घण्टा जति धुरेर अन्तमा प्रियपुत्र महेन्द्र राजकुमारलाई युवराज पदमा राख्नु भन्दा भिक्षु भावमा राख्नुमा श्रेष्ठतर देखे । फेरि महेन्द्रको अनुमति पनि वाञ्छनीय भएको हुँदा राजाले पहिले सभामध्यमा आफ्नो सन्मुख बसी रहेका भद्रमुखो राजकुमार संग यसरी सोध- "प्रिय पुत्र ! के तिमी प्रनजित सक्छौ ?" महेन्द्र कुमार बालखै देखि अहिंसक तथा सदाचार प्रेमी । अशोकको हिंसादि कर कार्य देखेर राज्यभोगमा उत्तिको आशा थिएन । यो हि कोचि महाराज अड्ढो वा दलिदो वा अन्ततो ओरसं पुत्त पब्बाजेति, अयं बुच्चति महाराज दायको सासनस्सति । -समन्तपासादिका १०२९ । फेरी काका तिव्य युवराज प्रवजित भएदेखि आफुपनि प्रवजित हुने ईच्छा गरी राखेका । अतएव पिता अशोकराजाको प्रश्न त त्यसलाई भोकाएको व्यक्तिलाई खाना जस्तै भयो । अनि के चाहियो महेन्द्रको मनमा कमल फुल्यो पितालाई यसरी उत्तर दियो- "किन नसक्नु महाराज ! सक्छु ; यदि हजुरको राजी भए म आजै प्रवृजित हुन्छु । मलाई प्रवजित गरेर हनुर शासनको अंश्याहारी हुनु हवस ।" राजालाई यो कुरा "लुगा खोज्दा द्यौता" पाएमैं भयो । त्यसबेला संघमित्राको स्वामी अग्नि ब्राह्मण नामक अशोक राजाका जुवाई पनि तिश्य युवराज संगै नै प्रवजित भइसकेको थियोa अशोक राजाले आफ्नो सन्मुख बसेको संघमित्रालाई पनि "प्रवजित हुने इच्छा छ कि" भनी सोधे । संघमित्राले पनि इक्छा छ भने । संघमित्राको सुमन नामको एक पुत्र थियो जुन पछि प्रवजित भएर महेन्द्र महास्थविर संगै धर्मप्रचार गर्न लङ्कामा गए b। छोरा छोरी दुवै जनाबाट सन्तोषजनक उत्तर सुनेर पछि राजा खुसि भएर संघमा यसरी निवेदन गरेः- भन्ते संघ ! करूणापूर्वक यी राजकुमार र राजकुमारीहरूलाई प्रव्रज्या मरेर मलाई शासनको अंश्याहारी तुल्याई दिनु हवस ।" संघ सभाले राजाको प्रार्थना स्वीकार गरेर मोग्गलिपुत्र तिष्य महास्थविरको उपाध्यायत्वमा र महादेव महास्थविरको आचार्यत्वमा अशोक अभिषेकले चौथो वर्षमा तिष्य युवराज प्रव्रजित भएको -महावंश ५/१७३, समन्तपासादिका b समन्तपासादिका पृ० २९, ३२; महावंश ५/१७०-७२ a थियो। पृ० ३२ महेन्द्र राजकुमारलाई प्रवजित गरे । तदनन्तर मज्झन्तक महास्थविरको आचार्यत्वमा उपसम्पदा गरे a । यसबेला महेन्द्र बीस (२०) वर्ष पुगेको थियो b । महेन्द्र स्थविर उपसम्पदा भएको ठाउंमै प्रतिसम्भिदा सहित अरहर भए c । संघमित्रालाई पनि आयुपाली "महास्थविरनीको उपाध्यायत्वमा र धम्मपालो महास्थविरनीको आचायंत्वमा प्रवजित गरे । यसवेला संघमित्रा अठार (१८) वर्ष पुगेको थियो । महेन्द्र र संघमित्राहरू प्रबजित हुंदा अशोक राजालाई राज्यभिषेक प्राप्त भएर ६ वर्ष पूरा भएको थियो । उपसम्पदा भइसकेपछि महेन्द्र स्थविरले तीन वर्ष सम्म आफ्ना उपाध्याय मोलिपुत्त तिस्स महास्थविर कहां बसेर दुवै संगीतिमा संग्रह गरी राखेका अर्थकथा (= भाष्य) सहित त्रिपिटक धर्म राम्रोसंग अध्ययन गरे । तीन वर्ष भित्र त्रिपिटक धर्म सवै अध्ययन गरेर पछि अनि स्थविर उपाध्यायका एक हजार शिष्यहरूका प्रधानाचार्य पनि भए । यसबेला अशोक राजाको अभिषेक नौ (९) वर्ष भएको थियो । ततो महिन्दो पब्बजितो मोग्गलिपुत्तस्स सन्ति के, पब्बाजेसि महादेवो मज्झन्तो उपसम्पदा ।। -दीपवंश ७/२५ b महावग्ग ५/२५ c सो तस्मि येव उपसम्पदा मण्डले सहपोट सम्भिदाहि अरहन्त पापुणि । समन्तपासादिका पृ० २९ d महावंश ५/२०१; समन्तासादिक पृ० २९ e महावंश ५/२११; समन्तपासादिका पु० २९ f समन्तपासादिका पृ० ३० a ८८ शासनमा अर्बुद (कलंक भेद) अशोक राजाको अभिषेकबाट ८ वर्ष हुँदा पाटलिपुत्रमा कुन्तयुत्त- तिस्स नामक एक स्थविर विरामी भएर उपचार गर्न एक मुट्ठि घिउ भिक्षा प्राप्त नहुँदा पछि आकाशमा चढेर परिनिर्वाण भयो । यो कुरा सुनेर राजालाई ठूलो दुःख लाग्यो। अहो ! यत्रो विशाल मेरो राज्यमा एक मुट्टि घिउ भिक्षा प्राप्त भएन । परिनिर्वाण हुने भिक्षुलाई आवश्यक- तानुसार सत्कार गरेर पछि यही कारणमा अशोक राजाले 'मेरो देशमा कसैलाई पनि औषधि गर्न चाहिने घिउ आदि पदार्थ दुर्लभ नहोस्' भनी नगरको चारै द्वारमा चतुमधु आदि अनेक औषधि द्रव्य परिपूर्ण गरी राखी दिए। यथार्थमा भनौं भने इतिहासमा सर्वप्रथम मानिसहरूको निम्ति र पशुहरूको निम्ति चिकित्सालय (= अस्पताल) स्थापना गर्ने अशोक राजा नै हुन् । त्यसबखत अशोक राजाले बुद्ध, धर्म तथा संघको विषयमा दिनको पाँच लाख धन खर्च गरे । बुद्ध शासनमा महान-लाभ सत्कार प्राप्त भएको देखेर तोथिकहरूले सहन सकेन । लाभ सत्कारको लोभले * समन्तपासादिका पृ० ३०; महावश ५/२१३-२२९ Son He ( STYTT= ) also established gardens and hospitals for man and beast, and published edicts throughout his empire, enjoining on all his subjects morality and justice. [Buddism P. 222, Rhys David] -

तिनीहरू भकाभक भिक्षु संघमा प्रवेश भए। प्रव्रज्या प्राप्त नभएका
कुनैले आफैले चीवर धारण गरी आए । भिक्षु संघमा प्रवेश भयो भन्दैमा
तिनीहरूले आफ्नो लब्धि छोडेन । झन आफ्ना आफ्ना लब्धि बुद्धधर्मको
मुकुण्डो लगाएर प्रचार गरे।
भिक्षु संघका उपोसथादि दिनय कर्म आदिमा पनि सहभागी हुन
गए । वास्तविक भिक्षुहरूले यी तिथिकहरूसंग विनय कर्म गरेन । गर्नु
पनि कसो ? दृष्टि नै नमिलेपछि । यसकारण भिक्षु संघमा क्रमशः कलंक
बढ्दै आयो। एकदिन मौद्गलिपुत्र तिष्य महास्थविर "अब यहाँ बसेर
भएन, संघमा कलंक बढेर आयो, यो कलंक झन झन बढ्ने छन्, शान्त
गर्न कठिन हुनेछ" भनी आफ्ना शिष्य समूह सबै महेन्द्र स्थविरलाई भार
दिएर आफू यथासुख एकान्तवास गर्ने अभिप्राय लिई अहोगंगा नामक
पहाडतर्फ जानु भयो । त्यहाँ उनी (७) सात बर्षसम्म बस्नु भयो ।
तसर्थ महावंशमा भनेको छ :-
"पहीण लाभ सक्कारा तित्थिया लामकारणा
सयं कासायमादाय वसिसु सह भिक्खुहि ॥
यथा सकञ्च ते वावं बुद्धवादी ति दीपयु।
यथा सकच्च किरिया अरिसु यथारूचि ।।
ततो मोग्गलि पुत्तो सो थेरो थिरगुणोदयो ।
सासनब्बुदमुप्पन्न दिस्वा
तमति कक्खलं ॥
तस्सोपसमने कालं दोघदस्सी अवेक्खिय ।
दत्वा महिन्द थेरस्स महाभिक्खुगणं सका।
x समन्तपासादिका, पृ० ३०

९०
।
उद्ध गंगाय एको 4 अहो गंगाम्हि पब्बते ।
विहासि सत्तवस्सानि विवेक मनुब हयं ।।"A
तीथिकादि मिथ्यादृष्टिकहरूको कारणले शासनमा मतभेद बढ्यो।
मिथ्यादृष्टिकहरूको संख्या वृद्धि हुँदै आएपछि दुर्वच, अनुशासनहीन,
अविनीत तथा धर्माधर्म नजान्ने भिक्षुहरू निकै बढे । तिमीहरूले धर्मधर
विनयधरहरूको कुरा वास्ता नराखी आफुले पहिले गरी आएको छाँटले
कसैले सूर्य पूजा गरे, कसैले होम गरे, कसैले पञ्चग्नि तपस्या गरे, कसैले
बुद्ध शासन नै नाश गर्न खोजेB । यसरी भिक्षु भावमा बसेर तीथिकहरूले
अनेक उपद्रव मचाए। दमन गर्दा पनि दमन गर्न सकिएन । उपदेश
ओवाद गरेर केही फाइदा भएन । यसो भएको हुँदा निर्मल भिक्षु संघले
पवारणादि उपोसथ कर्म गर्न छाडे । सात वर्षसम्म प्रातिमोक्षC उद्देशणा
पनि भएन जुन कि शासनको लागि हानिकारक सम्झन आवश्यक थियो।
तसर्थ भनेको-
"तित्थियानं बहुत्ताच दुब्बचत्ता च भिक्खयो ।
तेसं कातु नसक्खिसु धम्मेन पटिसेधनं ।।
तेनेव जम्बुदीपम्हि सब्बारामेसु भिक्खयो।
सत्तवस्सानि नाकंसु उपोसथ पवारणं ॥"D
A
५/२३०-३५
B केचि अग्गि परिचन्ति, केचि आदिच्चं अनुपरिवत्तन्ति
केचि धम्मं च विनयं च वोभिन्दिस्सामाति पग्गहिसु ।
-समन्तपासादिका पृ० १३
C हेर्नुस लेखकको धम्मपदट्ठकथा बोधिनी पृ० ३०
D महावंश ५/१३५-३७; समन्तपासादिका पृ० १३

९१ एक दिन अशोक राजाले सात वर्षदेखि भिक्षु संघहरूको उपो. सथादि विनय कर्म भएको छैन भन्ने विषयमा गम्भीर चर्चा गरेर एकजना मन्त्रीलाई डाकेर यसरी आज्ञा दियो- "जाउ भणे. बिहारमा गएर भिक्षु- हरू एकत्र गरो झगडा छिनेर भिक्षुहरूलाई मिलाई मोसय गराउ।" "कसरी झगडा छिनेर उपोसथ गराउने ?" भनी सोध्न लाज मानी 'हवस्' भनी मन्त्री राजाको खोपीबाट निस्केर अरू भारदारहरू संग राजाको आज्ञा सम्बन्धमा सल्लाह गरे । सल्लाहमा यही निश्चय भयो कि जसरी प्रत्यन्त गाउँमा झगडा छिन्दा विपक्षीहरूलाई मारेर कलह शान्त गर्ने हो यो पनि त्ससै त होला। यति निश्चय गरी मन्त्री अशोका- राममा गई विहारमा भएका सबै भिक्षुहरू जम्मा गरी "मलाई उपोसथ नगर्ने भिक्षुहरूलाई उपोसथ गराउ" भनी आज्ञा दिएर पठाएको छ तसर्थ तपाईंहरूले 'उपोसथ गर्नु हवस्" भनी भने ।

तृतीय संगीति विनयधर भिक्षुहरूले 'संघ शुद्ध छैन तसर्थ यो तीथिकहरू संग उपोसथ गर्न सकिदैन' भनी उत्तर दिए। मन्त्रीले दुइ तीन पटकसम्म नगरी हुँदैन भनेर भने किन्तु भिक्षुहरूले यस कुरालाई मानेन । अनि त्यो मूर्ख मन्त्रीले माथिदेखि नमान्ने भिक्षुहरूको शीर छुटयाउन शुरू गरे । मन्त्रीको यो भयङ्कर कार्यलाई देखेर संघको बीचमा बसिरहेका क्षीणास्रव तिष्य महास्थविरले 'अवश्यमेव राजाले भिक्षुहरूलाई मारेर अधिकरण साम्य गर भनी आज्ञा दिई पठाएको होइन होला यो कार्य यही दुर्बुद्धि मन्त्रोको विचारले गरेको होला' भन्ने सम्झी बसिरहेको आसनबाट उठेर मन्त्रीको अगाडि नै परेको लाइनमा बस्न गयो। उनी भने राजाको साखै भाई तिष्य युवराज थियो । अरू जस्ता साधारण भिक्षु थिएन । मन्त्रीले तिष्य स्थविरलाई चिनेर उनी उपर एकैचोटि प्रहार गर्न नसकी दौडेर राजाकहाँ गएर यसरी बिन्ति गरे- "महाराज ! उपोसथ गर्दैन भन्ने भिक्षुहरूलाई मैले यस्तो गरें किन्तु हाम्रा तिष्य युवराजलाई के गर्ने ?" मन्त्रीको कुरा सुन्ने बित्तिकै राजालाई जिउभरी तातो पानी खन्याए के भयो। - "अरे मूर्ख ! तिमीले यो के गरेको?" भनेर उतिनिखरी राजा अशोकाराममा गएर आफुले मन्त्रीलाई भनी पठाएको कुरा बताई संघमा क्षमा प्रार्थना गरे । राजाको त्रसित भावलाई देखेर भिक्षुसंघले उनलाई धैर्य दिलाए । तर राजाको मनमा "अब यो पाप कसलाई लाग्ने होला" ९३ यसमा कसैले - - भन्ने मात्र विचार आएर चित्तमा अशान्ति भएकोले संघहरू संग यसरी सोधे- "भन्ते ! अब अर्को कुरा के भनौं, यो पाप कसलाई लाग्ला ?" "महाराज ! तपाईंको आज्ञाले गरेको हुँदा तपाई- लाई नै लाग्छ ।” भने कसैले "महाराज ! तपाईंको मनमा नमिलेका भिक्षुहरूलाई मारोस् भन्ने विचार थियो कि ?” “छैन भन्ते !" "त्यसो भए यसको पाप तपाईलाई लाग्दैन भने । कसैले दुबैलाई लाग्छ भने । निश्चयात्मक रूपले उत्तर सुन्न नपाउँदा राजाको मनमा शान्ति भएन । अनि वहाँले यसो भने- "भन्ते ! मेरो मनको यो शंकालाई यथार्थ रूपले निवारण गरी दिन सक्ने कुनै भिक्षु छैन कि कसो ?" "छ महाराज !"* "को हुनुहुन्छ भन्ते ?" "मौदगलिपुत्र तिष्य महास्थविर हुनुहुन्छ ।" सब्बं पत्तिं तं सुत्वा जात दाहो महीपति । सीघं गन्त्वा भिक्खु संघ पुच्छि उब्बिग्ग मानसो । एवं कतेन कम्मेन कस्स पापं सिया इति । तेसं अपण्डिता केचि पापं तुह्यति केचितु ।। उभिन्न चाति आहेसु नत्थि तुह्यन्ति पण्डिता । तं सुत्वा महाराजा समत्थो अत्थि भिक्खु नु । विमति मे विनोदेत्वा कातुं सासन पग्गहं । अस्थि मोग्गलिपुत्तो सो तिस्सत्थेरो रथे सभा ।। -महानंश ५२४४-४७ ९४ !" "उनी महास्थविर कहाँ हुनुहुन्छ ?" "अहोगंगा नामक पर्वतमा ।" "बोलाउन पठाए आउनु होला कि भन्ते ?" "आउनु हुन्छ महाराज यति कुरा सुनेर राजाले सोहि दिन चारजना धर्म कथिक भिक्षु- हरू र चारजना भारदारहरूसंग धेरै नै भिक्षुहरू र सिपाहीहरू पाएर मोदगलिपुत्र तिप्य महास्थविरलाई बोलाउन पठाए । दूतहरू गएर "राजाले तपाईलाई बोलाउनु भएको छ” भनी भने । महास्थविर आउनु भएन । फेरि अर्को दूतहरू पठाए । तैपनि आउनु भएन । तीन पटकसम्म पनि दूत पठाए । महास्थविर आउनु भएन । तीन पटकसम्म दूत पठाउँदा पनि महास्थविर नआउनु भएकोले राजा अशोकाराममा गएर "भन्ते ! महास्थविर किन नआउनु भएको होला ?" भनी संघसंग सोधे। संघ- हरूले के भनेर बोलाउन पठाउनु भएको महाराज !" भनी सोधेपछि राजाले वृतान्त कुरा बताए । “त्यसरी बोलाउनु पठाएर आउनु हुन्न शासनमा अर्बुद भइरहेको छ तसर्थ शासनमल पखाली शासन शोधन गर्नु पन्यो आउनु हवस् भनी बोलाउन पठाउनु भयो भने आउन सक्छ" भनी उत्तर दिए । राजाले त्यस्तै खबर पठाए। उनी महास्थविर आफू बस्नु भएको आसन (चर्म) एउटा समेटेर सैन्यहरूसंगै आउनु भयो । उनी महास्थविर गंगापार एक पर्वतमा बसी रहनु भएको छ । तसर्थ उनलाई ल्याउन राजाले आवश्यक सबै संबिधान गरे । महास्थविर आइपुग्यो भन्ने समाचार आएपछि सपरिवार राजा गङ्गामा गएर डुङ्गामा बसेर आउनु भएको महास्थविरलाई स्वागत गर्न धुडासम्म पानीमा गए । गङ्गाको तीरमा पुगेपछि डुङ्गाबाट ओर्लनु भएको महास्थविरलाई राजाले आफ्नो हात दिए । महास्थविर राजाको हात समातेर कर्नुभयो । राजाको हात समातेको देखेर अङ्गरक्षक सिपाहीं एकजनाले महास्थविरको हत्या गर्न तलवार निकाले । राजाले छायाबाट यसको आशय बुझेर "अरे निर्बुद्धि नर ! जुन अपराधको कारणमा आज यिनी महास्थविरलाई निमन्त्रणा गरी रहेछु अहिले फेरि वहाँ उपर नै यस्तो कर्म गर्न आँटेको?" भनी रोके। - महास्थविरलाई राजाले जनसमूहको साथ आफ्ना राजदरवारको भित्री उद्यानमा लगे। उद्यानको बाहिर तीन चक्का सैन्य राखेर रक्षा गरे। उद्यानमा पुगेर राजाले महास्थविरको पाउ पखालेर तेल लगाए । गमन पोडा शान्त गरी सकेपछि ‘उत्पन्न भइरहेको संघ भेद आदि कलंक मेटेर शासन शुद्धि गरेर मेरो मनमा रहेको शंका निवारण गर्न सक्ला के' भन्ने विचार लिई महास्थविरलाई परीक्षा गर्ने विचारले राजाले सर्वप्रथम यसरी निवेदन गरे- "भन्ते ! मलाई एक प्रातिहार्य हेर्ने इच्छा भइरहेको छ ।” "कस्तो प्रातिहार्य महाराज ?" "पृथ्वी कम्प हुने भन्ते।" "महाराज! सम्पुर्ण पृथ्वी कम्प हुने कि प्रादेशिक कम्प हुने ?" "यिनमा कुनचाहीं गाहारो छ ?" "महाराज ! एउटा बाटामा पानी राखेर त्यसमा भएको सबै पानी चलाउन गाहारो छ कि एक खण्ड भाग पनि चलाउन गाहारो छ?" "एक भागमात्र चलाउन गाहारो छ भन्ते !" ! :

"त्यस्तै महाराज ! प्रादेशिक कम्प गर्नु गाहारो छ ।" "त्यसो भए भन्ते ! प्रादेशिक कम्प हुने प्रातिहार्य हेर्छ " "महाराज ! त्यसो भए पूर्व दिशातिर एक योजन पर सीमानाको भित्र बाहिर पारेर एक रथ राख्न लगाउनु हवस् । दक्षिण दिशातर्फ पनि सीमानाको भित्र बाहिर पारेर एउटा घोडा उभ्याउनु हवस् । पश्चिम दिशातर्फ पनि सीमानाको भित्र बाहिर पारेर एक गोडाले टेकाएर एक- जना मानिस राख्नु हवस् । उत्तर दिशातिर पनि सीमाना भित्र बाहिर पर्ने गरी एउटा बाटामा पानी हालेर राख्नु हवस् ।" राजाले त्यस्तै गराए। महास्थविरले अभिज्ञापादक चतुर्थध्यान गरेर "पृथ्वी काप हवस्' भनी अधिष्ठान गर्नुभयो । पूर्वतिर सोनानाको भित्र पर्ने रथको चक्का कम्प भयो बाहिरी भाग चलेन । पानी भाँडाको पानी पनि आधि कम्प भयो आधि चलेन । यो अद्भुत प्रातिहार्य देखेर "यहाँले शासन परिशुद्ध गर्नु सक्नेछ भन्ने थानेर अशोक राजाले मौद्गलि- पुत्र तिष्य महास्थविरसंग पहिले आफ्नो मनको शंका निवारण गर्न यसो भने- "भन्ते ! मैले एकजना मन्त्रीलाई विहारमा गएर झगडा छिनेर भिक्षु संघलाई उपोसथ गराउ' भनी अह्लाई विहारमा पठाएँ किन्तु त्यो मन्त्रीले यस्तो गयो । अब यसको पाप कसलाई लाग्ला ?" "महाराज! यसरी पठाउँदा तपाईंको मनमा विहारमा गएर नमिलेका भिक्षुहरूलाई काट्नु पर्छ' भन्ने विचार थियो कि ?" "छैन भन्ते ।" “यदि महाराज ! तपाईंको मनमा यस्तो चेतना विचार नियत, चित्त थिएन भने तपाईंलाई यसको पाप लाग्दैन ।"

यति भनेर महास्थविरले "चेतना हं भिक्खवे कम्मं वदामि, चेतयित्वा कम्मं करोति कायेन वाचाय मनसाति A" भन्ने बुद्ध भाषित सूत्र द्वारा अशोक राजालाई राम्रोसंग अवबोध गराउनु भयो । यो सूत्रको निदर्शन रूपमा तित्तिर जातकको कुरा पनि बताउनु भयो। B महास्थविरको - अभिधर्मानुसार चित्त चेतसिक र कुशलाकुशला- दिको हिसाबले राम्रोसंग देशना गर्नुभएको उपदेश शिक्षा द्वारा राजाको शंका निवारण भयो साथसाथै बुद्धधर्मको तत्त्व पनि राम्रोसंग बुझे। मौलिपुत्र तिष्य महास्थविरले राजालाई राजोद्यानमा नै रहेर सातदिनसम्म अभिधर्मादि अनेक सूत्र सहित बौद्धधर्म अध्ययन गराए त्यसकारण भनेको छ- "वसन्तो तत्थ सत्ताहं राजुद्यानं मनोरमे । सिक्रवापेसि महीपाल सम्बुद्ध समयं सुभ ।"C धर्म संगीति धर्म अध्ययन गरेर सातौं दिनमा धर्माशोक राजाले सम्पूर्ण नगरमा भएका सबै भिक्षु संघहरूलाई भेला गराउन दूत पठाए । दूत गएर सम्पूर्ण नगरमा वसी रहेका भिक्षुहरूलाई जम्मा गरी ल्याए । सम्पूर्ण जम्बुद्वीपका भिक्षुहरू जम्मा हुन आए । सातौं दिनमा राजा A “मनले सङ्कल्प गरेर काय वाक चित्त गरेर काय वाक चित्तले काम गर्ने हुँदा भिक्षु हो ! मैले चेतना र (= सङ्कल्पविचार) लाई कर्म भनें ।" B 'थेरो बोधेसि राजानं वत्वातित्तिर जातक" -महावंश, ५/२६६ C महावंश, ५/२६६-६७ . स्वय अशोकाराममा गएर त्यहाँका भिक्षुहरू सबै भेला गराए a । आफ्ना आफ्ना दृष्टि (मत) मिल्ने भिक्षुहरू अलग अलग समूह गए । राजा सहित मौद्गलिपुत्र तिष्य महास्थविर पर्दा भित्र बसेर एक एक दृष्टि भएका एक एक समूह भिक्षुहरू बोलाए । 'सम्यकसम्बुद्ध के वादी हुनु हुन्छ' भनी प्रश्न गरे । तिनीहरूले आफ्ना आफ्ना दृष्टि अनुसार कसैले तथागतलाई "सास्वत बादो" भने b" कसैले 'अन्तानन्तिक' भने, कसैले 'श्रमरा विक्षेप' इत्यादि इत्यादि भने । राजाले मौद्गलिपुत्र तिष्य महास्थविर संग पहिलेनै आफ्नो समयको विषयमा राम्रो संग अध्ययन गरी सकेको हुँदा तीथिकहरूको उत्तर सुनेर 'यिनिहरू भगवानका यथार्थ श्रावक संघहरू होइनन्, यिनीहरू मिथ्यादृष्टिक तीथिकहरू हुन' भनी जानेर तिनीहरूलाई भकाभक चीवर छुट्टाई सेतो वस्त्र पहिराई भिक्ष संघबाट निकाली दिए d। यसरी भिक्षु संघबाट निकालिएका अन्य a पेसेत्वा महियं भिक्खु असेसे सन्निपातयि सत्त मे दिवसे गन्त्वा सकाराम मनोरम कारेसि भिक्खु संघस्स सन्निपात मसेसतो । -महावंश, ५/२६८-५९ b 'एकेक लद्धि के भिक्खु पक्कोसित्वान सन्तिक 'किं वादि सुगतो भन्ते' इति पुच्छि महीपती ते सस्सतादिकं दिट्ठि व्याकरिसु यथासकं ।" -महावंश ५/२७०-७ c विभिन्न दृष्टिको विषयमा हेर्नुस्, दीघ निकाय ब्रह्मजाल सूत्र । d राजा पठम मेव संकसमयस्स उग्गहितत्ता न इमे भिक्ख अञ तित्थिया इमेति बत्वा तेसं सेतकानि वत्थानि दत्वा उपब्बाजेसि । "तेमिच्छा दिट्टिके सब्बे राजाउप्पब्बजापयि ।" -समन्तपासादिका पृ० ३५; महावंश, ५/२७१

९९
लब्धिकहरू जम्मा साठी हज्जार (६००००) थिए । त्यसपछि अरू
भिक्षुहरू डाकेर 'तथागत के वादको हुनु हुन्छ' भनी सोधे । तिनीहरूले
"महाराज ! तथागत विभज्जवादी" भनी उत्तर दिए । राजाले
महास्थविर संग सरी सोधे- "भन्ते ! तथागत विभज्जवादी हो?"
"हो महाराज" .
अनि राजाले अब भने संघ परिशुद्ध भयो भनो मौद्गलिपुत्र तिष्य
महास्थविर संग यस्तो निवेदन गरे--
"भन्ते ! संघ परिशुद्ध भयो होइन त ?"
"भयो
महाराज
!"
"त्यसो भए भन्ते ! संघहरू एकत्रित भएर उपोसथ गर्न हवस"
यति भनेर संघलाई चाहिने सबै व्यवस्था गराई अशोक राजा
नगरमा प्रवेश गरे । संघहरूपनि सबै जम्मा भएर एक गोल भई
उपोसथादि विनय कर्म गरे । यसरी सात वर्षपछि पुनः भिक्षुहरूको
मेल भयो । कलंक मेटियो । सवै संघ एक मत भए ।
त्यस बेला त्यहां हजारौं भन्दा बढी भिक्षुहरू जम्मा भइरहेका
थिए । अनि शासन चिरस्थाइ गर्ने इच्छा भएको संघनायक हुनु भएको
x 'सब्बे सट्ठि सहस्सानि आसं उप्पब्बजापिता" -- महावंश, ५/२७२
"अपुच्छि धम्मिके भिक्खु किं वादि सुगतो इति ।
विभज्जवादिताहंसु, तं थेरं पुच्छि भूपति ।।
विभज्जवादि सम्बुद्धो होति भन्ते ति आह सो ।
थेरो आमा' ति सुत्वा राजा तुटुमनो तदा ।"
महावंश, ५/२७२-७४; समन्तपासादिका, पृ० ३५
,

१००
-
मौद्गलिपुत्र तिष्य महास्थविरले शासन शुद्धि गरेर धर्म संगायना गर्ने
विषयमा सबै भिक्षुहरूलाई उत्साहित गरेर सबैको अनुमति तथा राय
मिलेपछि यथाविधि ज्ञप्ति आदि राखेर पहिले पहिलेका महास्थविरहरूले
के षडभिज्ञ र प्रतिसम्भिदा लाभि क्षोणास्रव भिक्षुहरू एक हजार
(१०००) छान्नु भयो । छानी सकेपछि एक हजार भिक्षुहरू सबै
धर्माशोक राजाको संविधानत्वमा अशोकाराम महाविहारमा पहिलेको
महाकाश्यप र यश महास्थविरले मैं धर्म र विनय सम्बन्धी प्रश्नोत्तर
गरेर शासन शोधन गरेर धर्म संगायना गरे । त्यसैले भनेको छः-
"अरहन्सानं सहस्सं उच्चिनित्वान नायको
बरं वरं गहेत्वान अकासि धम्म संगहं ।
असोकाराम विहारम्हि धम्मगजेन कारिते।" ।
यसबेला मौद्गलिपुत्र तिष्य महास्थविरले त्यसबखत निक्लीरहेका
अनेक वादविवाद र मत मतान्तरलाई खण्डन गरेर बुद्ध वचनानुसार
धर्म मिलाई विशाल प्रकरणभाषण गर्नु भयो x जसलाई 'कथावस्तु
प्रकरण' भनियो।
यस प्रकरणलाई संगायक महास्थविरहरूले सर्वसम्मति लिएर
त्रिपिटकको अभिधर्म पिटकान्तर्गत गरीदियो। यो संगायना मौद्गलिपुत्र
--
® दीपवंश, ७/५७; महावंश, ५/२७७-७८
x चबाते धम्म संगीति तिस्सथेरोपि तं तथा ।
कथावत्थुप्पकरण परवादत्पमद्दने ।
अभासि तिस्सथेरो च तस्मि संगीति मण्डले"
-~-महावंश, ५/२७९-८०; समन्तपासादिकामा यस प्रकरण
संगायना गर्न भन्दा अगावै भाषण गयो भनेको छ । पृ० ३५
.

1-050610
१०१
hirarary
Tibetan Institute-Sarnath
तिष्य महास्थविरको प्रधानतामा भयो । संगायनाको काम नौ महिनामा
सम्पूर्ण भयो a । यस बेला धर्माशोक राजा अभिषेक वर्षदेखि सत्र
(१७) वर्ष पूर्ण भएको थियो । मौद्गलिपुत्र तिष्य महास्थविर उपसम्पदा
वषदेखि (७२) बहत्तर वर्ष पुगेको थियो b । महारवारणा c को दिन
संगायनाको काम सर्व सम्पूर्ण भयो । शासनको निम्ति महान सेवा गरेको
हुनाले अशोकराजालाई पछि 'धर्माशोक' भने d । एक हज्जार त्रिपिटक
धारी क्षीणास्त्रब भिक्षुहरू भेला भएर गरेका संगायना भएको हुँदा यो
संगीतिलाई सहश्रिक' पनि भने । पहिले पनि दुइ संगीति भैसकेको हुँदा
यसलाई 'तृतिय संगीति' भने तसर्थ भनेको छ:
"कता भिक्खु सहस्सेन तस्मा सहस्सिका ति च ।
पुरिमा द्वे उपादान ततियंति च बुच्चतीति ।
a
अयं नहिं मासेहि धम्म संगीति निट्टिता ।
रओ सत्तरसे बस्से द्वासप्ततिसमो इति ।
महापवारणायंसो संगीति संसमा पयि ।
साधुकारं ददन्तिब सासनट्ठिति कारणा ।
पुरिमा द्वे उपादाय ततियंति च वुच्चतीति ।
-महावंश, ५/२८१-८२; दीपवंश, नं०७/५९
b दीपवंश, ७/२५ को हिसाबले (७६) वर्ष हुन आउँछ ।
c हेर्नुस्, लेखकको धम्मपदट्ठकथा बोधिनी, पृ० ४२
d "धम्मासोकोति झयित्थ पच्छा पुजेन कम्मुना।"
-महावंश, ५/१९१
समन्तपासादिका, पृ० ३५

No text on this page.

नामावली प्र अशोक ७१,८०, लाई ७०, ले ७१, ७४, को राज्यकालमा ७३, कुमार ६९, ७० कुमारलाई ६९, युवराज ६९, को चित्त ७१, को " समयमा ७३, को मनमा ७६ अंगुत्तर निकाय ३१ अजातशत्रु ४, लाई १९,३३, को संरक्षणमा ८, राजकुमारले ३३, राजालाई २३, राजाले २३, अग्नि वाहाण ८६ अनुरुद्ध ३३, महास्थविर २६, महास्थविरका शिष्यहरू ३४ . . अशोक राजा ७६, ८८, को ८८, को चित्त ७१, का ७४, का जुवाई -६, का भतिजा ७७, को ७६, को श्रद्धा ८०, लाई ८४, ८७, ९७, १०१, ले ७१, ७२, ७३, अपदान ३१ अपरशैल ६६ ७२,७६, ७७, ७८, ८१, ८२, अप्पमादवगको ७८ अम्बलटिकको राजागारमै १० ८४,८२,८८, ९१ अभयगिरिवासी ६१ अभिधर्मपिटक २९,३०,३१ अभिधानपदीपिका २१ अशोकाराम ८२, मा ८२, ८३, ९२, ९४, ९८, महाविहार ८१, १०० असन्धिमित्रा ७२, महारानी ७२ अहोगंगा ८९,९४, पर्वतमा ४०, ४१, पर्वतबाट ४१ अलेक्जेण्डरले ६८ अवतंसक ६२ अवन्ति ६९, मा ४०,६९, मा बस्ने ४१ নুন্নি ও आगम हा समाज ७२ आनन्द ४, १०, ११, १४, १५, १६, १०४ उपालि महास्थविर २५, ८३, ले ८, २८, २९, परम्पराबाट आएका २८, को ८ लाई ४, शिक्षु ४, स्थबिर १, ६, ८, १६, २५, स्थविर कहाँ ४६, ४७, स्थविरका ३४, स्थविर का शिष्य ३४, ४९, उपोसथ संयुक्तमा ५५ स्थावरले ६, ७, ९, ११, २९, उभयको ६८ स्थविरलाई १६, २३, २४, ४७, एक व्यवहारिक ६६ एकब्बोहारिक ६४, ६५ स्थविरसंग ९, १०, २८, ५० आयुपाली ८७ इतिवृत्तक ३१ फणिक ६२ इन्द्रगुप्त ८२ तर्फ ६८ उगसेन नन्दो ६८ उज्जैन ६९, ७० उत्तर ४६, ले ४७, भिक्षुलाई ४७ भिक्षु संग ४७, स्थविरले ४७ उत्तरशैल ६६ कथावत्थु ३१ कलिङ्ग ५१, युद्धमा ७१ कस्सपिक ६५ काकण्डकपुन ३४, यश महास्थविर ५२ काकण्डकपुत्र यश भिक्षु ३९, ४०, को ३९ लाई ३६, ले ३५, ३७, ४० कात्यायन महास्थविर २६ कान्यकुब्ज ४१ क्याम्बोडिया १८ कालाशोक ३३, ६८, राजाले ३३, ४८, ६८, राजकुमारलाई ३३, राजाको समय ३४, राजाको संरक्षणमा उत्तरिय ६६ उदान३१ उदायिभद्र ३३, ले ३३ उदेन राजाले १६ उपनन्द शाक्यपुत्रको कारणमा ३९ उपालि २ ६० कालिङ्ग ७१, तिर ७१ गन्धकुटी बिहार ४८ ग्वालियर ६९ काश्यपीय ६६, ६७ ग्रीक ६८ गोकुलिक ६४, ६५ गोजिसान नन्दो ६८ सौतमले १२ . किसुरा पण्डितले ६३ कुन्सयुत्ततिलक कुमार काश्यप महास्थविर २६ कुशीनगर २, ३, मा १, तिरबाट २ कूटागार बिहारमा ३५ केवट्टक नन्दो ६८ कोष्ठित महास्थविर २६ कोरण्डवण्णो ६८ घोषिताराममा १६ चण्डाशोक ७१ चन्दवज्जि नहास्थविर ८३ कोरब्बो ६८ चन्द्रगुप्त ६८, ७१, राजाले ६८ कोशम्बी ६०, मगरमा १६ चरियापिटक ३१ कोशम्दीमा ४०, ५७ चाणक्य ब्राह्मणको उपदेश ६८ चाम्पेय्यक विनयवस्तुमा ५६ कौकुटिक ६६ कौनकुल्लुक ६० चूलवग्ग १२, १३, १४,३०,३४.३५ ३७, ३८,४० चेतियवाद ६४ खुज्जसोभित ३४, महास्थविर ५१ खुद्दकनिकाय ३१, मा ३१ बेतियवादी ६५ खुद्दकपाठ ३१ चैत्यशैल ६६ ग, घ छन्न भिक्षु १६, लाई १६ छन्नागारिका ६५ गन्धकुटोमा ७ १०६ ज जातक ३१ तिष्य ८६, कुमार ६९, युवराज ८५, ८६, ९२, राजकुमारलाई ७२, महास्थविर ९२ जापानिहरूले १८ जालिको ६८ जेतवन विहारमा ३७ जेतवनवासी ६७ स्वविरवादको तरफबाट ६६ स्थविरवादी ६४, भिक्षुहरू भिक्षुहरू ६४ निकायबाट ६२ स्थविरिय महानिकायको शाखा ६७ थाइलैण्ड १८ थेरीगाथा ३१ तथागत १, २, ८, ११, बाट २७, ले १४, १५, १६, के वादको हुनु हुन्छ ९९, संघ १६ तथागतको २, उपदेश ३, दर्शन ३४, धर्म-विलय १५, वचनबाट ५३, ५९, परिनिर्वाण- देखि ६२, परिनिर्वाणबाट ६२, थेरवादी ६२, ६५, ७३, भिक्षुसंघबाट तकबाट ३२: ६४ थेरीगाथा ३१ थोमस् ६४ । शासन ४९, शासनमा २७, द परिनिर्वाणपछि १७ दक्षिणापथ ४० दासक महास्थविर ८३ ताम्रसाटीय ६७ तित्तिर जातकको कुरा ९७ त्रिपिटक ६१, परिक्षा ८१ दीघनिकाय २१, ३०, ३१, अर्थकथाको २१, अर्थकथामा २० तिव्बतमा १८ दीपवंश २६, ७०, ७२, ८७. १०१, तिश्यरक्षा ७२ १०१, मा १९, ६५ १०७ दीपवंशानुसार २५ दुल्धा १६, २९ नन्द ६८, वंशीय ६८ देवदत्तको कुमन्त्रणा ३३ नन्दाथेरी ४८ धननन्दो ६८ नन्दा अरहत्नीको ४९ नन्दिवड्ढन्तो ६८ नलिनाक्षदत्त ६४, पण्डितले ६३ धननन्दलाई ६८ धन्नुत्तरिय ६५ नागदास ३३ लाई ३३ ले ३३ धम्मपद ३१,७८ नालन्दाको बीच १० - धम्मपदट्ठकथा २६, ३९, ४१, ४३, ८०, ९०, १०१ धर्मगुप्त ६७ धर्मगुप्तिक ६६ धम्मगुत्तिक ६५ निकायावलम्बन शास्त्र ६२, मा ६६ निग्रोध ७६, कुमारको ७७, कुमारलाई ७७, श्रामणेर ७३, ७६, ७७, श्रामणेरको ७५, ७६, श्रामणेर- लाई ७५ धर्मदेवी ६९ निद्देस ३१ धम्मपाली ८७ प, फ धम्मसंगणी ३१ धर्माशोक राजा १०१, ले ९७, पत्तिवाद ६४ को संविधानत्वमा १०० पत्तिवादी ६५ पञ्चको ६८ धम्मुत्तरिय ६५ धर्मोत्तरिय ६६ पञ्जाब ६८ धातुकथा ३१ पटना ६९ पटिसम्भिदा ३१ बाई १८ पट्टान ३१ पण्डक नन्दो ६८ पण्डगति नन्दो ६८ परमार्थ महास्थविरले ६२ অদ্ভজাল মুঙ্গ ৫০ অতি স্বামী ৭০ बहुलिझ ६४ बहुश्रुतिय ६६, ६७ बहुस्सुतिक ६४, ६५ परिवारपालि ३० पावित्तिय पालि ३० पाटलिपुत्र ४८, ६९, मा ६९, ७०, बिम्बिसार राजा १९ ८१,८८, लगरा ८२ बिम्बिसारको हत्या ३३ बिन्दुसार ६८, ६९, राजा ७६, राजाले ७१. হাজ बुद्धगयामा ७२ पाराजिक वालि ३० पावा ५१, बाट २, मा बस्ने ४१, ४६, ५०, निवासी ४७, ना ४० पुग्गलपञ्चति ३१ पूर्ण महाबिर २६ पूर्वशैल ६६ पेतवत्यु ३१ प्रजापति गौतमीलाई १५ बुद्धघोष २८ बुद्धद्वारा प्रलप्त १४ बुद्धदत्त महास्थविर ६२ बुद्धवंश ३१ बोधिवृक्ष ७२ बौद्धलमया ४५ प्रज्ञप्तिवादी ६६ प्रज्ञाकीर्ति ७२ प्रज्ञापारमिता ६२ फाहियानले १७, २९ भगवान् ६, १७, १९, २०, बुद्ध ३७, ३९, ४९, का २५, को ७, ३८, मणिदूड ३८, पाजी ३८ ४६. लाई ४७, মজু আলী ও भन्दा १९, ले ११, १३, १६, २८, मल्लहरूको ताल बनमा २ ३६, ले नबताएको कुरा ३८ महाकारुणिक ६ भद्दयानिक ६५ महाकाश्यप ३,११,१०० भहसेनो ६८ महाकाश्यप महास्थविर २, ३, ५, ८, भदवानीय ६६ २५, ले ४, ८, ९, १०, १२, १३, भव्य ६३ १४,२०,२७, २८, २९, ६० भारत १८,मा ७२ महादेव स्थविर ६२, ६३, ले ६३, को , " भारतीय बौद्धाचार्य ६२, ६७ भिलसा ७० भिक्ष उर्षाप्रपुच्छा ६६ भिक्षुणी विधा ३० भूतपाल नन्दो ६८ महापरिनिम्बाणसुत्त २८ महापरिनिर्वाण सूत्र ११ महावग्ग ७७, ८७ लहावनमा ४९ भोपालदेखि ७० महाविभंग ३० महाविहारबाली ६७ मगधदेशका ६८ महावंश १७, १९, २२, २३, ३४, मगधराज्य ६८ ४८,४९, ५२, ६९, ७१, ७२, , मकृन्तक ८७ ७७,७६, ८१,८५, ८८ ८९, मझिमनिकाय ३० ९३, ९७,९८, ९९, १००, १०१ मण्डली ६० महासंगिक ६१ ११० यश स्थविर ३४, सशई ४५, ले ४२ यश भिक्षु ३४, ३७, ४० लाई ३६, ले ३६, ३९, ४५, को कुरा ३६ यश महास्थविरले १०० युडोन् रिम्पोछे ६६ महासधिक ६१, ६२, ६३, ६५ भिक्षु- हरू ६४, भिक्षुहरूले ६२, को तरफबाट ६६ वाद ६४ महासांधिक निकाय ६२, ६३, ६४, बाट ६४, को शाखा ६६ महिसासक ६४, ६५, ६६, ६७ महेन्द्र ८५, ८७, ७०. कुमार ७०, ७२, को ८५, कुमारलाई ५५, राज- कुमार ८५, स्थविरले ८७, महा- स्थविर ८६ स्थविरलाई ८९, को -- SHOW र रटुपाल नन्दो ६८ राजगृह ४, १०, २०, मा ४, ५, ७, ८, ९, १७, २२, ३७,३९, ५४, ५५, ५९ मनमा ८६ मूलसर्वास्तिवादी ६७ मोग्गलिपुत्ततिस्स ८३, ८७, महास्थ- रेवत ३४,४१, ४९, लाई ४७ रेवत महास्थविर ४१, ४२, ४५, ४६ ५०, ५१, कहाँ ४७ को ४६, को सहायता ४१, लाई ४६, ५०, ले विर ८३ ४१,४२,४७, ४९, ५१, ५२, मौद्गलिपुत्र तिष्य ८३, ८४, ८५, १६, ५३, ५५, ५६,५८, ५९, ६० ८९,९३,९४, ९७, ९८, ९९, १००, १०१ मंकुरो ६८ ल लंका १८, मा ८६ फ्लीट महारायको १८ लोकोत्तरबादी ६६ १११ वैशाली ३५, ४८, ६०, मा ३५, ३९ ४६, ४९, ५०, नगरमा ३४, ३७ वज्जवृत्तक ६४, ६५ वसुमित्त ६३ वभिन्न ६२. स्थविर ६६, महास्थ- निवासी ३६, ३९, ४०, ४५, ४६, ५१, निवासी भिक्षु ६० बंगीस महास्थविर २६ विरले ६२ वालुकाराम ५२, ६० वासभगामिक ३४, महास्थविर ५१ वाल्सिपुत्रीय ६७ बासीपुत्तीय ६६ विनय पिटक ३० वृजिदेशमा ३४ वृजिपुत्रक ६२, भिक्षुहरूका ३६, ४८, भिक्षुहरू ३४, ४६, ४८, ६०, भिक्षुहरूलाई ३६, भिक्षुहरूले ३५, ३६, ३७, ३९, ४५, ४६, ४७, ५०.६०,६१ , बिनयमञ्जुसा २० विनितदेव ६३ श विभंग ३१ शायमुनि बुद्ध ३७ शाक्यधुनिन्द्र १ विभज्यवादी ६६, ६७ शालनवंशमा १८ विमानवत्थु ३१ विलियम् गाइगर १७ वेटिस ७०, गिरि ७० ५३, ५४, ५६, ५९ वैदिस ७०, गिरि ७० वेबमार पर्वतको सप्तपर्णी शुफामा , १७ वेलुवन कलन्दक निवापमा ३७ ११२ सद्धर्मरत्नाकर ६१ सस्तिवादी१८, ६६, हरूको विनय - सद्धर्मवर्षक ६६ सब्बञ्जहो ६८ सविन्धक बन्यो ६८ सब्बत्थिवादी ६५ सहजातिमा ४१. ४६, ४९ सम्भूत ३४, ४० महास्थविर ५१, सहनिफ १०१ महास्थविरलाई ४२, ४२ सुत्तपिटक ३० समन्तपासादिका १८, १९, २०, २५, सुत्तवादी ६५ २७, २९, ३०, ३१, ३२, ६९, सुत्तनिपात ३१ ७२, ७४, ७५, ७८, ८१, ८२, सुत्तविभङ्गभा ५४, ५६, ५९ ८४, ८५, ८६, ८७, १८,८९: सुदिन्न कलन्दक पुत्रको ९ ९०,९८,९९, १००, १०१, मा सुप्रिय परिव्राजक १० २१, २३ सुभद्र भिक्षुद्वारा २० सम्यकबुद्ध ९८ सुभद्र भिक्षुले ३ सम्राट अशोकका ७१ सुमङ्गल विलासिनी २०, २१, २५, सम्राट अशोकको चित्त ७३ ३० सम्मितीय ६५, ६६, महानिकायको सुभम ३४, ७६, ८६, महास्थविर ५२ शाखा ६७ सुमना ७६, रानीलाई ७७, रानाले७६ सर्वकामो ३४ सुसुनाग ३३, राजा ३३ सर्वकामो महास्थविर ४९, ५०, ५१ सूत्रपिटक २९, ३१ ले ६०, संग ५०,५१, ५२ सूत्रवादी ६५ सर्वास्ति निकायको पाखा६७ सूत्रविभङ्गमा ५३, ५८, ५९ + ११३ स्थाणवासी सम्भूत स्थविर ४० सारथदीपनी ३०, ३१, ६८. ६९, संयुक्तनिकाय ३१ संक्षिप्त बुद्धजीवनी २५ ७१, ७७, ८२ tho साल्ह ३४, महास्थविर ५१ सिग्गव ८३, महास्थविर ८३ सोनक महास्थविर ८३ सोरेय्य ४१ संकान्तिक ६५ हासामा ६६ लासाको पुस्तकमा ४४ हुयेनसांगले २९ हुयेनसाँगको यात्रा ६३ हेतुवादी ६६ हेमवत ६६ संकाश्य ४१ संक्रान्तिकवादी ६६ संघमित्रा ७०, ८७, लाई ८६, ८७, ले गाथा-सूचि अञ्झे पत्थि महाथेरा २६ अञत्र संगहितं सुत्त ६१ अझं सन्धाय भणितं ६१ अयं नवहि मासेहि १०१ अति भीतो अछु राजा ४८ अपुच्छि धम्मिके भिक्खु ९९ अरहन्तानं सहसं १०० अमोकाराम विहारम्हि १०० उद्धं गंगाय एको व ९० उपालि दासको चेव ८३ उभिन्न धाति अहंसु ९३ एतकं विस्मरत्वान ६२ एवं कतेन कम्मेन ९३ एकेक लद्धि भिक्खु ९८ Odian WAPमखु सहस्रन ६०१ कारेसि भिक्खु संघस्स९८ केचि अग्गि परिचन्ति ९० चण्डासोकोति माथिस्य ७१ चतुत्तिसेव सुत्तन्ता ३०६ छड्डेत्वा एकदेछ ६१ उपेत्वा चतुरोपेते ३२ ततो मोग्गलिपुत्तो सो ८९ ततो महिन्दो पब्बजितो ८७ तस्भि पल्लङ्गभासन्ते ७८ तस्सोपसमले फालं ८९ तित्थियानं बहुत्ताच ९० ते सस्सतादिकं दिछि ९८ तेनेव जम्बुदीपम्हि ९० थेरेहि कतसंगहो २६ थेरो बोधेसि राजानं ९७ द्वासीति बुद्धतो गन्हि ३२ दियड्ढ सत्त सुत्तन्ता ३० दिब्बचबुम्हि अनुरुद्धो २६ धम्मासोफोति जाविस १०१ धुतवादालं अग्गो सो २६ नबसुत्तसहस्सानि ३१ पकतिभावं जहेत्वा ६२ परियाय देतितं चापि ६१ परिवार अत्थद्धारं ६२ पहोणलाभलपकारा परम्परा विनयं दीये ८३ पनि अनुकम्पाय २५ पिता लट्ठीसहस्सानि ८१ पृना च धम्माथिका २६ पुष्वेव सनिमयासेन ७७ पुरिमा हे उपादाय १०१ पेलेल्वा महियं भिक्खु ९० शारियं तं फतं कम्म ४८ महापवारणाय सो १०१ महासंगोलिका भिक्खु ६१ यथा सकञ्च ते बादं ८९ यथा ते धम्मसंगीति १०० राजाभिसित्तोसो सोको ७२ वसन्तो तत्थ सत्ताह ९७ बस्सानं दुतिये मासे २३ बहुस्सुतानं आनन्दो २६ विभज्जवादी सब्बुद्धो ९९ विभज्जनम्हि कच्चानो २६ बिमति मे विनोदेत्वा ९३ वेतके भातरे सो ७१ सत्तमासे हि लिहादिट २५ सतरह भिन्नवादा ६५ अत्तसुत्तसहस्सान्ति ३१ सबकामी पुथुविया ४९ सब्ब पतितं सुत्या ९३ सम्बे सद्विसहस्सानि ९९ चतुत्थे मासे २५

No text on this page.

लेखकका पुस्तकहरू-
-
संक्षिा
बुद्ध जीवनी
धम्मपद
गृही विनय
अग्रश्रावक (अप्राप्य)
कसको
कुरा सत्य हो ?
बुद्धकालीन ब्राह्मण
बुद्धकालीन गृहस्थीहरू
बुखकालीन राजपरियार
बुद्धकालीन महिलाहरू
बुद्धकालीन परिव्राजकहरू
बुद्धकालीन श्रावक चरित
बुद्धकालीन श्राविका चरित
प्रतीक्षामा
बुद्ध तथा ब्रह्मादिदेव
पुस्तक पाइने ठाउँ:-
श्रीघ विहार, नःपलटोल, काठमाडौं
आनन्द कुटी विहार, स्वयम्भू, काठमाडौं
हेराकामो सुजिका, नाग बहाल, ल.पु.
-
काठमाडौंस्थित शाक्य प्रेसमा मुद्रित ।

Buddh Shasan Ka Itihas

Author
Amritanand
Title
Buddh Shasan Ka Itihas
File name
Buddh Shasan Ka Itihas
Text
OCR done
Citation
1975
Published
the date of scanning
Publisher
Sri Herakazi Sueka
Language
Sanskrit
Pages
125
Library
Central Institute Of Higher Tibetan Studies
Classification
Buddhist Philosophy
DLI number
486736
Barcode
1010010094452.00
Scanning centre
IIIT, Allahabad
Digital publisher
IIITA
VMLT id
mbcLDg7X6xI
Download PDF

Buddh Shasan Ka Itihas